Tag Archives: nepali sahitya

कविता : विदेशिएका जीवनका कथाहरु…

~नमराज लामिछाने~ पसीना सकिएका सुख्खा शरिर बोकेर आँसु टिल्लबलाएको आँखाले चिहाउदछ । पारिवारीक संसार बाट टाढिएको शरिर बोकेर ममताको ब्याकुलतामा भावुकताले टोलाउदछ । ******* मलिन अनुहारमा फुसि्रएको गाला सँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : छातेढुँगा

~दिपकराज काफ्ले~ पोखरीबाट गौरीगंज जादा, लुंग्छाता भेटीन्छ । ताप्लेजुङ माथि हिमाल छेउमा, देविथान देखिन्छ ।। आशिर्वाद माग्थें – हे पाथिभरा कामना पुरा पाम । गुन्द्रुक र ढीड़ो खाएर पनि, लक्ष्यलाई चुम्न पाम ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जा ए ६६ साल

~विमल गौतम~ जा ए ६६ साल फर्किएर नहेरी जा तेरा दुष्कर्म हरु साथै लिएर जा बास्पानी र डूड़े झारीको घटना लिएर जा जमिम, सिन्हानिया हरुको रगत पिएर जा

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~विमल गौतम~ चुनावका बाचा कसम भुल्ने हरु होसियार संबिधान सभा छाडी डुल्ने हरु होसियार मेरो बाह्रै टक्का भन्ने हठ हरु होसियार

Posted in कविता | Tagged | Leave a comment

कथा : नूर एल आइन

~कृष्ण थापा ‘कृष्णपक्ष’~ गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मृत शरिरलार्इ नियाल्दा

~सुरेन उप्रेती~ कुहिरोको पातलो बर्कोलार्इ विहानीको चिसो हावाका झिना नँग्राहरूले भत्काउँदै थिए । मान्छेहरू आँखा मिच्दै दिनभर आइपर्ने समस्याहरू सँग जुझ्न तयार हुँदै थिए । सूर्यले राम्रो सँग धरतीमा पाइला राखि सकेको थिएन । अझै जूनको राज कायमै थियो । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

समालोचना : बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले…..

~पूर्ण इन्फादा~ समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसागै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : नयाँ सोच नयाँ बर्षमा

~ज्योतिराज अधिकारी~ बिछ्यौनमा बिझाउने कती तिखो काडा हो यो अनन्तमा बिलाउने एउटा बिन्दु जीवन हो यो कस्लाई कहाँ के का लागि खोज्दै हिडिरहेछु यहाँ कसो के हो थाहा छैन जाने बाटो छैन कहाँ । चरालाई सोधे मैले कहाँ जान लाग्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : च्यातिएका प्रेमपत्र

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ भुमिका:- यो कथा प्रणय दिबसको सन्दर्भमा लेखिएको कथा हो | प्रणय दिबस सप्ताह र अन्य taddy day, kissing day, hug day जस्ता अरु सात दिनबारे जानकारी दिएर लेख्दा कथा धेरै लम्बिने हेतुले यी सबैलाई समेटन सकिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जनक अमर रहून्

~बी.जी. कुसी~ किन हो कुन्नि, त्यो दिन त्यो समय बिहान सबेरैदेखि नमुना गाउँ स्तब्ध थियो। आकास चकमन्न थियो, पशुपंछी उडेको पनि देखिंदैनथ्यो। गए राति कुकुरको भुकाइ पनि कसैले सुनेको थिएन। कुनै अशुभको सङ्केत पनि थिएन। बादल नलागे पनि हुरी नचले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिवेश

~सुरेन उप्रेती~ मेरो श्वभाव नेपालमा हुँदा देखिकै अलि अन्तर्मूखि खालको छ । मलार्इ अरू केटाकेटीहरू सँग गफगाफ गर्न र समय विताउन तेती मन पर्दैन । मेरो श्वभावका कारणले गर्दा हाइस्कुलमा पनि मेरा धेरै साथिहरू थिएनन् । साथिहरू बढि नहुनुमा अर्को … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हाँस्यव्यङ्ग्य पत्र : च्याँखुरीलाई रेगिस्तानीको चिठी

~चर्चित ढुङ्गेल~ प्रिय च्याँखु, माया र सम्झना ! यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरुका कृपाले सवैको कल्याण होस् … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मैले चडाए फूलको थुङ्गा

~चिन्तन यात्री~ मैले चडाए फूलको थुङ्गा तर दैव भएछ देवीलाई ढुङ्गा न त जात यो ठुलो यो सानो भन्छु न त धर्म यो ठुलो यो सानो भन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भावना

~भवानी हुमगार्इं~ गोरेटोमै पुग्नै नपाई दोबाटोमै साथ छुट्यो सजाएका सपनाहरु क्षणभरमै आज फुट्यो।। जुनदीन तीम्रो र मेरो बीछोड भयो परीवारले रोजेको सँग तीम्रो बीहे हुन्छ तीम्रो घरमा नौमती बज्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्याय

~सोम श्रेष्ठ ‘दोलखामी’~ म त छक्क परें । के बिराए थाहै छैन । सँजाए भोक्दै छु । मेरो भूल के हो बताइ दिए हाँसी हाँसी कबुल गर्थे र चरणमा परि माफी माग्थें । भूलको प्रायश्चित गर्ने म‌ौका नै नदि मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुर जहाँ म पनि त्यहाँ

~कमला ढकाल काफ्ले~ हजुरलाई छोडेर गएकि कहाँ छु र प्रियतम? हजुरले फेर्ने हर श्वासमा छु!!! हजुरको दिलमा धड्कने हर धड्कन मा छु!!! सबै दिलका शब्दहरु ओठमा आउन्न, आँखाहरुको भाषा मा छु!!! हजुरका हर यादहरु मा छु!!! कल्पना मा छु हजुरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ परिवेश

~बिद्या घिमिरे~ हालै साक्षात्कार भएको मेरो रात तिम्रा आँखासँग एकाकार भएर गोप्य सहमति माग्दैछ । बिजुली प्रक्षेपण गर्ने ती आँखा छन्द र महाकाब्यको सङ्गमस्थल बनिदिँदा आँखाको गाजलले मीठो गजलको सुमधुर स्पर्श ल्याउँदो रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फुल र तिलहरी

~फुच्ची जमुना~ ए “फुल” साच्चै कती सुन्दर तिमि हेर त, भमराहरु झुम्मिइरहेछन् भरिएको जवानी देखि सायद ति पनि लालायित भए र त तछाड मछाड छ उनिहरु बिच अनी फुल तिमी मुस्काइरहिछौ उनिहरु कै स्वागतको लागि मैले भनेकी थिए – ‘तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : त्यो म संग छैन

~सुष्मा बस्नेत~ माया र श्रद्धाको कुनै मोल हुदैन रे हो, मैले त्यहि अनमोल माया र आदर पाएको छु । तिमी सोच्लाउ मैले के कमाए ! मैले कहिल्यै नहराउने मन र मुटुभरिको माया कमाएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अधेरीमै म रहि रहे

~माया भट्टराई~ आशु खस्यो आँखा बाट ,! काहा लुकाऊ त्यों त,! ढुंगे मुटू होइन मेरो ,! सहनलाई धेरै चोट ,! झरना माँ बगि जाने,! पहराको आशु ,!

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : डनबाद

~सुरेन उप्रेती~ विचारकहरूका चिन्तनले समाजलार्इ सकारात्मक ढंगले,परिवर्तन गर्दै सुव्यवस्थित तौरतरिकाले अगाडि बढाउन खनिएको वैचारिक बाटो नै बाद हो भन्दा कसैले टाउको दुखाउनु पर्ने अबस्था नआउला । संन्सार भरमा बिभिन्न बादहरू आ–आफ्नै बादराम्रो भन्दै रात दिन दौडिरका छन् । ती प्रमुख … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : यस्तै गरी जिन्दगी चल्दै छ साथी

~निरज थापा~ यस्तै गरी जिन्दगी चल्दै छ साथी भित्र भित्रै मुटु यो जल्दै छ साथी अन्धकारले धर्ती यो छोपेको बेला

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : म कविता किन लेख्छु ?

~रोशन शेरचन~ कविता लेख्दा म गहिरो सार्थकता महसुस गर्छु । त्यो सार्थकतालाई म शब्दमा कुशलतापूर्वक भन्न सक्दिनँ । त्यो सार्थकताको गहिरोपन शब्दको सामथ्र्यभन्दा पनि समर्थ छ । त्यो एक्सपेरियन्सियल छ, आनुभाविक । के पनि हुन सक्छ भने त्यो सार्थकताको सौन्दर्यात्मक … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : बुद्धलाई अपनाऊ, शान्ति मिल्नेछ !

~ज्ञानेन्द्र गदाल~ रिसले होइन मायाले पो, संसार जितिन्छ आफ्नै मनभित्र खोज, बुद्ध भेटिन्छ । सत्कर्मले जिन्दगीलाई, बाटो देखाउंछ सत्धर्मले जिन्दगीलाई, जिउन सिकाउँछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गल्ति मेरो

~सागर बस्नेत~ गल्ति मेरो दोषी मै हु के छ सजाय ! मिल्छ भने माफ गरिदेउ मैले बिराए !! रिस हो कि डाहले हो जल्छ मेरो मन ! खडेरीको पत्कर सरि बल्छ मेरो मन !! अरुसंग हास्दा तिमि, आखा भिझाए !!!

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : देश र निद्रा

~ओमप्रसाद घायल~ देश व्यूँझने समय घर्किसकेको छ देशवासीहरु निद्रामा परेको देशलाई व्यूँझाउन म यतिखेर गाउँशहरमा जुलुश लिएर हिँडिरहेको छु ज्ञापनपत्र बोकेर हिँडिरहेको छु कतै प्रवचन, छलफल र अन्तरसंवाद….

Posted in कविता | Tagged | Leave a comment

केस्रा : क्रन्दन

~कृष मगर~ तिम्रै लागि जिएँ पीडा तिम्रो लिएँ पानि रै छ आँशु

Posted in केस्रा | Tagged | Leave a comment

कथा : नजुरेको छोरो

~जयदेश श्रेष्ठ~ धुरमुसे हात पाखुरा बलियो भएर पनि कहिल्यै मेहनति भएर काम गरी खानुभन्दा अरुलाई रिझाएर मागेर खान जानेका चतुर व्यक्ति हुन । दिनहु नयाँ एक दातालाई रिझाएर पेट भर्नु उसको दिन चर्या थियो । सायद दोह–याएर कोहीसँग हार गुहार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : के हेरेर बस्छौ अझै

~सरु आस्था~ आँगनको डिल मासियो के हेरेर बस्छौ अझै देउता पनि प्रबासियो के हेरेर बस्छौ अझै तिमी आसन मात्र खोज्छौ माटो घट्दा चिन्ता छैन सीमाको साँध भत्किदियो के हेरेर बस्छौ अझै

Posted in गजल | Tagged | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~ ‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लेखिकालाई सम्पादकको प्रेमपत्र

~जोतारे धाइबा~ स्नेही लेखिका ! प्रेमिल कामना । तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरैअगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौँ न, भेट भएर पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : घर

~विवश पोखरेल~ सम्भवतः आरती नतातेकी भए यतिखेर हामी त्यही कुचुङ्ग्रे डेरामा हुन्थ्यौँ । शयनकक्ष एउटै, भान्सा एउटै र बैठककोठा एउटै -अर्थात् थ्री इन वन । यथावत् हुन्थ्यो घरपतिको उही गनगन, उही कचकच । र हामी भोगिरहेका हुन्थ्यौँ मध्यरातमा, ट्रेन आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment