Tag Archives: sangrahalaya

गीत : आँसुले यो मन बहकिन्छ

~आभास~ आँसुले यो मन बहकिन्छ मातले पनि बहकिन्छ रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ मायाको कुनै भर हुन्न कहाँकहाँ अल्झिदिन्छ घाउ त बरु निको हुन्छ माया फेरि बल्झिदिन्छ तलाउमा जून चहकिँदा मुहार उही झल्किदिन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लाटो छोरो

~जनक दाहाल~ थोरै धुवा धेरै आगो जस्तो जीवन उस्तै फोटो एकैछिन पहेलो, त्यसपछी मोटो खुब गरेउ भगवान! पुग्यो होला नि धोको? तल शितल माथि आगो जस्तो स्वरूप उस्तै चालो शरण पाउन भनेर ॐ शान्ती जप्यो खुब गरेउ भगवान! बिथैमा तिमीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्ताउनै लागेको सुर्य

~दिपक अधिकारी~ अस्ताउनै लागेको सुर्य झैं, घरले जा-जा र बनले आ-आ भनिरहेपनी, मेरो त अझै पनि बाँच्ने रहर सेलाएको छैन, फुस्रिएका ईँट्टा झैँ अनुहारै फुस्रो भयपनी, मेरो मन चाँहीँ फुस्रिएको छैन !

Posted in कविता | Tagged | Leave a comment

दीपक जडितका पाँच हाईकुहरु

~दीपक जडित~ खुशी छल्केको एक हूल मनमा चन्द्र र सुर्य । १ ——— त्यो अँगालोमा चन्द्र सुर्य देखियो अनन्त हर्ष । २ ———

Posted in हाइकु | Tagged | Leave a comment

कथा : वास्तविकता

~कोरङ्गी प्रेम~ शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरू सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य निबन्ध : भैसी मनोबाद

~सन्जिव बराल~ उफ यो झिंगा पनि कति छिर्छ नाक को प्वाल मा, असार श्रावन को महिना चारै तिर कहिले टन्टलापुर घाम कहिले भने पखाला लागे जस्तो झरी हाल्छ । आ.. यो दात मात्रै नि कति चपाउनु गिदी हल्ली सक्यो। घर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो इतिहास

~बुद्धीलाल तमाङ~ मेरो इतिहास, बीरहरुको बिरताको इतिहास थियो बलिदानका कथाहरुको इतिहास थियो त्याग र समर्पणका गाथाहरुको इतिहास थियो जिउदा र जाग्दाहरुको इतिहास थियो अखंड जितहरुको इतहास थियो जितै जितको इतिहास थियो अहा! मेरो इतिहास!

Posted in कविता | Tagged | Leave a comment

गीत : फूलको पात

~रवीन्द्र शाह~ फूलको पातमा दुई थोपा आँसु यो मेरो खस्यो कि गढेको तस्विर यो मेरो दिलमा के अझै गढ्यो कि गगन बिचको झल्किने तारा कुन चाँही हाँस्ने हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आमा

~संजीव चापागाईं~ आमा रहेछ शक्ति ,आमा रहेछ माया , जिबन्तता त्यो भर्ने ,आमा रहेछ छाँया , आमा रहेछ धर्ती, बांच्ने त्यो मौनता मा , आमा रहेछ पुष्प ,फक्रन्छ श्रीजनामा। …………………. खोजेर वा नखोजी ,माया अनेक भेट्छु , आमा त्यो तिम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भ

~सुकुम शर्मा~ १. उठान सिर्जनात्मक अभिव्यक्ति हृदय र मस्तिष्कसँग जोडिएको हुन्छ । हृदयसँग जोडिएको अभिव्यक्ति आत्मपरक वा व्यक्तिनिष्ठ (SubjectÈve) हो । मस्तिष्क या बुद्धिपक्षसँग जोडिएको अभिव्यक्ति परात्मक वा वस्तुनिष्ठ (ObjectÈve) हो । व्यक्तिगत अनुभूतिको प्रत्यक्षीकरणमा आत्मपरकता वा व्यक्तिनिष्ठता (SubjectÈvÈty) हुन्छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : नयाँ नेपाल ! नयाँ नेपाल !!

~भाउपन्थी~ “नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सातो

~कला अनुरागी~ तिमी चढेको विमानजस्तै फुत्त उड्यो मेरो मुटु र, गयो सातो तिमीसँगै । त्यही दिनदेखि एउटै दृश्य आइरहन्छ आँखामा- तिमी बिस्तारै छुटाउँछौ अँगालो समाउँछौ चपक्क हात अनि, छाड्छौ बिस्तारै र, बढ्छौ मैले जुनीभर नदेखेको अनकन्टारतिर । आत्तिरहन्छ मन

Posted in कविता | Tagged | Leave a comment

कविता : मोदनाथ प्रश्रतिको ठेगाना खोज्दै हिँडेका पृथ्वीनारायण शाहका प्रेतहरु

~संगीतश्रोता~ महाराज पृथ्वीनारायण शाहसँग जम्काभेट भयो एक गणतान्त्रिक साँझमा अचानक कीर्तिपुर पाँगा दोबाटोमा ! मैले सोधेँ- बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ? उहिल्यै काटिगएका थियौ किपू-ज्यापूका नाक-कान के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ? मेरो ठाड्ठाडो प्रश्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइ

~अनमोल मणी~ बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ फेरि भेट हुन्छ हुन्न! फेरि यस्तै दिन नहुन सक्छ नवहन सक्छ यस्तै हावा पहिरो जान सक्छ लेउ लागेको प्राचीन बाटो कुनै शासक

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनता

~शिरिष पराजुली~ जब हामी दुई भयौ; मौनता र आँसुमा आधा भाँचिएको मन वर्षौं देखि मर्मतको खोजिमा । बिहानीको शीत; मेरा ओसिला परेलामा म सम्झन्छु चेतावनी जो म सोचिरहेको हुन्थे । सबै टुक्रिएझै; कतै तिम्रो नाम गुन्जाएमान हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : परित्यक्ता

~पूर्णबहादुर बस्नेत~ मैले त यसको अर्थै बुझेकी रहेनछु। अर्थात् मेरो त्यो ‘कुरा’ बुझ्ने उमेर नै भैसकेको थिएन सायद। घरमा बा र आमाले ती कुरा सिकाउने कुरा थिएन। भर्खर–भर्खर १५ वर्षमा लागेकाले मैले त्यस्तो कुराको मेसो पाउन सकेकी थिइनँ। आमाले त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो देशको गती

~दुर्गा राइ~ मेरो देशको गती अनी यो साइकिल एउटै एउटै पारीबेश मा छ, साइकिल लाई चाढ्ने को भार दुबै लाई फेरी अर्काकै सार, देशलाई दिशा दिनेहारु धेरै आए

Posted in कविता | Tagged | Leave a comment

गजल : बारम्बार आँउछ

~पुष्प अधिकारी ‘अन्जली’~ यादहरू यसरी बारम्बार आँउछ , अँखाभरि सपना लगातार आँउछ । सस्तो सस्तो राहत बोकेर अचेल, जसको पनि घरमा सरकार आँउछ ।

Posted in गजल | Tagged | Leave a comment

देउडा गीत : लागि गयो बसन्त रितु

~प्रकाश धामी~ लागि गयो बसन्त रितु,पलाई गया पाला । खेत बारी आउन लाग्या,गँहु जहु बाला ।। मेल पलुई झप झपना,सिमल फुलि लाल ।

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : युगल जोडी

~कञ्चन पौडेल~ रसिक छ्न यि युगल जोडी, शान्ति का प्रतिक प्रेमले मगन भएर कस्तो बसेका नजिक । सृस्‍टिका फुल क्या राम्रो सँग रमेर फुलेका सास्वत सत्य उजागर गर्दै प्रेम ले झुलेका ।

Posted in कविता | Tagged | Leave a comment

कथा : जुका

~कृष्ण अविरल~ बिहानको १० बजेको थियो । भर्खरै अफिस पुगेर कम्प्युटर खोल्दै थिएँ । मोवाइलमा चिरपरिचित धुन बज्यो । हेरेँ सुनिताको नम्बर । हेलो भन्ना साथ आत्तिएको स्वरमा उनले भनिन्– ‘तपाई एकछिन म कहाँ आउन सक्नु हुन्छ ?’ ‘जरुरी केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बहर बनी आयौ तिमी

~झमक घिमिरे~ अक्षरका माला उन्दा बहर बनी आयौ तिमी कल्पनाको सागरमा जहर बनी आयौ तिमी उत्साह र उमंगका कुरा त मिलनमा हुने मेरो जीवनमा बाँच्ने रहर बनी आयौ तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : हौसला

~ध्रुव पन्थी~ मलाई थाहा छ, हिसाब खोज्न थालेँ भने मेरो ‘वासलात विवरण’ कहिल्यै मिल्ने छैन सरले त पढाउनुभएको थियो – ‘सम्पत्ति’ बराबर ‘दायित्व’ र ‘सेयर’ तर जतिपल्ट गणना दोहोर्‍याए पनि त्यो बराबरी भेटिने छैन ‘नाफानोक्सान विवरण’ जतिसुकै राम्रो देखिए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रिवेणी दोभान

~अमर नेम्बाङ लिम्बू~ वर्षौँ पहिले श्रावण महिनाको एक दिन स्थानीय त्रिवेणी दोभानमा जलाएको थियौँ हामीले मेरी स्वर्गीय मुमाको लाश । मुमालाई दोभानमा झार्दा कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइको बेला

~रमेश गौतम~ उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक साथ हेरिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कथा : सेलाइएको फूल

~सृजन सापकोटा~ “भगवानले सबै देख्छन् बाबु!” – हर्क बुढाले मतिर फर्केर भने। किन त्यसो भने मलाई थाहा छैन, तर मेरो आँसु थामिएन। म दरिद्र भएर रुन थालेँ। बगिरहेकी मैली बागमतीमा मेरा आँसु विलिन भए। बागमती झन मैलिइन्। केदारनाथ तिर्थ जाँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : सानै हुरीमा बैंशको सपना

~भूपी शेरचन~ सानै हुरीमा बैंशको सपना सिमलको भुवा झैँ उडी गयो तिमि के गयौ खुशीले पनि मलाई आँखा तरी गयो सानै हुरीमा… धेरै हाँसे साँच्ची नै रुनु पर्दोरहेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : के निस्कियौ

~प्रकट पगेनी~ तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ भाग्यमानी रैछ साबुन फिँजैफिँज भै बरालियो जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा

Posted in गजल | Tagged | Leave a comment

कथा : अच्छा भैल

~तृष्णा कुँवर~ ‘चुनरीके केहु अरहर बेरामें दबोच लेहलस, अब का मुँह लेके यी गाँवमे जियल जाई?’ (चुनरीलाई कसैले बेज्जत गर्यो अब के मुख लिएर यो गाउँमा बस्नु ? ) झिनका बतासजस्तो भएर खरको झुप्रोभित्र पस्यो। दिनभरि खेतमा बैठौनी (रोपाइँ) सकाएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ गजल : काइरान ढ्वागे दारेम

~च्याङबा तामाङ~ चुनाव हाजी ज्यो ज्यो आले ठिमला काइरान ढ्वागे दारेम ताम्सालिङला बु ह्वारारी छोर्बा छोरङान स्वागे दारेम ।। ग्यार्जा तोङजा नाङसिन थान्जी कथित ग्लेठिमसे नाङबा प्लेबा बाँझो री ह्याङ डिक्सी ख्वागे दारेम ।।

Posted in तामाङ गजल | Tagged | Leave a comment

गीत : आँसुको महत्व हुँदैन

~राकेश कार्की~ जब तिम्रो आँसुको महत्व हुँदैन बगिरहन्छ अविरल कसैलाई छुँदैन अलि अलि माटोले लुकाइदेला अलि अलि घामले सुकाइदेला तिमी एक्लै हुन्छौ केवल तिम्रो मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : होरीदेखि मोहन दाससम्म

~घिमिरे युवराज~ संगत गरिरहेको हुन सक्छ। वरिपरि सधैं देखिरहको पनि हुन सक्छ। तर, उसको साच्चिकै स्थितिको गहिराईसम्म पुग्नै सकिंदैन। उसको आर्थिक र समाजिक विक्षिप्तता, लाचारिपन, शारीरिक र मानसिक दुःख अति भयानक हुन सक्छ तर पत्तो हुंदैन। समाज र प्रबृत्तिका कारणले … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment