Tag Archives: sangrahalaya

कविता : धर्म र अफिम

~चन्द्र गुरुङ~ सडकैभरि पोखिएका भक्तजन् जोरदार चिच्च्याइरहेछन् भजनकीर्तन उफ्रिँदैछन् जोश र आक्रोश कुनातिर कोही फुसफुसाइरहेछ ओऽऽऽम माने पेमे ओऽऽम माने पेमे ओऽऽम माने पेमे चर्चभित्र रनभुल्लमा छ क्यारोलको लय मस्जिद वरिपरि पखेटा फटफटाइरहेछ आजानको पंक्षी लट्ठिएको छ समय- गल्ली-गल्ली, चोक-चोक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज, नदी र म

~तुलसी दिवस~ समय थुनिएको बुइगलको भत्किएको पाखामा शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज, युगको आफ्नै छिंडीको चिसो भुइँतलामा युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज, बन्दीघरमा थुनिएका तर नसुनिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : या रुवाऊ या हँसाऊ

~कृष्ण प्र. पाण्डे~ या रुवाऊ या हँसाऊ मेरो प्यार तिमी हौ दुख्दा मुटु निको पार्ने उपचार तिमी हौ न भोक छ न प्यास छ खाली तिम्रै आश छ बेहाल यो हालतको जिम्मेवार तिमी हौ

Posted in गजल | Tagged | Leave a comment

कविता : सुतेको देश

~स्वामी सुभाष चन्द्र~ मेरो देश सुतेको छ, उठ्नै नसक्ने गरी सुतेको छ| भातृप्रेम बेसुरशैली मा टुक्रदै फुटेको छ, हो,मेरो देश सुतेको छ | लोकमा सन्त्रास उठेको छ, आगोमा बर्बर ज्वाला उठेको छ|

Posted in कविता | Tagged | Leave a comment

कविता : म एउटा आगो हुँ

~दिपा एवाई राई~ चकमक झुलोबाट निक्लेर अगेनामा धुनि जगाई तिमीलाई न्यानो पारी माया गर्ने म एउटा आगो हुँ, तिमी शिकार जानु अघि मलाई पोल्टोमा राखेर सधै सुरक्षीत हुन्छौ जंगली जनवारसाग युद्व गर्न कतै रात परेर अभर पर्दा मलाई राँको बनाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : हल्ला चलेछ

~राजु लामा~ हल्ला चलेछ राजै चर्चा चलेछ मै विदेश जाँदा, विदेशैमा बसेछ भनेर उतैतिर घरजम भो भनेर हल्लै हल्लाको संसार आउँदै छु म माया नमार कसरी म भुल्छु नि लै लै, तिम्रो त्यो मायालाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कविता : मेरो काठमाण्डौं

~निश्चल के.सी~ मेरो काठमाण्डौं घरैघर भएको काठमाण्डौं । मेरो काठमाण्डौं मोटरकार र टयाक्सी भएको काठमाण्डौं । मेरो काठमाण्डौं सडक गल्ली भएको काठमाण्डौं । मेरो काठमाण्डौं मन्दीरै मन्दीर भएको काठमाण्डौं ।

Posted in बाल कविता | Tagged | Leave a comment

लघुकथा : याचना

~केशु बिरही~ उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : माया को ढिस्को

~अभि सुबेदी~ धेरै बगेपछि आँशु जस्तो पानी सुकेर गए पनि आकाशमा कटक्क माया लाग्ने

Posted in कविता | Tagged | Leave a comment

कथा : हिंड्दै गर्दा…

~रूपेश श्रेष्ठ~ र आखिरमा भारी सुटकेश घिसार्दै म रेल चढें। सुटकेश भन्दा पनि भारी यो मनलाई रेलमा चढाउन सकस भयो। जसोतसो रेल चढें। **** “जुनीऽऽऽ” केहिदिन अघि घर जाँदै गर्दा हामी चुपचाप हिंडिरहेका थियौं। उसले सानो स्वरमा बोलायो। “हजुर” उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवारी कविता : प्रियतमयात

~नारायणदेवी श्रेष्ठ~ प्रियतम पूजा यय् योला जिं ? आशान्त मनया पीडा न्यांका अश्रु-अमृत-धा: मद्दिक छाया व्यथित हृदयया चिन्ता च्याका प्रियतम पूजा याय् योला जिं ?

Posted in नेवारी कविता | Tagged | Leave a comment

समीक्षा : भाषाको प्रगतिशील पक्ष

~शशिधर भण्डारी~ कुनै पनि भाषाको आधार र अपनत्व हुन्छ। आधार र अपनत्वको पृष्ठभूमिबाट भाषाले अधिरचनामा एउटा रूप लिन्छ। नेपाली भाषाको आधार निर्माण, अपनत्व र अधिरचनामा यसको सुन्दर तस्वीर निर्माणको इतिहासमा नेपाली भाषाको पक्षमा उठेको झर्रोवादी आन्दोलनको ऐतिहासिक महत्व रहेको छ। … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : आज

~अमन महर्जन~ रोटे पींग झैँ समय चक्र घुम्दै गर्दा को कति बल्द्यांग खाए को कति उपहास बने त्यो छटपटी मा जन्मेको प्रजातन्त्र आक्रोशमा बिउझेको यो गणतन्त्र तुँवालोले ढाकेको सुनसान बस्ति संगै सिमा स्तम्भ हरु ढल्दै र ढाल्दै गर्दा पराइ र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लोक गीत : साइलीरिमै

~संकलन: धर्मराज थापा~ साइली रि मै साइली रि मै चौरी गाई झर्‍यो रि मै मधुवनैमा उकालीमा जाँदा जाँदै दाइने पर्यो बर २ वनमा एक्लै गाई चराउने (काँ हो तिम्रो घर)२ वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो २

Posted in लोक गीत | Tagged | Leave a comment

लेख : नाम उर्फ उपनाम

~पदमसिंह कार्की~ न्वारानको नाम तीर्थमाधव जुरे पनि लक्ष्मीपूजाको रात जन्मेकै कारण लक्ष्मीप्रसाद देवकोटाका रूपमा प्रकट भए । पूर्णिमामा जन्मेका पूर्णलाल श्रेष्ठ औपचारिक रूपमा सहिद गंगालाल भएर अमर रहे । त्यसै गरी चूडामणि बनारसको प्रसादका रूपमा विश्वेश्वरप्रसाद कोइराला बनेर नेपाली राजनीतिको … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : एक दिन सबैको आउनेछ

~महेश  बराल~ एक दिन सबैको आऊनेछ, जसरी ऊसको आएथ्यो, त्यसरी नै तिम्रो पनि आऊनेछ, मेरो पनि आऊनेछ । हो साथी, एक दिन सबैको आऊनेछ । ऊसको र मेरो सोच उस्तै थ्यो, जसरी समानता छ तिमी र ममा । ऊसको र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : फेसबुकको सुन्दरता

~गोकर्ण भट्ट~ फेसबुकमा नयाँ प्रोफाइल तस्बिर राखेको एक घण्टा पनि भएको थिएन, उसको प्रशंसा शुरु भयो- “यु आर सो ब्युटिफुल, ह्वाट अ लुक, आइज लाइक द स्टार, भिजन एज द डेप्थ अफ सि ….., सो सेक्सी ….., क्यान यु गिभ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : शकुन्तलाको चिन्तन

~पारिजात~ भर्खर निर्माण भएको दुईतले घरको स्टोरसँगसँगै बनेको एउटा चिसो छिंडीमा काखमा स्याकिने छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छ। यतिखेर घडीले साढे आठ बजाइसक्यो। झोल भात पाकेर पनि सेलाइसकेको छ। शकुन्तलालाई थाहा छ आज उसको लोग्ने अलिकति आश्वस्त भएर, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Such is thy relation!

~Radha Malla~ Sublime lies there In the presence of pleasure and fear So, are thy spiritual ties There, the beauty lies! All the planets enjoy Moving around sun But they relation Don’t entertain sun fun Beauty lies there In the … Continue reading

Posted in Poem | Tagged | Leave a comment

गीत : यस्तै रहेछ यहाँको चलन

~यादव खरेल~ यस्तै रहेछ यहाँको चलन हार्नेको आँसु जित्नेको हाँसो मेरो छैन केही तिमीलाई गुनासो तिम्रो लागि दुई दिनको रमझम मेरो उमेर भरीको नासो भो तिमीले खेलेको मायाको खेल नै

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : एकछाक त पाक्नैपर्छ

~आजाद अजनवी~ हाम्रो चिुसो चुल्होमाथि एकछाक त पाक्नैपर्छ लुटाहालाई अब चाँढै घाँटीमा नै ङ्याक्नुपर्छ गरीबका आँशु खुनमा होली खेल्नेजति जालिहरूलाई एक एक गरी कन्चटमा ताक्न्ाुपर्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : झट्ट आँखा उघार !

~शान्ता पन्त~ पूर्खाको त्यो अथक सपना आत्मले सम्भि्कराख, पाला पुस्ता तरुणवयको जिन्दगी होस् राख। नेपालीको अवनति भयो छैन राम्रो मुहार, ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। १।। सोचौं हामी सकल मनले देशमा फैलिएको , बाधा कस्तो भुवनभरीनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कति भरौं पाना

~ललिजन रावल~ पीडाहरू पोखी सधैं कति भरौं पाना आँखाबाट बगाउँदै मोतीका यी दाना बर्षा याममा फेरि पनि पानी चुहिरह्यो कैले टालिएलान् कठै चुहिएका छाना

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : लक्ष्मीप्रसाद देवकोटा : वैचारिक पक्षको अध्ययन

~मोहनविक्रम सिंह~ प्राक्कथन : लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र हृदयचन्द्रसिंह प्रधान तीनजना नेपालका मेरा सबैभन्दा सम्मानित र प्रिय साहित्यकारहरू हुन्। देवकोटा मेरा गुरू पनि हुनुहुन्थ्यो। (हाईस्कूलमा उहाँले मलाई ट्युशन पढाउनु हुन्थ्यौं) जुद्धोदय पब्लिक हाईस्कूलमा प्रथमपल्ट छात्रसङ्घको गठन गर्दा म त्यसको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : सुन्यतामा हराउदैछौ किन

~बिपिन किरण~ आज फेरी सुन्यतामा हराउदैछौ किन नजिक आइ बोल्नलाई डराउदैछौ किन मनका कुरा खोल्न यती डर लाग्छ भने भित्र भित्र मलाई मन पराउदैछौ किन

Posted in गजल | Tagged | Leave a comment

गीत : क्या दामी भो

~राजेन्द्र थापा~ बेहोशी पछि त होशमा आउँदा क्या दामी भो यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो बाहिर अमृत लेखे पनि भित्र भने बिषादी रैछ माया अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : डि. भी., मेरी स्वास्नी र म

~भरत बागलुङे~ कहिं नभएको जात्रा हाँडी गाउँमा भने जस्तो हिजोआज काठमाण्डौमा अमेरिका जाने सपना देख्नेहरुको जात्रा नै लागेको छ । यता जाउँ डि. भी. उता जाउँ डि. भी. घरघर, टोल-टोल बाटो घाटो जहाँ तहिं डि. भी. भर्ने-भराउनेहरुको कुडुलो नै लागेको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : विषमता

~मित्रमणि आचार्य~ एक्लै सोच्दैछु/योजना कोर्दैछु कसरी बाँच्ने, कसरी रहने? हिजो मात्र/रमेश पक्डियो रे…। रोएको अपराधमा/आफ्नो छोरो मरेको शोकमा आफ्नो परिवारलाई साथ दिएकोमा। हिजो ऊ हाँस्नुपर्थ्यो रे ! किन भने, त्यस देशको शासकको छोरो जन्मिएको रे !

Posted in कविता | Tagged | Leave a comment

कविता : युग हाँक्ने लाल योद्धाहरू हो

~सागर कुँवर~ युग हाँक्ने लाल योद्धाहरु हो समयको मागलाई बुझ इतिहासको स्वर्णिम घडीमा विश्वको कालो इतिहासलाई ध्वंस गरी, नयाँ इतिहास लेख्न, रगतको मसी कलममा भर ! नयाँ युगको आमा बन तिमीलाई नयाँ युगले स्वागत गरिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : माली

~निभा शाह~ हामी खुट्टा बनाउँछौँ हामीले बनाएका खुट्टाहरू हामीलाई नै कुल्चिएर सडक बनाउँछन् । यही हो हाम्रो इतिहास आफैले बनाएका पैतालाले आफैलाई कुल्चिएको इतिहास ।

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : सिंह र खरायो

~अज्ञात~ कुनै ठाउँमा एउटा ठूलो वन थियो । वनमा बाघ, सिंह, भालु, हात्ती, गैंडा, खरायो, जरायो, बाँदर आदि थिए । सिंहचाहिँ वनको राजा थियो । सिंहले मनपरी ढङ्गले वनका जनावर मारेर खान्थ्यो । एकदिन सबै जनावर एकै ठाउँमा भेला भए … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

पत्र साहित्य : प्रेमिकालाई पत्र

~बिजु सुवेदी ‘विजय’~ धेरै किसिमका फूलहरु स्वर्गका थुप्रै बगैंचाहरुबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छा सहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद ! मेरी प्यारी स्याफ्रोन !!! म एकदमै हल्का महसूस गरिरहेको छु तिम्रो माया , समर्पण , आदर , सत्य … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment