Tag Archives: nepali sahitya

लघुकथा : सुकुम्बासी

~आदर्श खत्री~ भएको जम्मा एक विघाहा बारी उसलाई पचेन । ऊ मात्र होइन देशभरिका हजारौँलाई बेउब्जाउ जग्गाले पोलिरहेको थियो र त सबैजना हानथाप गर्दै अर्कैलााई दिन उद्धत थिए । उसलाई घरमा रहेकी दोजिया श्रीमतीको चिन्ता पटक्कै थिएन, न त साठी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उपहार

~टङ्क भट्टराई~ ऋतु वसन्तको थियो । लालीगुराँसहरू रातै भएर फुलेकाले नेपालका लेकाली पर्वतहरू पूरै राताम्य भएर रङ्गएिका थिए । पारि हरिया पहाडको छाती चिरेर बगेका सेता झरनाहरू मीठो सङ्गीतको धुनमा रमाउँदै तल कहाँ-कहाँ अनन्त गहिराइमा झरेजस्ता देखिन्थे । पहाडको फेदीमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पराई आमा

~सरु पोखरेल~ बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ । जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल-व्यवसायीको महत्त्वपूर्ण समय हो । दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन् । ”बहिनी, फूल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्रा जंगलभित्रभित्रै

~भाउपन्थी~ खोला पनि त्यस्तै न छन्, बगुवा बालुवाको, जति चलमलायो उतिउति भासिँदै जाने। थामिने पीँध त कता हो कता! म एकपटक त्यस्तोमा फसेको छु। कसोकसो गरेर निस्कन सफल भएँ। त्यो कुन खोलो थियो, तै नाम बिर्सेछु। तर होइन, त्यै स्याली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमृताकी छोरी

~मधुवन पौडेल~ “आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्धकी पात्राको डायरी

~सुरेश प्राञ्जली सापकोटा~ (सिद्धार्थ आर्ट ग्यालरीको प्रेक्षालयबाट ‘लडाइँमा जनता’को फोटो प्रदर्शनी हेरेर निस्केपछि मेरो मानसमा युद्धकालीन ती समयहरू पुनरावृत्त भएर आउँछन् एकपटक । पछिल्लोपटक युद्ध साहित्यहरू पढिरहेको थिएँ म । भियतनामी युद्धबारे पढेँ । टोल्स्टोयको ‘वार एन्ड पिस’ हिजो मात्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रत्यौली

~शिव सस्मित~ गगनेको विवाह हुने भयो नि । एकाबिहानै पँधेरामा भुन्टीले कान्छीको कानैमा गएर खुसुक्क भनी । ए हो र कहिले कहाँ मलाई त पत्तै थिएन त । कान्छीले पनि उत्सुकतापूर्वक सोधनी गरी । यही चौविस गते हो रे कहाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आख्यान

~कुमार नगरकोटी~ भुस्याहा आत्माहरूको कँही/कतै/कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो । ११ : ४५ बजेको थियो शयन-कक्षको भित्ते-घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग/भङ्ग/भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नमस्ते नमस्तेलाल

~घनश्याम खड्का~ उनको नाम सुन्दै मान्छे अचम्म मान्छन् । पहिलो पटक भेट्दा कोही पनि नझुक्कियून् र अचम्म पनि नमानून् भन्ने सजकताका साथ उनी आफ्नो नाम प्रस्ट र पूरै भनिदिन्छन्, ‘नमस्तेलालभूमि श्रेष्ठ’ । ‘नमस्ते’ बाटोमा जब यो सुन्छन्, एकफेर उनको मुन्टो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ज…द..

~मित्र पाठक~ बाटोमा पुरानो साइकल डोराउदै हिड्दै थिए अचानक राति कारको टि-टिट हर्नले झस्किएँ । गाडी तर्फ फर्केर हेरें मलेसियामा सँगै काम गरेको साथी आफैं कार चलाएर हिंडेको । उसलाई देख्नासाथ मैले भनिहालें – “मलेसिया जान छाडेर यहीं कार चलाउन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निडरता

~रामकुमार श्रेष्ठ~ करीब ढाइ बर्षको अष्ट्रेलिया बसाइपस्चात नेपालमा डेढ बर्ष विताइ करीब तीन बर्ष अघि वेलायत आएर १२ वर्षको छोरो पुरकले प्रबेश परीक्षाको सफलतापछि ग्रामर स्कूल (वेलायतमा छानिएका विद्यार्थीहरुले मात्र पढ्न पाउने स्कूल) मा पढ्न पाउने भएपछि उस्लाई शिक्षकहरुसंग प्रश्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिभाषित प्रेम

~डा. बेञ्जु शर्मा~ रेस्टोराँबाट सडकमा आइपुग्दा छिटपुट पानी र अलिअलि हावा चलेको थियो तर पनि गर्मी हप्प नै थियो । गर्मी हो या शीतल छुट्याउन गाह्रो थियोÙ प्रकृतिमा द्वन्द्व थियो । उर्मिलाका गोडाहरू घरतिर छिटोछिटो दौड्दै थिए, हातमा छाता थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्ग तिरको यात्रा

~लक्ष्मण शर्मा~ असोज- कार्तिक तिरको कुरा हो, दशैको मौसम थियो। जताततै हरियाली छाएको थियो रङगीविरङ्गी फूलहरु फूलेका थिए। अझ गाँउतिरको एक पखेरो त लालीगुँरास फूलेर बेहुली सजाए जस्तै देखिन्थ्यो। अलि तल क्षितिजमा बग्ने कर्णाली नदिका लहरमा अनुपम छनछनाकार सुन्न पाइन्थे। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रातो डायरी

~अनमोल मणी~ प्राविधिक कारणले उडान केही घण्टा डिले भएको सूचना प्रस्थान-कक्षमा प्रसारण भयो। यात्रुहरू चलमलाउन थाले। उठेर घुँडा तन्काएपछि म फेरि बेन्चमा बसेँ। पुस्तक हातमै थियो। अचानक उसलाई कुनाको बेन्चमा देखेँ। खैरो झोला बोकेको उसले दायाँतिर टाउको घुमाउँदा हाम्रा आँखा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : इन्क्लेभ

~ध्रुव नेपाल~ भलै मानिस चरा होइन, मनको चाहनाअनुसार फुत्त पखेटा फट्फटायो जहाँ चाहृयो त्यहाँ पुगिहाल्यो गर्नसक्ने यद्यपि उसका चाहना भने कम हुँदैनन् । ऊ पनि दुई गोडा चल्ने बेलासम्म मन लागेपछि घरको सङ्घारबाहिर निस्केर कहाँ-कहाँ पुगिहाल्छ । गोडाले नभ्याउने हुँदासमेत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तलीको गन्थन

~गीता थापा~ सम्बोधन कुन शब्दले र कसरी गर्छन्, त्यो त मलाई थाहा छैन् बुडा, मत सिधा मान्छे, सिधै कुरा गर्छु। गाउँमा खाएको गुन्द्रुक र मकैंको भाँत याद आइरहन्छ। त्यो पल्लाघरे कान्छी बजैको मोहीको त झन कति हो कति याद आउँछ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सबथोक राम्रो

~आर. आर. चौलागाईं~ टोलको कुनै चोकमा सहरको एउटा जगल्टे केटो बारम्बार देखिन थाल्यो । दिनदिनै उसको आवतजावत देखिरहेका मानिसहरूले ऊ आएपछि मुखामुख गर्थे, अति भएपछि केटोको गतिविधि हेरिरहेकामध्ये एउटाले केटोलाई सोध्यो ”तिमी सधैँ यता किन ?” केटोले भन्यो – ” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : म डाक्टर भइनँ

~नृपेन्द्र पुरुष ‘यादि’~ मान्छेको जस्तै संसारको पनि भाग्य हुन्छ भन्ने कुरा अब प्रस्ट भइसकेको छ । संसारलाई न त विश्वयुद्धले बदल्न सक्यो नत विश्व क्रान्तिले । मान्छे के ले सञ्चालित छ त, संसारजस्तै, सृष्टि के हो, प्रलय ? छन् त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजनीति

~राजेन्द्र पराजुली~ पार्टीभित्र रघुनाथको त्यागको निकै प्रशंसा हुन्छ। उसको त्याग नै त पार्टीको सफलताको आधार हो। स्वार्थ, बेइमानी र विकृतिले भरिपूर्ण राजनीतिक दुनियाँमा रघुनाथ अपत्यारिलो पात्र छ। आफ्नो पार्टीमात्र होइन अन्य पार्टीका निम्ति पनि ऊ ठूलो प्रतिद्वन्द्वी र ईर्ष्याको पात्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूगोलहीन: एउटा अमूर्त प्रेम

~रमेश गौतम~ ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” “त्यति टाढाबाट……” “गाडीले ल्याउने-लाने काम गरिहाल्छ नि।” “अनि पैसा सर?” “तिम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सत्ताको सिनु

~वासुदेव गुरागाईं~ विश्व ब्रह्माण्डको कुनै एक कुनामा एउटा सानो देश थियो । सानो भईकन पनि त्यस देशमा उपलब्ध नहुने चिजवस्तु केही थिएन । सबै किसिमको भौगोलिक उपलब्धता रहेको त्यस देशमा प्रचुर मात्रामा नदीनाला र वनजङ्गल पनि थियो । हराभरा डाँडापाखा, … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : लिलाम बढाबढ

~वासुदेव गुरागाईं~ सफासँग कम्प्युटर टाइप गरिएका सबै अक्षर कहीँ कतै एउटा अल्पविरामसम्म पनि नबिराई बडो सतर्कतापूर्वक पढ्यो उसले । ‘लौ यसमा सही गर्नुस् ।’ अगाडि बसेर उसलाई ती अक्षर वाचन गराउँदै गर्ने महाशयले मौखिक आदेश गरे । मनमा कुनै किसिमको … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : पुल

~सञ्जय बिष्ट~ यो गाउँको समाप्तिदेखि पूर्वतिर प्राय: एक माइल फैलिएको बाक्लो जङ्गलको समाप्तिमा एउटा खोला छ। नबगेर घरि घरि ढुङ्गादेखि ढुङ्गासम्म खस्नुपर्दा पानीले सेतो फिँज जन्माइरहन्छ। दुधजस्तै बगिरहने यो खोला पाहाड़का धेरै खहरेहरूजस्तो नभएर हिउँदमै पनि आफ्नो अस्तित्वको घोषणा गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुलमुले चोक

~दिनेश बस्नेत~ ”एकाबिहानै आँखा मिच्दै निस्केको मान्छे । खाना खान पनि वास्ता छैन, कहिल्यै बेलामा खान जाने होइन । उही झोल धोक्न पाए पुग्यो । चामल किन्ने भनेर हजार राखेकी थिएँ । अहिले सिरानीमुनि हेर्दा त छैन । होइन, पैसा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : सतिप्रथा

~गंगाराम ढकाल~ धेरै बर्ष पहिला को कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नामगरेका पण्डीत बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डीत थिए । चिरिञ्जवी पण्डीत भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे । पण्डीत बाजेको यति ठूलो नाम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गफाडी शिर्षक

~आर. आर. चौलागाईं~ मैले प्रवेशिका दिनेबेलाको कुरा हो। हामी अखिलेश नाम गरेका शिक्षककहाँ ट्युसन पढ्थ्यौँ। पढाइबाहेक कहिलेकाहीँ अनौपचारिक गफ पनि हुन्थ्यो त्यहाँ। अखिलेश सर निकै गफ हाँक्नुहुन्थ्यो। वहाँका कतिपय कुरा त पत्याउन पनि मुस्किल पर्थ्यो। तैपनि हामी चाख मानेर सुन्थ्यौँ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अफिमची

~विमल निभा~ ‘ रे रामचन्दर खिसियाइल बन्दर मठिया के छुछुन्दर रे रामचन्दर…।’ हामी केटाकेटी उसलाई चारैतिरबाट घेरेर उभिन्थ्यौं ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : पर्खाइ

~एकराज थापा~ आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : बिना-निष्कर्ष

~लीलाराज दाहाल~ नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : युद्धरत एक रात

~आवाज श्रेष्ठ~ बितेको पल । नफर्किएको हिजो । ढलिरहेको वर्तमान । रोकिन्छ कसरी ? खोला कहीँ गतिहीन हुन्छ र ? १२ वर्षमा खोला फर्किन्छ रे । उखान चलेकै छ । आखिर भ्रम रहेछ सब । खोलो फर्किंदो रहेनछ । यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मैले सरिताको हत्या गरेँ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ ‘म यति, यति अशक्त र यति भित्र–भित्र कठ्याङ्ग्रिएको छु कि मेरो मर्ने एक मात्र इच्छासमेत मरिसकेको छ। म बाँचिरहेछु, खालि बाँचिरहेछु। तर किन बाँचिरहेछु, बाँच्नको लक्ष्य के हो’– त्यो आफैँलाई सोध्ने समेत ममा इच्छा छैन। ‘म झ्यालखानाभित्र … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : पिंजडा को सुँगा

~लेखनाथ पौड्याल~ बालक बबुरो दिजशुक नाम हुँ म परेको छु पिंजडामा मकन हरे शिव शान्ति र चैन सपना बिच पनि रति भर छैन मेरा बान्धव बाबु र आमा

Posted in कविता | Tagged | 1 Comment