Tag Archives: sangrahalaya

कविता : खोजी

~ठाकुर मान लामा~ कसले लेख्यो यो कबिता खोज्दैछ यो संसार बाँच्दा कसैले वास्ता गरेन बिचित्र छ यो संसार कति हर्षका शब्द लेखे स्वीकारेन यो संसारले कति पिडाका अक्षर कोरे बुझेन यो संसारले

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : छलछाम छात्ते छ पार्टी

~नन्दलाल आचार्य~ पात्रहरूः अध्यक्ष ः छट्टुराज उपाध्यक्ष ः छत्तीसमान सचिव ः छयालीसबहादुर सहसचिव ः छरितकुमार सदस्य ः छन्नुलाल सदस्य ः छक्कमाया (घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् । सरसफाइ र … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : विजयोत्सव

~दीपेन्द्र के.सी.~ फाँटभरि सुलीहरु छरेर फैलिएको गन्ध, असीमित कुखुराका; सुँघेर ह्वाँस्स अनौठो मादमा, उर्लिएका हुँइयाहरु झर्दैछन शहरमा । परिवर्तनका झण्डाहरुले छोपिदै छिर्छन चोक, गल्लीहरुमा घोकाइएका नाराहरु उराल्दै उफ्रीन्छन्, वजारिन्छन्, थचारिन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : मायालु साइकल

~निर्भीक रार्इ~ (गुनिलो साइकल तर हेला भएको) आत्मनिर्भरताको नीति लागु गर्दा खुट्टाले बाटो वा सडक नाप्दै हिँड्नु उचित हुने । तर त्यो अतिवाद ठहरिने । साँगुरो वा अप्ठेरो बाटो र एकल वा नजिकको यात्राको लागि सबभन्दा गुनिलो बाहन साइकल हुने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौलो बिहानी

~हस्त गौतम मृदुल~ पूर्णिमाको जुनले पनि दिन छाडयो शितल सुनौलो बिहानी सुन भन्थे रैछत नी पितल के के नै परिवर्तन हुन्छ भनी बलिदान गरे आज तिनै महान शहिदहरु ओझेलमा परे

Posted in कविता | Tagged | Leave a comment

कथा : माया

~सन्जिव बराल~ मेरो लेफ्ट साइडबाट हिडन, उस्ले भनि।  मैले सोधे किन नि ? माया गर्ने मान्छे सधैं लेफ्ट साइडमा हुनुपर्छ रे के जस्तो तिमि मेरो मुटुमा छौ।  म केहि नभनी उसको बाया पट्टिबाट हिड्न थाले।  बेलुकी को समय नारायणी को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रवासी जीवन

~प्रेम पाख्रीन~ फुले होलान सयपत्री र गदावरी दसैंलाई स्वागत गर्न आफ्नो भने थालइसकेको छ खुशीका पालुवहाँरु मर्न ।। बसेका होलान सबै नेपाली टिका र कानमा जमारा सिउरेर आफु भने बस्दैछु प्रबाशमा गह भरी आँशु झार्दै निहुरिएर

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : बाढी

~नारायण तिवारी~ घरको आँगन मेरो बाढी पसे पछि मज्जा लाग्यो मलाई हेर्छु बसी-बसी एकै छिनमा देखेँ घरमा पस्यो पानी बल्ल थाहा पाएँ यसले गर्ने हानि

Posted in बाल कविता | Tagged | Leave a comment

Poem : The Snowman

~Ningwa shakti Maden~ Once there was a snowman Stood outside the door , Thought he’d like to come inside And run around the floor ; Thought he’d like to warm himself By the firelight red ; Thought he’d like to … Continue reading

Posted in Poem | Tagged | Leave a comment

बाल कथा : सुबोधको बानी

~श्रीराम राई~ ‘हाम्रोमा त अम्बक छ । खोइ त विक्रम, तिमेरूको ?’ सुबोधले सोध्यो । विक्रमले केही भनेन । फेरि सुबोधले भन्यो, ‘हैन यो के गरेको ? अम्बकको बोटमुनि चप्पल र बोतलहरू पो छन् त । कसले राख्यो हँ ?’ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : एउटा नयाँ यात्रा

~यशोदा अधिकारी~ गणतन्त्रको ओछ्यानबाट उठेर एउटा विहानी खाजा सामलको कुम्लो च्यापेर असजिलो भर्‍याङ् उक्लँदैछ आकाशमा फुलेको गणतन्को फूल टिपेर कपालमा सिउरिनु विहानीको लक्ष्य । हतारमा देखिने त्यो विहानीले

Posted in कविता | Tagged | Leave a comment

कविता : रेखा दृष्टि

~लोक सिंगक~ रेखा दृष्टिहरु उभिएका छन् यथार्थ रेखीय भुगोलमा खोल्न- क्षितिजहरुको वास्तविक प्रतिवेदनहरु बादलको रंगिन इतिहासहरु अहोरात्रिका यथार्थ कथाहरु बत्तिमुनि अध्याराका झंकारहरु त्यस्तैं दृष्टि रेखाहरु पुगेका छन यद्घ बिभिसिका- हैटिहरुमा, काबुलहरुमा

Posted in कविता | Tagged | Leave a comment

कथा : गुलावको फूल

~सुरञ्जन घिमिरे~ प्रविन भनिरहन्थ्यो–‘तँलाई भावनाले मन पराउँदिन । मलाई पनि यस कुरामा खास आश थिएन । लाग्दैन पनि थ्यो, प्रविनलाई देखाउन मात्र भावनाले मलाई मन पराई दिओस् । अनि म चाँहि प्रविनका अघि यो कुरा प्रमाणित गर्न चाहन्थें कि भावनाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्रण

~टोपबहादुर रार्इ~ पग्लिएर हिमाल झैं हाँस्दिन म मेरो देश दुख्दा काले र कात्तिके झैं लडि्दन म देशको शिर झुक्दा । बोकेर गन्ध वाग्मती झैं बग्दिन म त्यो श्वार्थी शहरमा लुटिएर सप्तकोशी झैं सुसाउदिन म त्यो लहरमा ।

Posted in कविता | Tagged | Leave a comment

गजल : छिनमै शान्त हुन्छ

~सुविद गुरागाई~ छिनमै लहर उठेर आउंछ छिनमै शान्त हुन्छ । छिनमै मुटु दुखेर आउंछ छिनमै शान्त हुन्छ । कि लगिदेउ किनार पारि कि दोडिदेऊ एक्लै वारि, छिनमै बाढी उर्लेर आउंछ छिनमै शान्त हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म त त्यहि हुँ फरक तिमीमै छ

~रोशन राउत~ म त त्यहि बिहानि हुँ, फरक तिम्रो उमंगमा छ म त त्यहि साँझ हुँ, फरक तिम्रो तरंगमा छ । म त त्यहि दिन हुँ, फरक तिम्रो स्मिर्तिमा छ म त त्यहि रात हुँ,फरक तिम्रो सुषुप्तिमा छ । म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : स्वप्न पनि कस्तो कस्तो

~कृष्ण प्र. पाण्डे~ स्वप्न पनि कस्तो कस्तो देखियो अनौठो अरुको त के कुरा खै मैलाई भो नौलो अंजुलिमा मुटु राखी पर्खेको याद छ धेरै चोटि तिम्रो नाम रटेको याद छ आगमन हुँदा तिम्रो लगाएथें दैलो

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : गएराती सपनामा गोउजीलाई देखेँ

~चुन सु~ अनु : केशव सिग्देल ऊ भिडको बीचमा थियो मुस्काइरहेथ्यो क्षमाभावमा उसको परिचयदायी मुस्कानका साथ मानौं उसले कसैलाई दुखित तुल्याएको थियो जब म ब्युँझे

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : इतिहास नदोहोरियोस्

~सन्जोग नेपाली~ ‘मेरो पक्षमा शक्तिशाली छिमेकी मुलुक छ | मलाई सरकारमा त्यसैले पुर्यायो र टिकाइरहने छ |’उसलाई लागेको थियो | त्यहि भरोसामा तानासाही साशन चलाई रहेको थियो | तानासाहिको जनताले विरोध गर्दै आन्दोलन गर्न थाले | जनताको आन्दोलन पुलिसले दबाउन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : यसरी एउटा नाउँ काटिन्छ

~पारिजात~ सनक्याप र कालो चश्मा लगाएको इञ्जिनीयर ढलानको फरमामाथि उभिएर कराइरहेको छ, “भारतीय ठेकेदारको विश्वास नगर्नुस् है, ज्यामी भोजको ठेक्का कसलाई दिनुभयो?” घरपति तलबाट मास्तिर हेरेर हाँस्दै भन्छ, “त्यति बुद्धि त मेरा पनि छ नि हौ, भोजको ठेक्का नेपाली नाइकेलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पछि पर्‍यौं दलित

~राजेश नेपाली~ एक्काइसौं शताब्दीमा पनि पछि पर्‍यौं दलित शोषकको चेपटामा सधै तिमी मर्‍यौ दलित यिनले पुज्ने मन्दिरमा तिम्रो नाता गहिरो छ आज तिमी पस्न हुन्न हिजो बुट्टा भर्‍यौ दलित शोषकको चेपटामा सधै तिमी मर्‍यौ दलित

Posted in गजल | Tagged | Leave a comment

कविता : इस्पातका मुटु भिरेकाहरू

~पवन भण्डारी “किरण”~ पूर्वमा रक्तिम लालिमा रक्तरन्जित आभा पोख्दै मेरो धर्तीमा टेक्दै थियो। सयपत्री र लालुपातेसँ, साइनो तोड्दै मैले माधवी उद्यानमा भर्तीको रसिद काटें। म सधै अज्ञात रहें, उद्यान भुसुना र उडुसले तृप्त थियो, कमजोर र सीधा पालुवालाई निमोठिन्थ्यो, लाचार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्वस्मृति

~कवी शिरोमणी लेखनाथ पौड्याल~ हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर । ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’ जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।। पैह्ला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दासको सपना

~भरत बागलुङे~ हिजो जहाँ थियो आज पनि उहिं छ हिजो जस्तो थियो आज पनि उस्तै छ मालिकको हुकुम विना पृथ्वी घुम्न सक्दैन

Posted in कविता | Tagged | Leave a comment

कथा : ग्यालिसवाला पाइन्ट

~अजित बराल~ दसैं भर्खरै सुरु हुँदै थियो । बिहान चिसो हावाको सिरेटो चल्न थालेको थियो । आकाश फोक्सुन्डो तालजस्तै कञ्चन नीलो हुन थालेका थियो । एक किलोमिटर जति टाढाको बिन्ध्यबासिनी मन्दिरका घन्टीहरू बजिरहेका थिए । र, मानिसहरू बिहानको मन्दिर दर्शन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मेरो बेहोशी आज

~ईश्वर बल्लभ~ मेरो बेहोशी आज, मेरो लागि पर्दा भो छोपिए पीर सबै, दु:ख सबै पर्दा भो यो नशा जिन्दगीको, या हो नशा रक्सीको २ के हो यो पिरती हो, नयाँ नयाँ प्रियसी हो जे थिए स्वप्न सबै नै, पग्लिएर पानि … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लौ सुन म भन्छु

~गोपाल योञ्जन~ लौ सुन म भन्छु मेरो राम कहानी त्यो एक दिनको घाम सयौं दिनको पानि लौ सुन म भन्छु….. म उठ्दा आकाशले मलाई थिची दिन्छ अघि बढ्दा धरती मलाई खाल्डो खान्छ म रोएँ यी आँशु रित्याउँ भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सोंच

~मुक्ता सापकोटा~ अजिव छ समयचक्र,अनौठो खेल सोचाई, बुझाई, गराईमा छैन मेल म के सोच्दछु भैदिन्छ अरुनै केहि मैले नै पो बुझ्न नसकेको होकी झै पानीसरि छर्लङ्ग कुरालाई केको बुझाई

Posted in कविता | Tagged | Leave a comment

कथा : नियति

~जलेश्वरी श्रेष्ठ~ आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए। श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : केही यक्ष प्रश्नहरु ?

~जे.बी. शेर्पा ~ ड्रग्स को लत झैं , चिया , र कफीसंगै , नयाँ , ताज़ा र रक्ताम्मे ख़बरहरुले , स्वागत गर्छ अचेल , पिपासु आँखा र कानहरुलाई , मानिस हरुको हरेक सुनौलो बिहानीहरु मा ! हरेक सुमधूर साँझहरुमा !!! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा घर बनाउनुस्

~यम बहादुर किसान~ मेचीबाट बालुवा ल्याउनुस् महाकालीबाट पानी ल्याउनुस् माने-भञ्ज्याङबाट ढुङ्गा र ल्याउनुस् सुस्त-महेशपुरबाट माटो ल्याउनुस् राष्ट्रियता भन्ने कुरा तेस्तै हो राजधानीमा एउटा घर ठड्याउनुस् गजबको एउटा घर बनाउनुस् । – १ – सरीया पनि चाहिएला हगि?

Posted in कविता | Tagged | Leave a comment

गीत : पानी पछि घामलाग्दा

~गोविन्द गोदार~ पानी पछि घामलाग्दा बनै घमाईलो रिसाउदै मुस्कुराउछौ कस्तो रमाईलो हा…..हा.. कस्तो रमाईलो आ…..हा.. सारै रमाईलो

Posted in नेपाली गीत | Tagged | Leave a comment