Tag Archives: sangrahalaya

गजल : के लेखियो जिन्दगी यो

~आशांक उपाध्याय~ नलेखी बस्न खोज्दा के लेखियो जिन्दगी यो बलेसी बग्न खोज्दा समेटियो जिन्दगी यो हुँदैथें भावहीन झर्न खोज्यो आँशु किन ? परेली खस्न खोज्दा अँचेटियो जिन्दगी यो

Posted in गजल | Tagged | Leave a comment

गजल : वाचा गरिन्

~लाक्पा शेर्पा समर्पित~ यौवनको उन्मादिलो मात दिने वाचा गरिन् बासनाले भरिएको एक रात दिने वाचा गरिन् मात्र तिर्खा भरिएको ज्यान लिई आऊ भनी प्यासहरू मेटिदिन्छु आँत दिने वाचा गरिन्

Posted in गजल | Tagged | Leave a comment

कथा : स्पर्श

~अर्जुन थापा~ ‘साँझपख आएका छन् । मलाई त सबै ठिकै लागेको छ । श्रीमान् श्रीमती मात्र बस्ने रहेछन् । हेर्दा राम्रै परिवारका छन् जस्तो छ । कति दिन फ्ल्याट त्यसै खाली राख्नु । बस भन्दे हुन्छ ।’ मेरो कुरा सुनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मधेसतिर

~विश्वेश्वरप्रसाद कोइराला~ सुनकोसी र तामाकोसीको संगममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसीमा धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्नसक्ने कोहीमात्र होलान्, तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ठिमाहा बंगुर

~अज्ञात~ प्रस्तोताः होमर श्रेष्ठ वर्षदिनको बरखी फुकाएको दिन हर्केले बाबुको मृत्यु-वचन सम्झ्यो। हर्केको बाबुले मर्नुअघि प्राणवायु फेर्दै भनेको थियो—”हर्के, मैले गर्न नहुने थुप्रै पाप र अपराध गरेको छु…फलतः

Posted in लघुकथा | Tagged , | Leave a comment

गजल : गाई गधा देखिएका छन्

~उमेश आचार्य~ गधालाई गाई देख्छन्, गाई गधा देखिएका छन् मुहार उही ऐना उही, मात्र चस्मा बद्लिएका छन् भट्टी छिर्छु तिमी भुल्न, मन्दिर लाग्छ मधुशाला बोतलमा तिम्रै तस्विर,रक्सीमा याद मिसिएका छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : माना नभएर पो त

~करुण थापा~ मेरो दुःख नाप्ने कुनै माना नभएर पो त खाँदैछु म हजार चोट खाना नभएर पो त भजन गाएँ लोरी गाएँ सुतेनन् ती भोका बच्चा पेट भर्ने कुनै पनि गाना नभएर पो त

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : बाहुनी बज्यैको हातै लच्छिनको

~रमेश भट्टराई ‘सहृदयी’~ घर मूलबाटैको छेउमा । उकालोबाटो सकिएपछिको एउटा बिसौनी बन्ने लक्षित घर । घाम डुबेपछि दुई चारजना भरियाले बास माग्न आउँदा हजुरआमाले सहजै बास बस्न दिनुहुन्थ्यो । मजाले घरमा पाकेको जेजस्तो भोजन छ त्यो खान पनि पाउँथे । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : छापिन्छन् राहदानी पनि

~अनुपम ‘नवोदित’~ यति धेरै छापिन्छन् राहदानी पनि दिनका दिन उड्छन् जिन्दगानी पनि एक फिस्को हाँसो बटुल्न दौडिँदा दौडिँदै घरीघरी आँसु पठाउँछिन् चाँदनी पनि

Posted in गजल | Tagged | Leave a comment

कविता : पूजारी बाजे

~दिल थापा~ मगर्नी श्रीमतीको कोसेली रातो भालेलाई साँझ बिहान वेदको मन्त्र जपीरहने कालो च्वाँचेलाई रिठे कामीको आणविक आराममा पाइन बस्ने गरी अजार्पेको खुकुरीले रुखको फेदमुनिको पूजा थानमा वर्षेनी परीक्षण गरिन्छ । शक्तिपिठहरुलाई खुसी पार्न । अद्श्य मानिसको भाकल पूरा गर्न

Posted in कविता | Tagged | Leave a comment

बज्जिका कविता : समयके पुकार

~सुनिल प्रसाद यादव~ उठ तु अब अठ कथि जिअई छे, एगो जिन्दा लाशके जईसन एसे त मरले अच्छा हऊ अपना माटीके लेल कमाएल,खाएल,पिअल आ सुतल हि जिन्गी न हई

Posted in बज्जिका कविता | Tagged , , | Leave a comment

समीक्षा : नाटक ‘निरर्थक त्याग’मा एक नजर

~गङ्गा अभिलाषी~ लेखक पृथ्वी शेरचन भैरहवा निवासी हुनुहुन्छ । अहिले उहाँको उमेर ८२ वर्ष भयो । उहाँ साहित्यको धरोहर भएर पनि रूपन्देहीमा अवस्थित साहित्यिक संस्थामा घुलमिल हुन चाहनुभएन । नयाँ पुस्ताका साहित्यिक मनहरू उहाँको सामीप्यताबाट टाढै रहेका छन् । पुराना … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मेरी आमा रुदैछिन् आज पनि

~प्रतिमा अधिकारी~ छ तिनै सन्तानको खोजी, पढोस् गरोस् यहि देशमा पलोस् बढोस् यहि भेषमा भनोस् मेरो देश मेरो शान नेपाली हुन पाउनु मेरो अभिमान

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली नाटकको परम्परा र विकास

~विनयकुमार शर्मा नेपाल~ आरम्भ श्रव्यकाव्यको आरम्भपछिको विधा नाटक हो भन्ने धेरै विद्वान्हरूको मत छ । हुन पनि भाषाको आरम्भभन्दा पहिले नै मानवले बोल्न नजान्दा नै पनि सङ्केतका रूपमा हात, खुट्टा, मुख, आँखाको हाउभाउबाट आफ्नो भावना व्यक्त गरे भनेर मान्नै पर्छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : भन लौ तिमी नढाँटी

~म. बि. बि. शाह~ भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल

Posted in गजल | Tagged | Leave a comment

कविता : जाति गान

~हरि कट्टेल~ आऊ देश विदेशबाट सहजै नेपालमा सज्जन । लाऊ प्रीति हिमालमा मुलुकका हेरेर पाखा वन ।। गाऊ गीत सुशान्तिका शिखरमा झन्डा उर्ठाईकन। नेपाली जन जातिको छ रसिलो संस्कार ठूलो मन ।। १ मुर्चङ्गा मुरली सँगै वनचरी नाच्छन् पखेराभरि । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : माधवआनी खण्डकाव्यकाव्यमा बहकिदा

~सदानन्द अभागी~ परिचय– हरि कट्टेल (२०२५)का, बिलौ नै बिलौना (छन्दोबद्ध लघुकाव्य, २०४५),अनावृत आकृति (छन्दोबद्ध कवितासङ्ग्रह, २०६१), मुटु टुक्रिएपछि (मुक्तकसङ्ग्रह, २०६९),काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) र माधवआनी (खण्डकाव्य, २०७३) कृतिहरूमा आँखामा अल्झिएका आँखा (गजलसङ्ग्रह, २०६४) र काँडा टेकेर फूलका कुरा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लोक गीत : पर्नु पर्‍यो पिर

~बुद्धिकृष्ण लामिछाने~ (पर्नु पर्‍यो पिर जेठा मलाई पिर एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2 (एउटी भन्छे कन्ती किन्देउ अर्की भन्छे कराइ, कराइ किन्न नसकेर खाटबाट लडाई, मलाई खाटबाट लडाई ।। )X2

Posted in लोक गीत | Tagged | Leave a comment

कविता : मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट

~प्रवीण राई जुमेली~ सधैं त सरीर मर्थ्यो मन बाँच्थ्यो यसपाली त मन चाहिँ मरेछ सरीर बाँच्यो नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो विडम्बनाको भीरमा वैरिएछ ‘ए झरी’ भन्थ्यो ‘रे मर्नअघि अलिकति घामको किरण पनि माग्थ्यो ‘रे

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मगर जाति र भाषा

~डा. माधवप्रसाद पोखरेल~ मातृभाषाका आधारमा नेपालमा मगर जातिका तिन ओटा समूह छन् । गोर्खाली सेना र बेलाइती सेनामा बहादुरी देखाएर संसारभर धेरै प्रसिद्ध भएका मगरहरू नारायणी, लुम्बिनी, गण्डकी र धौलागिरि (गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, तनहुँ, आदि) लाई मूल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : सायद चोट नै हो जिन्दगी

~बिपिन शर्मा~ ति दिन अब रहेनन् हामी विच तिमी रहेनौ केवल यादहरु छन् बितेका पलका हरेक पल ताजा हुन्छन् बिर्सन खोज्दा प्रत्येक बिर्सिएका पुराना थोत्रा सम्झना पनि ताजा हुन्छन् जिन्दगी सायद यस्तै होला……… त्यसैले त तिमी रमाएनौ जीवनसँग

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : घोडाहरू हिन्हिनाइरहेछन्

~जीवनाथ धमला~ सहजै अनुमान गर्न सकिन्छ, मानिस र घोडाबीचको सम्बन्ध मानव–सभ्यताको आरम्भदेखि नै रहँदै आएको हो । सिकारी युगमा मानिसले हातहतियार बनाउन जानिसकेका थिए । भाला, धनुकाँडजस्ता हतियार त्यसबेला आत्मसुरक्षा र सिकारका लागि मनुष्यले बनाउन सिक्यो । त्यस युगको अन्त्यसम्म … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

भलाकुसारी : साहित्य समय र जीवनको ढुकढुकी हो – ज्ञानुवाकर पौडेल

“साहित्य समय र जीवनको ढुकढुकी हो र यसले आफ्नो जीवन आफ्नै शैली, आफ्नै ढंग र आफ्नै शर्तमा बाँच्न सिकाउँछ।” यसरि साहित्यलाई बुझ्ने साहित्यकार हुनुहुन्छ गजल शिरोमणि ज्ञानुवाकर पौडेल। बि.सं. २००५ बैशाख ५गते गौशाला, काठमांडौमा जन्मनुभएका वाकर आफ्नो समकालीन माझ मात्र … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

Poem : Parts are here to quell off

~Sujata Zimba~ Those sweet memories How so I remind you of Lone am I here So easily thee forgot Couldn’t even think Thy love could get hurt

Posted in Poem | Tagged | Leave a comment

कविता : घात

~रमेश शुभेच्छु~ विश्वासी जन टाढियो परगयो एक्लो बनायो अब अर्को को दिनसक्छ त्यो निकटता भेटिन्न होला अब कत्रो अन्तर लाग्छ एकजनको सामीप्यमा-दूरता एक्लो लाग्छ जता जहाँ, किन कतै गाँसिन्न त्यो मित्रता – गाँसु गाँस्न सकिन्न त्यै किसिमको आत्मीय नाता अरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो आँखालाई राख्ने फुलबारी

~अम्बर गुरुङ~ मेरो आँखालाई राख्ने फुलबारी छैन तिम्रो मुहारमा राखुँ कि मेरो बतासलाई बाँध्ने सुगन्ध छैन तिम्रो निश्वासमा बाँधु कि पहाड भन कि मधेस भन घुमेकै म पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म तिम्रै सन्तान हुँ !

~केपी अनमोल~ बुवा म तिम्रै सन्तान हुँ, अंश देऊ भनेर कुट्न आउनेलाई आफ्नो ठान्नु हुन्छ । हेर्नु हुन्छ की भनेर, शान्त भएर कुनामा बसेको छु सदियौंदेखि । मेरो अवस्था पनि बुझिदिनु न, आमालाई त थाहा छ तर, बुवा ! तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : शहर नियालेर बसेको छु

~‘अभिलाषी’ शारदा राई~ मध्य राती झिलमिल शहर नियालेर बसेको छु साथमा छ एक टुकी त्यसैलाई बालेर बसेको छु !! मनको पीडा वेदनालाई दवाएर आफै भित्र सबै मौनतामा एकोहोरिएर हाँसो फालेर बसेको छु !!

Posted in गजल | Tagged | Leave a comment

गजल : आऊ नयाँ बर्ष

~भगवती बस्नेत~ हाँसो खुसिको बहार लिई आऊ नयाँ बर्ष मेलमिलाप प्रेम प्यार लिई आऊ नयाँ बर्ष हिमाल पहाड तराई कोहि छैनौ पराई हामी आनन्दको सुन्दर संसार लिई आऊ नयाँ बर्ष

Posted in गजल | Tagged | Leave a comment

कथा : सन्तेको रातो कुकुर

~देबेन्द्र बस्याल~ खै कताबाट हो उसले सुशेली हाल्न, गीत गाउन, नाच्न पनि जानेको छ । उ बढो रमाइलो र हसिलो पनि छ । हिड्दाहिड्दै नाचिदिन्छ, कुरा गर्दागर्दै गाइदिन्छ । यो उमेरै उसको यस्तै हो । धेरै धेरै कुराहरु सिक्ने, जान्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जब रहर आयो

~आवाज शर्मा~ ढुक्क भै जिउने जब रहर आयो ढल्किँदो जिन्दगी नजर आयो आँशु झैं पिइदिएँ नदी सारा फेरि भक्कानु भै बगर आयो

Posted in गजल | Tagged | Leave a comment

कविता : परमेश्वर

~निशब्द प्रमोद~ हे परमेश्वर! तानाशाह हौ तिमी सत्ताको मोहमा सदैव लिन कति ढाक्छौ काला कर्तुत सबै देखी सकें अलिकति त मान घिन। आऊ तिमी मेरो देशमा

Posted in कविता | Tagged | Leave a comment