Tag Archives: sangrahalaya

गजल : सार्थक हुन्थ्यो म जन्मेको !

~सजना गुरुङ~ सत्य कर्म गर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको ! श्रेष्ठ बनि मर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको ! चेतनाको आँखा खोली अँध्यारो यो संसारमा शिक्षा ज्योती छर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !

Posted in गजल | Tagged | Leave a comment

कविता : कस्ती आइमाई उनी!!

~चादनी कार्की~ कस्ती आइमाई उनी!! एकाबिहानै उठेर पूजापाठ छोडेर शिरानिमुनिको पैसा खोज्छिन् त्यो पैसालाई तौलिदै आफु यसै मौलिदै एक हातमा समस्या र अर्को हातमा पैसा जोख्छिन्

Posted in कविता | Tagged | Leave a comment

कविता : स्टेसन

~सागर कार्की~ झरीको भेल सँगै बग्दैछ समय, जसै गुड्दैछ रेल जिन्दगीको पट्रीमा । सुरुवात गन्तव्यको

Posted in कविता | Tagged | Leave a comment

कविता : पिर्यतम लाई चिठि

~कृष्ण पहारी~ मेरो पिर्यतम मन भरिको सम्झना अनि मुटुभरिको थुप्रै मायाका कोसेलिहरु मात्रै तिमिलाइ छितिज पारी बाट तिम्रो पिर्यतमको मीठो सम्झना। मेरोपिर्यतम आजकल तिम्रो सम्झनामा

Posted in कविता | Tagged | Leave a comment

गीत : जीवन चोला

~राजकुमार श्रेष्ठ ‘दीप’~ फूल हो जीबन हाम्रो, बतास सँगै झर्नु पर्ने दैव रचे यस्तै नियम, जन्मे पछि मर्नु पर्ने । अजम्बरी हुन्नन् कोही, नियम टर्ने छैन रोई मन्मा मयल नराखे है, जाँदैन भो आसुले धोई ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एकादेशको एउटा मान्छेको कथा

~पुष्कर शाह~ एकदेशको एउटा सानो गाउमा संसारको सबैभन्दा सुखी मान्छे बस्थ्यो उसंग एउटा घामजस्तै छोरा जुनजस्तै छोरी र धर्तीजस्तै स्वास्नी थिई । एक दिन ! एक दिन उसले स्वास्नीलाई सुख दिने बहानामा छोराछोरीलाई उच्चशिक्षा दिने बहानामा अनि आफ्नो भोकोपेटको बहनानामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : देश रुवाउनेको

~अनिल बराल ‘गरीब चिराग अछुत’~ देशको माया कसलाई छ र ? देश रुवाउनेको भोक भोकै राखी गरीब जनता सुकाउनेको । पेटमा छैन गास अशान्तिले देश बलेको छ उन्नतीको पथ टुक्रा पारी लुकाउनेको ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नेपालकी छोरी हुँँ म !!

~राजकुमारी श्रेष्ठ~ आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँँ म !! हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म !! उकाली ओराली देउराली भन्ज्याङ चौतारी पेटिमा ; झरनाको केश मनपराउने नेपालकी छोरी हुँ म !!

Posted in गजल | Tagged | Leave a comment

कथा : प्राविधिक लोग्ने

~वैकुण्ठ ढकाल~ रेडियोको काम सकेर डेरामा पुगेको मात्रै थिएँ । बहिनी झोक्किइन् । ‘त्यस्ताले किन बिहे गर्नु ? अनि बाउ आमा पनि के भा’का, सम्पत्तिलाई हो र छोरी दिने ?’ ‘हैन के भो ?’ किन मुर्मुरिएकी ? ‘के हुनु नि, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुनुवार भाषी कविता : चुप्लुहोपो आ खोँमिग्युग्र्युर

~कोइँचबु काःतिच ‘उत्तम’~ मार केक्खी दिङ्ना मार कचो ओचो सोअÞशो मार सोशो सोपिक्का माराइ बाला दोदेशोन बाला गो चुप्लु होपो नेल्लिकालि क्लोत जेश्शो बुदि जेद्नुङ

Posted in सुनुवार कविता | Tagged | Leave a comment

लघुकथा : स्वर्ग बाट म

~अर्जुन खनाल~ उफ मृत्यु भएको पनि आज २ दिन भएछ ।आफु भने बल्ल स्वर्ग मा आइपुग्यो । यहाँ त फेसबुक पनि चल्दो रैछ त्यो पनि फुल् स्पिडमा । सायद चलाउने मान्छे कम भएर होला । सोच्थे स्वर्गमा गएसी फेसबुक चलाउन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : यो कस्तो माया हो ?

~डा. रुपक श्रेष्ठ~ हर्हराउँदा मनहरु एक भेट दिन आउदिन यो कस्तो माया हो ? थर्थराउँदा ओठहरु एक चुम्बन दिन सक्दिन यो कस्तो माया हो ? उनी देख्छिन् म देख्छु लोलाउँदै आँखाहरु रसाउँछन् दुबैको न सक्छु म बोलाउन उनी झन बोल्दिन … Continue reading

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : फेसबूक भित्ता

~रामकुमार पण्डित क्षेत्री~ “फेसबूक भित्तामा साह्रै राम्रो स्ट्याटस आ’को छ रे । यो स्ट्याटस राख्ने देशकै ठूलाका पनि ठूला हुन् रे । त्यसलाई मन पराउनेहरू लाख पुगिसके रे । प्रतिकृया लेख्ने चाहिँ आधालाख पुगे रे । हजुरले चाहिँ लाइक गर्नु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मैले गुडाउनु कसोरी

~किरण टी लिम्बू~ गन्तव्य पुग्न जीवनलाई मैले गुडाउनु कसोरी, ठेस लागी दुःखेको पाइलालाई अघि बढाउनु कसोरी । विगतलाई पछि फर्केर मैले एक पल्ट नियाल्दा, तिमीले दिएको खुसीको पललाई भुलाउनु कसोरी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यस्तै जिन्दगी भोगिरहेछु

~फुच्ची जमुना~ जग्यमा बसेकी नवविवाहित दुलही झै सपनाको रङ्गिन घुम्टो ओढेर प्रतिक्षाको आतुर मन गोरेटोभरी ओछ्याउदै धमिला यि आखाँहरुले केहि खोजिरहेछन् सायद, जिवनको उज्यालो रङ खोजिरहेछन् क्याटबरी ओठबाट अपहरित मुस्कानका बाछिटाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हु ??????

~उर्मिला थपलिया~ सुन्य भाब छ मन भित्र कौतुहल्त कता कता चिमोटो रहेको छ हरेक पल नयाँ भाब र नयाँ चुनौतिले तर म अनवरत सोचिरहेकी छु म को हु ? ओल्टिन्छु पल्टिन्छु कोल्टिन्छु तर पनि मेरो प्रश्न को उत्तर छैन

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुलुस

~पेशल आचार्य~ ‘आज त दुईचार जनाको टाउकै फोर्नुपर्छ, यार !’ –एउटाले सूर्य चुरोट सल्काएर ओठमा चेप्दै सानसँग भन्यो । ‘साला भाते के टाउको फोर्ने कुरा गर्छ । कुनै बैङ्कसैङ्क या फाइनान्सको लकर फोर्नुपर्छ भन न ।’ –अर्कोले अझ फौज्दारी सम्वाद … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : यो प्रणयमा

~दुर्गा रिमाल~ भए भरका गल्ति भुलि पुराना यो प्रणयमा तिमी बन भिर मौरी म त राना यो प्रणयामा लिएर गुलाफको फुल आउँने छु तिम्रैसामु किन गर्छौ यसरी आना काना यो प्रणयमा

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : खीरको स्वादभित्र मञ्जु

~सविता विमली~ कविता संग्रह दुई थोपा आँशुको प्रकाशनपछि लेखिका मञ्जु विमलीको दोस्रो कृति खीर भर्खरै बजारमा आएको छ । संस्मरणात्मक निबन्ध संग्रह खीरमा लेखिकाले आफ्नो बाल्यकालको वर्णन ६ थान निबन्धमार्फत गरेकी छिन् । एउटी स्कुले विद्यार्थीले पसलमा प्याड किन्दै गरेको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : यी नलेखिएका समर्थन पत्र

~प्रतिमा ज्ञवाली~ यी नलेखिएका समर्थन पत्र तिम्रो र मेरो मौनता ले सुसजीत, ढाडस र हौसला को ताली पिटदैछन जन्माउदैछन् हामीलाई सासन गर्ने सासकको व्यवसायीक रुप नेपथ्ये मा रहेका ऊ र ऊ जस्ता उनीहरु कालो पर्दा पछाडी झुक्काए जस्तो गरी अलिकति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आमाको पिरलो

~डा. कपिलदेव लामिछाने~ “आमा, सन्चै हुनुहुन्छ ?” हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो । “बाबू नितेश ! कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त ।” उनले छोराको टाउको मुसार्दै भनिन् । नितेशले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रात कि आत्मा प्रती

~लक्ष्मी प्रसाद देवकोटा~ क. रातकी आतमा झकीझकाउ, आऊ ! स्वर्गकी रानी ! स्वपना–खानी ! मन्त्रमुग्ध छन् प्राणी ! प्रकृतिलाई नश–नश छोई सपनाऊ ख. श्रमको अभिशाप परेको पृथ्वी हिप्नोसिसले सपनिन्छिन् !

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्देशक हो मन

~आचार्य प्रभा~ बहकिन सक्छ मन कतै छट्पटिमा आत्तिएर टुक्रिन सक्छ मन कँही पीडामा बल्झिएर, हो, मन यस्तै छ कोमल बन्छ कहिले नचांहिदो तर्कमा बिनासित्तिमा, कठोर बन्छ कहिले डुबेर स्वार्थको अभिप्शामा चुर्लुम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : मिर्मिरे भो उज्यालो

~युद्धप्रसाद मिश्र~ आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी पर्ने भो यो धरतितलमा वर्गसंघर्ष भारी लागेका छन् द्रूत कदम भै एकतातर्फसारा जागेका छन् सजग युगका जोशिला र्सवहारा ब्युँझेका छन् असह हुन् गै भित्रका दर्द ताता उम्लेका छन् रगत मनका आहुति बन्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : हिमाल सरि

~गोपाल योन्जन~ केटा – हिमाल सरि म अग्लीरहेछु समात समात समात मलाई केटि – बादल सरि म पग्लीरहेछु सम्हाल सम्हाल सम्हाल मलाई केटा – यी तारा कति छन्, म गन्न सकुँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हाम्रो पहिचान

~बी के पाण्डे~ मिल्ने अनि फुट्ने फुट्ने अनि मिल्ने किन मिल्यौँ, किन फुट्यौँ ? फेरि किन मिल्यौँ ? फेरि किन फुट्यौँ ? प्रश्न आवश्यक छैन उत्तर छरपस्ट जताततै छ हामी फुट्नकै लागि मिल्छौँ किनकि यही नै हाम्रो नागरिकता हो यही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~स्नेहा अर्याल~ सृष्टि कर्ता यिनै नारी बुझेनन् खै किन ? धर्ती माता सबका दाता होइन भने भन ? दु:ख,पीडा, वेदना नै हाम्रो भागमा हो त ? विषलाई नि अमृत भनी पिउनु पर्ने भो त

Posted in कविता | Tagged | Leave a comment

गीत : यति धेरै माया दिई

~दीपक जंगम~ यति धेरै माया दिई, मन भरि दु:ख नदेउ बाटो वरपर फुल्ने, पंलास टिपी शिरमा नलाऊ यति धेरै….. जो भाग्यमा कोरिएका, सुख दु:ख स्वीकार छन् २ केहि तिता पल केहि मिठा फल, सबै सबै स्वीकार छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो लागि

~सबी श्रेष्ठ~ झिस्मीसे बिहान आँखाहरु डुल्छ शुभदिनको आशमा डिजिटल अखबारको भित्ताहरुमा आतुर हुन्छ मन लालयित हुन्छ नयन मेरो बेर्नाहरुको सन्चो, बिसन्चो हालखवर जान्न

Posted in कविता | Tagged | Leave a comment

गजल : आफैसँग आजकल….

~मनोज आचार्य “बादल”~ बोल्दिन म भनेको थे ऊनीसँग आजकल अनी लाटो भएछु, आफैसँग आजकल ** खुसि अनी रमाईलो आजकल कतै उडेजस्तो गुनासो छ अलीकति ,आफैसँग आजकल

Posted in गजल | Tagged | Leave a comment

कथा : असार १७ गते नबिनाको विहे

~सुमन बगाले~ परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अब रुदैन यि आँखाहरु

~अभागी मिनम घायल असफल~ सुख पाए अंगाल्दिन् अब, सुख त केवल क्षणिक् पलको भ्रम रहेछ दु:खनै जिवनको सहारा रहेछ I खुसी पाए फाल हान्दिन लोप मात्र देखाएको हुदो रहेछ दु:खमा जिन्दगी ढाल्नको मजानै बग्लै रहेछII जती चोट दिनुछ देउ मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment