Tag Archives: nepali sahitya

कविता : प्रदेशी जिवन

~मदन दुलाल~ घडीको टिक टिक आवज प्रभातकालीन मल्हार नित्य कर्म सकेर लाग्यो ठिठो “जा”गिर “जा”गिर शब्द नै दोअर्थी कि त आँफै गिर्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्धो युग

~कृष्ण शाह ‘यात्री’~ सहर पसेको छोरा लामो समयसम्म पनि नफर्केकाले बूढाबूढी दुबै आफ्ना छोरा खोज्न सहरतर्फलागे । व्यस्त सहरमा मान्छेहरूको भीड र बाक्ला घरहरूमाझ उनीहरूले छोरा भेट्टाउन सकेनन् । भेट्टाउन् पनि कसरी स्वार्थी, अपरिचित र मतलवी सहरमा – एक्कासी सडकमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : साझको बेला हाबा मन्द मन्द थियो

~भुपेन्द्र महत~ साझको बेला हाबा मन्द मन्द थियो उन्को केश खेल्दै हाबा बुलन्द थियो मादक हेराइ पोखियो सुस्त सुस्त आहा!त्यो क्षण कती आनन्द थियो

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : समयको गति

~डा. रवीन्द्र समीर~ ‘छोरा ! तिमीले आफूलाई किन लागूपदार्थको सुईले घोच्दै छौ ? थाहा छ बाबु ! तिमीलाई टाउको दुखे मलाई ज्वरो आउँछ, तिमीलाई काँडाले घोचे मलाई घाउ हुन्छ…। बुढेसकालको एउटै सहारा तिमी, तिमी असल बन्नुपर्छ बाबु !’ उसको ओठे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एउटा श्यामश्वेत सपना

~सरस्वती ‘प्रतीक्षा’~ एउटा श्यामश्वेत सपना जहा ऊ थिई अनि उसका उडानहरू थिए !… के हो बरै क,ख,ग,घ के हो बरै ए,बि,सि,डि निरक्षरताको सुदूर चौतारीमा पनि गुञ्जिरहेकै हुन्थे प्रबल ब्युझाइका केही इच्छागत सन्दर्भहरू निस्प्रभ सम्भावनाका देउरालीहरूमा पनि हरपल भर्भराइरहेकै हुन्थे केही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पाउमा राखेर दाम चढाए

~मबि सिंह~ पाउमा राखेर दाम चढाए । जुनाफमा फेरी नाम चढाए । अधिकार काटेको ध्वाँस दिए , भित्रभित्रै जुन घाम चढाए ।

Posted in गजल | Tagged | Leave a comment

कविता : उफ्…….म छापामार हैन

~कुमार श्रेष्ठ~ हिजोको म छापामार आज कसैले मलाइ छापामार भनेर बोलाउदा म लर्बराउछु मलाइ संकोच लाग्छ यो शब्द सँग म डराँउछु यो अर्थ सँग म हिचकिचाउछु छापामार हुँ भन्न बरु म भन्छू उफ् ..म छापामार हैन….

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नेपाल नर्क

~विदुर दर्नाल~ एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्यो एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्‍यो । त्यहाँ लेखिएको थियो “नर्कमा पाल्नुहुने सबै मनुष्य जाति लाई जुनसुकै देशको नर्कमा प्रवेश … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : उहि धुमेर S बल्ल सिकियो

~मबि सिंह~ उहि धुमेर S बल्ल सिकियो ! टाढा नपुग्ने S बाटो हिडियो ! पट्टी बांधेर S आंखा थिचियो सदा औंशीका S रात फिजियो !

Posted in गजल | Tagged | Leave a comment

गजल : जान थिएन मसानघाट आए हुँदै आफ्नै मलामी

~श्याम लामा~ जान थिएन मसानघाट आए हुँदै आफ्नै मलामी बटुल्न घारो जिन्दगीको धाए हुँदै आफ्नै मलामी बली रहन चाहेथे सँगै बनी दियो झलमल सल्किदै आएछ दागबत्ती लगाए हुँदै आफ्नै मलामी

Posted in गजल | Tagged | Leave a comment

कथा : म प्रधानमन्त्री बनेपछी

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ हल्का चराचुरुगीं चिरबिर गर्दै गरेको, बिहानीमा पुर्णिमाको जुन डुब्दै गरेको अनी आकाश पुरा खुल्ला अनी कंचन जसमा ताराहरु छरपस्ट गन्न सकिने छन । तल भुइतलामा रातो भाले बास्दैछ । “कुखुरी काँ~~~ आ ~~~” भालेको आवाज संगै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

प्रल्हाद दाहालका हाइकुहरु

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ अशान्त मन, मलिन छ मुहार, याद तिम्रो नै । अध्यारो बस्ती, सास फेर्न नै सास्थी, तिम्रो यादमा । नहुँदा साथ, मायाको प्यारो काँख, मुटू भकान्यो ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : तपाईँले त पाइला मात्रै टेके पनि

~दिनेश ज्ञवाली~ तपाईँले त पाइला मात्रै टेके पनि जमघट विशेष हुन्छ हामीले बोले पो जथाभावी, तपाईँले बोले उपदेश हुन्छ । हजार तपाईँका अनुहारहरु हजारौँ विचारहरु हामीले चाहिँ जुगां मात्रै पाले पनि छद्मभेष हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रातभरी नमिठो हुरी चली रह्यो

~आचार्य प्रभा~ रातभरी नमिठो हुरी चली रह्यो बेदनाको रापले ब्यथा बली रह्यो । संघर्षको चौबाटो जत्ती हिंडे पनि आँफैलाई भाग्यले सधैं छली रह्यो ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विमोचन

~कृष्ण बजगाईं~ कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ सुट

~कृष्ण बजगाईं~ पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : बालिकाको प्रश्न

~डा. लेख निरौला~ छ वर्ष मात्रै अब लाग्छु भन्थेँ कक्षा दुईमा अब जान्छु भन्थेँ खुसी थिएँ जीवन खेल्न खान म दंग पर्दै पनि घुम्न जान ।। आमा बुबा संगत साथ खोज्थेँ साथीहरूको मन पास रोज्थेँ आकाश धर्ती मनमा सजिन्थ्यो म … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : ज्वालामुखी माया

~निराजन राजालिम ‘बतास’~ पान्थर जिल्लाको रोक्सिम डाँडामुनिको तुम्पुराङ गाउँ आज पनि रातभरि जमेको तुषारोले सेताम्मे देखिन्छ । रोक्सिम डाँडा माथिका अग्ला–अग्ला पात्ले, गुराँस र चिलाउनेका रुखहरुको सेपले तुम्पुराङ गाउँमा नौ बज्दा मात्र घाम झर्छ । जाडोले नसेकाओस् भनेर गाईभैसींहरुलाई ठाटीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जीवनः सन्त्रास

~यादव खरेल~ घोडा हिनहिनाएको आवाजले उ त्रसित हुन्छ र पछाडि फर्केर हेर्छ। कालेा कपडाले अनुहार ढाकेको, हातमा कोर्रा लीएर अरबी घोडामा सवार एक जना अजङ्गको मानिसले उसलाई लखेटिरहेको छ। मरुभूमिको तप्त समथर मैदानमा ऊ बेतोडले भागिरहेको छ, मुक्तीका लागि, ज्यान … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमाको चिठी

~चन्द्र सिंग गुरुंग~ ए छोरा ! आज फेरी एक पटक फेरी एक पटक अढाई सय वर्षहरुको विगतबाट ठगीएको यो पिडाग्रस्त वर्तमानमा स्वर्गीम भविष्यको कल्पना गर्दै मन हर्षित पार्न सकेकीे छैन । चैत-बैषाखको दन्किदो डढेलो माँद्म ओंठका पाखाहरुमा गुराँसको लाली पोत्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : हर्कबहादुरको भूत

~उदास विनायक~ पोहोर परारको दशैंमाजस्तै यसपालिको दशैंमा पनि चाहिने जति लुगाफाटा र सरसामान भृकुटीमण्डपमा वर्षेनी लाग्ने दशैं मेलामै किनमेल गर्ने कुराको अञ्जलीप्रसादका घरमा सल्लाह भइसकेको थियो । शुरु–शुरुका एक–दुई दिन र अन्तिमका एक–दुई दिन त्यति राम्रो हुँदैन । पहलिा महङ्गो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : टाउको पचासलाखको

~डा. कविताराम श्रेष्ठ~ ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : नेपाली समयको महिमागान

~धीरकुमार श्रेष्ठ~ ‘समय पनि कतै नेपाली र अङ्ग्रेजी हुन्छ ?’ तपाईंले सोध्नुहोला । म भन्छु, ‘हुन्छ, खसोखास हुन्छ । नहुने कुरै छैन । सोह्रै आना हुन्छ । शतप्रतिशत हुन्छ । अरू कुरोमा मिसावट हुने भए पनि यसमा भने एक आनाको … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ढिकुरोको गीत

~दाहाल यज्ञनिधि~ टालेको टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा मगेर्नी मैया ? मजेत्री सिउने स्यो छैन यो देशमा होलाकी भन्दा बुलाकि गयो के लाउनु गहना बेसहा खोज्ने माझीलाई मार्दा भाँचियो बहाना ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : दलितको गीत

~दाहाल यज्ञनिधि~ गीत गायौ गाइने दाजु – झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई – बन्दूकका कान छैनन् न छन् ढुकढुकी नै क्व्ौ मान्छेले सुने भने सुन्छन् मुटु बिनै तिमी रोयौ गीत बन्यो सारङ्गीको साथमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – १

~बिबश बिप्र~ सगरमाथा र मान्छे !! धरहरा —–एक मुर्त मान्छे !! मानिस —एक अमुर्त मान्छे !! स्वाभिमान—– आँखा चिम्म गर !! …उफ्फ्फ… ———यो कल्पनाशिलता पनि

Posted in कविता | Tagged , | Leave a comment

कविता : बुढी औँला

~सुधीर छेत्री~ सबैभन्दा पहिले तिमीले मेरो तोते भाषा खोस्यौ। त्यसपछि खोस्यौ उघ्रेको भाग्य, मेरो ढुङ्गाको देवता, हिट्टीको पानीधारा, चिन्डेको मुन्टा, सिमरायोको पुरानो गन्ध, मेरी बज्यैको कुर्कुच्चा र कुङ्फुसु,

Posted in कविता | Tagged | Leave a comment

गीत : डाँडैनेरि देखेर जून

~स्व. स्वप्निल स्मृति~ डाँडैनेरि देखेर जून छुन खोजेँ टाढा रै’छ दुखियालाई आफ्नै आँशु ए..लै..सुनको बाला रै’छ कर्कलाको पातमाथि नाचिरह्यो शित मोती जिन्दगीलाई त्यै मोतीले सोचेँ सजाऊँ एकचोटी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गुफा र माकुरा

~स्व. स्वप्निल स्मृति~ रानीभीरको कालो गुफामा सल्काइयो रातो मैनबत्ती- झुण्डिएर झ्याऊका जराहरुमा राजा माकुराको िसंहसानतिर प्रस्थान गरे मानिसहरु । झुल्केघाममा झुल्किने सुनको मृग युवाहरुले घॊडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो डुब्दो घाम-छायाँमा फणा उठाउँदै सिन्दुरे गोमन

Posted in कविता | Tagged | Leave a comment

कथा : तेस्रो रंग

~उषा शेरचन~ म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु । न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसादबाट गुजि्ररहेछु भन्ने आभासबाट बेखवर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फेरी एक्लै

~अनुप जोशी ~ यो शहरको विशाल अनन्तता बीचमा कतै हराएको छ यी अग्ला अग्ला घरहरुबाट आईरहेको छ नीर्जीव गन्ध अब म तिमीलाई सम्झदैछु कि लेख्दैछु फेरी अर्को कविता

Posted in कविता | Tagged | Leave a comment

कथा : कथावाचक

~अज्ञात~ कथावाचकले आफ्नो कथा यसरी प्रारम्भ गर्नुभो- “सबैले मलाई प्रधानमन्त्री भन्थे । म धेरैपटक प्रधानमन्त्री भएँ, कतिपटक भएँ, सम्झनासमेत छैन । मैले आफ्नो वास्तविक नामसमेत बिर्सिएँ, मलाई के लाग्न थालेको थियो भने मेरो नाम प्रधानमन्त्री हो । कुनै बेला मोरङतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment