Tag Archives: sangrahalaya

गजल : झर्न दिन्नौ भने

~स्पन्दन बिनोद~ आँखाभित्र राखेपछि झर्न दिन्नौ भने मुटु झिकी दिन्छु मलाई मर्न दिन्नौ भने सधैँ लालीगुँरासभै फुल्छु त्यो ओठमा त्यो जवानी पराईको पर्न दिन्नौ भने

Posted in गजल | Tagged | Leave a comment

कथा : शम्भू दाइको विदाई

~पूर्ण ओली~ ‘को हो यो किचकिच गर्ने ? अरु काम छैन यसको ?’ भर्खरै हाम्रो कार्यअवस्थाको निरीक्षण गर्न आएका थिए निर्देशक कृष्ण बजगाईं । केही निर्देशनहरु दिएर उनी कोठाको द्वारबाट एकपाइला मात्र बाहिर निकालेका थिए । त्यहीबेला शम्भु दाइले निर्देशकको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

शेर्पा भाषी गजल : ठिक्क जवानीला

~लाक्पा शेर्पा समर्पित~ कान्छि चोर्खू ङा ङिसु, ठिक्क जवानीला कान्छि फोरू ङा देरू, फिक्का जवानीला । लाक्पाला घडि छोगिनो ,रोके खिजे मूछूङे मिनेट घण्टा ङिमा र लो ,टिक्क जबानीला ।

Posted in शेर्पा गजल | Tagged | Leave a comment

गजल : निभाउनै पर्छ

~आनन्द श्रेष्ठ~ तराईको आगो पनि निभाउनै पर्छ सबैलाई मिठो आशा दिलाउनै पर्छ यौटा भाइले हार्दा अर्को भाइले जित्छ भने हार्नेलाई उठाएर जिताउनै पर्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : गन्तव्य छल्न थाले

~अहम् स्रष्टा~ तिनका हरेक कदमले गन्तव्य छल्न थाले जब ती कदम कदममा यात्रा बदल्न थाले जो रोकिएन कहिल्यै, त्यो समय रोकिदैन ती रोकिने घडी हुन् जो अस्ति चल्न थाले

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : तिम्रा खुट्टा

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी जब हेर्न सक्दिनँ म तिम्रो अनुहार हेर्छु तिम्रा खुट्टा । गुम्बजाकार हाडका खुट्टा कडा र साना खुट्टा । मलाई थाहा छ तिमीलाई बोक्छन् तिनले

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : नाककटुवाको देश

~होमर श्रेष्ठ~ महाशय उपरखुट्टी लाएर नयाँ चक्कुले स्याउ टुक्य्राउँदै खाँदै थिए, हरियो झिँगा भन्केर आएर स्याउको टुक्रोमा बस्यो । उनले हातले हम्के ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनुहार

~यकिना अगाध~ आफूले कार्यभार सम्हालेदेखि उसले घुसखोरी, भ्रष्टचारी, तस्करी, डन सबैलाई तह लायो । आफूले भ्याएसम्मको बेथितिलाई हटाएर थिति बसाल्यो । सुशासनको अपेक्षा गरिरहेको सर्वसाधारण जनताको उनी आँखाको नानी बन्यो । सबैतिरबाट वा-वा र स्याबासी पाइरह्यो । सरकारले पनि उसको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जीवनको सुन्दरता !

~कौशिला रिसाल~ मसँग पनि अलिकति मुस्कान छ, अलिकति सुन्दरता छ मैले बुझेको सुन्दरता मेरो पसिनाको सृजनामा छ माटोको आयाममा छ ढुङ्गाको आयाममा छ

Posted in कविता | Tagged | Leave a comment

छन्दवद्ध गजल : हजार तँ

~पाेष्टराज चापागाईं~ छन्द : रोल्मी पन्ना भर् जति हजार तँ इस् हुन्छस् गजलकार तँ गाको भा पुलिसमा बरु बन्ने थिस् हवलदार तँ

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ वर्षमा

~तारा कट्टेल~ जूनले वेपरवाह अन्धेरीलाई फ्याके जति उज्यालो, आमाले कपाल मूसारे जति प्यार, दानव चंगूलसंग बच्न धर्तिले कम्पन थामेजति ताकत, देशमा सदभाव, भाईचारा र बूद्दको सेरोफेरो जति शान्ति,

Posted in कविता | Tagged | Leave a comment

छन्दबद्ध गजल : द्वार खाेली दिन्छुु

~जीवराज बुढाथोकी~ छन्द: सगरमाथा बस्छाै भने अँखामा यी, परेलीका, द्वार खाेली दिन्छुु । सुन्छाै भने आत्मामा त्यो, सुसेलीकाे, मर्म घाेली दिन्छु । चाहिन्छ यो ज्यानै मेरो, भनेनी त्यो, पीर केही छैन, सक्छाै भने मागे हुन्थ्याे, मनै छेड्ने, आज गाेली दिन्छु … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : गुलाफ फूल फुलेको छ

~सदानन्द अभागी~ तिम्रो सुन्दर बगैंचामा गुलाफ फूल फुलेको छ मकरन्द पान गर्न भमरा त्यहाँ झुलेको छ धन्य रहिछ्यौ देवी तिमी रसातलमा पौडिएकी रसातलको पौडाइ हेर्दा विश्व मेरो भुलेको छ

Posted in गजल | Tagged | Leave a comment

कथा : स्वामीजीको प्रवचन

~मञ्जु काँचुली~ मेरी विमात्री (सौतेनी) आमाले पहिले आफ्ना हातगोडा सफासँग धुनुभयो । अनि फेरि नुहाउनुभयो हात र गोडाका नङमा राता पालिस पनि लगाउनुभयो । त्यतिबेलाको चलन गोडाका कुर्कुच्चा र गोडाका वरिपरि माहुर (रातो रंग) पनि लगाउनुभयो । छिमेकीहरू कुरा काट्थे, … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : एक्लै हिँडदाको आनन्द

~दिनेश अधिकारी~ एक्लै हिँड्दाको आनन्द तिमीसँग हिँड्दा हुँदो रहेनछ । म चाहन्छु बाटोमा हुरीसँग एक्लै जुधूँ पछाडि कहिल्यै पनि नफर्कूं र, आफ्ना पैतालाका डोबहरू छोड्दै रहूँ चुम्लुङ्ग । विषालु काँडाहरू ओढेको

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो फूलबारी

~मोहन बन्जाडे~ कहिले देखिने वृष्टिछायाँ, र कहिले नदेखिने तप्केनीमा परेर साघुरिएको सानो फुलबारी कहिले आफ्नो आकारको चिन्तामा हुन्छ कहिले मालीहरुको टकरारको चिन्ताले रुन्छ उताकाहरु एकै रंगको फूल रोप भन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : कानुनका ठेली बनेको के काम ?

~कृष्णराज पौडेल ‘सञ्जाल’~ रुचिविहीन शिक्षा लिइन्छ भने दक्षता हासिल गरेर के काम ? व्यावहारिक शिक्षा छैन भने सयौँ किताब पढेर के काम ? दृष्टिकोण उच्च छैन भने धनका पखेटा हालेर के काम ?

Posted in कविता | Tagged | Leave a comment

कथा : आकांक्षा

~राजु नेपाल~ परेला खुल्ला छन्, दृष्टि बन्द छ। कस्तो अनौठो परिस्थितिमा छु म। दुवैतर्फका गरेर वरिपरि करिब तीन सय हाराहारी मान्छे छन्। दिनभरिको झन्डै एक हजार पाँच सयजति मान्छे आएर उनलाई आशीर्वाद दिएर फर्किसकेछन्। यति धेरै मान्छेको भीडको वरिपरि छु, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रटिएका सपनाहरू

~रामप्रकाश पुरी~ आज धमिलो समयको घडीमा धुलो र धवाँको एउटा भूगोलमा सपनाको लालीगुराँस फुलाउँदै उभिएका छन् जीवनका तस्विरहरु । जीवनका सङ्गीतका तारहरु स्वाभिमान र स्वतन्त्रताका गजलहरु गाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी जिन्दाबाद

~गोविन्दप्रसाद आचार्य~ गर्भभित्र छोरी भए फाल्ने चलन मुर्दावाद गाउँ बस्ती शहर बोल छोरी जिन्दाबाद बोल नारी अब कोही छोरी फाल्न जाँदैनौँ छोरी फाल्ने विष पनि हामी खाँदैनौँ सबै जना बोल्नुपर्छ आउ ताँती लागेर छोरी मार्ने चलनको विरोध गरेर राम्रा चलन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बार लाउन पाए

~अविरल यात्री~ परेलीमा आँसु रोक्ने, बार लाउन पाए चालिएका कदमको, सार लाउन पाए भुमरीमा फसेको छ, बगिजाने खोला अल्झाउने समस्यालाई, पार लाउन पाए

Posted in गजल | Tagged | Leave a comment

गजल : शंखनाद गरिदिनु

~अनन्त लम्साल~ सक्छौ भने मायाको शंखनाद गरिदिनु । सक्दैनौ त मेरो मुटु आजाद गरिदिनु ॥ तिमी मेरी हुनै पर्छ भन्ने केहि छैन अलिकती माया दिनु र याद गरिदिनु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आज कसैलाई बिदा गर्नुछ

~मोहन कोइराला~ बाजाहरू बज्छन् बडो मीठो ढङ्गमा म डुब्छु पर्वत-पहाड सब डुब्छन्, जब बाजा बज्छ मङ्गल धुनहरू, आशीर्वाद धुनहरू, मुहुर्त धुनहरू त्यही मङ्गल धुनमा कोही एयरपोर्टबाट फुत्त ओर्लिन्छ कोही आमाको पेटबाट निस्किन्छन् आज कसैले लामो समयको श्वास फेर्यो त्यही बाजामा

Posted in कविता | Tagged | Leave a comment

कथा : यमलोकमा सहिदहरु

~डा. राजुबाबु श्रेष्ठ~ म यमराजको सिंहासनमा थिएँ । मेरो जुँगा लामो मठारिएको थियो । मेरो टाउकामा हीरा, रत्न जडित मुकुट थियो । घाँटीमा अनेकौँ मोती र मुगाका मालाहरु थिए । लुगा पनि अमूल्य जरीहरु र टलटल टल्किने किसिमको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली भजन : गोरखनाथ भजन

~पृथ्वीनारायण शाह~ बाबा गोरषनाथ सेवक सुखदाये, भतो मजहुं मन लाये वावा चेलाचतुर मच्छिन्द्रनाथको अघवुध रुप बनाये । सिवके अंस सिवासनकाये, सिद्धिमाहा बनि आये ।१।बाबा गो०

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : कविता

~श्रीधर शर्मा~ घामका उज्याला, न्याना किरणहरूले चमकहरूले जूनको स्निग्ध शीतलताले ओर्लिएर चुमेनन् यसपटक पनि कवितालाई । दूर क्षितिजमा

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : O Children of Partridges, Quails and Sacrificial Buffaloes

~Bhupi Sherchan~ Translated By : Yuyutsu R.D. Sharma O unfortunate children children of partridges, quails and sacrificial buffaloes, be it the German attack Burma’s turbulent borders, rubber forests of Malaya,

Posted in Translated Poem | Tagged , | Leave a comment

निबन्ध : तर्सिएको मान्छे

~अम्बर गुरुङ~ विश्वविख्यात फिल्म निर्देशक अल्पेड हिच्कोक जो हरर र सस्पेन्स फिल्मका लागि अद्वितीय थिए । त्यस्तै विषयमा उनले संग्रह गरेको एउटा कथा पढेको थिएँ । संक्षेपमा कथा यस्तो थियो- त्यसबेलाको युरोपको कुनै ग्रामीण ठाउँमा एक पर्यटक दृश्य अवलोक गर्न … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : ऐना र म

~शरद पोख्रेल~ म साह्रै बिरामी परेँ कुनै दिन मनुस्मृतिमा एउटा अनौठो डरलाग्दो चित्र गढ्यो। त्यही चित्रले घाइते बनिरहेँ म। असुरक्षित- भूकम्पले आधा खाएको बूढो घरजस्तो उराठ- सुनामी पसेको बगैचाजस्तो

Posted in कविता | Tagged | Leave a comment

गजल : फरक हुँदो रहेछ

~चोमु शेर्पा “खुशी”~ आँसु र हासोमा कति फरक हुँदो रहेछ मान्छे मान्छेमानी मति फरक हुँदो रहेछ चोट पुर्याउने जीवनमा एउटै भए पनि प्रत्येक पलको क्षति फरक हुँदो रहेछ

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो र मेरो सम्बन्ध

~कविराज भट्ट ‘बिलौना’~ थोरै समय जोडिने धेरै जसो तोडिने भुकम्पको झट्का जस्तै कहिले मरिहत्या गर्ने कहिले महशुष नै नहुने तिम्रो र मेरो सम्बन्ध फेरी एक पराकम्पनको पर्खाइमा अडिएको छ ।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : भाषाका अगुवा

~भोजराज श्रेष्ठ~ हिँडाइ, लवाइ, खुवाइ र बोलाइले भाषाशास्त्री जस्ता लाग्दैनन् प्रा.डा. टङ्कप्रसाद न्यौपाने । धरानका गल्लीहरुमा डुल्दा होस् वा देश–विदेशका, काँधमा एउटा कालो झोला सधैँ झुण्डिएको हुन्छ । सेतो कपाल, सेतै फुलेका दाह्रीमा छोटा कदका डा. न्यौपानेलाई त्यो झोलाले प्रविधिसँग … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment