Tag Archives: nepali sahitya

कथा : ‘मिष्टर जोन’

~हरी भुसाल ‘स्याटलाइट’~ प्रहरी प्रधान कार्यालय – नक्सालमा बोलाइएको थियो उसलाइ । सरकारी काममा उसलाइ भरोसा त थिएन तैपनि ‘किन हो’ भनेर पुगि पनि हाल्यो उ । फेरि काठमाडौमा शान्ति सुरक्षा कायम राख्ने कसम खाएका गृहमन्त्रिको चर्चा जताततै छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम रात

~होमशंकर बास्तोला~ तल्लाघरे रने अस्ति मात्र शहरबाट गाउँ आएको थियो । यो उसको लागि गाउँका पुराना साथीहरुसँग भेटघाट गर्ने सुनौलो अवसर थियो । ऊ धेरै जसो शहरमा बस्दथ्यो । ऊ शहरमा के गर्दथ्यो त्यो उसलाई मात्र थाहा थियो । जुनूका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बाँदरहरु खेति गर्दैनन्

~डा. कविता राम श्रेष्ठ~ धेरै जन्तुहरु एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुलीँ साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरु हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आमा र ऐना

~विवश वस्ती~ आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो प्रतिविम्ब कस्तो देखिन्छ ? उहाँलाई केही पनि थाहा थिएन सायद । जिन्दगीको लामो हिस्सा उहाँले ऐना नहेरेरै बिताउनुभयो । ऐनाको आवश्यकता उहाँले कुवामा जमेको पानी, पोखरीको पानी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : बल्ड्याङ खानुको मजा

~नरनाथ लुइँटेल~ ‘एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका कुरा खुइलिए अहिलेका कुरा फैलिए । ठक्कर र ठेसको कुरै नगरौं अहिले त मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अप्रिल १५, २०२५

~एकलव्य~ आज पुरानो नेपाली पात्रो अनुसार नेपालीहरूले विक्रम सम्बत्को २०८२ साल मनाइरहेका हुन्थे । तर यो कुरा धेरै पुरानो भैसकेको छ । आज भन्दा १४ वर्ष अघि नै सरकारले विक्रम संबतको प्रयोगलाई निषेध गर्‍यो र ग्रेगरियन क्यालेण्डरको प्रयोगबाट सरकारी काम-कारवाही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अप्रिल फुल

~श्याम श्रेष्ठ~ मन कति खुशी हुँदो रहेछ, फोन गरिदिए हुन्थ्यो भनेको मान्छेले फोन गरिदिँदा | फोनको महत्व त त्यो बेला पो हुँदो रहेछ | सामान्य बेला भन्दा ४ गुना बढी | अझ बढि मन खुशी हुँदो रहेछ, कसैले मनको कुरा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : छैन आज यहा सरम

~दुर्गा खनाल~ शव्दहरु छोटिदैछन, छैन आज यहा सरम सिया जस्ता शव्द लेख्न समाए मेरो कलम लेख्नु थियो लेखहरु, सम्झनाका बगैचाबाट मुटु घोच्ने काडाहरुमाझ समाएर पुरानु कलम

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : पञ्चायती प्रशासनका दबाब …

~सूर्यबहादुर सेन~ ०३९ भदौ १८ गते दरबारका प्रमुख सचिव रञ्जनराज खनाललाई भेट्न गएँ । उहाँ मसँग कुन्नी किन हो टेढिनुभएको रहेछ । ‘खाद्यमा गए जानुस्, नगए नजानुस्, तपाईंको खुसी । यो तपाईंको विषय हो’ भन्नुभयो । म छक्क परेँ । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : बलकापुरी कान्तिपुरी नगरी

~प्रकाशमणि दहाल~ सब राष्ट्र छ जेलसमान हरि पशु रक्षक बन्दुक लट्ठी भिरी डुलन्या फुन लीकन कानभरि पशुका पतिको यही हो नगरी । पशुलाई छ मर्न अनेक छुट पतिलाई सकेजति गर्न लुट तर बोल्नु कहाँ पशुले कसरी खलकापुरी कान्तिपुरी नगरी ।

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेम आयो, किन आयो ?

~डा. ध्रुब चन्द्र गौतम~ समाचार यत्ति थियो ः उसको छोराको बिहे हुन लागेको छ । तैपनि काठमाडाँै हल्लिरहेको थियो, एउटै वाक्यले । र, मैले बुझ्न सकिनँ, त्यो सूचनामूलक वाक्य थियो कि समाचारमूलक ? सूचनामूलक वाक्य भए पनि त्यसले उग्र ‘ब्रेकिङ् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यात्रा साहित्य : नयाँ मुलुक घुम्न जाँदा

~खगेन्द्र संग्रौला~ अचम्म भयो । उन्मादी उत्तेजनाको चुचुरोमा चढेर हाम्रो बसतिर हान्निएको अस्त्रधारी झुन्ड उत्निखेरै स्थिर र शान्त भयो । बस रोकिएन, त्यो क्रीडाको किञ्चित परवाह नगरी आपmनै मुसे चालमा अगाडि गुडिरह्यो । यताउति सोधपुछ गर्दा पछि थाहा भयो, त्यो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मान्छे हुनुको अर्थमा

~सरस्वती ‘प्रतीक्षा’~ एउटै ढुंगामा जीवनभर कुँजिएर देवता भएर बाँच्नु पनि के बाँच्नु ? मलाई मान्छे हुनुको अन्तिम सत्यसँगै ज्युनु छ , पुरापुर ज्युनु छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ए मान्छे

~समाश्री राउत~ ए तथाकथित् (मान्छे) मान्छे हौ भने त ! मान्छे जब बोल्दछ तब कसैलाई सम्बोधान गर्छ कोही सम्बोधित हुन्छ बिचार बाँडिन्छ, दुःखसुख बाँडिन्छ चिरा परेका हृदयमा वाणी स्नेह–मल्हम बन्दछ आँसु पुछ्दै अधरमा हाँसो फुटाउँछ तर खै ! तिम्रो गर्जन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दाइ

~समाश्री राउत~ आज भोलि दाईलाई गाउँ गनाउन थालेको छ गाउले हरु मुर्ख हुन्छन भन्नु हुन्छ , दाजुले आज भोलि राजनीतिक र साहित्यिक लेखहरु लेख्न थालेका छन् |

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जङ्गे ड्राइभर

~बखतबहादुर थापा~ ‘सडकमा दौडनलाई बाघको जस्तो मुटु चाहिन्छ ! बाटो छेउछाउको खाना पचाएझैँ आफ्नो भावुकता पचाउन सक्नुपर्छ । किनकि प्रत्येक दिन बाटोमा उम्रने रङ्गीबिरङ्गी फूल र काँडाहरूले पलपलमा स्वर्ग र नर्कको अनुभूति दिइरहेका हुन्छन् ।’ यो उर्दी ड्राइभर जङ्गबहादुरको हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : छाता र युवती

~जोतारे धाइबा~ करङ भाँच्चिन लागेका, समाउने हृयान्डल जसोतसो थामिएका अनि ओढिने छानो चाल्नोसमान पारदर्शी भएका । यस्ता धेरैथरी छाता बजारमा पाइन्छन् । आकारको त कुरै नगरौँ, चाहे भने मुसोले ओढ्न सुहाउने ‘मिनी अम्ब्रेला’देखि संयुक्त परिवारै अटाउने जम्बो छाता पनि किन्न … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जङ्गे

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ दृष्टिभ्रम फुला परेको आँखालाई निकालेर ऐन,कानून र नियम बदल्ने सोचमा छु । देशकै निम्ति सोच्ने एक जङ्ग बहादुरको खोजमा छु । दिन दहाडै हाम्रो अस्मितामा धावा बोल्छन् आफ्नो स्वार्थको रोटी हाम्रो तावामा पोल्छन् ठाडो आदेश लिदै, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चरीको दूधले भरिएको–रित्तो दुनेरी

~दुतेन्द्र चाम्लिङ~ बाँच्नुको नाउँमा हरेक बहाना दुहेर बाँचेजस्तो गर्नु वाह ! क्या बेजोड अभिनय बहाना खाली बहाना मात्रै नभई सिलसिला जो बनिदिन्छ र, मान्छे भन्ने जन्तुचाहिँ जे होस् बाँचिदिन्छ कमसेकम एउटा विकल्प रहेसम्म दौडिँदै–बाँच्नुदेखि बाँच्नुसम्म एउटा डरलाग्दो ठूलो ब्लाक होल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नीलो सपना

~दुतेन्द्र चाम्लिङ~ बादल प्रधानमन्त्री – बादल आँप सभासद – आँप नीलो धुवाँ शिक्षामन्त्री – नीलो धुँवा बेरोजगारी उत्पादन गर्ने विश्वबिद्यालयको एउटा उत्पादित थोक म मेरो मस्तिष्कको भाउ बजारको खसीको गिदीको जति पनि छैन भन्नलाई त भन्छन् मेरै मति पनि ठिक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पूर्णिमाको जून पनि तिमीसग हार्छ

~घायल श्री~ पूर्णिमाको जून पनि तिमीसग हार्छ । अकबरी सून पनि तिमीसग हार्छ । लठ्याउने जादुरुपी मोहनी त्यो बोलिमा सारंगीको धुन पनि तिमीसग हार्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बादलको पहाड

~शिशिर शर्मा~ माथि धर्तीभन्दा माथि बादलभन्दा माथि बादलहरुकै बस्ती छ । बादलसित कुरा गर्दै विवाद गर्दै– बादलहरु चर्काचर्की गर्छन्,

Posted in कविता | Tagged | Leave a comment

कथा : भुमरी

~शुषमा मानन्धर~ निमासँगको मेरो परिचय त्यति पुरानो थिएन र पनि हामी छोटो समयमै धेरै नजिक भएका थियौँ। उसको सौम्य व्यवहार र सबैसँग घुलमिल हुन सक्ने बानीदेखि म साह्रै प्रभावित थिएँ। घरमा आउँदा मसँग भन्दा पनि बढी आमासँग नै उसको कुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुबोध, अप्सरा र अमेरिकी घर

~प्रदीप गौतम “अंकित”~ “My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि “ओके” मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

भबानी अधिकारी नेपालका मुक्तकहरु

~भबानी अधिकारी नेपाल~ आनन्द अरे !आनन्द खै मनमा खोजीमा हिडेको धेरै भयो यो त्यो उ गर्दै यताउता रोजीमा हिडेको धेरै भयो धनसम्पत्ति हुदाहुदै नपाउने नमिल्ने कुरा यो कस्तो सन्तोष किन्न राखी पैसा गोजीमा हिडेको धेरै भयो सबाल

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : साँढे, गिद्ध र चमेरो

~ठरकी दादा~ एकाठाउँमा यौटा राम्रो शुन्दर वन थियो, त्यो वनमा पुस्तैनी रुपमा त्यहिको हात्तीको रजाई चल्थ्यो । हात्तीले खान मात्रै धेरै खाएको तर केहि काम नगरेकोले उपवन जस्तो हुनुपर्ने वन, मरुभूमिमा परीणत हुन लागेकोले, त्यहा पुरानो हात्तीको ताण्डब रोक्न गिद्ध, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??!!

~रामप्रसाद खनाल~ राणाहरुले राम्रो गरेका भए २००७ साल किन आउँथ्यो ? २००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा किन जान्थ्यो ? २०१७ मा आएको पञ्चायत २०४६ मा लखेटिन किन मान्थ्यो ? यि त भए पुराना कुरा भनौंला उहिलेका कुरा खुइलिएर गए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसले गरायो?

~बासु श्रेष्ठ~ यो हिँसा यो हत्या कसले बढायो नर भै कन नि दानव बनायो प्रेम र ममता सुली चढायो त्रासै त्रासको दुनियाँ बनायो शक्तिको क्षुधा लिएर मनमा

Posted in कविता | Tagged | Leave a comment

साजन राई ‘उपेक्षित’का ३ मुक्तकहरु

~साजन राई ‘उपेक्षित’~ आफ्नो छायाँ आफ्नो छायाँ आफै देखि छुटाउदैछु ठुली। तिम्रै लागि सब थोक लुटाउदैछु ठुली ।। हाम्रो दुई संसार अट्ने प्रेमील बगैचाको समस्या र बाधा अड्चन फुटाउदैछु ठुली ।। ठुली तिमी देखी टाढा हुन तर्किदैछु ठुली मीठो कुरा … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : चिनो

~शिलु यन घिमिरे~ चिनो ! कस्तो गह्रो , साह्रो ,कठिन,असहज कुरा ! पीडादायी अनुभुति कसैको सम्झनाको ! बिर्सन नदिने कत्रो छेकबार । आफू आफ्नो अस्तित्त्व संगै बाँच्न नपाउने कत्रो बाध्यता ? मनले जहिलेपनि चाह्यो , कसैको केहि चिनो नलिऊँ भनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कल्पनामा एक ऋतु जीन्दगी

~अनुप जोशी ~ कहिले उज्यालोले अँध्यारोलाई लखेट्थ्यो कहिले अँध्यारोले उज्यालोको उछितो काढ्थ्यो एकपल्ट हरियो रङ्गीएका वृक्ष-लतिकाहरु स्वत: पहेँलो रङ्ग ओढ्दथे र कुनैबेला नाङ्गै पनि बस्दथे । यस्तैमा मैले बुझ्न थालेको थिएँ कि समय घडीमाजस्तै सर्कुलर घुम्दो रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

यात्रा साहित्य : ओ हेलम्बु !!

~देवेन्द्र भट्टराई~ ‘हेलम्बुकी शेर्पेनी’ बोलको कुमार बस्नेतको गीतमा हेलम्बु थातथलोका बारेमा थोरबहुत सुनिएको हो। महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नियात्राकार केशर लालसम्मका लेखनमा अलिकति हेलम्बु–वृतान्त पढिएको हो। कहिले कुनै मिथजस्तो, कहिले धेरै टाढाको कुनै भिन्न जीवन–जगत होला भनी हेलम्बु–छायाछवी मनमा गढेको थियो।

Posted in नियात्रा | Tagged | Leave a comment