Tag Archives: sangrahalaya

कविता : ब्ल्याकहोल र मेरो देश

~पीताम्बर भट्टराई~ मेरो देश परिवेश तिरै बहुला दौडे जस्तै र्‍याल बगाउँदै पुच्छर लुकाउँदै अनाहारी शिशु माथि सिंहराजले झम्टे जस्तै झम्टिने योजना बोकेर दिन दोब्बर रात चौब्बर ब्लेक होल दौडिरहेछ मेरै देशतिर मेरै परिवेश तिर खै प्रतिवादको फर्मुला त्वम शरंणं प्रार्थना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू के थियो त्यो?

~मुक्ति गौतम~ मृत्यू के थियो त्यो? तिमीले जित्नसक्ने हाँसेर बरण गर्यौ तिमीले, कायर थिए उनिहरु जो हारे रेटेर गए तिम्रो घाँटी। डरपोकहरु, निशस्त्र तिमीसंग भय र त्राशले

Posted in कविता | Tagged | Leave a comment

कविता : विजय

~पारिजात~ जीवनको पूर्व–पश्चिम कुनै यात्रा यस्तो भएन जहाँ पाइतालामा काँडा नबिझेको होस्, जहाँ औलामा ठेस नलागेको होस् दश बिसौनी एक पुल्टुङबाजी नडराई हिंडिरहेका सहयात्रीहरु देखेपछि जीवनप्रतिको कलिलो अनुभूतिलाई एउटा माइल ढुंगामा यसरी लेखेर आएको छु, एकथरीको जीवन विजयबाट शुरु भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छ नेपाल राम्रो

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ छ नेपाल राम्रो अरू देश भन्दा गरौं आज सारा यहाँ काम धन्दा उकाली चढौं है अगाडि बढौं है छ यो देश प्यारो र माया गरौं है बुझौं स्रोत खोजौं करोडौं कुमाऊँ बलौ दीप जस्तै र हामी रमाऊँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्धविश्वासको जाँतोमुनि

~श्यामल~ असीवर्षे उद्या ढोली राति एघार बजे हामी सुतिरहेको घरमा आयो र ढोका ढकढ्क्यायो । अपरिचित ठाउँमा यसरी अबेर राति कसैले ढोका ढ्कक्याएपछि एक छिन मेरा सहयोगीहरू डराएझैं गरे । तर मैले को हो यतिबेला भनेर सोध्दै ढोका उघारिदिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फुल झरेपछि

~राजेश नेपाली~ सुन्दरता र अस्तित्व कहाँ हुन्छ फुल झरेपछि बोटै मर्छ खडेरीले मालीलाई नै हरे पछि। सामु हुँदा सामन्तलाई मालिक भन्दै पुजा गर्ने नवर्षीने गर्जीरहन्छौं उसले खोला तरेपछि। आफू–आफू काटाकाट गछौं कुर्ची पाउनलाई

Posted in गजल | Tagged | Leave a comment

छोक : दोष कसको?

~तीर्थराज अधिकारी~ गर्मी छल्न बटुवाले छाता उघार्दा आसपासका कोही तर्सिन्छन् भने दोष कसको ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतन्त्रका लोकमानहरु

~नरनाथ लुईंटेल~ अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भइरहेको छ । लोकका पालकहरु लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

साहित्यिक भलाकुसारी : ब्यस्तताको निहुँमा सिर्जनालाई मार्नु हुन्न

इलामको पद्य साहित्यको संसारमा जीवनहरि शर्मा नौलो नाम होइन । सुम्बेक–७ मा २०१७ सालमा जन्मनु भएका साहित्यकार शर्माले ‘टिष्टाको सन्देश’ र ‘तिलक प्रथा’ गरी दुई वटा सामाजिक खण्डकाब्य प्रकाशित गरिसक्नु भएको छ भने ‘अधम’ नामक फुटकर कविता संग्रह प्रकाशनको अन्तिम … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : शालीन प्रेम र परेवाहरू

~भावना पोखरेल~ प्रकृतिका शालीन सिमाहरू नाघेर कुल्चदैनन् परेवाहरूले सभ्यताका मानक कसले भन्नसक्छ परेवाहरूको राष्ट्रियता हुँदैन एक पेट चारो खाज्दै नौडाँडा काटेर गए पनि परेवाहरूले बिसिदैनन् आफ्नो वस्तीको माटो परेवाले कब्जा गर्दैनन् अर्काको आकास र खसाल्दैनन् जमिनमा प्रलयकारी विस्फोटनहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : उमङ्ग

~गोपाल पौड्याल ‘अकिन्चन’~ रातासारी हरिया पोते हातभरी चुरा छन् पोख चेली तीजको दिन जति मनमा पिडा छन् आफ्नै चाड आफ्नै संस्कार दिल खोलेर हासी देऔ आफ्नै भाका आफ्नै ताल छम छम नाचिदेउ जति सक्छौ सजाउ आज पहिरन र श्रिगार नदेखाउनु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : के भर

~आजाद अजनवी~ के भर पानी खर झै सल्किन सक्छ अनि आगो नदी झै छल्किन सक्छ । जे पनि हुन्छ प्रेममा धनसम्पति भए गाई पनि बोका संग पल्किन सक्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अव्यक्त एउटा पीडा र सुषुप्त ज्वाँलामुखी

~भोगेन एक्ले~ तनावमा छु आजको अस्त भोलिको उदय या भनौं बिपना र सपनाको ठीक बिच उभिएर खुब तनावमा छु विगतको समीक्षा आगतको सम्भाबीयताको अध्ययन वर्तमानको हरेक क्षणमनले मगजलाई घोची रहन्छ यथार्थमा आदर्श गल्ने पो हो कि खसेर भीरबाट सुन्दर कल्पनाहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजार सपना र मनमाया

~विमला तुम्खेवा~ यो बाटोको अन्तिम बिन्दु यो आकाशको क्षितिज र उसले कुल्चिएर गएको पाइतलाको खत कसरी हरायो कतै, समुद्रको तूफान भएर । पीरले पोतिएको उसको कालो अनुहार पृथ्वीको कुन रेखामा पर्छ सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई तूफानजस्तो जङ्गलका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : उपपति

~रामप्रसाद दाहाल~ १ ठेलागाडीको सामान आफ्नो डेराकोठामा पुर्या्ई सकेपछि अनिलले एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा थुप्रो लागेका सामानतिर हेर्योख। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : जिन्दगी बित्यो

~भैरबनाथ रिमाल “कदम”~ जिन्दगी बित्यो रुमल्ली त्यसै संसार यात्रामा हार जितको कुनै पहेलीसंगै भौतारी यात्राामा ।। आँखामा आँसु मनमा पिर सिवाये केही छैन झल्किन्छ फगत दिलको घाऊ झन निको हुँदैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आफै स्याल, कुखुराको काल

~अजम्वरध्वज खाती~ दुष्ट भाषा क्लिष्ट भाषा, अश्लिल भाषा भाषाहरू कपट दिलका भाषाहरू, जहर हुन् यी जहर बोल्छन् व्यभिचारी हुन्छन् बोलीहरू। (१) यी भाषाहरूमा अनुहारहरू लुकाइएका हुन्छन् बोलीहरू चपाइएका हुन्छन् ढाँटेर आफ्नै मुटुलाई कुराहरू देखाइएका हुन्छन् अनौठा बोल्छन् अनौठा विषय छल, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : धर्तीमा झरेको तितो फल

~उस्ताद खलिलुल्हा खलिलि~ अनु : केशव सिग्देल म धर्तीमा झरेको तितो फल हुँ जो जकडिएको छु समयको पञ्जामा। ए स्वतन्त्रताकी छहरा ! तिम्रो कृपा अरु के हुन सक्थ्यो यो तितो फूललाई गुलियो बनाउनु बाहेक?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : शुभयात्रा -अविनाश ! शुभयात्रा !!

~विवश पोखरेल~ एक्कासि झस्किएँ म । बसपार्कनजिकको सडकछेउमा र्दुइ तीनवटा बेडिङ र असरल्ल सामानको आडमा उत्तानो पल्टिएको थियो अविनाशको नामअङ्कित साइनबोर्ड – अविनाश शर्मा । हेल्थ असिस्टेन्ट, टी यू । अविनाश यहाँ कसरी आयो ? एउटा कौतूहलले पखेटा हाल्यो मभित्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नजिक टाढा

~विश्वेश्वरप्रसाद कोइराला~ पानीले निथुक्क भिजेपछि धरती त्यसै त्यसै चलमलाउन थाल्छ मुहारमा निन्यारोपन लिएर पनि इन्द्रेणी मुस्कुराइरहेको हुन्छ पानीको थोपा बक्षस्थलमा खस्दा धरती त्यसै त्यसै मोहित हुन्छ धरती त्यसै प्रफुलित हुन्छ यौवनको मादकताले धरती

Posted in कविता | Tagged | Leave a comment

कविता : आराधना

~युद्धप्रसाद मिश्र~ आँखा अन्तर खोल पूर्व घडीको सल्किसक्यो झोपडी वाणीको बलको विवेक मतिको आयो परीक्षा घडी तोडी संकट दुर्ग घोर भुमरी फोरि अगाडि बढी धावा बोल निमित्त जन्मथलको डाँडा र काँडा चढी भै उत्तीर्ण अजेय जन्म भरको झोंकेर आफ्नो बल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : गोप्यकुरा

~सागर बस्नेत~ बेलुकाको खानापछि टिभी हेर्दैथिएँ, धन्दा र थान्कोमुन्को सकेर रमा शयनकक्षमा पसिन्| मपनि उनको पछिपछि गएर बिच्छ्यौनामा पल्टिएँ, उनी श्रींगारऐनाको अगाडी बसेर खोई के गर्दैथिन| उनले प्रसन्न मुद्रामा सुस्तरी भनिन् “हजुरलाई थाह छ, देवकीले छ नि कुमारेको बच्चा सफा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Unfulfilled Desires!!!

~Santosh Koirala~ I came from a country People, torn out and poors Started searching for a job ringing bells and knocking doors I got a job here Working place is quite far Anyway, I started earning dollars Now!! I want … Continue reading

Posted in Poem | Tagged | Leave a comment

छोक : गैरी गाउँ

~आभास~ मेरो गाउँको नाउँ गैरी गाउँ यहाँ सूर्य उदाउँछ आँगन लिप्न तर गहिरा छन् अझै रातहरु यहाँ

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : जतिको माया

~चेतन कार्की~ जतिको माया मेचीलाई, उति महाकालीलाई मायाले बाँधी लौन लौ, कोशी र कर्णालीलाई अरु त ल्याउन खोज्दैछन्, धरतीमा जूनलाई होड अनेकौं गर्दैछिन्, जिउंदै स्वर्ग छुनलाई हामीले मात्रै गोरेटो, खोजेर हिड्न, लाजै हो भोलिलाई काम नराखौं, देश बनाउनु आजै हो

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : सूर्यास्तको संभावना

~बलदेव भट्ट “बिहानी”~ पुष्पशाक टीप्न खाराबाट दुनै हनिएपछि भालुवांग का भोको बजार राप्तिको किनार लाइ दोषारोपण गर्छ मध्य दिनको बादलमाथि आगलागी भएपछि मैले, मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !! सुस्ता तीरबाट पिडाएको मेरो बस्ती काली र सेतीसंगै बेचिएर पश्चिमतीर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : म तिम्रो सोकेशकी परी होइन

~रामनाथ खनाल~ ‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली । थाहा छैन अव कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अव सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो रूप

~बसन्त थापा~ हेरी रहू जस्तो लाग्ने,चुमिरहू जस्तो लाग्ने हरेक सीमा भत्काएर तिमी सामू पुगु लाग्ने मन भित्रका सबै इच्छा पोखु पोखु लागिरहने सर्बस्व लूटाएर भए पनि तिमीलाई पाऊ लाग्ने अंगालोमा राखीरहुकी,हत्केलामा राखीरहुकी

Posted in कविता | Tagged | Leave a comment

कविता : म दिलबहादुर लिम्बु

~किराँती भोगेन एक्ले~ हजुर म दिलबहादुर लिम्बु जिन्दगीदेखि आजित खुल्ला आकाशमुनि ओतिएको म आज शिकार भएको छु एउटा सनकी सिपाहीको यो सम्पतिले पुरिएको सहरमा सयौँ तले खण्डहरहरुको घुइँचोभित्र मेरोलागि खाली मात्र म अटाउने एउटा छिँडी नमिल्दा हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खुशीको संसार

~मिलन आचार्य~ खुशीको संसार, हजुरवा बितेसी मिठो पाकोस भनेर भविष्य पाक्ने चुलामा बाले मलाई धेरै बेर भस्र्याउनु भयो जब हजुरबा जीवित हुनु हुन्थ्यो जगेर्ना गरेर राखि दिनु हुन्थ्यो भोग्न नपाएको आफ्नो सुन्दर अतित

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा तन नेपाल मै छुट्यो मन

~जीवन्त रुकु~ उदाउँछ घाम उसैगरी यहाँ सगरमाथा छोई आउँदैन त्यो । बग्छन मन्द पवन पनि, मेरो नेपाल छोइ आउँदैन त्यो ।। घुम्त्ती घुम्छन उसैगरी , मेरो गाउँको चौतारी देख्दिन म । मेरो सलान्दुले मेट्ने प्यास ,यहाँको जलमा भेट्दिन म । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रंगहरुविरुद्ध

~ईश्वरी कार्की “वर्षा”~ सर्वत्र सुहाएको यो शान्त स्निग्ध रंग मेरी आमाको शरीरमा किन सुहाएन ? किन ऐँठन हुन्छ आमालाई देख्दा ? बुबासँगै जलेर खरानी भए आमाका रंगीन सपना आमा अचेल सेताम्य देख्छिन् सपना आफूजस्तै उदास र शून्य । यी धर्म-संस्कारका … Continue reading

Posted in कविता | Tagged | Leave a comment