Tag Archives: sangrahalaya

कथा : प्रश्नहरू अझै रुमल्लिएकै छन्

~तुल्सी थापा~ एउटा अजंगको रूख छ। केही मान्छे जम्मा भएका छन्, अहिले त्यो रूख वरिपरि। तिनीहरू गम्भीर चिन्तनपछि एउटा निर्णयमा पुगेका छन् कि त्यस रूखलाई काट्नैपर्छ। रूख ढाल्ने बन्चरो, हँसियाजस्ता हतियार पनि छन्, तिनीहरूसँग। आफ्नो छहारीमा ओत लागेका ती मान्छेहरूको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लिम्बू भाषी कविता : आनी लाजेइन

~रमेश नेम्बाङ~ आनी लाजेइन लामभोतेआँग नेमुरो पान मेन्दँगले मेलाक्तँग् नेमुरो आनी लाजे खाम्बेकमेन हापाँग् ने लाजेसे आभोक्सेम्मेओ पाताँग् ने आनीपान लाम्मेन पोपेक्माचोक्पे सकसक मुन्धूम माबेक्माचोक्पे लाजेइन नुबा लाम्मेअ तोम्बुँग् लो

Posted in लिम्बू कविता | Tagged | Leave a comment

गजल : गुमाएर निस्किएको छ

~कपिल अञ्जान~ पक्कै केही न केही गुमाएर निस्किएको छ कि त उसले यथार्थ लुकाएर निस्किएको छ हिजोसम्म त घर सजाउँछु भन्दै थियो रे आज आफ्नै त्यो घर जलाएर निस्किएको छ

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत्यु र नियति

~राजन काफ्ले~ अचानक निर्दोषहरुको शास पुलको धरापमा गएर अड्कियो दर्जनौं जीवनका सपनाहरु बारुदको धुवाँ भित्र बिलाए अंगहरु चोइटिए, उछिट्टिए केहि जलेर खरानी बने केहि डढेर कक्रक्क परे सुख्खा नदिको बालुवामा जब आधा गढेको लाशलाई देखेर आश्चर्य चकित कालले सोध्छ के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : आफ्नो आफ्नो डम्फू

~विनय कसजु~ खोलापरि हरियो कलकलाउँदो घाँस उम्रेको देखेर एउटा बोकालाई लोभ लाग्यो । तर ऊ खोला तरेर परि जान सक्तैनथ्यो । उसले एउटा उपाय सोच्यो । खोलाको तिरैमा एउटा सुरिलो रुख थियो । रुख मुन्तिर मुसाको परिवार बस्थ्यो । बोकाले … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : काठमाडौँले चिन्न नसकेको भेगको कथा ‘समृद्ध कर्णालीको दु:ख’

~बसन्त बस्नेत~ कुनै बेलाको समृद्ध कर्णालीसँग आज अभाव, उपेक्षा र बहिष्करणका सुस्केरा मात्रै बाँकी छन् । कर्णालीसँग प्राकृतिक साधन स्रोत र सम्पन्नता छ भन्ने त सबैलाई थाहै छ । तर, पूर्वीय सभ्यताका चारमध्ये एउटा मुहान कर्णाली हो भन्ने कतिपयलाई थाहा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : संगीतमय क्षण

~डा. जंगब चौहान~ झ्यालमा आएर बसेको छ नीलो जून र कोही आएर सुस्तरी बोलिरहेछ “ए, उठ न !” झ्यालमा जून आएर बसेको छ नीलो जून झ्यालमा आएर … सपनी ओढेर निदाएको म बज्न खोजेछु अचानक एउटा अपरिचित धूनमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना हरू को मलामी

~दिल निशानी मगर~ तीम्रो एउटा-‘आदेश’ मा हजार मरेको रात, अनी तीम्रो एउटा ‘सपना’ को लागी टूहूरा-टूहूरी को साथ कती चाडो-भूल्यौ तीमीले बीधूवा को रीत्तो-‘सीउडो’ र भरी-भरी ‘सपना’ |

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो आवाज मन्द छ तर सत्य छ

~दिप्स शाह~ च्यातेर झन्डा लगौँटी लगाउनेहरु हो!! झण्डाले लाज ढाक्तैन कसैगरी टांगमुनी अल्झिनुको बिवशतामा ऊ त आँफैँ लाजले सिङ्गो युग रुन्छ रुवाउँछ नबिर्स! झन्डा हातमै उचालिनुपर्छ अनी पो गर्बले फहराउँछ ऊ हाँस्छ र सबैलाई सुहाउँछ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : भूपि–पारिजातको राल्फा संवाद

~रामेश~ हुलाक प्रशिक्षण केन्द्रको जागिर। सानो कोठाभित्र तीव्र वेगमा टाइप गरिरहेको हुन्छु। निकै बेरपछि टाइप गरेका प्रतिहरू हाकिमज्युको टेबलमा राखिदिएर बबरमहलबाट सुस्तसुस्त पुतलीसडकतिर लाग्छु। पारिजात दिदीले भन्नुभएको थियो, ‘रामेश भोलि तिमी आऊ है। मेरो लेख तिम्रो अक्षरले सारिदेऊ। अनि पत्रिकामा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : ​रङ विरुद्ध एउटा क्यानभास

~भावना शर्मा~ बुढो चित्रकार बरालिएका कुर्चीले पोतिरहन्छ म मा कहिले रंगिन कहिले रंगहीन आकृतिहरु… म क्यानभास रंगहरुको आवेग सहन विवश ! विचलित छु छिनछिनमा बदलिइरहने रङहरुले अशान्त छु सोच्दैछु, आज बहिस्कार गरुँ यो कोलाज ! असाध्यै रिस उठेको छ यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : फुल्या की गुराँस

~दिपक साउँद~ मैना रन्या पारि डाँडा, फुल्या की गुराँस सम्राई लागली मैना, मन होला उदास काँ फुली प्याउली फुल, रंग छाडी पेला मन उदास सम्झना ले, झल्को आया बेला

Posted in देउडा गीत | Tagged | Leave a comment

गीत : पीर ब्यथा छोपीदिने

~नवीन लामा `सुरेश`~ पर्दा जस्तै तिम्रो मायाँ पीर ब्यथा छोपीदिने कला जस्तै तिम्रो मायाँ नयाँ रङ्ग भरिदिने // तिम्रो एक मुस्कानसँगै बहार आयो जिन्दगीमा जादु गर्यौ यस्तो प्रिय ! खुसी छायो जिन्दगीमा सुवास छर्दै मगमगाउने आँगनीको डिलभरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पैले जस्तो छैनौ तिमी

~कृष्ण प्र. पाण्डे~ पैले जस्तो छैनौ तिमी भिन्न देख्दैछु निधारमा निरासाको चिन्ह देख्दैछु एक्लो कतै परिहाले के भो सोध्दथ्यौ हाँस्दै हाँस्दै सम्झाउँथ्यौ मिठो बोल्दथ्यौ त्यो मुहार आज के भो ? खिन्न देख्दैछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रो र हाम्रो संसार

~कृष्ण सेन ‘इच्छुक’ ~ बिल्कुल फरक छ तिम्रो र हाम्रो संसार जसरी बिहान र साँझमा फरक छ जसरी दिन र रातमा फरक छ जसरी उज्यालो र अँध्यारोमा फरक छ सुखले भरिएको तिम्रो सम्रिद्धीको संसार र दु:खले भरिएको हाम्रो गरीबीको संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्कार परिचय : मधुश्रावनी पूजा

~रोमी दास~ नेपालको मध्य-पूर्वी तराईमा पर्ने मिथिला क्षेत्र आफ्नो भाषा, कलासंस्कृति, परम्परा र चित्रकारितामा धेरै धनी मानिन्छ । यस क्षेत्रको विवाह शैली र विवाहको रितितिथीले पनि परम्परागत मौलिकता झल्काउदै आएको छ। विवाहको पहिलो वर्ष बेहुलीको लागि धेरै महत्वपूर्ण हुने भएकोले … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : अभिन्न साथ

~परिता राजभण्डारी~ मेरो सपनाको संसारमा, तिम्रो आगमन को अनुभुति मात्रले नाचिदिन्थ्यो मेरो मन मयुर झैं, तिम्रो स्पर्शको कल्पना मात्रले। 2 बिपनमा मेरा यि प्यासी नयनहरु, तिमीलाई खोज्दै यताउता नाची रहेका हुन्थे अनि मेरा यि दुई पाउहरु अनायासै, तिम्रो छांया तिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको बैंश

~स्वामी सुभाष चन्द्र~ माथी सगरमाथा देखी, बिस्तारै सुसाउँदै आएको, मानौ मेरो लागी केही ल्याउँदै छ । एक मनले त भन्छ, कतै कोयेलीको सुमधुर आवाज त हैन..?

Posted in कविता | Tagged | 1 Comment

मैथिली कविता : चहुँदिश अमङ्गल

~विनीत ठाकुर~ स्वार्थेबस मानव उजारलक ओ जङ्गल । तैं धरती पर देखल चहुँदिश अमङ्गल ।। ठण्ढी में कनकनी गर्मी में अधिक गर्मी । नदी नाला के आब बन्द भऽ गेल सर्बी ।।

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : सपनाकी परी

~अमृत खनाल~ भावमञ्जरी भित्र सम्झनाका विस्तरा लगाएर निद्रेश्वरी देवको पर्खाइमा घरि दायाँ घरि बायाँ गरि कोल्टे फेरी निदाउछु म तेही मदहोस भएको मौका छोपी तिमी मेरो सपनीमा आउछौ अनेकौं भेष अनेकौं चाल अनेक -अनेक दिनमा ए मेरी सपनी कि परि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले बाँचेको आक्रान्त युग

~सुरज सोडारी ‘अज्ञात’~ मैले बाँचेको युग जहाँ, गर्भिणिँले हस्पिटलको साटोमा पानी पँधेरो , मेला-पातमा गर्बशाया गर्छिन् पहाडको बैंश अरब मलायामा सेताम्मे फुल्छ रातो पासपोर्ट लिएर उडेको मदनको भेट मुना संग अन्तिम चोटि त्रीभुवान बिमानास्थलबाट ओर्लिएपछि सिधै डाइसेक्सन रुममा डि.एन.ए र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालीका पीडा

~रामप्रसाद पोखरेल~ युवा युवतीहरु अबता, देखिन छाड्यौं यहाँ, छैन सीपको मान अहिले, बसेर के गर्नु त। शिक्षा दिक्षा दिएर जगत्मा,आँखा उघारी दियौ, आमा बा सज्जन गुरुहरु,श्रमलाई बिदेसियौँ।। (१) छैन शान्ति सुशासन यहाँ,भरोसा कस्को छर, पिठयूँ फर्काउँछ बन्धू जहाँ, पराया हुन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मनु लोहोरुङ राईका ३ ताङ्काहरु

~मनु लोहोरुङ राई~ आउछौ भने आऊ ! खेलौं हामी नि लाठी र मुंग्री मारे या मरे शहीद- देशकै लागि त हो | ——————————

Posted in ताङ्का | Tagged , | Leave a comment

कविता : यस पृथ्वीको अन्तिम सपना

~बलदेव भट्ट “बिहानी”~ आकाशमा सुर्य उदाउनु बिहान हुनुको संकेत हो, जीवनको पाठशालामा साँझहरु कष्टको अवधि तौलिदै असंख्य वियोग संगालेर सुर्यास्त सम्म इश्वरका ककटेल सन्देशहरु मातेको बिहान लाइ सुनाउन बस्छन !! पानि माथि लेखिएका स्वर्गका चित्रहरु लिएर पानिको मलिलो छाति बस्तिहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनि लजाउनु है !

~डम्बर पौडेल~ मैले लेखे एउटा गीत , तिमी गाउछौं भने मैले खोपे एउटा प्रित , तिमी लाउछौ भने सुसेलीले बोलाउछु , तिमी बुझ है माया राखि भिजाई दिन्छु ,अनि रुझ है | सम्झनाका तरेलीमा , तिमीले खोज्यौं भने पिरतीको फुलबारीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : म र उनी

~हिमाल भट्टराई~ (भाग १) पट्यार् लाग्दो घर बसाइ तेही फेस्बुक टुइटर नन्सेन्स च्याटिङ।।। बाहिर निस्कन मन पनि लागि राखेको थियो।।। एउटा भाई सँगै सिटी सेन्टर निस्के।।। काठमाडौं को गर्मी सिटी सेन्टर को एसि तेही माथि फुड कोर्ट को महँगो कोल्ड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बखतेले आमा मार्‍यो

~उपेन्द्र सुब्बा~ ‘बखते लखपति भयो रे’ भन्ने कुरा पहिलोचोटि गाउँले कसैले पत्याएन। तर एक दिनमै सबै गाउँलेको कानसम्म हल्ला पुग्यो।’ठूलो सहरमा ठूलो अवसर, वर्ष दिनमै करोडपति, छिनमा फेरि रोडपति’ बखते लखपति भयो होला भनेर पत्याउने पहिलो मान्छे देवेन्द्र सर भए। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गर्ल्स होस्टेलको भूत

~प्रमिसा केसी~ ‘सिलाइ लगभग सकियो, तर अलिकति काम बाँकी छ । ५ बजे आउनू !’ ‘पुल’ लेखिएको ढोकालाई जबर्जस्ती धकेल्न खोजिरहेकी रचनातिर हेरेर हाँस्दै बाहिर निस्किएँ । ‘हाँस् न अब ! भनेकै हो त तँलाई यिनीहरूले यति चाँडै लुगा तयार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~महेन्द्र महक~ तिहारमा बहिनीका लागि कस्तो उपहार पठाउने होला ? मैले यस विषयमा केहि सोच्नसकेको थिइन । तर, दसँैंपछि घर फर्किन लागेको गाउँले एकजना साथीलाई मेरो सामान पनि लगिदिनका लागि भनेको थिएँ । ज्वाइँलाई पनि ‘कुनै सामान घर पठाउनु छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : पिँजडाको सुगा

~अज्ञात~ आफ्ना पखेटाले पिँजडाका बारमा हिर्काउदा-हिर्काउदा शरीर सबै रगताम्य भैसकेको छ तै पनि उसले ती आफ्ना कार्यहरु गर्न छाडेको छैन । पिँजडाका वारका डण्डीहरु टोक्दा-टोक्दा उसका दाँतहरु सबै भाँचिइ सकेका छन्, नंग्राले खोस्रदा-खोस्रदै नङहरु उप्किएर गइसकेका छन् । तर पनि … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : महिनावारी भएपछि मन्दिरअघि

~डा. सुजित कुमार झा~ हरेक साल जस्तै यसपालि पनि चाडतिहारमा मेरो र मेरो साथीको पारिवारिक जमघट भयो। त्यहाँ विविध विषयमा कुरा भए यही क्रममा स्वेता जो मेरो साथीकि छोरी हो उसले प्रश्न गरीः अंकल, मेरा घरका अग्रजहरुले महिनावारीका बेलामा पूजा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म भित्र प्रेम खोज

~ओनिक अज्ञात~ म भित्र प्रेम खोज, थोरै हैन, प्रशस्त भेटाउँछौ ! म भित्र सुन्दरता खोज, ढुंङ्गा हैन, फूलहरू भटाउँछौ !! रूप रंग होइन, साँस फेर्न हावा चाहिन्छ, जुन अदृश्य छ ! नाता मात्र हैन, जूनी काट्न माया चाहिन्छ,

Posted in कविता | Tagged | Leave a comment