Tag Archives: nepali sahitya

गजल : लडाईमा बन्दुक बोके,राजा हुन्छ यहाँ।

~डा ज्योतिपुञ्ज सुरेश~ लडाईमा बन्दुक बोके,राजा हुन्छ यहाँ। मैदान ईराक,काबुल, गाजा हुन्छ यहाँ। नियम हो प्रकृतिमा,अन्याय निर्धामाथि, कमै मात्र बलियोचाँही,खाजा हुन्छ यहाँ।

Posted in गजल | Tagged | Leave a comment

कथा : ह्यांग आउट

~पि. आर. गिरी~ वाहिर झरिरहेको मसिनो झरी र लागेको हुस्सुले उसको मन बिगारिरह्यो अनि काम गर्ने जांगर चलेन | धेरै लामो समय पछि फेरी आज उसलाई केही कुरा मिस गरेजस्तो.. मन भित्र भित्रै डराए जस्तो लाग्यो, साँची कै आफ्नो परिवार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डा. रवीन्द्र समीरका मुक्तकहरु

~डा. रवीन्द्र समीर~ नेता विकास र राष्ट्रियताको भजन गाइरहेको छ त्यही धमिरोले देशलाई खाइरहेको छ प्रत्येक वस्तीमा महँगीको भेल आइरहेको छ मुकदर्शक बनेका छन् विचरा जनता उसैले पद पाउँछ, उहि मन्त्री बन्छ किनकि नेताहरुको चाकडीमा उ नै धाइरहेको छ । … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : यता के छ ?

~महेश घ्रितकौशिक~ यता के छ ? केहि छैन . खास थियो अनन्तमा, श्वास थियो जीवन थियो, बास थियो अनन्तमा . तिर्खा थियो, भोक थियो, बिना कष्ट जलन थियो, शितलताको आभाष दिने बतास थियो अनन्तमा .

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : लक्ष्मीमा समर्पित कलमको क्रन्दन

~सुबेश घिमिरे~ छन्द : शिखरिणि  नलेखौं लेखौं के भन न तिमी नै आज मइले उनौं कस्ता शब्द कसरी कविता लेंखु अहिले जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरुरु सुके सारा पुष्पै किशलय सुके माजरीहरु ॥ ॥१॥ हिजो लक्ष्मी हुरुदा जति … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गज़ल : यो मुटुमा कस्तो रोग सारेर गयौ नि

~दलबीर सिंह बाराइली ‘घायल’~ यो मुटुमा कस्तो रोग सारेर गयौ नि वल्लो घाट् न पल्लो तिर पारेर गयौ नि मुर्छा पर्दै आँशु झारी रोएँ म बेस्सरी आउँछु म चाँडै भनि टारेर गयौ नि

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

~राजु सिटौला~ सार्हो हुनु त ढुङ्गाको नियति हो उ त जहिले पनि सार्हो नै हुनेगर्छ तर यहाँ कोमल मुटु ठानेर माया लाएको मान्छे थाहै नदिई ढुङ्गा भन्दा पनि सार्हो हुनेगर्छ त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : श्राप निवास

~आचार्य प्रभा~ ऊ आफ्नो भब्य महल भएकोमा गमक्क थियो। उस्ले घरको अगाडि एउटा बोर्डमा ”आशिष निवास” लेखेर टाँसेको थियो, जुन टाडाबाट नै देख्न र पढ्न सकिन्थ्यो । घरको वरिपरी ईटँका पर्खालले घरलाई सुरक्षित बनाइएको थियो। मानौ त्यो भब्यमहलको शान सौकत … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बुढीआमा र उनको छोरो

~अनुप जोशी ~ म प्रत्येक दशैँमा गाऊँ फर्कँदा उनी छाँया रङको मजेत्रो ओढेर थुम्काको चौतारीमा बसिरहेकी भेटिन्थिन् उनी चौतारी छलेर अगाडी बढ्ने हरेक यात्रुका अनुहार पढ्दथिन् यति विघ्न व्यस्त देखिन्थिन् कि उनलाई आँखाको कचेरा फाल्ने फुर्सद हुँदैनथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले नेपाल छोडेको छैन

~वसन्त कुमार गौतम~ हरेक पल मनको आँखामा पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु, देवीथानको चौतारीबाट शिखरहरुसंग आँखा जुधाएर भञ्ज्याङहरुको नाम भनेको छु

Posted in कविता | Tagged | Leave a comment

कथा : बिकल्प

~बिन्दू प्याकुरेल ‘लुना’~ बल्व बिग्रिएको थियो , आँफै बनाउन कम्मर कसेर लागेको थियो मिलन । ” त्यसो नगर्नुस् न भन्या ! जान्नेलाई पो देखाउनु पर्छ ! झर्नोस तल ! बिन्ति!” निर्मलाले आग्रह गरी । “ के ठानेकी छ्यौ निरु ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मोहभङ्

~राजुराम मुनंकर्मी~ नेता श्यामल प्रसादलाई अचेल आप्mनो विगतका क्रियाकलाप प्रति पछुतो लाग्न थालेको छ । देशमा नयाँ मन्त्रिमण्डल गठन हुँदा नयाँ संविधानसभा जारी गर्ने देखि लिएर सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुड्डयाउने सम्मका सपना सजाएको थियो उनले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निशा – दमन

~बिन्दू प्याकुरेल ‘लुना’~ आज उसको मन बेस्मरी दुखेको छ । नदुखोस् पनि किन ! हरपल शब्दहरुको मार्फत उ निशाको साथमा थियो । ‘ नामै निशा ! मनै निस्ठुर ! ‘ उ भुत्भुतायो एक्लै…… यतिका मन दुखेर पनि खुशी पनि उत्तिकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नसोच्नुस आमा धनले आकास छुँदैछ छोरो प्रदेशमा

~विनित ‘सानु’~ नसोच्नुस आमा धनले आकास छुँदैछ छोरो प्रदेशमा । जुठेल्नाको एक–कुनामा बसी रुँदैछ छोरो प्रदेशमा ।। कहाँ छ तिम्रो लाडे प्यार, झुत्रो–झाम्रो टाला–टुली, पुरानै खरको छानो झैं चुँदैछ छोरो प्रदेशमा ।

Posted in गजल | Tagged | Leave a comment

कथा : स्मृति

~शुषमा मानन्धर~ ‘त्यो कलिलो उमेर अनि पहिलो उष्णता … …’ यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो। ऊ अर्थात् मेरी श्रीमतीकी साथी। अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को कोठामा

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सकारात्मक प्रश्न

~आचार्य प्रभा~ त्यसदिन म दुखित भएँ, कारण त्यस साहित्यिक कार्यक्रमको उपस्थितिमा एउटा फुचे केटाको ब्यङ्यात्मक र अस्वभाविक प्रश्नहरुले मलाई कता कता आफ्नो लेखकिय बिधाको परिचयबाट बन्चित बनाएझै महशुश भयो (जो केटा नेपाल बाट भर्खर मात्र अमेरिका भित्रिएको रहेछ )हुन पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रो हातले भरि गिलास

~प्रकट पगेनी ‘शिव’~ तिम्रो हातले भरि गिलास पिलाएको छुट्टै मज्जा कोखाइ-कोखाइ भन्दै सितन खिलाएको छुट्टै मज्जा को हुन्छन् र ओठ टोक्दै गिलास भर्दै दिने मान्छे त्यसमाथि झन् बाहुपास नै दिलाएको छुट्टै मज्जा

Posted in गजल | Tagged | Leave a comment

कविता : म

~उज्ज्वल जी.सी.~ न तिमी नजिक आउन सकें न मजाले माया लाउन सकें । धेरैबेर नै कुरेँ चौतारीमा न तिम्रो आभास पाउन सकें ।

Posted in कविता | Tagged | Leave a comment

तीन लघुकथा : पार्टी र लोकतन्त्र

~एकलव्य~ आँफ्नै पार्टीको विचार र व्यवहारमा मर्न मार्न कसम खाएका आफ्ना प्राइभेट सेनाको सुरक्षित घेरामा एउटा मुठीलाई उर्ध्वगामी आकाशतर्फ जोडदार रूपमा प्रहार गर्दै शक्तिखोर कामरेडले आदेश भावमा भन्नुभो, नागरिक सर्वोच्चता लागि छापामारले बिद्रोहको नेतृत्व गर्नुपर्छ ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कमेन्टको उन्नत खेती !

~शिव प्रकाश~ वैजन्तीलाई मेलै डायनोसरको कथा सुनाएको थिएँ । वातावरण नमिलेर पृथ्वीबाट डायनोसर लोप भए जस्तो मेरो दशवर्षे जागीरकालमा म पनि लोप हुने अवस्था आएकोले अस्तित्व रक्षाको लागि विदेश पलायन भएको रहस्य बताएको थिएँ । वैजन्ती मप्रति ज्यादै कृतज्ञता र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रा अ ख २४४

~रमा गौतम ‘आश्मा’~ ५ रूप्पे को २ मुठा , ५ रूप्पे को दुइ मुठा! उ आफ्नै सुरमा ब्यस्त हुन्छ कामना गर्दैहुन्छ कोहि आयोस र उसको धनिया किनिदेओस . सडकमा कालो धुवा फाल्दै बस माइक्रो बस दौडिदै छन् . बेला बेला … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : हर्के र प्रजातन्त्र

~ठरकि दादा~ हर्के आफूलाई ज्यादै भाग्यमानी ठान्थ्यो । सानै छँदा उसका बाले उसलाई ७ सा’लाँ कसरी प्रजातन्त्र आएर जनताको राज चल्न सुरु भएको हो भन्ने बताएका थिए र उ सधैं आफुलाई स्वतन्त्र नागरिक सम्झन्थ्यो । त्यसपछि उ जवान भयो र … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : किताब

~कृष्ण थापा ‘कृष्णपक्ष’~ त्यो किताब लेख्न सजिलो थिएन । किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कल्की

~शिव प्रकाश~ केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो । ” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : डलर टिप्ने यात्रा

~शेखर ढुङेल~ – १ – बिदेश, बिदेश, बिदेश याने कि मनी, मनी, मनी !!! पन्जाब होसियारपुरका पाजीहरु पछी बिदेश हात खुट्टा नै फ्याकेर दौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : आज फेरी दुनियाँलाई अर्कै नयाँ रहर चल्यो

~स्वयम्बर सिंह लामा~ आज फेरी दुनियाँलाई अर्कै नयाँ रहर चल्यो बाल बच्चा घर्मै छोडि पोइल जाने लहर चल्यो अरबको घाममा जल्दै सङ्गालेको पसिना थोपा उम्लिएर पराइ घरमा बसाइ सर्ने लहर चल्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : कट्मिरा छेपाराहरु

~बिबश बिप्र~ यसरी, कट्मिरा कथकहरु हरियो झारको आगो तापेर बसिरहेछन अनि, भन्छन।।। हामी पंचाग्नी तापिरहेछौ !!

Posted in कविता | Tagged , | Leave a comment

लघुकथा : प्रतिविम्ब

~कृष्ण बजगाईं~ विदेशी दातृसस्थाले आवश्यक रकम संगै दानमा दिएको ऐना आएदेखि त्यस कार्यालयका कर्मचारीहरु असहज महसुस गर्न थाले । कार्यालय भवनको मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै देखिने ठूलो पूर्णकदको ऐनाले हरेकलाई आकर्षित गर्दथ्यो । सुन्दर कलात्मक बुट्टाको प्रेmम भएको ऐना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

यात्रा साहित्य : खाडी देखी गाऊँ सम्मको यात्रा स्मरण

~खेमनाथ ‘बन्दिपुरे माहिलो’~ खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन । भर्खरै नेपाली एयरलाईन्स फ्लाई एति साचालन भएको थियो नेपालकै एयरलाईन्समा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : म किन ढुंगो जन्मन सकिन ???

~बिबश बिप्र~ यो, सत्य हो !! जसरी म जन्मन्छु त्यसरी नै यी ढुंगाहरु जन्मेका हुन !! कसैले मानोस् या खण्डन गरोस् मलाई बहुलाहा नै किन नभनोस् ???

Posted in कविता | Tagged , | Leave a comment

गजल : एस्तो जाल बुन माया

~सजना गुरुङ~ हामीबीच सम्बन्धको एस्तो जाल बुन माया , नसकियोस नाप्ना अनी नसकियोस छुन माया ! बिश्बाशका दीप कतै निभ्ना गये मबाट अन्धेरिमा ज्योति छर्नु भै तिमी जुन माया !!

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै फुट्यौं भो अब मिल्न सिकाई देऊ

~दलबीर सिंह बाराइली ‘घायल’~ धेरै फुट्यौं भो अब मिल्न सिकाई देऊ मातृभूमीको लागि बुद्धी खियाई देऊ रुन्छ हिमाल एक्लै गाउँ तराई फुट्दा मेची कालिको फाटो आजै सिलाई देऊ

Posted in गजल | Tagged | Leave a comment