Tag Archives: sangrahalaya

संस्कृति परिचय : सोरठी 

~अज्ञात~ सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन्। यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन्। जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ। यी कथा कुनै … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : ब्रह्माको सय वर्ष

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ नरुनु पैसालाई नधुनु पैसालाई एउटा माध्यम चाहिन्छ इन्द्रियको सत्ता छ मनसँग । घरको लालपूर्जा तपाईंसँग छ तपाईंको लालपूर्जा कोसँग छ ? खोला तपाईंको हो ? र

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको अर्थ

~महालक्ष्मी थापा~ मुस्किलको कुहिरोले आउंछन गोरेटाहरु कठिनाईको पनि । हेर्दा खेरी देखीदैन मार्ग अनि । मुस्किलको कुहिरोले ढाकिएको हुन्छ टाढै सम्म पनि । निराशाको बादलले छेापीदिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु रुझेर : देवताहरू

~कृष्ण जोशी~ पानी भएर पानी पहिरो भएर भीर कामिरहेछन् लाग्छ पानी होइन, मृत्यु टेकिरहेछन् पहिरो टेकिरहेछन्— मान्छेहरूले उडिरहेछन् भोका चील–गिद्धहरू

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : भो मलाई शब्द चाहिएन !

~मञ्जु काँचुली~ शब्दहरू झुट पनि हुने गर्छन् । अनर्थ, बहुअर्थ र कुअर्थ लगाइने पनि हुन्छन् । सही अर्थ दिने शब्दहरू बहुत् दुर्लभ हुन्छन् । दिन र दिमागले नसोचेका कुराहरू शब्दमा चिप्लिएर मान्छेको व्यक्तित्वलाई कुरूप बनाइदिन्छन् । साँचो कुरा झुटो ठहर्न … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता: म भित्रको आमा

~तारा कट्टेल~ आमा म तिमीलाई जन्माउन चाहन्छु मेरो कोखबाट मभित्र को “म” लाई आमा बनाउन चाहन्छु मलाई जन्माउदा जुन पिडा तिमीले भोगेउ तै पिडा म पनि पिउन चाहन्छु घटघट जसरी तिम्रो छातीको दुध पियेथे मैले मेरो ताते ताते गोडा मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पैसा देख्छ मान्छे

~रमेश भट्टराई ‘सहृदयी’~ मात्र पैसा देख्छ मान्छे माया एउटा लेख्छ मान्छे बोकी टेन्सन सधैँ जसो बोझ शिरमा थेग्छ मान्छे

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : A City of Desires, Flowers and Colours

~Uma Subedi~ Trans : Suman Pokharel Carrying an array of dreams on the forehead, walking with an endless motion in its footsteps, falling down and getting up every now and then, distinct desires are running on their own way. heart … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

नियात्रा : माइखोला वारि पारि

~रामप्रसाद पन्त~ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०६८ को सन्दर्भमा म इलाममा छु यति खेर । फागुन १६ को बिहानीले स्वागत गरिरहेछ मलाई इलाम बजारमा । अस्ति सम्मेलनको उद्घाटन भयो सभामुख … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : ईश्वर र मान्छे

~दिनेश अधिकारी~ मैले ईश्वरसँग सुन्दरता मागेँ उसले हिमाच्छादित पहाड र, तिनका छातीबाट चिप्लेटी खेल्दै बगेका अविरल झर्ना र खोला दियो ढकमक्क हरियाली फुलेको पाखा र, सिर्जनाको सारा स्रोत सुसाइरहेको सिङ्गै धर्ती दियो धर्तीसँगै रङ्गीचङ्गी फूल

Posted in कविता | Tagged | Leave a comment

गजल : स्वभाव पनि जस्ता तेस्तै

~शालिकराम मुसाफिर~ अचम्मै छ तिम्रो वानी स्वभाव पनि जस्ता तेस्तै लिग भए नि हावा जति जीवन हुन्छ तिम्रो उस्तै । बाच्न रहर सबैलाई छ ढुक्क भइ बसे हुन्छ छरछिमेक छन् वरपर मर्न दिन्नन् तिम्लाइ सित्तै ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : लुलि लुलि पाइ य

~मोहन बन्जाडे~ वक्क नफुटेका स-साना नानीहरुलाई तिनकै हात समाएर अगाध मायाले खेल खेलमा लुलि लुलि पाई भन्दै उनकै गालामा -उनकै हातले हान्दा बच्चा किल्कारी छोडेर हाँसे झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरै मन दोषी हो

~सरल सहयात्री पौडेल~ मलाइ आरोप छ मेरा मित्रहरुको तš किन सोलोडोलो वन्न थालिस ? तš मान्छे त्यसतो होइनस् तेरो मन किन भंगालिएको छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अपूर्णताको अन्त्यपछि

~चन्द्र रानाहँछा~ आकाश र क्षितिजबीचको संगमस्थल जस्तो हामीले त फगत भ्रम पो बाँचेछौं सग्लो लागेथ्यौं यतिन्जेल हामी त आधा–आधा पो रहेछौं। आधा रहेछन्–

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै! मेरो मन

~विष्णु विभु घिमिरे~ तुलसा तिमीले एकदिन भन्यौ मन त हावा हो, सर मनको भर पर्नुहुँदैन यो त के के माग्छ- के के यसले मागेजति दिने हो भने … सबै सिमाना नाँघिन्छ गीता तिमीले एक दिन भन्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : लोन्लिनेस

~सुदीप पाखि्रन~ कोही कसरी रहन्छ ― एक्लै? ठडिंदै–ठडिंदै गएका छन् एकपछि अर्को गर्दै सिमेन्टेड मरुभूमिहरु शहरमा

Posted in कविता | Tagged | Leave a comment

डोटेली गीत : बिरुवा र धामी

~उत्तम भट्ट ‘विवेक’~ एक दिन बिरुवा भयो बिरामी मुइ खाई भुन्यो बोलाईल्या धामी मुइ गयो उन्ज्याई धामीका घर धामी नाइ भिट्या ब कसो गर?

Posted in डोट्याली गीत | Tagged | Leave a comment

कथा : तन्नेरीको सपना 

~सबिना सिन्धु~ युनाईटेड स्टेट्स सुन्दरी दीपिका उसको अगाडि उत्तिकै महत्त्वपूर्ण भएर उभिई। झयालको पर्दाबाट हावा हल्लिँदै उसको शिरसम्म आइपुगेर उसकी आमाको तस्विरमा अप्रत्याशित ठोक्कियो। उसले फ्रान्सकी लिटिभालाई सम्झियो। लिटिभा उसको फोटोलाई कम्मरपेटीमा झुण्डिएको सानो पर्समा राख्ने गर्थी। उसको प्रेम लिटिभा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मुर्दाबादै मुर्दाबाद

~बिमल गुरुङ~ जे गर्नुछ अहिल्यै गर जति गर्नुछ अहिल्यै गर । भरे भरेतिर मुर्दाबाद, एकक्षणपछि मुर्दाबाद खाना खाएपछि मुर्दाबाद, भोलि मुर्दाबाद पर्सि/निकोर्सि मुर्दाबाद जाँच सकिएपछि मुर्दाबाद

Posted in कविता | Tagged | Leave a comment

गजल : पुल बाँध्न पाए

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ मनदेखि मनसम्म एउटा पुल बाँध्न पाए बत्तीदेखि बस्तीसम्म मितेरी धुन साँध्न पाए । बुद्ध फेरि जन्मिन्थे कि बम र बारुद लुकाएर, भुलदेखि फूलसम्म संसार सारा साँच्न पाए ।

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : लेकाली धरोहर फलामेडाँडा

~भेषराज रिजाल~ एघार बजिसकेछ लुङ्दीखोलाको किनार समातेर उकालो लाग्दा । लुङ्दीको सुसेली गुञ्जिएको छ पहरो थर्काउँदै, चारदिशा घन्काउँदै । मेरो अनुहारमा बगेको पसिनाको धाराजस्तो लुङ्दीको सुकिलो जलधारामा नजर भिजाउँछु, मन धुन्छु र पयर उचाल्छु । रोपो सरिसकेको खेततिर बगेको कुलोमा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

लेख : तीजको साँस्कृतिक परम्परा र वर्तमानमा देखिएका विकृति

~लता शर्मा~ हर्ष र उल्लासका साथ हरेक वर्ष हरितालिका तीज हिन्दू नारीहरुको महान पर्वको रुपमा मनाउने गरिन्छ । हिमालय पुत्री पार्वतीले पर्वतमा गएर लुकेर आफ्ना संगीनीहरुलाई मात्र डाकेर महादेव पति पाउँ भनेर दिनभर निराहार ब्रत बसी मध्य रातमा शिवको पूजा … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कथा : राम्रो कसरी बन्ने ?

~डा. सबिता सुबेदी~ हजुरआमा भन्नुहुन्थ्यो  , गाउँमा  म जन्मिदा ठुलो  हल्ला खल्ला मच्चिएको थियो रे मानौकि यो संसारमा केहि अनौठो चिजको उत्पति भएको थियो | कैला मुखियाकी कान्छी बुहारीले फेरी पनि छोरी जन्माएको र  अझ त्यो भन्दा पनि मेरो रुप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फेरी दुखें

~बाबुराम पन्थी~ चोट थिएन प्रिय, प्रहार कसरी भनु, म अनायासै दुखे, समीप कहाँ थिए र प्रिय, म स्वयं स्पर्षित थिए, तिमि गयौ तिम्रो नौका संगै, त्यो तलाउको किनार सम्म,

Posted in कविता | Tagged | Leave a comment

कथा : माओवादिनिसँगको अधुरो प्रेम

~दिल थापा~ राज्यसत्ताको बागदोर समाल्नेहरु थला पेरिसकेका थिए ।आन्तारिक र बाह्य शक्तिको बैसाकिको साहारामा जेनतेन आफ्नो पाहिलाहरु चालिरहेका थिए ।माओवादी जनयुद्धले थिलोथिलो परेको जनमानस दिनहुँ विद्रोही र राज्यतर्फबाट त्रसित भैरहन्थे ।साटो गएको बच्चाजस्तै झ्स्की रहन्थे । तत्कालिन समयमा माओवादिले आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : राती सपनीमा

~रेखा पन्त~ मन्द मन्द प्रकाश छायो राती सपनीमा हिस्सी काले केटो आयो राती सपनीमा अपरिचित अनुहारले चिने जस्तै गरी मेरै नामले बोलायो राती सपनीमा

Posted in गजल | Tagged | Leave a comment

कविता : कठै मेरो देश

~ऋतिक यादव~ वीर गोर्खालीको साहसले परिचित देश शान्तीको दुत बुद्ध जन्माएको देश सर्वोच्च शिखर सगरमाथा भएको देश मन्दीरै मन्दिरले भरिएको सुन्दर देश

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : स्वार्थी समाज

~शाया मोक्तान~ लिलाम मा राखे जवानी ग्राहक छन् किन्छ सबैले । बाटोमा ढुङ्गा राखे भगवान भनी ढोगी दिन्छ सबैले । सबैलाई कुल्चिएर अघि जाउ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : रहर

~राज अनुराग~ मलाइ पनि रहर थियो कोपिलालाइ फुल बनाउने, सप्तरङ्गी रङ्गहरुबाट रातो चुनेर तिम्रो सिउँदो सजाउने । मेरो दोष गुलाफसँग नजिक हुने तर सुगन्धमा रमाउन नजान्ने,

Posted in कविता | Tagged | Leave a comment

कविता : देउता !!!

~रबिन पुरि~ तिम्रो नाममा मैले फुलपाती चढाए ! तिम्रो लागि मैले धेरै प्राणीको हत्या गरे !! धेरै बोका र रागको बली चढाए ! कत्ती कोपिलाको मुन्टो निमठे !! तिम्रो उपनाममा देवी र देउरालीहरुमा ! शिला र तिम्राको मूर्ती बनाए !!

Posted in कविता | Tagged | Leave a comment

कथा : सपनाको प्रेम

~सन्तोष थापा~ अफिसबाट बिदामा घर गएको थिए असार साउनको बेला छ मानो रोपेर मुरी फलाउने बेला दिन भरी काम गर्दा गर्दै खेतमा नै साझ पर्न लागि सकेको थियो थकानले गर्दा कतिबेला घरमा पुगेर भार्लाङ्गे धाराको चार धारा मध्ये ठुलो धाराको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन गजल : आभास नयाँ थियो

~अमृत सिङ थिङ~ साँझ उही रात पनि आभास नयाँ थियो कुमारीत्व सुम्पीने समवास नयाँ थियो सुस्त सुस्त पाइलाहरु समीपमा हुँदा यौन लीला डुबुल्कीमा मधुमास नयाँ थियो

Posted in गजल | Tagged | Leave a comment