Tag Archives: sangrahalaya

निबन्ध : अन्ध सुरुङको यात्राः एउटा अन्तहीन वास्तविकता

~प्रकाशमणि दहाल~ गाडी छुट्नासाथ पछाडि सिटमा कोही बोल्यो, “मलाई गाडीको यही बानी मन पर्छ, यात्री कुरनिरहने । वास्तवमा यात्री कुररिहने र जहाँसुकै रोक्ने गाडीले नै बानी बिगार्छन् ।” अर्को उत्तेजित स्वर घन्कियो, “छुट्नासाथ कस्तो कुदाउँछन् नि रेस कम्पिटिसनजस्तै !” तेस्रो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्याकुल माइलाका दुई मुक्तकहरू

~व्याकुल माइला~ रामेछाप कहिल्यै नओइलिने फूल बनेर फुल्ने पुष्पलालहरूलाई कालो अँध्यारोलाई नै चिरेर बल्ने कृष्णलालहरूलाई एक मलिलो धर्ती र खुल्ला आकाश हो रामेछाप नभए सोध, चट्टान फोरेर बग्ने गङ्गालालहरूलाई । झाप्पागाउ

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तरङ्ग जिन्दगीको

~रामभरोस कापडि ’भ्रमर’~ गजल गायिकी हो तरङ्ग जिन्दगीको भाव वनिता हो तरङ्ग जिन्दगीको अभिव्यक्तिमा आउँछ धुन तालको सरगम शब्द व्याख्या हो, तरङ्ग जिन्दगीको

Posted in गजल | Tagged | Leave a comment

गीत : रुनु पर्ला भन्ने डरले

~श्रीपुरुष ढकाल~ रुनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न मर्नु पर्ला भन्ने डरले बाँच्न छोड्नु हुन्न । सुस्त सुस्त बढ्नु पर्छ अडिँदा लक्ष्य भेटिंदैन लामो छ है जिन्दगी यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : सिद्धिचरण श्रेष्ठको ‘आँसु खण्डकाव्य’ले उब्जाएका लहरहरू

~डा.नेत्र एटम~ हरेक क्षण हाम्रा आँखाहरू आफ्नै आँसुले पखालिन चाहन्छन्, जसले गर्दा हामी जीवनलाई अझैँ स्पष्टसँग देख्न र पहिचान गर्न सक्छौँ ।                                      … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कार्यपत्र : नेपाली भाषाको मौलिक स्वरूप

~प्रा. डा. जीवेन्द्र देव गिरी~ १. थालनी नेपाली भाषा संसारका नैसर्गिक वा प्राकृतिक भाषाहरूमध्ये एक हो । यो कुनै कृत्रिम भाषा होइन । यसको आफ्नो मौलिक स्वरूप छ । यसको आफ्नो इतिहास र सुदीर्घ परम्परा छ । यसका आफ्ना संरचनागत … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

अनूदित कविता : लुसानकाे उकालाे

~माअाे त्सेतुङ~ उडेर थाकेर बसेकाे चराे जसरी याङ्जेमाथि पर्वतस्तम्भ ठडिएकाे छ, त्यसकाे हरियाे शिरमा मैले चार सय फन्काे मारेकाे छ । चिसा अाँखा बाेकेर मैले त्यहाँबाट समुद्रपारि नयालेकाे छ ।

Posted in अनूदित कविता | Tagged | Leave a comment

कथा : त्याग

~नारायण पोखरेल~ जब म तेह्र बर्ष को थिएँ , त्यो बेला मेरो मिल्ने साथि कोहि पनि थिएनन् । हाम्रो परिवार गाँउको निम्न बर्गमा गनिन्थेँ।म कक्षा आठ मा अध्यनरत थिएँ ।एक दिन गाँउकै धनाढ्य ब्यक्ति को छोरो सँग मेरो घनिष्ठता बढ्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : फगत एक नजरमा

~केशवराज पिँडाली~ फगत एक नजरमा कसैले लियो मन जति बिर्सून भन्छु उति सम्झने झन् फगत एक नजरमा प्रथम भेट मै भित्र कुत् कुत् उठेथ्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मानिस खोजि रहेछु

~डा. विश्वनाथ ‘प्रेम’~ छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा एउटा मानिस खोजिरहेछु । भेटे कहीँ बताए, हे राष्ट्रका बटोही रक्षार्थ जन्मिएका छन् कि सपूत कोही यो प्रश्न ख्याल राखे सबलाई साधिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल गजल : दौरा-सुरुवाल रुचाएँ

~शेखर ‘अस्तित्व’~ ढाका-टोपी, दौरा-सुरुवाल रुचाएँ ! सारङ्गी र मादलको ताल रुचाएँ ! समुद्रका कथाहरू सुन्नुभन्दा त , मैले मेरै गण्डकीका छाल रुचाएँ !

Posted in गजल | Tagged | Leave a comment

कविता : ढुंगा

~बिमल गुरुङ~ ढुंगालाई मंगलग्रहको टुप्पीबाट तल ।।।। गल्छितिर झारिदिए पनि हुन्छ नझारे पनि हुन्छ केहि फरक पर्दैन । ढुंगालाई छाडै छाडा मान्छेहरुको राज्यबाट पानी माथि गुडाउँदै टापुहरुको राष्ट्रसम्म पुर्‍याए पनि हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : म पनि बोलि

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बोलिनौ तिमी र म पनि बोलिन, कस्यौ झन त्यो गाँठो र मन यो खोलिन | छचल्किदै थियो शब्दको सागर, पाएन किनारा र मुटु घोलिन |

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : सर्वश्रेष्ठ कविका प्रतिनिधि कृति

~डा. कुमारबहादुर जोशी~ प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । विसं १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : फूल फुल्यो

~रीता चौधरी~ ढकमक फूल है फुल्यो भयो वनै रमार्इलो मायालुको आगमनले भयो मनै रमार्इलो बेली है फुल्यो गोदावरी फुल्यो है चम्पा चमेली रातकी रानी मगमगाउँदा रमार्इलो लाग्छ है जुनेली

Posted in नेपाली गीत | Tagged | Leave a comment

थामी भाषी कविता : रबिन्द्र बुबु !

~अनुपम ‘नवोदित’~ रबिन्द्र बुबु ! नाङ लिपेन बुसिदु उभो-उभो टानिटापूरको लाङ्खेङा निक्नान नाङ निक्नादुदेखी नै ङ्याकाडेको पोले च्यानान नाङाईको मिङ बुसिनान

Posted in थामी कविता | Tagged | Leave a comment

आधुनिक गीत : जिन्दगीको मैदानमा

~लता शर्मा~ संघर्षको बन्दुक बोकी जिन्दगीको मैदानमा, हिंड्छु घरि घरि म त हिंड्छु घरि घरि–२ चोटै चोट खाए पनि जिउने चाहनामा, उठ्छु घरि घरि म त उठ्छु घरि घरि–२ ।। जिन्दगीको लडाई सधैं, एक्लै लड्नु परनी । मैदानको सिपाही भयो, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हार्दिक अपिल

~रेखा पन्त~ ए ! नयाँ वर्ष जगाइदे निदहरुलाई ब्युँझाइदे शहीदहरूलाई बुद्धको देशमा बुद्दू धेरै भए वक्ता हैन कर्ता चाहिएको छ मानवियता कैद नहोस् सम्बन्ध कहिल्यै अवैध नहोस् बहादुरलाई मूर्ख नबनाइदे सुपुत्रको खाँचो छ कुपुत्र नजन्माइदे ताकि

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : बुढा र बूढी

~मनोहर काफ्ले~ एक जोडी थिए , बुढा बूढी थिएनन् तिनीहरुका , छोरा छोरी । गफै गफमा, एक दिन पर्यो घमासान ,जोरा जोरी ।। बुढो भन्छ, खिल्ली गर्दै ए भातमारा , बेकामे बूढी । सातदिनमा तैले , गर्ने काम त गरिदिन्छु … Continue reading

Posted in अनूदित कविता | Tagged | Leave a comment

कविता : मेरो अनुपस्थिति दशैंमा

~दीपेन्द्र के.सी. ‘अपजसी’~ हो ! यसपालि पनि म आउन पाउँदिन दशैंमा । यसै सिजनमा भिक्टोरिया क्रस खोज्नुछ अफगानिस्तान वा इराकतिर परमवीरचक्र खोज्नुछ कारगिल, जम्मू वा यतै कतैतिर । म आफनै सीमामा उभिएर देशलाई जमराले सिँगार्नुपर्ने वेला

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम निर्णय

~विश्वराज अधिकारी~ क्यानडा बसेको दस वर्ष भयो तर यो बितेको दस वर्षमा उसले थाहा पाउन नसकेको कुरा केही छ भने त्यो हो उसले यहाँ सुखमय जीवन बिताइरहेको छ वा उसको जीवन स्वदेशमा भन्दा झन् बढी दु:खमय हुन पुगेको छ, यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक्ली षोडसी

~अवतार ढकाल~ एउटा एक्लो खम्बामुनी एउटी एक्ली, फगत एक्ली षोडसी बसिरहेकी छिन झोक्राएर । वादलले ढाकिएको छ उनीमाथिको आकाश र कुहिरो भित्र क्रमश हराइरहेछ एउटा कालो काग

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना : विदेशबाट

~ईश्वर मानन्धर~ ए स्वदेशका मेरा साथीहरु हामी विदेशिएका छौं स्वेच्छाले होइन विवशताले नसम्झनू, हामीले बिर्सेका छौं आफ्नो देशलाई संस्कृति र रीतिरिवाजलाई आफ्नो परिवारलाई नसम्झनू । पश्चिमी जगतको

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : लाइपजीकदेखि लोपोन्मुख भाषासम्म

~कृष्ण धराबासी~ पौने दुई घण्टामा हामी लाइपजीक विश्वविद्यालयको प्राङ्गणमा पुग्यौं । गाडीबाट उत्रे पछि मि. उल्फको पछि पछि हामी विश्वविद्यालयको पाँचौ तल्लामा जानको लागि लिफ्ट तिर लाग्यौं । लिफ्टमा पुग्नु अघि वरै आँगनमा तीनचार जोर केटाकेटी एकअर्कासँग कति मजाले लपक्क … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

युद्ध कथा : संकल्प

~सरल सहयात्री पौडेल~ ‘रातपनि दिन भइदिएको भए वरुफुर्सद त हुने थिएन नि †, फुर्सद नभएको भए मेरो मनमा नचाहिंदा तर्कना सायद खेल्नेपनि थिएन होला †’ रातको झण्डै एक वज्न लागेको छ, उदीपलाइ निन्द्रा आएको छैन । वरु यस्तै तर्कनाहरु मनमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लिम्बू भाषी रचना : वालिहाङ तङ्नाम मुन्धुम

वालिहाङ तङ्नाम मुन्धुम गायक यादन नुनाम सेर्माज्यूले स्वरबद्ध गर्नु भएको वालिहाङ तङ्नाम मुन्धुमको पूर्ण पाठ (यसमा मूलतः अध्येयता डिबी आङ्बुङज्यूको योगदान रहेको छ ।) अँध्यारो परेपछि राति खेलिने लालिङ्घेÞ ।। लालिङ्घेÞ साम्लो

Posted in लिम्बू भाषी रचना | Tagged | Leave a comment

कविता : गाउँ

~भक्तराज न्यौपाने~ हाम्रो सिम्पाने गाउँबाट सीधा उत्तरमा पर्छ– काठमान्डू। काठमान्डूबाट जब फर्कन्छन् जम्बरे, अम्बरेहरु शहर गाउँ घुम्न आए झै लाग्छ थरी–थरीका मोबाइल, बिस्कुट, चाउचाउ केटाकेटीका लागि रंगचंगी लुगा

Posted in कविता | Tagged | Leave a comment

कथा : मोड, कथा, घटना

~दुर्गा विनय~ हिंडिन्छ कत्ति बाटाहरू । कत्ति मोड र कत्ति गोरेटोहरूबाट कट्छ जीवन । घुम्तीहरूमा घुम्छ जीवन । एक दिन जीवन अडियो यस्तै एक घुम्तीमा पुगेर । टक्क । – “ओ लेखक महोदय !” एउटा आवाज आएर ठोक्कियो कानमा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कागजको फिरफिरे

~विप्लव ढकाल~ तिम्री आमा मजदूरको जुलूसमा हिंड्दाहिंड्दै बूढो पाठेघरको थैलोबाट फ्यात्त सडकमा झारेका थियौ तिमी! र पहिलो शब्द सुनेका थियौ― मूर्दावाद!! तिम्री आमासँग थिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : कविको छोरो

~बिर्ख ‘क्रान्ति’~ ए बुबा ! गणतन्त्र दिवसको सभाहलमा हरफैपिच्छे ताली खाएका, तिनै तात्ताता कविताहरु मलाई अंशवण्डा दिनुस् । तिनै कविता बेचेर म पूरक एसएलसीको ट्युसन फि तिर्छु । तिनै कविताहरु बेचेर अर्थशास्त्रमा मास्टर गर्छु । तिनै कविताहरु सातदोबाटोमा शानका साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुच्छर पलाएको मान्छे

~चन्द्र घिमिरे~ नहुनु भयो! संसारको एक कुनामा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार विजेता छानेकै दिन अर्को कुनामा मान्छे भटाभटी रोगाए

Posted in कविता | Tagged | Leave a comment

गजल : खै सिताराहरु ?

~कृष्णसिंह पेला~ शून्य भैगो गगन खै सिताराहरु ? जूनले झार्दछिन् अश्रुधाराहरु कोही छैनन् र आज सर्वहाराहरु ? के सडकमै सकिए ती नाराहरु ?

Posted in गजल | Tagged | Leave a comment