Tag Archives: sangrahalaya

गीति कविता : मेरै गीत गाउँछन् होला

~ललिता कार्की~ डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला लेक बेसी भञ्ज्याङले मेरै प्रीत लाउन्छन् होला बन पाखा देउरालीले मलाई कुरी बस्छन् होला साथी सँगी भेट हुँदा मलाई सम्झी रुन्छन् होला

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : सञ्जीवनी बुट्टी

~दीपा राई पुन~ बत्तिको अन्तिम ज्वाला शरदका रंगिन पातहरू यी नै हुन मेरो जीवनलाई झकझकाएर बिउँझाइरहने सञ्जीवनी बुट्टीहरू निभ्दै गरेको शिखाको अनुरोध

Posted in कविता | Tagged | Leave a comment

किराती लोककथा: साकेला सिली

~सङ्कलन : प्रवीण पुमा~ सृष्टिकालमा सुम्निमा–पारुहाङ आकाशतिर जानुभएपछि होङ्छा पृथ्वीमा एक्लै हुनुभयो। उहाँ धेरै न्यासरीनु भयो। त्यसपछि होङ्छाले सुम्निमा–पारुहाङको प्रतीक मानेर सुप्तुलुङको स्थापना गर्नुभयो। होङ्छाले सुप्तुलुङको उत्तर दायाँ भागमा चुला गाडेर भन्नुभयो, ‘तपाईं दिवालुङ। तपाईंले हाम्रो परिवारको पुर्खालाई शक्ति दिनु। … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : मृत्युको खबर

~राकेश कार्की~ सर्सर्ती समाचार पढें आज राती कठै मरेछ बिचरा मेरो मिल्ने साथी साह्रै खल्लो लाग्यो शोक मनाएँ जानेको गिन्तीमा फेरी एक बढाएँ । कलेज पढुंन्जेल मित्रता गाढा रह्यो कमाउन परेछी बिस्तारै टाढा भयो

Posted in कविता | Tagged | Leave a comment

गजल : फुल्दछ गुराँस साथी

~बिभोर बराल~ भिरमा नै फुल्दछ गुराँस साथी हारमा नै मगमगाउँछ आश साथी हरेस नखाऊ अघि-अघि बढ्दै जाऊ रोकिन्छ चाँडै पीडाको बतास साथी

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो प्रेम

~ऋचा तिवारी शिवाकोटी~ सपनामा तिमीसँगको मिलनले भत्भती पोल्छ मेरो मुटुलाई विपनामा तिमीसँगको बिछोडले दनदनी जलाईरहन्छ मेरो आत्मालाई

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यमा सुनसरीको योगदान

~डा. गोपाल भण्डारी~ पृष्ठभूमि : नेपाली साहित्यको संस्थागत विकास गर्ने अवधारणा वि.सं. १९७० देखि औपचारिक रुपमा आएको देखिन्छ । श्री ३ चन्द्रशमशेरका शासनकालमा त्यसै वर्ष ‘गोखा भाषा प्रकाशिनी समिति’ को स्थापना भएको हु“दा नेपाली लेखन, सम्पादन, प्रकाशन र प्रचार प्रसारले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : अनौठो खेल

~बिपिन शर्मा~ प्याराफेटम लाखौं मान्छेहरु छन् उत्साहपूर्ण, उल्लासपूर्ण जिज्ञाषु नजरहरु खेलमैदान तिर तेर्‍स्याएर बसेका छन्। मैदान मा एक युवक र एक युवति उभिएको जस्तो लाग्छ । अहँ होइन, त्यहाँ त एक खेल हुँदैछ। कस्तो खेल? साँच्चै अचम्म लाग्दो। त्यहाँ न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दूरकी कवितालाई

~तिर्थराज अधिकारी~ १. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन् पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन् पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन् केलाएर यही माटो प्राणाधार जुटाउँछिन् । २. पर्दा आलस्यको फ्याँकी रात ढल्दा उदाउँछिन् झरी बादलका भित्र श्रमचित्र सजाउँछिन्

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : तर संविधान चैँ बनाऊ

~राकेश क्रान्तिकारी~ कलम माग्न विदेश जाने भा जाऊ तर संविधान चैँ बनाऊ लेखाउन बरु अरुकै हातबाट लेखाऊ तर संविधान चैँ बनाऊ । बाँच्छु कुर्सीकै लागि भन्छौ

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गजल : आभास दियौ किन ?

~शाया मोक्तान~ तिम्रो कहिल्यै थिइन म आफ्नो पनको आभास दियौ किन ? मायाको भोको प्यासी थिइ म प्रेम मिश्रित गास दियौ किन ? एक्लै एक्लै थिइ म सधैं यहाँ आफन्तहरुको भिडमा नि ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : राज्य

~यकिना अगाध~ शहरको व्यस्त चोकमा उभिएका ट्राफिक प्रहरी चालकहरुलाई दिशानिर्देश गर्दै थियो । त्यही समयमा एकजना लिखुरे साइकिल यात्रीले ट्राफिक नियमको उल्लंघन गर्नपुग्यो । ट्राफिक प्रहरी उमाथि एक्कासी बाघझैं झम्टियो र केही नभनी थप्पड लगायो । फेरि उ चोकमा उभिएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : दिल भित्र पस्यो

~अमृत सिङ थिङ~ मनको ढोका फोरेर उ दिल भित्र पस्यो आत्मा समर्पण गरेर जेल भित्र पस्यो अजात घुमिरहने माछाको एक बथान माझी दाइले खेलिरहने जाल भित्र पस्यो

Posted in गजल | Tagged | Leave a comment

थामी भाषी गजल : नान थासाईको

~अनुपम ‘नवोदित’~ कुनी गुरी लिबि थाइन नान थासाईको ज्ञान, गुण, बुद्धि, विवेक नान नासाईको आट्ठे फिल्सा मापिईन दोङ्को सेपपालीए सेपपाली सकालेकाई नान छासाईको

Posted in थामी गजल | Tagged | Leave a comment

गजल : मन मुटु मिलाइ सकेँ

~राज अनुराग~ माया तिमीलाइ गर्छु भनी मन मुटु मिलाइ सकेँ बाचा गरी आधा होइन पुरै दिल मिलाइ सकेँ । सबै चाह तिम्रा मेरा साझा हुने कसम गरी चाहनालाइ फुलाइ दिन्छु भन्ने प्रण दिलाइ सकेँ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : खोइ कहाँ ?

~डा. सबिता सुबेदी~ समय आफ्नै गतिमा बगिरहेको थियो | जिन्दगी आफ्नै रफ्तार मा चलिरहेको थियो | बसन्त ऋतुको आगमन संगै नयाँ पालुवा , ढकमक्क फुलेका फूलहरु, कोइलीको कुहुकुहु आवाज , सुर्य दिनभरिको थकान मेट्ने प्रयास गर्दै साँझ बोलाइरहेको , चराचुरुंगी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगलका गोधूलिभित्रका रश्मीहरू

~सदानन्द अभागी~ ‘संसारमा सबै मान्छेसँग कथा अवश्य हुन्छ । कथा जीवनको एक प्रतीक हो । कथा मान्छेको इतिहास हो । मानव जातिका उत्थान पतनको कलेवरहरू कथाको बिम्बबाट अभिव्यक्त हुन्छन् ।’ यी धारणाहरू साहित्यलार्ई आफ्नो प्राण र हृदयको स्पन्दन मान्ने गंगा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

छोक : मेरो मौलिकता

~कृष्ण वस्ती~ पल्लो चोकमा मोटरले किचेर मान्छे मरेछ , पुलुक्क हेर्नेबाहेक रोकिने फुर्सद कसैलाई भएन । वल्लो चोकमा मोटरले किचेर कुकुर मरेछ ,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : बेजिङमा घुमघाम

~जीवनाथ धमला~ बेजिङमा जम्मा मेरो बसाइ छ दिनको रहृयो । ती दिनमध्ये चार दिनको दिउँसोको समय वर्कसपमा बितिहाल्यो, म’ख्य काम नै त्यही थियो । ती चार दिनका बिहान बेल’का, प’गेको दिन दिउँसोदेखि साँझसम्म र र्फकने दिन २०६३ असार १० गते … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अनास्था पहाड़का गीतहरू

~विकास गोतामे~ एउटा नितान्त बुढो सूर्यले छितिजको चेपबाट आफ्ना बुड्योली पहेला हातहरू बिदामा हल्लाएपछि फगत यो पहाड़मा साँझ पर्छ | र त्यो मौन पल्टीरहेको पहाड़को टाउको मास्तिर यौटा ककाकुली सयों वृतहरू कोर्दै जान्छ अनि त्यो रातै उडिरहेको बादलको गर्भमा पानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : एक रात थियो….जितेन्द्र बर्देवा

~गणेश रसिक~ वैशाखे पूर्णिमा भगवान् बुद्ध जन्मनुभएको पवित्र दिन । प्रसंग आजकै दिनको हो । दार्जिलिङ गिग कमान बस्तीको एउटा घर जहाँ आफ्ना परिवारसँग बस्थे— सहवीर बर्देवा र मनकुमारी दम्पती । सन् १९४२ बुद्ध पूर्णिमाकै दिन ती दम्पतीका कान्छा छोराको रूपमा जन्मेका थिए— … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

गीत : मुटुले मेरो त्यो मुटु तिम्रो

~अज्ञात~ मुटुले मेरो त्यो तिम्रो मुटु पुरिया पारेर राख्दछ सधैँ जतन गरी मायाले छोपेर मुटुले मेरो …………. गाउँछ गीत घाँटीमा तिम्रो सुरमा बसेर मादल मेरो तालमा तिम्रो बज्दछ जमेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लाली लठ्ठ लोलियो

~बसन्त चौधरी~ यौवन छचल्किन्छ मन मेरो सल्किन्छ तिमीलाई बाहुपाश लिन जीवन ससल्किन्छ तिम्रो धारिलो मुस्कान मुटुमा पहिरो जान्छ

Posted in कविता | Tagged | Leave a comment

खोजपत्र : भानुभक्त “आदिकवि” हुन् ?

~भक्त घिमिरे~ “आदि” र  “अन्त्य” अर्थात शुरु र समाप्तिको अर्थ राम्रो बुझ्नेहरू हाम्रा अग्रजहरुमा शायदै थिए होलान् , नत्र त हाम्रा होनहार कवि, हाम्रो साहित्यका धेरैमध्ये एक अभिभावक भानुभक्तलाइ “आदिकवि” –को माला पहिरिदिएर नेपाली साहित्यको खोज तथा अनुसन्धानको ढोका बन्द … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

Translated Poem : Meeting

~Gopal Prasad Rimal~ Translated By : Dr Tara Nath Sharma Why are you waiting for the full moon? It’s her you are to meet, right? See her in her own light, Meet her this very day on this new moon … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

चलचित्र गीत : मायाको बारीमा प्रीतिको फूल

~कुसुम गजमेर~ केटा : मायाको बारीमा प्रीतिको फूल केटी : मायाको बारीमा पिरतीको फुल केटा : पिरती हैन प्रिती प्रितीको फूल

Posted in नेपाली गीत | Tagged | Leave a comment

संगीत ईतिहास : होङकोङमा नेपाली संगीतको गर्विलो इतिहास

~निरज राई~ बृटिश सेनामा भर्ना भएर यहाँ (सेकोङ्ग क्याम्प) आएका नेपाली युवाहरूले ब्यान्ड नै खोलेर नेपाली गीत बनाई सेनाकै रेडियो च्यानल BFBS मार्फत प्रसारण गर्थे।ती ब्यान्ड हरू मध्ये होङ्गकोङ्गको प्रथम नेपाली साङ्गीतिक ब्यान्ड बृटिश गोर्खा सैनिकका clerks हरूको Chequers Band … Continue reading

Posted in ईतिहास | Tagged | Leave a comment

केस्रा : जिन्दगी

~चोमु शेर्पा “खुशी”~ जिन्दगी हो भन्छन् कर्कलाको पानी दु:ख सहनु रे आफ्नै भाग्य ठानी समय सँगै बदल्नु छ बिस्तारै सोच बिचार कर्तव्य आफ्नो बानी

Posted in केस्रा | Tagged | 1 Comment

लघुकथा : स्याल हुइयाँ

~यकिना अगाध~ अरुबेला स्यालहरुको सल्लाह मिल्थ्यो तर जब खानेबेला आउँथ्यो तछाड मछाड हुन्थ्यो । तिनीहरुको यस्तो बानीले स्याल जातिलाई ठूलो नोक्सानी पुग्दथ्यो । स्यालहरुको जतिजति संख्या बढ्दै गयो उतिउति समस्या पनि झाँगिदै गयो र पृथ्वीलोकबाट नै स्याल जाति लोप हुने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यपत्र : वाच्य, यसका प्रकार र लिम्बू भाषा

~प्रा. डा. टङ्कप्रसाद न्यौपाने~ १. विषय प्रवेश संसारका सबैजसो भाषाहरूमा क्रिया वा वाक्यसंरचनामा वाच्य (Voice) एउटा प्रमुख तत्व, घटक वा व्याकरणिक कोटि (Grammatical categories)का रूपमा रहेको हुन्छ । नेपालीमा वाच्यको अभिव्यक्ति क्रियापदका रूपायनबाट भएको देखिन्छ भने अङ्ग्रेजीमा वाक्यसंरचनाबाट अभिव्यक्त भएको … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : श्रीमतिको चिठी

~मालिकराम ‘वियोगी’~ मेरी श्रीमतिले मलाई चिठी लेखी तिम्रो गोठाला गर्ने वन-पाखामा तिम्रो खेताला जाने खेत-बारीमा सेना र प्रहरीले लाशको परेड खेल्ने गर्छ तिम्रो घाँस-दाउरा गर्ने जंगलमा तिम्रो खेल्ने-लुक्ने गुफा-ओडारमा गुरिल्ला र मिलिसियाले मृत्युको तालिम लिने गर्छ त्यसैले त आजभोलि लाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो सवारी रातोबत्ति र जीवनका झाँकीहरू

~नरेश सुनुवार~ स्नायुहरूले राग उचालेर तन्तुहरू सलबलिदा सनक रन्केर इडिपसग्रन्थि बौलाउँछ मुर्तिलाई पनि मान्छे देख्छ आँखाको भ्रमले होस गुमाउँछ दिमागले र, नाच्दछ जङ्गली नाच आगोको रापहरूमा निर्देशित बौलाहा झोलको फन्दाले नत्र कुण्ठितर् इच्छाका मातहरू अन्त कतै पोखिन्छ शक्ति बनेर/रोग बनेर

Posted in कविता | Tagged | Leave a comment