Tag Archives: nepali sahitya

कथा : सन्ध्या

~साजन राई ‘उपेक्षित’~ एक जना साथीले पठाएको एसएमएसले म नमस्तक भए। उसले प्रयोग गरेको शब्दहरूमा मैले “हो र?” भन्नै सकिन । कलेजो नै घाँटीमा आएर अड्के झै भयो, सपना या बिपना के हो ? आफैलाई चिमोटेर जान्न चाहे पनि । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कल्पनामा एक टुक्रा सपना

~अनुप जोशी ~ म स्थापित सपनाकार भैसकेको थिएँ आफुले चाहेजस्तै सपना देख्थेँ मुर्कट्टा भूतहरुलाई बोलाउँथे सबैभन्दा डरलाग्दा राक्षसहरुलाई मेरो निम्तो पुगेकै हुन्थ्यो र म सपनीमा सँधै महाभारतभन्दा भयङ्कर

Posted in कविता | Tagged | Leave a comment

कविता : पिता – एक लोग्ने-मान्छे

~अनुप जोशी ~ ओ पिता ! जतिबेला तिम्ले मेरी आमासँग बिहे रच्यौ र सुहागरातको उन्मादमा लत्पत्तियौ तेतीबेला नै यौटा भयानक षडयन्त्रको बीऊ छर्यौ -म बिरुद्ध । तिम्रो लिङ्गबाट स्खलित भएर म तिम्रो जुत्ताको पिँधमा चिप्कीन पुगेँ कि त्यो तिम्रो जब्बर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सांसारिक दैत्यता

~अनुप जोशी~ दैत्यिक उन्मुक्तीको तलासमा क्रान्तिरुपी विगुल सल्काउँदै गर्दा मेरा उत्तेजित धमनीहरु खल्बलीए । पिचासे मनहरुलाई – सांसारिक अलौकीकता पाच्य भएन । तरङ्गीत आश्या नगरी उत्ताउलो बन्दै गए । भ्यागुते उफ्राईहरु निश्क्रीय पारिए। साङ्गठनीक यथार्थवाद ओइलाए । सुर्यास्त पछिको चन्द्रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नीला आँखा

~निर्मला खड्का~ सानै देखि उपन्यास,कथा र कबिताका किताबहरु पढ्ने बानी रह्यो ।नीला आँखा हुने मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरु मध्येका एक कथामा पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा हजारौ कथा पढियो होला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : टिफिन बक्स

~मीना बज्राचार्य~ गौतम कक्षा पाँचमा पढ्थे। गौतम चार वर्षको हुँदा उनको बुबा बित्नु भएको थियो। गौतमलाई उनकी आमा शान्तिले दुःख गरी हुर्काएकी थिइन्। गौतमले पनि आमाको दुःख राम्ररी थाहा पाएका थिए। त्यसैले गौतम स्कूलमा धेरै मेहेनेत गरेर पढ्थे। गौतम पढ्ने … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : छाउपडी

~उषा शेरचन~ ‘माघ फागुन मैनातिर त यी छो¥याट्टी पनि छाउ होलिन्जसी छन् ।’ ‘अँ भन्या, मेरो ब्या हँुदा यिनी नान्नानी थिन् । कति छिट्टै ठूली भ्याकि, तरmनीजसी धेक्किन लाग्याकी छन् ।’ ‘क्या माइस रयाछौ, यत्ति पनि जान्दाइन ? छाउ हुन्या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : प्रेम को जवाफ प्रेमले हृन्छ भने आउँछु

~अभ्युदय खनाल~ प्रेम को जवाफ प्रेमले हृन्छ भने आउँछु यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु नसकँुला खोल्न म मनका सारा कुरा मनको कुरो मनले सुन्छ भने आउँछु यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु

Posted in गजल | Tagged | 3 Comments

गीत : हिजो राती गोली चल्दा

~इश्वर चाम्लीङ्ग~ हिजो राती गोली चल्दा लुक्न भने मलाई बर्ुइकलमा आमा तिमी कहाँ लुक्यौ, बाबा तिमी कहाँ लुक्यौ, आउन अब विहान भयो एक्लै छु है मत घरमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : देश–परदेश

~डा. रवीन्द्र समीर~ मचाकाजीलाई आफूपछि आफ्नो देशको माया लाग्छ । उसलाई आफ्नो देशको माया मनमा बोकेर विश्वका शक्तिसम्पन्न भनिने देश घुम्न मन लाग्यो । ती देशहरूको विकास र उन्नति हेर्न मन लाग्यो । केही न केही सिकेर आफ्नो देशमा पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : मेरो भोट तपाइलाई पक्का भो !

~निरञ्जन मान सिंह रेग्मी~ केही दिन अगाडि क्युवा र फलोरिडा हुंदै आएको समुद्री आँधीले डी.सी. वरिपरि पनि प्रभाव पार्ने जानकारी पाएपछि संकटको अवस्थामा नेपालमा भए खाना पकाउने ग्याँस र मट्टितेलको जोहो गर्नै पर्थ्यो । यहाँ चाहिँ साथीहरुको सल्लाह अनुसार पसलबाट … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : पुस्तक बिक्रेता

~होमशंकर बास्तोला~ एक अधबैंसे मान्छे पुस्तक लिएर बजारमा बेच्न लाग्यो । बजारको एक छेउमा बसेर ऊ कराएर पुस्तकको प्रचार गर्न थाल्यो –‘पुस्तक किन्नुहोस्, ज्ञान बढाउनुहोस् । यो ठूलो विद्धानले लेखेको र चर्चित पुस्तक हो ।’ –‘किन्नोस ! किन्नोस !! यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फराकिलो सोंच

~बिशाल गुरुङ~ एउटा मान्छे ज्यादै दुखी हुदै गुरुलाई सोध्यो म मेरो जीवनको दुख्ख देखि ज्यादै दुखी छु यसबाट छुटकारा पाउन चाहन्छु । दया गरिकन मलाई मद्दत गर्नुहोस । गुरुले मुस्कुराउदै भन्यो यो गिलासमा एक मुठी नुन राखेर पिउनु । त्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : साहित्यकार कसरी बन्ने ?

~मनोज गजुरेल~ आखिर लेखक बन्ने सूत्र पत्ता लागेरै छाड्यो । कुनै जमाना यस्तो थियो–कवि बन्नका लागि साहित्यिक चेतना चाहिन्थ्यो । लेखक हुनका लागि बौद्धिक खुराक आवश्यक पर्दथ्यो । माना–पाथीका ठाउँमा ढक र तराजु आए जस्तै लेखनको क्षेत्रमा जमाना बदलिएको छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : अपरिहार्य वार्ता

~डा. लेख निरौला~ तपाईँ लौ आजै मसँग अहिले भेट दिनुहोस् कुरा केही आफ्ना सहजसितले भन्न दिनुहोस् गरौँला भेटैमा कतिपय कुरा गोप्य मनका बसौँ आजै चाँडै मन युगल साट्दै सुमनका ।। भए जेजे बिर्सौँ सब कठिन यात्रा विगतका भुलौ सारा हाम्रा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : सेतो सर्ट

~महेश्वर चापागाईं~ म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन । के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्‍यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भर्जिन पात्र

~निर्मल ज्ञवाली~ धेरै दिन भएको थियो नलेखेकेको । लेखौं लेखौं त लाग्छ, तर के गर्नु ? केहि कुरै फुर्ने होइन । अनि केहि दिन लेख्न छोडेपछि यस्तो लाग्छ, मैले लेख्नै विर्सिएँ । यो लेख्ने भन्ने काम कुन चराले गर्थ्यो, त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : एमआरपी महात्म्य

~अजय दीक्षित~ ६० वर्ष टेकेको बिहान उनी पुरोहितलाई कुरेर बसेका थिए। ती आइपुगेनन् समयमा। एमआरपी लिन सिफारसिका लागि जिल्ला कार्यालय पुग्नुपर्ने थियो, अबेर हुने भो, उनलाई लाग्यो। आधा घन्टापछि पुरोहित आइपुगे र उनले सोधे, ‘अबेर भयो नि ?’ जवाफ आयो, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

गजल : के चिज छ तुलनामा

~महेश घ्रितकौशिक~ के चिज छ तुलनामा गीतजस्तो बसन्तको, प्रेमिलता कहाँ छ र ? प्रितजस्तो बसन्तको . बिहानीको झुल्को हेर सुनौलो त्यो क्षितिजको, तप्किएर फ़ुटेसरि शितजस्तो बसन्तको .

Posted in गजल | Tagged | Leave a comment

कविता : म होइन मलाई हेर्ने ती आँखाहरु नै गिरेका छन्

~राजु सिटौला~ देख्यौ त तिमीले ? खोक्रो शरीररुपी भित्तामा टाँसिएका अनगिन्ती ती आँखाहरु तिनीहरु मलाई नै एक तमासले हेरिरहेका छन् घोँचुला झै…. अनि खाउँला झै….. सुन्यौ त तिमीले? ती आँखाहरुको हेराइमा म गिरेको छु रे तर म गिरेको होइन बरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : न्याय अन्धो हुन्छ

~यादव खरेल~ न्वारनको नाम ऊ आफैलाई थाहा छैन। उस्ालाई सबैले मुद्दा–बौलाहिकी छोरी भनेर चिन्दछन : लेखन्दास, वकिल, फाँटवाला सुब्बा देखि न्यायधिस सम्मले। नचिनुन पनि किन?। ऊ तीन महिनाकी हुँदादेखि पेम्बा दोङले पीठ्यूँमा पटुकाले बेरेर अदालतमा ल्याउने गरेकी हो। उस्ाकी आमालाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रुमाल

~अनुप जोशी ~ कुनै धागोको रुमाल थियो त्यो सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थियौ नाइँनास्ति गरी गरी मैले राखेको थिएँ सर्टको खल्तीमा अहिले एकाएक खल्तीबाट भित्र छिरेर तेसले मेरो मुटुको आकार लिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : लन्डनतिर लन्ठिदा

~रामहरि पौड्याल~ नयाँ वर्ष नयाँ हर्ष बिक्रमसँवत २०६१ । वातावरण नवीन उत्साहले सुशोभित छ। हामी तयारिमा ब्यस्त छौ यात्राको।जीवन यात्रै यात्रा रहेछ कहिल्यै नटुङ्गिने।अनन्त यात्रामा ऊकाली आरालीहरू,भन्ज्याङ र चौतारीहरुसँग मितेरी गाँस्नु पर्ने रहेछ। भोट, मधेश, पहाड, तराई मुगलान हुँदै देश … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

बाल कविता : बाबाको घुराइ

~डा. लेख निरौला~ बाबा नघुर्नू किन घुर्नुभा’को आवाज त्यस्तो किन गर्नुभा’को सुनेर मेरो मन काँप्छ बाबा डराउँदै बस्छु लुकेर, बाबा ! ।। ‘जु’ हेर्न जाँदा किन सिक्नु’भाको बाघै छिरेझैँ किन गर्नुभा’को कस्तो डराएँ जब घुर्नुहुन्छ त्यो रात निद्रा सब चोर्नुहुन्छ … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : कलम र स्वास्नी

~बिकास घिमिरे~ “तिमी चाहि सधै लेखेरै बस। अक्षरमै अनि शब्दमै सीमित रहन सक्ने कस्तो मान्छे हो तिमी?” शर्मिलाको क्रोधले भरिएका तिखा शब्दले कति पनि विचलित हुदैन नारायण। प्रत्युत्तरमा छोटो हासो त्योह पनि निरावाज। “यो चुरोट पनि कति खान सकेको। छ्या! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : अफ्रिकाको मेरो भ्रमण

~नगेन्द्र न्यौपाने~ विद्यालयमा अध्ययन गर्दादेखिनै मलाई अफ्रिका महादेशको चासो निकै थियो । बाक्लो जङ्गल, विशाल भूक्षेत्र अनि अधिकांश तेस्रो दर्जाका गरिब मुलुकहरू । त्यति मात्र होइन, साहारा मरुभूमि, बाङ्गोटिङ्गो कङ्गो नदी, अनगिन्ती जङ्गली जनावर अनि इथियोपियाको भोकमरी । समय क्रमले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘माथी’

~बासु श्रेष्ठ~ नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो ‘माथि’ । यो ‘माथि’ शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य : ‘महिला’ शब्दको उत्पत्ति

~शर्मिला खडका दाहाल~ एउटा कुरोले मन चुलबुलियो अनि खुल्दुलियो । धेरै दिन भइसक्यो, यसलाई नपोखी नफ्याकी मेरो अशान्त मन कहिले शान्त भएन । मेरो दिमागी चटाइको कुरो के थियो भने ‘महिला’ शब्द । ‘महिला’ यो शब्दको जन्म कहिले कहाँ भयो … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य – व्यङ्ग्य : काकाकुल काठमाडौँको प्रेमपत्र मेलम्ची मैयाँलाई

~नरनाथ लुइँटेल~ मेरी हृदयकी रानी मेलम्ची मैयाँ, पि्रय मेलम्ची ! दुई चार वर्ष अघिसम्म तिम्रै वरिपरिका गाउँवासी बाहेक अरु कसैलाई तिम्रो बारेमा फुट्टी पनि जानकारी थिएन । आफ्नो अँगालोमा त्यति धेरै पानी अँगल्याएर इन्द्रावतीमा एकाकार हुँदिरहिछौ । यस कुराको अत्तोपत्तो … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : स्वप्न

~दुश्यन्त भट्टराई~ प्रभातको झुल्को जब धर्ती पाऊँछ, दुनीयाँ यो सारा जग चल्मलाऊँछ । म मस्त गती स्वप्नको साथ हुन्छु , म अल्छी सबेर जो सुती रहन्छु ।। म पुग्छु कहिले मेरै वालपनमा, उहि गाँऊघर् खेतमा फाल हान्दै । फेरि पुग्दछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नजन्मिनुपर्ने मान्छे

~धीरकुमार श्रेष्ठ~ आज ठिक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो । जीवनका उकालीओरालीले उसलाई गलाउन सकेनछ । अनुहारको तेज उस्तै थियो जस्तो तीस वर्षअगाडि । यस्तो अजब संसारमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : मृत्युमार्ग !

~डा. लेख निरौला~ म जान्नँ राजमार्गमा त्यहाँ छ मृत्यु निर्मम दिनैजसो उही कुरा सुनेर हुन्छु दिग्भ्रम न राजमार्ग स्वस्थ होस्; जहाँ छ मृत्युको डर म भन्छु मृत्युमार्गझैँ रहन्छ त्यो भयंकर ।। अनन्त मृत्युझैँ सधैँ खुला छ राजमार्ग नै सुनिन्छ नित्य … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment