Tag Archives: sangrahalaya

लघुकथा : सुकुम्बासी

~सुमन सौरभ~ “यो पृथ्वी अबको केही हजार वर्षमा मान्छे बस्नलायक रहन्न, सबैलाई पालैपालो पृथ्वीभन्दा राम्रो अर्को ग्रहमा ओसार्ने काम सुरु भइसकेको छ । कुनै पनि क्षण तपाईंको पालो आउन सक्छ, आ-आफ्नो फाराम भरेर तयार रहनुस्…”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उचाइ

~नकुल सिलवाल~ गाडीबाट ओर्ले रवीन्द्र । मोबाइल हातमै थियो । ‘गगल्स’ आँखामा, बेकरीक्याफे अगाडि नै पार्किङ गर्न नपाइएला भन्ने सोचाइमा थिए तर भर्खरैमात्र कसैले गाडी निकालेको थियो । रवीन्द्रलाई प्रायः यस्तै हुन्छ । कोही कसैले ठाउँ छोडिदिएका हुन्छन् र मौका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्ली घरै फर्किई

~योगेन पौडेल~ उफ्… कति चिसो !!! त्यसै त माघको महिना, त्यसमाथि यो झरी! मुटु नै लुगलुग काम्दैछ। धन्न यहीँ नजिकै एउटा चिया पसलसम्म भएपनि भेटियो। यही चिया मात्रले पनि केहि न्यानो बनाए झैँ लाग्दैछ। एउटा साथीले कार्यक्रम ४५ मिनेट पछाडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुई हातमा पेडा र कुल्फी बोकेर ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा !

~खड्ग सेन ओली~ दुई हातमा पेडा र कुल्फी बोकेर ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा ! बेफुर्सदी म उसको अनुहारै नहेरी मनमनै गुन्छु – कति धैर्यवान छ हँ यो शहर!

Posted in कविता | Tagged | Leave a comment

गजल : चिया प्युँदा मनोमानी भयो भन्छौ तिमी आफै

~खड्ग सेन ओली~ चियाघरमा चिनाजानी भयो भन्छौ तिमी आफै चियाबारे कुराकानी भयो भन्छौ तिमी आफै नयाँ यौटा चिनाजानी भयो भन्छौ तिमी आफै तिमी भन्छौ चिया प्युँदै चिया यस्तो चिया उस्तो! चिया प्युने झनै बानी भयो भन्छौ तिमी आफै

Posted in गजल | Tagged | Leave a comment

गजल : इरादा सबै उही भिखारी नयाँनयाँ

~खड्ग सेन ओली~ बिरानो प्रदेश यो चिनारी नयाँनयाँ म ताप्दैछु प्रेमको छहारी नयाँनयाँ कसोरी सहूँ म खै! सबै जो प्रहार यी म देख्दैछु अप्सरा! पियारी नयाँनयाँ

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा तस्वीर छ छातीमा !

~खड्ग सेन ओली~ एउटा तस्वीर छ छातीमा!…. कल्कलाउदो बिहानी सुर्यको रातो चुम्बनजस्तो तिम्रो साथ्….. कहिल्यै धीत नमर्ने संगीतको अन्तराजस्तो तिम्रो आलिङगन….. थाहा छ तिमीलाई…..

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पन्दन भरी नेपाल

~सबिना सिन्धु~ दृष्यहरु हेर्ने सुन्दर आँखाहरु शितलता रोज्ने खुर्पे चन्द बन्नुपर्छ बदलहरु जून नियालेर मोतीका कणहरु ताप्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारो गल्लि

~सबिना सिन्धु~ सबेरै यसै गरी डुल्ने गर्छन् हावाका नियमित झोक्काहरु गल्लिको अँध्यारो हुँदै हराउँछ

Posted in कविता | Tagged | Leave a comment

कथा : मान्छेभित्रको मान्छे

~शिव प्रकाश~ “मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले । “अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~ उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : माटोमा मिसिनु छ

~बहादुर सिंह बराल~ नगरे अभिमान कैले, माटोमा मिसिनु छ । एकदिन सबैले कालको, चक्रमा पीसीनु छ ।। आफ्नो भनी भन्दा छौ, जती छ यो झिटी-मिटी सँगमा यो केही जने छैन, हेरेर खिसिनु छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : दिल फगत मैले चढाएँ थे

~उपेन्द्र बहादुर ‘जिगर’~ दिल फगत मैले चढाएँ थे नजर होल भनी । यो दरदले त्यो दरदमा क्यै असर होला भनी ।। निर्दयी झैँ झन हृदय टुकडा गर्यौ तरवारले । थाहा थिएन दर्दले तडपी हृदय रोला भनी ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जता हेर्छु मेरो अगाडि निराशा

~बद्रीप्रसाद शर्मा~ जता हेर्छु मेरो अगाडि निराशा जलेको बलेको गलेको छ आशा घना रातमा पन्थको छु अकेला न दीने भए काम यी नेत्र प्यासा

Posted in गजल | Tagged | Leave a comment

गजल : बोल्दिनौ जालिम रिसाइ

~गुरुप्रसाद मैनाली~ बोल्दिनौ जालिम रिसाइ हिडिरह्यौ आँखा तरी जिन्दगीको हौसला मेरो सबै बरबाद भो । छैन केही चाहना प्रेमको धोको पुग्यो मतलवी संसारको रित बल्ल क्यै क्यै थाहा भयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लायक् कहाँ छू

~मोतिराम भट्ट~ म तिम्रा अघी पर्न लायक् कहाँ छू, यसैले अघी सर्न लायक् कहाँ छू ।।१।। हुकुम हुन्छ तिम्रो त हाजिर छदैछू, बिना मर्जी आँट गर्न लायक् कहाँ छू ।।२।।

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रतिक्षारत समय

~रुपेश ‘अनमोल’~ सुरज र श्रेया वचपनमा घनिष्ट मित्र थिए|सुतुतु,गोटी,एकखुट्टे खेल्ने साथीहरु मध्ये सुरजको साथी श्रेया एक थिइन्|स्कुल आउँदा जादाँको अनि घासँ दाउरा गर्दाको पनि साथी हुन् श्रेया…|अरु साथीहरु भन्दा भिन्न थियो उनीहरु दुईको मित्रता..,वालापन देखि नै एकापसमा सर-सहयोग गर्न लेन-देन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के जीवन नाटक हो ?

~सरण राई~ उनी अर्थात् मेरा श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउँदै मुस्कुराउँछु । उनी पनि मुस्कुराउँछन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान जो वास्तविक एवं स्वाभाविक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निलो साइकल

~रामकृष्ण पौडेल ‘अनायास’~ समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त ! साईकल को घंटी ढोका अगाडि हिजो अस्ती गुन्जीई सक्थ्यो निरास हुँदै कोठा भित्र पस्छु अनि एकै छिन टेबलमा फिजाइएका किताबहरु एकएक गरी हेर्छु पन्ना पल्टाउँछु, प्रत्येक शब्द शब्दमा उनकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : थोरै प्रेम गरेँ, थोरै काम गरेँ

~फैज अहेमद फैज~ अनुवाद: विभोर बराल ती मान्छे साह्रै भाग्यमानी थिए जसले प्रेमलाई काम सम्झिन्थे या कामसँगै प्रीति गाँस्थे म त जीवनभर व्यस्त रहेँ थोरै प्रेम गरेँ थोरै काम गरेँ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : अब के बाँकी छ र

~राकेश कार्की~ अब के बाँकी छ र सबै दिइसकेँ पिउदा पिउदै रहरहरु सबै पिइसकेँ सबैको माया किन एउटै हुन्न मेरो जस्तै तिम्रो किन मुटु छुन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : तिनाउको बगरै बगर

~स्वप्निल नीरव~ “पुषको ठण्डी मास,छिट्टै झमक्क साँझ परिहाल्छ । तराईको ठाउँ दिनभर पनि घाम लागेन।बिदाको दिन भनेर के गर्नु ? कतिबेला घाम झुल्केला भनेर पर्खदा पर्खदै दिन घर्केको पत्तै पाइन। लौ हेर सब्जी पनि सकिएछ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मज्ञान

~जयदेश श्रेष्ठ~ शिक्षाको ज्योति प्रोफेसर र स्वास्थका देबी नर्स यी दुई श्रीमान् श्रीमतीमा कहिले मेलमिलाप छैन । श्रीमती ढिला आउँदा अनेकौ शंका उपशंका हस्पिटलमा डीयुटी अदल, बदलमा शंका गरी स्पस्टिकरण दिदैमा हैरान । प्रोफेसर क्याम्पस जादा सजिएर चट्ट परेर जानै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धम्की

~गीता थापा ‘दोषी’~ एक रात एक्कासी बिदुरले उ सँग नबस्ने निर्णय सुनायो। उसका कुराले बिद्या अवाक् बनी। घरको कुरा कोटमा दर्ता भयो। कोटमा बोल्न पहिलो प्रथामिकता नारीलाई दिइयो। कठघरामा उभिएर बिद्या बोली। श्रीमान मेरो कसुर केही छैन। म अन्यायमा परेकी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बोक्सी

~राजेश रुम्बा लामा ” अतृप्त “~ आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ती आज जीवनको उतार्दामा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरि व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~बिना तामाङ ‘सुनगाभा’~ चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यो छाया, यो माया

~कृष्णप्रसाद पराजुली~ गौरीशङ्करका सुरम्य चुचुरा हेरी अघाउन्नथेँ जस्तै दुःख परोस् म नेत्रपुटमा पानी बगाउन्नथेँ ती सारा स्थिति छन् उदास मनले सम्झेर जाँदै छु म मेरा हात प्रणाम गर्न पछि ता तम्सेर गर्छन् प्रण ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुंगो म ता ढोग्दिनँ !

~बूँद राना~ जन्मेकै क्षणदेखि नै भर दिने माटो महान् ढोग्छु म ढोग्दा बिघ्न परे परोस् जतिसुकै हाँसेर त्यो भोग्छु म आफैँ जो छ अशक्त आतुर सधैँ मेरै भरोसा लिन के दिन्थ्यो फल ज्ञात नै छ सहजै ढुंगो म ता ढोग्दिनँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बर्ष फलदायी बनोस्

~निर्मला अवस्थी~ अबका दिन तिमीले कहिल्यै कसैसंग लड्न नपरोस् बन्द हड्ताल र काटमार सुन्न नपरोस् जीवन पथमा कुनै बाधा अड्चन आइनपरोस् मनमा शान्ति र मुहारमा कान्ति सधै छाइरहोस् अरु के दिउँ तिमीलाइ?

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~ओमप्रसाद घायल~ माथिल्लो सदनमा भर्खरै सकिएको छ तिम्रो सम्बोधन बडो मिठोगरि आफ्नो शब्दसामथ्र्यले देशबासीका नाममा तिमीले दिएको मधुर अभिव्यक्ति र सुन्दर, शान्त र सार्वभौम नेपालको मार्गचित्र मलाई किन लागिरहेकोछ बाल्यकालमा मैले मेरी हजुरआमाबाट सुनेको ‘दन्त्यकथा’जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवानको अवतार

~ओमप्रसाद घायल~ हरेकदिन सूर्योदयसँगै भगवानतिर फर्केर तिमीले दिएको अर्घ तुलसीको मोठमा जमिरहेको छ त्यत्तिकै तिमीले श्रद्धापूर्वक अर्पण गरेको फूल ओइलिएर मिल्किएको छ त्यही मन्दिरबाहिर तरपनि फेरि उही फूलप्रसाद बोकेर ए प्रिय मानिस किन दोडिरहेका छौ तिमी हतारहतार कथित भगवानको मन्दिरतिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ज्यामिरेको खेत

~सुबीसुधा आचार्य~ प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment