Tag Archives: nepali sahitya

समीक्षा : ‘भाषा भासिन जान्छ भासहरूमा…’

~डा. घनश्याम नेपाल~ अहिले म विशाल आर्य-युरोपेली (भारोपेली) परिवारमा जन्मेको यस्तो एउटा भाषाको माध्यमबाट लेख्न लागिरहेछु, जुन भाषालाई धेरै मानिसहरू माया गर्छन् तर यसलाई कसरी लेखे ठीक पर्ला वा यसको कल्याण होला भन्ने कुराबारे थोरै (साह्रै थोरै)-ले मात्र विचार गरिरहेका … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

खण्डकाव्य : नार्सिसस

~जीवन थिङ~ कुसमयमा गर्भपात गर्भपातमा झरेको एक मुट्ठी आकाश बोकेर सन्निपातका रापहरूमा आवेशको घोड़ा युद्ध जित्न बढ़ेका खिनौरा हत्केलाभरि हर साँझ, यो आँखाभरि दौडन्छ – सुनाखरीको प्रत्येक कोपिला कुल्चँदै म भन्दैछु तिमीहरूलाई

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : हराएको अनुहार

~प्रवीण राई जुमेली~ सुनसान कोठाको चिसो भुईंमा एउटा मान्छे बसेको छ बसेको छ एउटा मान्छे अनुहारविहीन र आवाजविहीन जबरजस्ती ठेल्दै लगेपछि म-ले बेस्वादसित हार्दै जान्छ नचिन्नुको सुख त्यहाँ तर चिमोट्दा उसलाई दुःख्नु आफैसित छ यहाँ उदासीनताको प्याला उठाएर गटागट पारिदिन्छ

Posted in कविता | Tagged | Leave a comment

गीत : आजभोलि किन हो तिमी

~किरण खरेल~ आजभोलि किन हो तिमी सपनामा देखिन छाडेकी – 2 सँगै बसी गरेका कुर होकी खाली मलाई ढाँटेकी – 2

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फेरि बा कै कुरा

~मोहन बन्जाडे~ सन्तान बामे सर्दै गर्दा हुरुक्क हुने बा ताते ताते गराउंदै औला समाएर हिड्न सिकाउने बा कतै लडे सुस्तरी लडेको भए देखेको नदेखी गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : चाँगुनारायण

~विश्वविमोहन श्रेष्ठ~ जसरी विराजमान गराएर गएका थियौ देवलको यो भित्री भित्तामा म अहिले पनि त्यहीं अडेसिएर बसिरहेछु मौन, तिम्रो प्रतीक्षामा………….। पहिलेपहिले प्रभातमा घामको कलिला किरणहरू आउने गर्थे आँगनमा र परेवाका बथानहरू चरिरहन्थे

Posted in कविता | Tagged | Leave a comment

कथा : सपनाको गाँस

~दीपक सापकोटा~ “सपनाले सिध्यायो सर।” यति भनेर ऊ थ्याच्च सोफामा बस्यो। नाम कृष्णकुमार केसी, घर कालीकोट, वर्ण कालो। हिजो यसले मोबाइलबाट कल ब्याक गर्न लगाएर पाँच मिनेट मेरो टाउको खायो। आज निवेदनको चाङमा अर्को एक थान हस्तलिखित पाना थपिदियो। कालोमैलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : एक रात मान्छेदेखि मान्छे

~जितेन्द्र बर्देवा~ एक रात मान्छेदेखि मान्छे हराई कालो रातमा प्रेतात्माझैँ सिम्सिमे पानीमा भिज्ने बिचरा त्यो को होला कुकुर भुक्ने स्याल रुने सम्सानको बाटोमा एउटा मान्छे जवानीमै बहुला हुने को होला ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मुटु छुटिने बात आउँछ

~दीपा ढकाल~ जब दुई मन र मुटु छुटिने बात आउँछ समर्थन गर्न अपाङ्गको पनि हात आउँछ धनिहरुले गरिवलाई च्यापिरहे पैतालाले सोचेनन कहिल्यै दिन ढलेपछी रात आउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : नितान्त एक्लाे

~‘अभिलाषी’ शारदा राई~ बिरामी भई अस्पतालकाे शैयामा छु अामा काेही छैन अासपास मेरा अाफन्त अनि काेही छैन मेराे सामु कस्ताे छ भन्ने छु त एक्लै म याे शहरकाे भिँड भित्र चिनेकाे छैन कसैलाई मैले यहाँ छु म नितान्न एक्लाे यिनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यका गतिहरू

~जीवनाथ धमला~ एउटा कुरुक्षेत्र जितेर म घर आइपुगेको छु, मेरो आगमनलाई— आमाका आँखाहरूबाट बर्सेको हर्षाश्रुका अविरल ध्वनिहरूले स्वागत गरिरहेछन्, आमाको अनुहारमा अहिले सत्य छचल्केको छ, मेरो विजयको अबिर पोतिएको अनुहारलाई यतिखेर आमाको प्रसन्न मातृत्वले देखिरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : ए फूल ए वसन्त

~राममान “तृषित”~ ए फूल ए वसन्त यसरी न पिछा गर्नु फुर्सद त दिनु पलभर रोएर सुखी बन्न ए फूल ए वसन्त पंक्षिको मिठो गाना तर श्राप यहाँ बन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मेरो संवाद झूठो हो

~बिपिन शर्मा~ प्रथम तिमीसँगको मेरो संवाद झूठो हो प्रेम छैन यसमा, मेरो यो हात झूठो हो बादल काला-कालै मेरो आकाशमा अझै देखेको तिमीले चाँदनी रात झूठो हो

Posted in गजल | Tagged | Leave a comment

गजल : सफल हुनसक्छ

~अमृत सिङ थिङ~ प्रयास गरेर हेर सफल हुनसक्छ एक बदमास पनि असल हुनसक्छ हरेक व्यक्तिसंगको भेट सम्झने गर जिन्दगीलाई बदल्ने पल हुनसक्छ

Posted in गजल | Tagged | Leave a comment

गीत : मुखले नबोले पनि

~ठाकुर मान लामा~ मुखले नबोले पनि आँखाले बोलिदिन्छ जति टाढा होऊ तिमी सम्झना चै मनमै हुन्छ भुल्न खोजेपनि भुलिदैन माया जता हेर्‍यो उतै तिमी देख्छौ मेरै छाया

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : प्रजातन्त्रका लहरहरू

~विक्रम सुब्बा~ हार्डभार्ड विश्वविद्यालयका राजनीतिक शास्त्री सामुएल पी. हन्टिङटनले The Third Wave: Democratization in the Late Twentieth Century शिर्षकमा एउटा लेख लेखे जुन उनको १९९१ को पुस्तकमा पनि राखियो । हन्टिङटनले १९ औँ सताब्दीदेखि आइरहेका प्रजातन्त्रका लहरहरूलाई हेर्ने र निकट भविश्यमा त्यो लहर … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मेरो देश के भाको …?

~इश्वर देवकोटा~ बाबु छिरी, आप्पा र पासांग ल्हामु आङरिता… पेम्बा पनि पुगेथे हिउले नाम लेखेथे देशको झन्डा साथमा पसिना धारा माटामा के खान्थे तिनले था छैन

Posted in कविता | Tagged | Leave a comment

गजल : तार लगाएर

~कल्पना पौडेल ‘जिज्ञासु’~ सबै सिमाना ढाक्ने गरी तार लगाएर बचाउँ हाम्रो मातृभूमि बार लगाएर अन्यायका विरुद्धमा लड्दै अब हामी छाड्नै पर्छ शोषकलाई पार लगाएर

Posted in गजल | Tagged | Leave a comment

गजल : गणतन्त्र आको हजुर

~दुर्गा शर्मा~ जनताको बलिदानले गणतन्त्र आको हजुर जनता सँधै भोका नाड्ड्गा नेता धनि भाको हजुर पर्खिरा’छन् इसारालाई दक्षिण हो पश्चिमको

Posted in गजल | Tagged | Leave a comment

गजल : भन्छन् पारिजात सधैं

~मनु ब्राजाकी~ फुलेपछि झरिजान्छ भन्छन् पारिजात सधैं । जीवनभरि रहँदैन कसैको नि साथ सधैं । दिनदिनै डढाउने तातो घाम सहे पनि सहन पो सकिँदैन जुनेली यो रात सधैं ।

Posted in गजल | Tagged | Leave a comment

कविता : संविधानसभा

~रेशम वि.सी.~ संविधानसभा तिमीलाई साढे सातको दशा लागेछ नेतालाई कुर्सी र भत्ता त्यसको लागि सत्ता कर्मचारीलाई घुस व्यापारीलाई कालो बजारी अपराधीलाई राज

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौँ सताब्दीको मान्छे

~शशिधर भण्डारी~ नीलो आकासमुनि उभिएको एक्काइसौँ सताब्दीको मान्छे अन्धविश्वासको जगमा खडा भएको रुढ कर्मकाण्डका अगाडि गोरु जस्तै नारिन्नँ एक्काइसौँ सताब्दीको त्यो मान्छे अन्ध परम्पराको फाइल फुल्याउने, कारिन्दा होइन ऊ जीवनमुखी चिन्तक हो, त्यसैले मृत्युपछिको जीवनमा अनित्य देख्दछ

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्ने पल हामी खोज्छौँ

~राजेन्द्र खरेल~ चट्याङभित्र जीवन बाँच्ने पल हामी खोज्छौँ बारुदको घेरा तोड्ने बल हामी खोज्छौँ सुख सबै अँगाले दुःखको अस्तित्व के मरुभूमिमा खनेर जल हामी खोज्छौँ

Posted in गजल | Tagged | Leave a comment

कविता : विरामी देश अनि विष

~राहुल पुन~ विरामी देश उपचारको बहानामा विदेशीको चाहनामा परिवर्तनको तीब्र आशामाथि संविधानको उच्च लालसामाथि चलखेलका अनेकौं भेषमा भ्रम र डलरको आवेशमा

Posted in कविता | Tagged | Leave a comment

गजल : एसिड प्रहार भो

~हीराछवि श्रीशा~ हजुर मेरी बैनिमाथि, एसिड प्रहार भो पाँच वर्षे छोरीमाथि बलात्कार भो कानुन अचेल अन्धोको साथ बहिरो पनि भा’छ लौ न मलाई न्याय दिलाउँ अत्याचार भो

Posted in गजल | Tagged | Leave a comment

कविता : सामना

~अनिलकिशोर घिमिरे~ यस पटक प्रकृति पनि मात्तियो क्रुर बनेर सबै सोत्रान्न पार्‍यो क्षत विक्षत माटोभित्र सिङ्गो बस्ती गुट्मुटाइदियो डाँडादेखि फेदसम्म केही सग्लो रहेन आकाशका चम्किला ताराहरू पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : छानो चुहिने बलेनी

~केशव गाहा ‘पाल्पाली’~ झुपडी सानो खरको छानो चुहिने बलेनी सकेको छैन टिनले टाल्न जति नै गरे नि ।१। गाह«ो छ सारै जीउन यहाँ दुःखीको जिन्दगी बाँच्ने छ गाँठे तैपनि अझै कर्मले ठगे नि ।२।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो घर

~गोविन्दप्रसाद आचार्य~ तिम्रो घरमा बुढा बाउको टुप्पी घोटेका छौ अनाहकमा भाइ मारेर अंश जोडेका छौ नमस्ते साइनो पनि तिम्ले तोडेका छौँ खाउँ बस आरामले अंश जोडेका छौँ मिलाउँदिनँ हात पनि रगत लागेको छ आउँदिनँ म तिम्रो घरमा रगत पाकेको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : सुनको मृग

~महेन्द्र महक~ सीता अनिन्द्य सुन्दरी थिइन् । राम सुशील र भद्र थिए । दुवैले एक अर्कालाई मन पराएका थिए । यद्यपि जनक आफ्नी एकमात्र छोरी सीता दशरथको छोरालाई दिन हिच्किचाएका थिए तर पनि रामको असल स्वभाव र दशरथको सामाजिक प्रतिष्ठाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गित : तिमी फुलझै पहरामा

~जीवनस्पर्शी~ तिमी फुलझै पहरामा फुल्न सक्नु पर्छ तिमी जुनझै अधेरीमा बल्न सक्नु पर्छ जति जल्छ जल्न देउ दु:खको अगेनिमा जति गल्छ गल्न देउ आसुको परेलिमा जलेर तिमी स्पात बन्नु पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : गजल हुँदैन

~शेखर ‘अस्तित्व’~ मनपरी शब्द घुसाउँदैमा गजल हुँदैन, “क़ाफ़िया” मात्र मिलाउँदैमा गजल हुँदैन। “शे’र” मा “प्राण” हुनुपर्छ, मन छुनुपर्छ, शब्दको भीड़ लगाउँदैमा गजल हुँदैन।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जङ्गबहादुरसँग पुनर्मिलन

~अर्जुन पराजुली~ पुन्टे, भुन्टे, वसन्ते र सन्ते तिमीलाई व्यापारमै व्यस्त छ भन्थे अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी भ्यायौ ? जङ्गबहादुर ! तिमी आयौ ? अनुहार पनि सर्लक्कै फेरिएछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment