Tag Archives: sangrahalaya

कथा : म,कथा र अनिकास

~मनि राई ‘गोठाले’~ बर्षा राम्रोसंग निख्रीसकेको थिएन । बोटविरुवाको पातपातबाट सावनको थोपा तप्कदैथ्यो । मुबारले नौलो जनवाद र रीन्नीको सफल शल्यकृयाकाे कामना गर्दै बिहानैबाट अहिलेसम्म ४ चिलीम हुक्का गुडगुडाईसकेथ्यो । उ रीन्नीलाई बेहद प्रेम गर्छ । उसको रीन्नी प्रतीको प्रेम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुतको कथा

~कोमल पौडेल~ एका देशमा एउटा गरीब देशको डाक्टरले बिदेशमा गएर पढ्न भनेर हिडेछ रे । त्यो धेरै टाढाको देशमा खुशी हुँदै ठुलो ज्ञान प्राप्त गर्ने भए भनेर अघोर खुशी हुँदै कलेज भर्ना भएछ । त्यो पढ्ने ठाउमा बेला बेलामा भुत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेली

~सुनिता राई ‘रुम्दाली’~ इश्वर पनि कहिलेकाही निर्दयी भइदिन्छन निरिह प्रति । यदि उसो नहुँदो हो त बेली ….. बहुलाउने थिइनन् । गाउँका अधिकाँस पुरुष झैँ परिवारको सुन्दर भविष्य बनाउने मिठो सपना बोकी पैसा कमाउन भारतमा मजदुरी गर्न पुगे बेलीका बाबु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ भाषी कविता : मुक्लान्नरी निबा ए कोला

~भिम दोंग तामाङ~ आमा : फ्याङ्सी खबा चारी एसे ङाला कोल्ला खबर तिलाई आबमु ङ्हिदिङ सोम्दिङ तासिजिन्जी ए कोला मुग्लान वङ्निब फ्लिक्दोसी खाइमाइ आखमु आमा : ए कोल्ला सेम कदे कोङ्बा

Posted in तामाङ कविता | Tagged | Leave a comment

कविता : बाटो मुनिका फूलहरु

~कृष्ण बिश्वकर्मा~ अन्धकारको साम्राज्य बढेर पो हो कि ! अध्यारा ओडारहरु बाटो मुनिका बगानहरु अनि गल्ली , खोल्सा, कन्दराहरु र समग्र जंगलहरुमा अचेल, भेटिएनन् दिप्त जुनकिरीहरु परभक्षी बिरुवाका जालमा पो परे कि ! कतै, आरक्षणहरुमा त कैद भएनन् आफै ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : राडि हूँ तर रण्डि होईन…

~सुरेश प्रसाद अर्याल “कान्छो”~ बुचीको गठिलो शरिर तिर आँखा दौडाउदै डल्ले साँहु भन्छ। “ल बाटोमा कुरा गरेर केहि फाईदा छैन..!भरई आ र लैजा तेल छर्केर…।” यति भन्दै डल्ले साँहु भटभटेमा फुर्र हुन्छ… मुटु फाट्ने भटभटेको तितो गुंजन फैलाउदै.. ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जिरो किलोमिटर

~संजय~ १. उसले ट्रक रोक्छ। बाहिरको कुहिरो देखेर उसलाई निस्कने मन छैन। न्यानो घाम लाग्दा पनि उसलाई यो ठाउँमा यस्तै हुन्थ्यो। ऊ पाइन्टको गोजी छाम्छ, ठाउँ-ठाउँबाट सुर्ती निस्कन खोज्दै गरेको चुरोट मात्र बाँकी छ। ऊ चुरोट सम्याउन थाल्छ। औंलाले चुरोटको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्सर पुछ्ने केटी

~सफल घिमिरे~ ऊ मायाले औँलाहरू खेलाउँथी, पल्सरका अंगअंगमा । काम सकिँदा चम्कन बाँकी कुनै ठाउँ रहन्थेनन् । जब काम गर्थी, एउटा योग्य पियानोवादकले झैँ औँलाहरू चलाउँथी । म निर्निमेष हेरिरहन्थेँ । पुछिसकेपछि ऊ एकचोटि मोटरसाइकलमाथि चढ्थी । आहा ! उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अरमान दिलमा बन्द छ..

~सरला गौतम~ “परिचय गरौं न” राकेशले भन्छ, “उहाँ सम्झ्ना बस्नेत, फिल्मको कथा लेख्नुहुन्छ, घर हेटौंडा।”“म पुनम, राकेशजीको श्रीमती”, ऊ आफैं अघि सर्छे। राकेश नवलपुरमा कार्यरत टेलिभिजन पत्रकार। उसको पत्रकार साथी सजलसँग हिजो म यहाँ आएको। मैले जिस्क्याउँदै भने, “हिजो त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माघुरामको माघी

~कृष्णराज सर्वहारी~ नाम माघुराम थारु, गाउँमा बोलाइने नाम मघुवा, घर कालाबञ्जर, बर्दिया । नागरिकताको उमेर पैतीस तर शारीरिक रूपले एक दशक तानिएर पैंतालिस वर्ष माथि देखिन्छ । उसकी जनेवा (श्रीमती) भेङली र उ समान उमेरका तर जनेवा ऊ भन्दा झन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मटान

~कुमारी लामा~ औंलामा पुतपुताइरहेको छ चुरोट । लुंगी बेरिएको एक मुठीको शरीर । लट्टासरिको जुरो बनाएको कपाल । रहलपहल सपनाहरू दौडिरहेका थकित आँखा । एक आम ग्रामीण महिला । उनको नाम— तारा तामाङ । तर यिनी राई, गुरुङ, अधिकारी, भारती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाकुचाको भट्टीमा बुद्धिजीवीहरूको बहस

~नरेन्द्र पराशर~ कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बन्दका कथा

~डा रवीन्द्र समीर~ १ सडकको छातीमा गुडिरहेका गाडीहरूमा एक्कासि ब्रेक लाग्यो। साना गाडी तथा मोटरसाइकलहरू दायाँबायाँ भाग्न थाले। ठूला गाडीहरू बाटोमा तेर्सिएर आवागमन बन्द भयो। पसलका सटरहरू बन्द हुन थाले। विद्यार्थी पुर्‍याउने गाडीहरू तथा सिकिस्त बिरामी बोकेका एम्बुलेन्सहरू बीचमा फसे। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मत्स्येन्द्रनाथसँग

~संजय अधिकारी~ सहरले अनेक अस्पष्टताहरूको मिश्रणमा कोलाजजस्तो आकृति धारण गरेको छ। आफू अनन्त पीडामा पिल्सिएर पनि दुनियाँलाई हँसाउने एउटा क्लासिक क्लाउनको दर्जा पाउनैपर्छ, मेरो सहरले। सहरसँगै समानान्तर भएर बितिरहेको मेरो एक हावादारी अस्तित्व आजकाल बेलाबेला झरीमा खुब रु‰ने गरेको छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्दिष्टा पार्ट टु

~दुर्गा कार्की~ ‘कलेज किन नआ’को राजकुमारी?’ मोबाइल अन गर्नेबित्तिकै मेसेज आयो। शिरदेखि पाउसम्म एउटा अनौठो कम्पन उत्पन्न भो। दोहोर्यापइ–तेहेर्याकइ पढेँ। मोबाइलको ब्याकलाइट निभ्नु र निशा कोठाभित्र पस्नु एकैचोटि भयो। धन्न, बचेँ म! ‘के भयो दिदी?’ ऊ मेरो छेवैमा आएर बसी। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनमृत्यु चोकको पसल

~गोकर्ण भट्ट~ रातको एक बज्न आँटेको हुनुपर्छ। घडी छैन कोठामा, त्यसैले समयको अनुमान मात्र लगाइरहेछन् मान्छेहरु। हार्ने इतिहास बोक्नेहरुका लागि एकचोटीको विजय पनि सयौं पटकको जीतभन्दा ठूलो हुन्छ सायद, त्यसैले नजिकैको बरण्डामा एक हुल मान्छेहरु ताली पिटिरहेका छन्, उनीहरुको देशले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ चलन

~इस्माली ~ सक्कली ब्याघ्रचर्म बैठक कोठामा सजाउँ भन्ने उसको निकै पुरानो धोको हो तर जड्डल पातलिंदै गएकोले बाघहरू पनि लोप हुँदा थिए । त्यसैले उसको इच्छा अधुरै रहिरहेको थियो । यसपालि उसले विश्वस्त सूत्रबाट थाहा पाएथ्यो कि त्यस क्षेत्रमा एउटी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो लोग्ने र म

~निरुपा ‘प्रसुन’~ सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एक बर्ष अगाडि एकदिन साहित्यिक कार्यक्रममा तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यसदिन मैले ठानेंँ, एउटा तीस, एकतीस वर्षको युवक, पक्कै पनि कसैको लोग्ने भैसकेको छैन होला । कविता लेखेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युवतीको उपचार!

~अशोक सिलवाल~ काठमाडौंको कुनै परिचित स्थान। युवायुवतीको भीड। भीडमा मैले उसलाई देखेँ। उसले पनि मलाई देखी। तर, देख्नेमध्ये पहिलो म नै थिएँ। मैले देखेको एकाध सेकेन्डपछि मात्र उसले मलाई देखेकी थिई। देखेको केही समय नबित्दै हामी बर्षौं पुराना साथी भइसकेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेपत्ता

~सीमा आभास~ छोराको बाटो हेर्न थालेको सात वर्ष बितिसक्दा पनि फर्किएन। ६० वर्ष पार गरेका बाबुआमाको सपना जीवितै छ, एक मात्र सन्तान फर्किएर आएपछि बिहे गरििदने र घरमा पालेको खसी जन्तेबाख्रो बनाउने। हिँड्दा झोला बोक्ने बानी भएको छोरो सपनामा झोला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्याट विथ प्रमिला

~बादल सुरेश~ ‘हेल्लो’ मेसेन्जरको रातो बलेको ठाउँमा क्लिक गरेँ। नचिनेको नारी नामबाट मेसेज आएको रहेछ। मैले पनि ‘हाइ’ भनेर जवाफ फर्काएँ। ‘सन्चै हुनुहुन्छ?’ ‘हजुर, आरामै छु। तपाइँलाई नि!’ ‘मलाई पनि ठिक छ। म तपाईँको फ्यान भएँ बादल जी। कती मन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बा भन्नु हुन्थ्यो ..

~प्रविन खड्का~ एस्तो एउटा पल आउने छ हाम्रो जीवनमा हलचल आउनेछ बा भन्नु हुन्थ्यो धेरै पहिले देश बदलन बहुदल आउनेछ। दन दनी बलेको छ यो देश

Posted in कविता | Tagged | Leave a comment

कथा : भिकारी को ?

~बिक्रम ज्ञवाली~ (टिन्… टिङ्….) “यो बिहानको घण्टिको आवाजले जहिले हैरान गर्ने भो । कहिल्य राम्रो संग सुत्न नपाउने भइयो बा …. ।” यस्तै सोच्दै एक दिन बिहानको मेरो निन्द्रा खुल्यो ।राती को रक्सी को ह्याङ अझै बाकी नै थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मुटु भरी माया

~रामकुमार परियार~ आँखा मै छ तिम्रो रुप,मुटु भरी माया । बसिदेउ न प्रिये सधैं,बनी मेरो छाँया ।। हर रात सपनिमा,तिमी मात्रै आउँछ्यौ । सताएर किन माया ,लुकि-लुकी लाउँछ्यौ ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : असामयिक मोड

~प्रशान्त खरेल~ साप्ताहिकरूपमा प्रकाशित हुने एक नामी पत्रिकाको उपसम्पादक उ । फेसबुक र व्लगमा छाएको कथाकार । प्रत्येक हप्ता जसो नयाँ कथा वा लघुकथाकासाथ अपडेट हुने गरेको उसको व्लग धेरै प्रसिद्ध भैसकेको थियो । म पनि उसको व्लगको अभ्यस्त पाठक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बृद्धको बेदना

~राम प्रसाद पोखरेल~ आंखा हेर्दा तिरमिर भयो, कान भयो बहिरो, बोल्न खोज्दा लरबराउंछु, जिब्रो लटपटियो। शरिर गल्यो दाह्री बढ्यो, खौरनलाई गाह्रो, जन्मी हुर्की, खेली खाको, यही ठाउँ मलाई प्यारो।। (१) यताउति दौतरीलाई, उस्तै उस्तै देख्छु, मनको पीर वेदनालाई, उसैसंग पोख्छु। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उँचाइमा फूलको आँधी

~मोमीला~ हिजो साँझ आगोको चहकमा आकर्षित मनले दुर्गम उचाइमा आत्महत्या गरेछ बुभ्mदा आगोसँग रिसाएको मनले पानीसँग सँझौता गर्न सकेनछ शँकै शँकामा मनको अधिक प्रिय फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : बज्रपात

~कृष्णप्रकाश श्रेष्ठ~ बज्रपात भयो कस्तो ? कस्तो दुर्घटना घट्यो ? मर्माहत भएका छौं, के लेख्नुपरिरैछ यो ?? नेपालीहरुले भोग्नु पर्यो संघात यो किन ? कल्पना गर्न नै गाह्रो कुरा यथार्थ भो किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अब आउने नयाँ वर्ष अहिलेको जस्तो नहोस्

~.आर. आर. चौलागाईं~ अब आउने नयाँ वर्ष अहिलेको जस्तो धुलो र धुवाँको नहोस् अहिलेको जस्तो अविश्वासको नहोस् अहिलेको जस्तो हिलो र मैलोको नहोस् अहिलेको जस्तो असहमतिको नहोस् अहिलेको जस्तो बाटोमा जथाभाबी हिँडिरहेको साँढेजस्तो नहोस् अहिलेको जस्तो खेतबारीमा तर्साउन राखेको बुख्याँचाजस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : दिदी

~दिल महरा~ जुम्ल्या भाइहरुले बटुकाको भात छोडेर थालमा भात खानका लागि झगडा गर्ने भए । अनि, एक दिन कालो सुँगुरको एउटा पाठो बेच्नुभो बाले । दुइवटा सिलबटको नयाँ थाल किन्न भनी । बा, अर्को दिन बिहानै गुजुरे बजार जानु भो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : चुहाएर के निस्कियौ

~प्रकट पगेनी’शिव’~ तप्प तप्प जल विन्दु चुहाएर के निस्कियौ स्नीग्ध, कोमल कंचन आहा नुहाएर के निस्कियौ भाग्यमानी रै’छ साबुन फिँजै फिज भई बरालियो जुन साबुनलाई अंग अंग छुवाएर के निस्कियौ

Posted in गजल | Tagged | Leave a comment

कविता : म ढुङो कसरी बनुँ ?

~शोभाकान्त गौडेल~ बगरमा पल्टिरहेको पत्थर त होइन म आत्मा र भवशून्य भइरहने बनमा लडिरहेको मुढो पनि त होइन म युगौदेखी निर्जीव सडिरहने तर म ढुङो भइदिनु पर्‍यो रे ! या मुढो भइ लडिदिनु पर्‍यो रे ! रोदन, क्रन्दन सुन्छु अन्याय … Continue reading

Posted in कविता | Tagged | Leave a comment