Tag Archives: nepali sahitya

कथा : प्रतिक्षारत समय

~रुपेश ‘अनमोल’~ सुरज र श्रेया वचपनमा घनिष्ट मित्र थिए|सुतुतु,गोटी,एकखुट्टे खेल्ने साथीहरु मध्ये सुरजको साथी श्रेया एक थिइन्|स्कुल आउँदा जादाँको अनि घासँ दाउरा गर्दाको पनि साथी हुन् श्रेया…|अरु साथीहरु भन्दा भिन्न थियो उनीहरु दुईको मित्रता..,वालापन देखि नै एकापसमा सर-सहयोग गर्न लेन-देन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के जीवन नाटक हो ?

~सरण राई~ उनी अर्थात् मेरा श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउँदै मुस्कुराउँछु । उनी पनि मुस्कुराउँछन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान जो वास्तविक एवं स्वाभाविक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निलो साइकल

~रामकृष्ण पौडेल ‘अनायास’~ समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त ! साईकल को घंटी ढोका अगाडि हिजो अस्ती गुन्जीई सक्थ्यो निरास हुँदै कोठा भित्र पस्छु अनि एकै छिन टेबलमा फिजाइएका किताबहरु एकएक गरी हेर्छु पन्ना पल्टाउँछु, प्रत्येक शब्द शब्दमा उनकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : थोरै प्रेम गरेँ, थोरै काम गरेँ

~फैज अहेमद फैज~ अनुवाद: विभोर बराल ती मान्छे साह्रै भाग्यमानी थिए जसले प्रेमलाई काम सम्झिन्थे या कामसँगै प्रीति गाँस्थे म त जीवनभर व्यस्त रहेँ थोरै प्रेम गरेँ थोरै काम गरेँ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : अब के बाँकी छ र

~राकेश कार्की~ अब के बाँकी छ र सबै दिइसकेँ पिउदा पिउदै रहरहरु सबै पिइसकेँ सबैको माया किन एउटै हुन्न मेरो जस्तै तिम्रो किन मुटु छुन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : तिनाउको बगरै बगर

~स्वप्निल नीरव~ “पुषको ठण्डी मास,छिट्टै झमक्क साँझ परिहाल्छ । तराईको ठाउँ दिनभर पनि घाम लागेन।बिदाको दिन भनेर के गर्नु ? कतिबेला घाम झुल्केला भनेर पर्खदा पर्खदै दिन घर्केको पत्तै पाइन। लौ हेर सब्जी पनि सकिएछ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मज्ञान

~जयदेश श्रेष्ठ~ शिक्षाको ज्योति प्रोफेसर र स्वास्थका देबी नर्स यी दुई श्रीमान् श्रीमतीमा कहिले मेलमिलाप छैन । श्रीमती ढिला आउँदा अनेकौ शंका उपशंका हस्पिटलमा डीयुटी अदल, बदलमा शंका गरी स्पस्टिकरण दिदैमा हैरान । प्रोफेसर क्याम्पस जादा सजिएर चट्ट परेर जानै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धम्की

~गीता थापा ‘दोषी’~ एक रात एक्कासी बिदुरले उ सँग नबस्ने निर्णय सुनायो। उसका कुराले बिद्या अवाक् बनी। घरको कुरा कोटमा दर्ता भयो। कोटमा बोल्न पहिलो प्रथामिकता नारीलाई दिइयो। कठघरामा उभिएर बिद्या बोली। श्रीमान मेरो कसुर केही छैन। म अन्यायमा परेकी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बोक्सी

~राजेश रुम्बा लामा ” अतृप्त “~ आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ती आज जीवनको उतार्दामा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरि व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~बिना तामाङ ‘सुनगाभा’~ चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यो छाया, यो माया

~कृष्णप्रसाद पराजुली~ गौरीशङ्करका सुरम्य चुचुरा हेरी अघाउन्नथेँ जस्तै दुःख परोस् म नेत्रपुटमा पानी बगाउन्नथेँ ती सारा स्थिति छन् उदास मनले सम्झेर जाँदै छु म मेरा हात प्रणाम गर्न पछि ता तम्सेर गर्छन् प्रण ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुंगो म ता ढोग्दिनँ !

~बूँद राना~ जन्मेकै क्षणदेखि नै भर दिने माटो महान् ढोग्छु म ढोग्दा बिघ्न परे परोस् जतिसुकै हाँसेर त्यो भोग्छु म आफैँ जो छ अशक्त आतुर सधैँ मेरै भरोसा लिन के दिन्थ्यो फल ज्ञात नै छ सहजै ढुंगो म ता ढोग्दिनँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बर्ष फलदायी बनोस्

~निर्मला अवस्थी~ अबका दिन तिमीले कहिल्यै कसैसंग लड्न नपरोस् बन्द हड्ताल र काटमार सुन्न नपरोस् जीवन पथमा कुनै बाधा अड्चन आइनपरोस् मनमा शान्ति र मुहारमा कान्ति सधै छाइरहोस् अरु के दिउँ तिमीलाइ?

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~ओमप्रसाद घायल~ माथिल्लो सदनमा भर्खरै सकिएको छ तिम्रो सम्बोधन बडो मिठोगरि आफ्नो शब्दसामथ्र्यले देशबासीका नाममा तिमीले दिएको मधुर अभिव्यक्ति र सुन्दर, शान्त र सार्वभौम नेपालको मार्गचित्र मलाई किन लागिरहेकोछ बाल्यकालमा मैले मेरी हजुरआमाबाट सुनेको ‘दन्त्यकथा’जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवानको अवतार

~ओमप्रसाद घायल~ हरेकदिन सूर्योदयसँगै भगवानतिर फर्केर तिमीले दिएको अर्घ तुलसीको मोठमा जमिरहेको छ त्यत्तिकै तिमीले श्रद्धापूर्वक अर्पण गरेको फूल ओइलिएर मिल्किएको छ त्यही मन्दिरबाहिर तरपनि फेरि उही फूलप्रसाद बोकेर ए प्रिय मानिस किन दोडिरहेका छौ तिमी हतारहतार कथित भगवानको मन्दिरतिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ज्यामिरेको खेत

~सुबीसुधा आचार्य~ प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

विज्ञान बाल-उपन्यास : अनोठो यात्रा

~डा. कविताराम श्रेष्ठ~ नेपाली विज्ञान बाल-उपन्यास | अनोठो यात्रा | डा. कविताराम श्रेष्ठ १ सूजीतालाई सबैले प्यारो गरेर बोलाउँदा सूजी भन्ने गर्छन् । अहिले तिनी नौ कक्षामा पढ्दै छिन् । सूजी पठ्यपुस्तक त पढ्छिन् नै पुस्तकालयमा गएर अन्य ज्ञान विज्ञानका पुस्तकहरु … Continue reading

Posted in बाल उपन्यास | Tagged | 1 Comment

निबन्ध : बहुकल्पिकृत भाषी मानुष्यहरूका बीच ध्वनिको समानता

~हरि मानन्धर ‘विवश’~ प्रकृतिको बरदान स्वरूप मानिस, मानिस भएर जन्मनु, सर्वश्रेष्ठ प्राणीमा रहनु वास्तवमा नै फरक प्रकृतिको विषय हो । आखिरी मानिस किन सर्वश्रेष्ठ भएका होलान त? यसको एउटा मात्रै उत्तर हो चेतना । जन्मने र मर्ने थुप्रै प्राणीहरू बीच … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : सम्झनामा एकदिन’

~दीप्स शाह~ मिति ठ्याक्कै याद भएन,२०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिक को सम्पादन गर्थेँ। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा दिर्घसिंह बम को जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : संघर्षमयी यात्रामा केहि खुशीका पलहरू सम्झदै

~हरि मानन्धर “विवश”~ म सानै देखि भावुक थिए। कुनै पनि कुराहरूलार्इ गेोंण रूपमा लिन्थे । समाजका हरेक राम्रा नराम्रा पक्षहरूमा ध्यान केन्द्रित भर्इरहन्थ्यो । पारिवारीक वातावरण सायद गाविस भरि नै शिक्षित थियो त्यतिबेला । र त म पनि हरेक बर्षका … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : तिमीहरु माया गर्न जान्दैनौ

~किशोर सापकोटा ~ नर्टन अडोवन हस्पिटलको सातौ तलावाट तल जंगलतर्फ आंखा लगाए। जोडी हरिण घांस चरिरहेका थिए। रमाइलो लाग्यो। क्षणभरका लागि पीडा विर्सिए। लुइभेल डाउन टाउन, ओहायो नदी र आंखै अगाडि जस्तो उडिरहेका विमानहरु हेरेर केही वेर भुलिए। पर भित्ताको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल नाटक : बाल पुकार १

~पद्‍मलाल काफ्‍ले~ (पहिलो द्रिश्य) (एउटा केटो झोला बोकेर मञ्चमा देखा पर्छ , एकछिन घुमेपछि सबैतिर हेर्छ र अभिनयका साथ भन्न थाल्छ ) हे मेरा साथी हे मेरा भाइ यो यौटा कथा छ , नपाली पनको अस्तित्व यहाँ सङ्कटमा पर्या छ … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment

कथा : आँसुको रङ्ग नीलो

~उमेश राई “अकिञ्चन”~ ‘आँसुको रङ्ग नीलो’ यो पढ्दा अनौठो लाग्न सक्छ । आकाशको रङ्ग र आँसुको रङ्ग कसरी एउटै हुनसक्छ, प्रश्न उब्जिन सक्छ । म पनि द्विविधामा छु आँसुको रङ्ग नीलो लेखँु कि रातो लेखुँ्?अहिलेलाई आँसुको रङ्ग नीलो नै लेखेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमेरिकामा मथुरा

~राजव~ अमेरिकाको इस्ट-कोस्टमा रातको १२ बजिसकेको छ। ब्रेनट्री शहरका सडकमा कारको गति घट्न थालिसकेको छ। उता नेपालमा मथुराको बाउ श्रीनाथ कट्टेल पढाइ सिध्याएकी छोरीले लाखौँ डलर कमाइ हुने काम पाएर अमेरिकी वैभव भोगिरहेकी अनेकन् दृश्य रातभर सपनामा उतारेर बिउँझिएको छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोनिका डार्लिङ

~सुनिता गिरी~ जीन्दगी जिउने यात्रा अनुभुति सगैमनमा भावनाको सिगौरी खेल्दा खेल्दै मानषपटलमा नदि जस्तै बगीरहेका अनन्त उथुलपुथुल यादहरु सगै हङकङको जिवन यात्रामा गत साल मैले एउटा चाइनिज रेस्टुरेन्टमा वेटरको काम पाएकी थिएँ। मैले चाइनिज भाषा नजान्ने भए पनि साथीहरु मीलनसार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मानवअधिकार

~तुलसीहरि कोइराला~ केही व्यक्तिहरूले रातो कपडामा सेता अक्षर लेखिएको एउटा तूल टाँगेर नारा लगाउँदै गन्तव्यतिर हिँडे । उनीहरूले त्यो तूल टाँगेको एकजनाले नजिकैबाट हेरिरहेको थियो । टाँग्नेहरू ओझेल परिसकेपछि पनि उसले निकैबेर त्यो तूललाई हेरिरह्यो र मुसुक्क मुस्कुराउँदै आफ्नो शरीरतर्फहेर्‍यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जोडिएको घर

~गोरखबहादुर सिंह~ म ससानो बजारको साँगुरो सडक पार गर्दै थिएँ एक हूल हाँसले बाटो काट्न थाले । सबै हाँसले बाटो पार गरेपछि गाडी अगाडि बढाएँ । तर एउटा अर्को हाँसले गाडीको बीचबाट बाटो काट्न थालेछगाडीको पछाडिको चक्काले छोएर हाँस घाइते … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : एक्लै हुँदाको मजामा मलेशिया

~कृष्ण प्रसाई~ सिटी वान प्लाजा ब्लक बी को ३८ तला माथिको आफ्नो कोठाबाट वाहिर हेर्न एक किसिमले काहाली नै लाग्दथ्यो । तरै पनि यति माथिबाट बाहिरको भागलाई हेर्नु मजै अर्को थियो ।

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : वैशाख मलाई नयाँ घाम देऊ !

~साम्ब ढकाल~ म युगौँदेखि परिबन्दको शिशिरले कक्रिएकोले मेरा सुन्दर भन्दा सुन्दर प्रदेशहरूमा सधैँ दुर्गतिको सिमसार पल्टिएकोले न्यानो अति न्यानो पहार खोजिरहेको मेरो इच्छारूपी डँडाल्नुमा वैशाख मलाई नयाँ घाम देऊ ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : भगवानलाई चिठी

~लेन्को~ त्यस भेकमा एउटै घर थियो एउटा थुम्कोको शिरमा बसेको घर । त्यस अग्लो ठाउँबाट नदी बगेको अनि गौचरका छेउमा फैलिएको खेत देख्न सकिन्थ्यो । त्यो खेत पाकेको बाली र ठाउँ ठाँउमा सिमीका फूलहरुले सिँगारिएको थियो । यसैले त्यहाँ राम्रो … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

संस्मरण : फ्युज गएको ज्यान, बिजुली मन !

~जोतारे धाइबा~ उहिले मकै र कोदोबारी रहेको थुम्कोमाथि बिजुली चुरोटको फाँकोमा रङमङिदै गर्दा चेतमानसिंहको दिमागी पत्रमा पारिवारिक हिसाबको गोलचक्कर उम्रिरहेछ । चेतमान अर्थात् नेपाली कथासाहित्यका एक खेताला- मनु ब्राजाकी । अमेरिकालाई हाईहाई भन्नुअघि राजधानीस्थित आफ्नै घर भैँसेपाटीमा टोलाइरहेका थिए उनी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है

~आचार्य प्रभा~ इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है बाटो बीचमा काँडाहरु छर्दै गरोस है / केही नहोला,मेरोलागी जस्तो सोँचे पनी जस्कै कानमा कुराहरु भर्दै गरोस है /

Posted in गजल | Tagged | Leave a comment