Tag Archives: sangrahalaya

कविता : दाइ ! एक फूँक मारने हो ?

~केपी अनमोल~ एक हुल ठिटाहरु म तिरै आउदै थिए, भङ्भङ्त्ती धुवाँसंगै लठ्ठिएर दाइ ! एक फूँक मार्ने हो ? जुगाँको रेखि त बसेकै छैन चिउडोमा पलाएका दुई चार झुस बर्टादैं भन्छन्, शिवरात्री हो, शिवरात्रीले गर्छ…..।।

Posted in कविता | Tagged | Leave a comment

गजल : थर्काउँदैछ राजमोले

~हिरारत्न श्रीशा~ पूर्वदेखि पश्चिमसम्म थर्काउँदैछ राजमोले संघीयता, जातिवादलाई तर्काउँदैछ राजमोले सिंगो नेपाल चाहिन्छ भन्दै जनता सचेत गराएर गरिब, राष्ट्रप्रेमीको दिन फर्काउँदैछ राजमोले

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : धर्म,दर्शन र संस्कृति

~ज्ञामुराम न्यौपाने~ धर्म देवीदेवताहरूलाई विश्व ब्रह्मान्डको निर्माता, सञ्चालक ठान्नु र देवीदेवताका सांसारिक प्रतिनिधि पन्डित, पुरोहितहरूलाई ढोग, दान, भेटी चढाएर खुशी बनाएपछि यो जीवन सुरक्षित हुन्छ भन्ठान्नु धर्म हो । तर हामी मानव विकासको सुरूवाती प्राग–ऐतिहासिक कालखन्डलाई बुझ्यौँ भने त्यस समय … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : कसैले छेक्न सक्दैन

~दीप गोले~ परिवर्तन हुन्छ अवश्य कसैले छेक्न सक्दैन चल्छ क्रान्तिको आँधीबेहरी कसैले रोक्न सक्दैन सचेत बन्दै जनता जब आउँछन् क्रान्ति मैदानमा

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : पहिल्यै लायौ छेउ

~जय ब. घिमिरे~ व्यर्थै हाल्यौँ भोट तिमीले हामीलाई दिनु दियौ चोट । आकाश पाताल जोडेर भाषण, जोडेर भाषण

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

कविता : आमा

~दाजु गुरुङ~ आमाको काँख लाखौमा लाख । वर्षातमा छाता घाममा छाँया आँचलको कवच

Posted in कविता | Tagged | Leave a comment

कविता : निन्द्रा

~जया शर्मा~ कति पढ्नु उस्तै-उस्तै समाचारहरू ? कति सुन्नु उस्तै-उस्तै खबरहरू ? लुटिएछ अस्मिता मुस्कुराइरहेकी चाँदनीको च्यातिएछ फरिया लजाइरहेकी सन्ध्याको उड्नै खोजेको पखेटा काटिएछ मैनाको बुन्दै गरेको सपना चुँडिएछ नैनसराको।

Posted in कविता | Tagged | Leave a comment

कविता : मुल्यवान मुल्यहिन पलहरु

~नारायण माया बोहोरा ‘नन्दनी’~ ‘तिमी मेरो मनले खाएकी नारि’ उ भन्छ , तिमीलाई सन्सारकै सुन्दर सफल महिला बनाउन चाहन्छु’ प्रफुल्लीत हुन्छु आफुप्रती मायाको आभाष पाउदा, लाग्छ उसका सपना, उसका कल्पना,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेचीलाई बाटो सोधेर

~अगमसिँह गिरी~ टिस्टा, रङ्गित र रेली धुपीडाँडाहरू यी परिचित–परिचित मेरा पहाड–पखेरा यी सपना यहाँ कुण्ठित छन् यद्यपि बिपना यहाँ लाञ्छित छन् यद्यपि

Posted in कविता | Tagged | Leave a comment

मगर भाषी कविता : पाइन्ग्न कनुंग लाम(खोजौ न हाम्रो बाटो)

~भिक्षु ज्ञानमेधी~ कुत्तै राहा कान मगर जति पाइन्ग्न कनुंग लाम डाडा र भाटा छानार मजेयोसा कानुंग ईम !! वाहुन कै कनकी अग्यनंग न भुलदिया मगर कोलक हिन्दु ति देयार नामसिन न मुलदिए!!!

Posted in मगर कविता | Tagged | Leave a comment

कविता : विरोध

~रसुवाली कवि~ रुखबाट खसिरहेको पात धमिलो बगिरहेको बर्खे भेल बासुरीको लयबद्द धुन डाँफे, मुनाल, कोइली भोक, शान्ति, युद्ध

Posted in कविता | Tagged | Leave a comment

गजल : मन किन रुन्छ

~उर्मिला कोईराला ‘आँसु’~ सम्झिएर अझैपनि मन किन रुन्छ भनिदेन ए चाँदनी मन किन रुन्छ । बर्षौ भयो अझैपनि छैन कुनै खबर औंला भाँच्दै दिन गनि मन किन रुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हनुमान

~नवराज पराजुली~ भारतीय दुतावासको गेटको छेउमा राति नौ बजे एउटा नौ बर्षको बालक आफुसंग बाँकी रहेको ठुलो चन्द्रसूर्य झन्डा ओढेर निदाउन खोज्दैथियो झण्डाको सूर्यबाट न्यानो पाएर होला बोरा निदाएजस्तै निदायो त्यो बालक

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू केही त बोल

~गोविन्द गिरी प्रेरणा~ फूलहरू, बगैँचामा फुलेर मात्र पुग्दैन सुगन्ध छरेर मात्र पुग्दैन मौनताले अभिषेक गरेर एकान्तमा साथ दिएर मात्र पुग्दैन अब चुपचाप बसेर पुग्दैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म इच्छाहरूलाई मारिरहेछु।

~केदार गुरुङ~ म आफ्नै सुख र शान्तिका निम्ति सबै अनावश्यक इच्छाहरूलाई मेरो मनबाट सकी–नसकी अनिच्छाहरूको अप्ठेरो भीरबाट लडाएर औलको मोथको जराजस्तै… बेस्सरी टकटक्याउँदै र धूलो झार्दै— अग्ला र ठूला–ठूला ढुङ्गामाथि थुपारेर…

Posted in कविता | Tagged | Leave a comment

निमग्ना घिमिरेका पाँच मुक्तकहरु

~निमग्ना घिमिरे~ हृदयमा माया साँची, छैन जस्तो गर्छाै । मनले आफ्नै मानेर नि हैन जस्तो गर्छाै ।। मनकाे भाका ती नजरले बाेलिरहे पनि, बेचैनीमा छट्पटिन्छाै चैन जस्तो गर्छाै ।। दूर-दूर भइयाे अति, अब समीपमा सराैं न हुन्न र ? जीवनका … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : सन्जोग

~बिपना ढुङ्गाना~ विदेशबाट घर फर्कियो छोरा, सपनाका माला उनेर फर्किएको बर्षदिन नभई मर्दियो छोरो,पासो बुनेर। “बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुडामाथि” आखिर सत्य भैदियो त्यो भनाई

Posted in कविता | Tagged | Leave a comment

गीत : आँसुसँग हाँसो साटेर जाऊ

~दीपक कुमार ज्ञवाली~ आँसुसँग हाँसो साटेर जाऊ म पिऊँछु आँसु तिमी खुसी लीएर जाऊ । जन्मेको हूँ म अर्काको दुःख हर्न आनन्द हुन्छ मलाई हाँसो दिँदाको क्षण

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उसको मृत्यु

~डा. संगीता स्वेच्छा~ ऊ हाँसेको देख्दा लाग्थ्यो जीवन यसैको नाम हो तर, त्यो हाँसो मात्र एक पीडा ढाक्ने आवरण अनि,

Posted in कविता | Tagged | Leave a comment

गीत : सम्झी रुन्छ

~शशीकला थापा सुब्बा~ जताततै जून कै मात्र यहाँ चर्चा हुन्छ चित्त दुखाइ उसकै छेउमा एउटा तारा रुन्छ सुसाउदै जिन्दगी यो लक्ष तिर बग्दोरैछ सागरमा पुगेपछी आँफैलाई लाग्दो रहेछ नदी हुँदा मायालु त्यो किनार संगै हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : केवल

~कौशिला रिसाल~ युगको प्रविधि , समयको तातोले खुइलिएको मन शीतल गर्ने बाहना मेरो हातमा छ अहिले, सामसुङ्ग सेभेन एक्स । बानी परेकै हो, दायाँ हातको चोर औँला थिच्छ कि प्याडको गणित अङ्क ९८४१……

Posted in कविता | Tagged | Leave a comment

कविता : म मान्छेलाई पढ्ने गर्छु

~प्रदीपरत्न शाक्य~ हो, म अक्षर झैँ मान्छेलाई पढ्ने गर्छु । कहिले चोकमा त कहिले गल्लीमा बसेर पढ्ने गर्छु । कहिले सडक भएर त कहिले ढुङ्गा भएर चिन्ने गर्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पौरख

~पुरुषोत्तम अधिकारी~ रोजेर कर्मवीर अप्ठ्याराहरु गुजार्दै छ दैनिकी कष्टकर, अभिलाषा के बोकेन र उसले अभिनयमा भयो तम्तयार गन्तव्य निकट होस् वा दूर छोडेन शरीर र मन रगट्न, आसमानका नक्षत्र गन्दै हुन्थ्यो गन्दै हिमखण्डका शीर

Posted in कविता | Tagged | Leave a comment

गजल : नदेखेको धेरै भयो

~सतिस भट्टराई~ कस्तो भयो होला मेरो गाउँ , नदेखेको धेरै भयो बाझै होला है खेत वारि , नजाेतेकाे धेरै भयो। म घर छदानै चुहिने छानो , नटालेको के भयो भिता भरि जरा पलाए होला, नउखलेको धेरै भयाे।

Posted in गजल | Tagged | Leave a comment

छन्दवद्ध गजल : वन भरी सेर मेरा

~पाेष्टराज चापागाईं~ छन्द : थार्के काङ सुन्ने भन्छन् गर्जिदै छन् रे ! वन भरी सेर मेरा ती भन्दा झन् आततायी छन् गजलका सेर मेरा जस्तै क्रोधी दुष्ट बैरी हुन् कि घरकै शत्रु हुन् ती

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : सरुमा रानी लोकगाथामा परिवेश चित्रण

~डा. जीवेन्द्रदेव गिरी~ ( लेखको सार – सरुमा रानी  नेपाली लोक साहित्यमा एक चर्चित लोकगाथा हो । रानी सरुमा र उनका पतिले भोगेको  घटनासँग सम्बन्धित  यो लोकगाथा थापा र सुवेदी (२०४१) तथा पराजुली (२०४९) मा प्रकाशित छ । यसको परिवेश अर्थात् त्यति वेलाको देश, काल र परिस्थितिको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मझधारमा मगन्ता

~रमेश भट्टराई ‘सहृदयी’~ एकाबिहानै कलङ्कीको एउटा लामो जाममा अल्झिएँ । कलेज जाने ठिटाठिटीको अट्टहास र छाडा जिस्क्याइ । भरियाको भारी र व्यस्त मान्छेको तँछाडमछाड । दगुरादगुर लाग्ने अनेकौँ प्रकृतिका जिन्दगीहरू । म भने जामको तामझाम मात्रै नियालेर लठ्ठ । झ्याल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बिम्ब प्रतिबिम्ब

~रबिन पुरि~ बाहिरी रुप हेर्दा सबै , चाला पनि एकै ! हात , मुख , टाउको र शरीर सबै उस्तै उस्तै !! आँखाको नानी देखी , माया गर्ने बानी ! रिसाउने , हसाउने अनी खेलाउने तिम्रो बानी !! हिंडाउने र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के हुन्छ

~आविष्कार कला~ खै मलाई थाहा छैन ढुङ्गा रूज्छ कि ढुङ्गा भिज्छ । मलाई थाहा छैन जनता आफै जाग्छन

Posted in कविता | Tagged | Leave a comment

गजल : परेलीमा गाजल पठाउँछिन्

~अनुपम ‘नवोदित’~ भिजेको यो परेलीमा गाजल पठाउँछिन् शिशिरमा वसन्तको आँचल पठाउँछिन् घुर्मैलो गोंधूलीमा लोलाउँदै गर्दा अनयासै सोरठी र मादल पठाउँछिन्

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विचार

~यकिना अगाध~ एकदिन उ घुम्दै फिर्दै कुकुरलोक पुग्यो । कुकुरहरु आ–आफ्नो धुनमा थिए । कोही खाँदै, कोही खेल्दै त कोही सिकार गर्दै । उसलाई त्यहा एक्कासी देखेर तिनीहरु एकत्रित भए । उसलाई तिनीहरुको झुण्डले झण्डै सिकार बनाएनन् । कुकुरको यस्तो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

बहरबद्ध गजल : किन भन्नु पर्याे ?

~जीवराज बुढाथोकी~ सयमा कति छाै किन भन्नु पर्याे ? अनुमान सही किन गन्नु पर्याे ? नचिनी नबुझी कति छाै गहिराे, सतही नहरै किन खन्नु पर्याे ?

Posted in गजल | Tagged | Leave a comment