Tag Archives: nepali sahitya

कविता : बाँदरको हातमा नयाँ नेपाल

~सुबास अस्मिता~ राणाशासन, पञ्चायत, माओवादी द्वन्द, र संबिधानसभा ऋतु बदलिए नेपालीको पहिचान बदलिएन । घर घरमा बिजुलीको तार त पुग्यो बिध्युत सम्बाह हुन सकेन टुकी र मैन्बत्ती निभ्नै पाएन । मर्श्याङ्दीको किनारामा ढुङ्गा फोड्ने दाजु अरब पुगे

Posted in कविता | Tagged , | Leave a comment

यौन-कथा : वेश्या

~राजेश नतांश~ म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन् । प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति । मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्गसङ्घर्ष

~रामकृष्ण पौडेल ‘अनायास’~ सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मोती चामलिङ्का दुई मुक्तक

~मोती चामलिङ्~ मान्छेको जीन्दगी सव उस्तै हुन्छ, जीउने तरीका मात्र पृथक हो । सवैले टेकेको धर्ती एउटै हुन्छ,

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिम्रो मिठो साथै छैन

~लीला बास्तोला~ एक्लिएछु संसारमा तिम्रो मिठो साथै छैन सँगै जिउने वाचा थियो आज तिम्रो हातै छैन। कति पिउनु रातभरी बोटलहरु रित्तिसके रक्सिको त के कुरा तिम्रो मिठो मातै छैन सोंचेको थे कल्पनामा फूल एउटा रोप्छु भनि बँगैचा यो उजाड भयो … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : यो जीन्दगी कस्तो

~बिनोद खड्का~ आफैदेखि अत्यास लाग्ने यो जीन्दगी कस्तो मूल्य राख्न बिर्सिएको बजारिया सामान जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : नेता लाई हानौं एक चड्कन फेरि

~अज्ञात पाल्पाली~ गजल जस्तो बनेको भए पनि नेपालका नेता हरुले गर्ने गरे का काम कुरा हरु लाई यसरी पोख्ने कोशिस गरेँ शायद हरु पनि सहमत हुनुहुन्छ की ? भ्रष्टाचार गरी गरी , मोटो रकम कमाउन, खोज्ने नेता लाई, हानौं एक … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : मलाई जस्तो पिर व्यथा

~राजेश रुम्बा लामा ‘अतृप्त’~ मलाई जस्तो पिर व्यथा अरु कसलाई होला, बग्छ आँशु आँखाबाट जस्तै कालीखोला … (बाँचे छु सँधै भरि, चोटै चोटमा कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सपना

~होमनाथ सुवेदी~ घण्टाघर रुन्छ रातको १२ बजे । कमिलाहरू समवेत स्वरमा कुर्लन्छन्– “त्यो कीरालाई उठाऊ, पार झ्याङ्कुटी ।” वीर अस्पतालको अगाडि यौटा सिनु गन्हाउछ– “ए डाक्टरहरू हो तिम्रो नाक थुन ।” डाक्टर आउछन्– “सञ्जीवनी बुटी होइन, विषाक्त अणु छर्छन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हार्ड खाने कि सफ्ट ?

~दीप जलन~ “ए केटा हो, हार्ड खाने कि सफ्ट? खाओ, खाओ आज जसलाई जे मन लाग्छ खाओ। मलाई दुःखका बेलामा साथ दिने तिमीहरू दुई जना त हौ नि! आज विजयको क्षण हो, म अति खुसी छु। ढलुन्जेल खाओ, तिर्ने म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम-मुर्दावाद

~राजेन्द्र पराजुली~ प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर ! मरे त सब थोक सकिहाल्यो। न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काली र कुमारित्वको मूल्य

~राजेश नतांश~ कालीले कोठाभित्र पसेर चुकुल लगाई र पूर्णतः नग्न भई । संयोवश त्यतिखेर उसको घरमा कोही थिएनन् । अनि ऐनाअगाडि बसेर आफ्नो सम्पूर्ण नग्न शरीरलाई यन्त्रवत् नियाली । उसका शरीरमा नङ्गले चिथोरेका खतहरु थिए । ती खतहरुमा उसले मलम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्यातीएको मेरो पर्स

~योगी बालक~ सायद पाँच बर्ष भन्दा धेरैनै भयो मेरो यो च्यातिएको पर्स किनेको । कति रमाईलो क्षण हुन्थ्यो त्यतिखेर जब कुनै नयाँ कुरामा आफ्नो स्वामित्व आँउथ्यो । हुनत को खुसी हुँदैन होला र । कुनै बाहिर चीज आफ्नो हुदा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभाले आत्महत्या गरिन !!

~बिना तामाङ ‘सुनगाभा’~ “आमा त्यो को हो?” छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई। हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो। के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् “त चिन्दिनस्,किन चाहियो तँलाई?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : हराएका खोजीहरू

~वसन्तप्रकाश~ बढुवाको सूचना निस्कियो। सूचना के निस्किएको थियो, एकैसाथ धेरै कुरा खोज्नुपर्ने भयो। हराएका चीजहरू खोज्नुभन्दा गाह्रो भयो मलाई, आफैँले कहीँ कतै सुरक्षित ठानेर राखेका चीजहरू खोज्नु। फोटो खोज्दै थिएँ, तीन थान पासपोर्ट साइजका। पासपोर्ट साइजका तीन थान फोटोको सट्टा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

हाइकु : मायाको चिनो

~प्रकाश पौडेल माइला~ मायाको चिनो जाइफूल फक्रेछ तृष्णा मेटियो विशुद्ध माया आगलागी हुर्कदै टालो फाटेछ

Posted in हाइकु | Leave a comment

लघुकथा : सुकुम्बासी

~सुमन सौरभ~ “यो पृथ्वी अबको केही हजार वर्षमा मान्छे बस्नलायक रहन्न, सबैलाई पालैपालो पृथ्वीभन्दा राम्रो अर्को ग्रहमा ओसार्ने काम सुरु भइसकेको छ । कुनै पनि क्षण तपाईंको पालो आउन सक्छ, आ-आफ्नो फाराम भरेर तयार रहनुस्…”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उचाइ

~नकुल सिलवाल~ गाडीबाट ओर्ले रवीन्द्र । मोबाइल हातमै थियो । ‘गगल्स’ आँखामा, बेकरीक्याफे अगाडि नै पार्किङ गर्न नपाइएला भन्ने सोचाइमा थिए तर भर्खरैमात्र कसैले गाडी निकालेको थियो । रवीन्द्रलाई प्रायः यस्तै हुन्छ । कोही कसैले ठाउँ छोडिदिएका हुन्छन् र मौका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्ली घरै फर्किई

~योगेन पौडेल~ उफ्… कति चिसो !!! त्यसै त माघको महिना, त्यसमाथि यो झरी! मुटु नै लुगलुग काम्दैछ। धन्न यहीँ नजिकै एउटा चिया पसलसम्म भएपनि भेटियो। यही चिया मात्रले पनि केहि न्यानो बनाए झैँ लाग्दैछ। एउटा साथीले कार्यक्रम ४५ मिनेट पछाडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुई हातमा पेडा र कुल्फी बोकेर ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा !

~खड्ग सेन ओली~ दुई हातमा पेडा र कुल्फी बोकेर ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा ! बेफुर्सदी म उसको अनुहारै नहेरी मनमनै गुन्छु – कति धैर्यवान छ हँ यो शहर!

Posted in कविता | Tagged | Leave a comment

गजल : चिया प्युँदा मनोमानी भयो भन्छौ तिमी आफै

~खड्ग सेन ओली~ चियाघरमा चिनाजानी भयो भन्छौ तिमी आफै चियाबारे कुराकानी भयो भन्छौ तिमी आफै नयाँ यौटा चिनाजानी भयो भन्छौ तिमी आफै तिमी भन्छौ चिया प्युँदै चिया यस्तो चिया उस्तो! चिया प्युने झनै बानी भयो भन्छौ तिमी आफै

Posted in गजल | Tagged | Leave a comment

गजल : इरादा सबै उही भिखारी नयाँनयाँ

~खड्ग सेन ओली~ बिरानो प्रदेश यो चिनारी नयाँनयाँ म ताप्दैछु प्रेमको छहारी नयाँनयाँ कसोरी सहूँ म खै! सबै जो प्रहार यी म देख्दैछु अप्सरा! पियारी नयाँनयाँ

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा तस्वीर छ छातीमा !

~खड्ग सेन ओली~ एउटा तस्वीर छ छातीमा!…. कल्कलाउदो बिहानी सुर्यको रातो चुम्बनजस्तो तिम्रो साथ्….. कहिल्यै धीत नमर्ने संगीतको अन्तराजस्तो तिम्रो आलिङगन….. थाहा छ तिमीलाई…..

Posted in कविता | Tagged | Leave a comment

कविता : स्पन्दन भरी नेपाल

~सबिना सिन्धु~ दृष्यहरु हेर्ने सुन्दर आँखाहरु शितलता रोज्ने खुर्पे चन्द बन्नुपर्छ बदलहरु जून नियालेर मोतीका कणहरु ताप्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारो गल्लि

~सबिना सिन्धु~ सबेरै यसै गरी डुल्ने गर्छन् हावाका नियमित झोक्काहरु गल्लिको अँध्यारो हुँदै हराउँछ

Posted in कविता | Tagged | Leave a comment

कथा : मान्छेभित्रको मान्छे

~शिव प्रकाश~ “मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले । “अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~ उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : माटोमा मिसिनु छ

~बहादुर सिंह बराल~ नगरे अभिमान कैले, माटोमा मिसिनु छ । एकदिन सबैले कालको, चक्रमा पीसीनु छ ।। आफ्नो भनी भन्दा छौ, जती छ यो झिटी-मिटी सँगमा यो केही जने छैन, हेरेर खिसिनु छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : दिल फगत मैले चढाएँ थे

~उपेन्द्र बहादुर ‘जिगर’~ दिल फगत मैले चढाएँ थे नजर होल भनी । यो दरदले त्यो दरदमा क्यै असर होला भनी ।। निर्दयी झैँ झन हृदय टुकडा गर्यौ तरवारले । थाहा थिएन दर्दले तडपी हृदय रोला भनी ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जता हेर्छु मेरो अगाडि निराशा

~बद्रीप्रसाद शर्मा~ जता हेर्छु मेरो अगाडि निराशा जलेको बलेको गलेको छ आशा घना रातमा पन्थको छु अकेला न दीने भए काम यी नेत्र प्यासा

Posted in गजल | Tagged | Leave a comment

गजल : बोल्दिनौ जालिम रिसाइ

~गुरुप्रसाद मैनाली~ बोल्दिनौ जालिम रिसाइ हिडिरह्यौ आँखा तरी जिन्दगीको हौसला मेरो सबै बरबाद भो । छैन केही चाहना प्रेमको धोको पुग्यो मतलवी संसारको रित बल्ल क्यै क्यै थाहा भयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लायक् कहाँ छू

~मोतिराम भट्ट~ म तिम्रा अघी पर्न लायक् कहाँ छू, यसैले अघी सर्न लायक् कहाँ छू ।।१।। हुकुम हुन्छ तिम्रो त हाजिर छदैछू, बिना मर्जी आँट गर्न लायक् कहाँ छू ।।२।।

Posted in गजल | Tagged | Leave a comment