Tag Archives: nepali sahitya

लघुकथा : बिवादित मन

~राज अबिरल यात्री~ बिवादित कुराहरु गरि चर्चामा अाईरहन्छिन पदमादेवी । पाँच दशक उमेरकी उनको व्यक्तिगत जीवन बारेमा उत्तिकै बिवादित कुराहरु थिए । कोहि अबिवाहित भन्थे कोहि लोग्ने संग छुट्टिएको । सत्य उनैलाई थाहा थियो । उनलाई कतै पुराना रंगकर्मी, कतै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : सतीको सराप

~नरनाथ लुइँटेल~ हैन, कुन साइतमा परेछ सतीको सराप पनि ¹ अनन्त काल बितिसक्यो तर त्यो सरापबाट हामीले कहिल्यै मुक्ति पाउन सकेनौँ । मुक्तिको कुनै सम्भावना पनि देखिएन । उहिले उहिले त जसले सराप दियो, उसैले सरापबाट छुट्कारा पाउने उपाय पनि … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : इबोला

~जीवन ‘पीडित’ दाहाल~ छोरी इबोला खुर्रऽऽ कम्पाला अन्तराष्ट्रिय विमानस्थलतिर कुदेकी देखेर आमा इबोलाले छोरीलाइ च्याप्प समाति र हकारी–‘किन त्यता कुदेकी ए केटी ?’ छोरीले आमाका हात आफ्ना पाखुराबाट हटाउँन बलगर्दै उत्तर दिइ–‘म पनि एसियाको नेपाल भन्ने देशमा जान लागेकी, बरु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : खोस्टो स्वरोजगार

~गंगाराम ढकाल~ बेरोजगारहरु अब रोजगार हुने भए रे । अब ऋण र झोला बोकेर बिदेश धाउन नपर्ने भयो रे । आफ्नो सीप, मेहनत, पाखुरी यही प्रयोग गरेर मनग्य कमाई हुन्छ रे । आफ्नो पसिना आफ्नै माटोमा बगाउन पाइने भयो रे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म कुजे पोखरी हुन चाहन्नँ

~सुवास घिसिङ~ म कुजे पोखरी हुन चाहन्नँ कुजे पोखरीको पानीजस्तै चुपचाप चुपचाप पलेटी कसेर बसिरहन चाहन्नँ म यहाँ यसरी मुर्दा घाटको चिहान जस्तै चुपचाप चुपचाप हात बाँधेर बसिरहन चाहन्नँ म यहाँ यसरी। दापभित्रको खुकुरी जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : बा सँगका बिलौना

~भिष्म भुसाल~ बा ! तपाइँले कमिसन काटेर कच्चा बनाएको स्कूल भत्किंदा झोला सहित पुरिएछ म जस्तै सानु विद्यार्थी, त्यो म भैदिएको भए तपाइँलाई कति दुख्दो हो बा ! तपाइँले ठेक्का लिएको पुल, पौने दुई बर्षमै चुँडिंदा, महिना दिनको सुकोमल बच्चा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रक्स्याहा कि स्वास्नी !

~पुरुशोत्तम भण्डारी~ यी रक्स्याहाकि स्वास्नी हुनु भन्दा त ,बरु हलिकि स्वास्नी हुनु निको ,बुझ्नु भो ? उनले प्रायजसो यसरि नै आफ्नो बित्रिष्णा पोख्ने गर्थिन र म चुपचाप सुनी मात्रै रहन्थें ! बाहिरबाट हेर्दा त उनको जीवन निक्कै राम्रो थियो ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नियत के थाहा भएन ! हत्केला बढाई रहेछौ !

~मबि सिंह~ नियत के थाहा भएन ! हत्केला बढाई रहेछौ ! जे छोयौ फोहोर बनायौ ! दुबिधा गराई रहेछौ ‍‍‍‍‍‍‍‍!‍ आगोमा हिंडेको देख्दैछौ, पोलेर उफ्रेको हेर्दैछौ नाचको भ्रम जगाएर, डबली बनाई रहेछौ !

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : आयुष खुसी भयो

~कुसुम शर्मा~ ”आमा ! प्रमोदको घरमा खेल्न जाउँ ?” आयुषले आमासँग सोध्यो । ”पर्दैन । खुरुक्क पढेर बस्ने ।“ आमाले आयुषलाई हकार्नुभयो । आयुषको अनुहार अध्यारो भयो । ऊ लुरुक्क परेर आफ्नो कोठातिर लाग्यो । एकदिन आयुष र उसका साथीहरु … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

छन्द कविता : नारीप्रति

~डा. लेख निरौला~ नारी मानव जीव हुन् प्रकृतिकी झन् सृष्टिकी बीज हुन् आद्याशक्ति अथाह सृष्टि महिमा आफैँ लिई बस्दछिन् इच्छाले उनकै विशाल धरती झन् व्याप्त वा पूर्ण छ नारी कोमल भावना सुख दिने यो मन्त्र सम्पूर्ण छ ।। नारीका कति … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : मधेसिया

~जीवन ‘पीडित’ दहाल~ ‘आमा, अब हामीहरुले पनि हिन्दी सिक्नु पर्ने भयो नि तपाईले थाहा पाउँनु भो ?’–भरखरै खेल्न गएर फर्किएकी छोरीले आमालाई प्रश्न राखि सप्तरीको सखडा मन्दिरमा माग्न बसेकी आमालाई । ‘किन र बिटिया ?’–आमाले पनि प्रश्न नै तेस्र्याइ छोरीका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : झाक्री

~गंगाराम ढकाल~ हेर हेर मनुवा अनिष्ठहुदै छ । कालकाष्ठ बहुरुपी गाउँमा घुस्यो । रातको मध्यन्हमा एक्कासी झाक्रीबाजे दोबाटोमा बसेर डम्फूबजाउदै थिए । उनको वरिपरी बुढापाका जस्ता मानिसहरु घेराहालेर फलाक्दै बसेका थिए । रातको चकमन्न अध्यारोमा मधुरो दीयोको उज्यालोमा को को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मन भरि आशा

~मन्जील दिप शुब्बा ‘गरिव’~ मन भरि आशा बोकी कल्पी बस्छु मुटु भरि माया साची अझै बाच्छु तिम्रो आगमनको सुनौलो बिहानिमा ! बशन्तको वहाँर बनी छाई दिन्छु आशाहरु जलन भएर किनार खोज्दै बगे भने

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : सरलाई ब्ल्यु लेबल

~गुणराज लुइटेल~ नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चिहानमा फूल

~सरस्वती ‘प्रतीक्षा’~ जति रोपे पनि फुलेन, फुल्दै फुलेन– चिहानमा फूल! गाउँदा गाउँदै गीतको अन्तरा आफैं रुन थाल्यो हाँस्दा हाँस्दै ओठको छेउकुना आफैं रुन थाल्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : अस्वभाविक मित्र

~बिकास घिमिरे~ उसको कुरा गर्ने शैली बौलाहारुपी भएपनि तार्किक कुरा मात्रै गर्दथ्यो। बकम्फुसे कुरा गर्ने अनि त्यस्ता निस्सार कुरामा मान्छेलाई अल्मलाउने प्रवृत्तिको मानिस थिएन उ। धेरै बोल्न नरुचाउने, एकदम शान्त स्वभाव। कसैले प्रसङ्ग निकालेमा तर्कका साथ विवाद गर्न सक्ने क्षमता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : छोरी

~डा. लेख निरौला~ छोरी मेरी अमर वयकी ज्योति हुन् सिर्जनाकी प्यारी यस्ती हृदय तलकी प्राणझैँ कल्पनाकी चिन्ता मेरो झटपट सबै जादुझैँ दूर गर्छिन् नौलो आशा किरण मनकी मूल भै बग्न थाल्छिन् ।। हेर्दा हेर्दै सुजन सुखकी मूल भै उम्रिइन्छिन् नौरंगीका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : विदा

~अनिल यक्खा~ विहानै देखि मलाई कस्तो कस्तो लागिरहेको थियो । हिजो नै सम्पूर्ण सामानहरु तयारी गरिसक्नु भएको थियो । र हामी विहानै शहरतिर प्रस्थान गर्ने क्रममा थियौँ । निकै समय बित्दा पनि आस्था आइन । मेरो आँखाले उनको आगमन चाहिरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रान्ति मर्दैन

~अनिल श्रेष्ठ~ ‘तपाईंको नाम ?’ ‘क्रान्ति ।’ उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र कहिल्यै पनि कसैलाई दोहो¥याएर उसको नाम सोधिदैन । यहाँ आउने धेरै कैदीहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरा सपनाहरु

~दलबहादुर गुरुङ~ हो ! मैले अन्तिममा कलेज त्याग्ने निर्णय गरें । सहरको प्रतिष्ठित कलेज मैले त्यसरी त्याग्न पर्ला भनेर सोंचेको पनि थिएन । कलेज छोडेपछि म अहिले गाउँमा छु । खेतीकिसानी गरेर बसेको छु । मेरो दुर्गम गाउँमा नगदेवाली उत्पादन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गङ्गा विसर्जन

~उदास विनायक~ पूरा गाउँ शोकमग्न छ । यसो भनौ पूरा देश नै शोकमग्न छ । कुमाऊँ गढवालतिर कामको खोजीमा गएका चार पाँचजना ठिटाहरू विपद्पछिको आज आठौं दिन घर फर्किए भन्ने सुन्ने बित्तिकै बलबीरे आफ्नो छोरा धनेको हालखबर बुझ्न एकाविहानै गाउँतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : मनसँग भलाकुसारी

~विष्णु शर्मा~ आज मनिषाको मन पिरोलिएको छ । उसको अनुहारले त्यही झल्को दिइरहेको छ । उसको मनस्थिति बुझ्न मलाई कठिन हुदैन । ऊ मेरी जिगरी दोस्त हो । मन भन्छे किन मलाई मान्छेहरु तनसँग जोडेर खलबलाउन खोज्छन् ? मलाई किन … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

लघुकथा : ममीको मिन्सट्रेसन

~जीवन ‘पीडित’ दहाल~ राजधानी काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं. १४ को एउटा एउटी बालिका देखिइन्, बुढीआमैका साथमा, बेलुकीको तीन बज्न लागेका बेला । यस बेला बालिका घरैमा ! भनेर मलाई अलि आश्चर्य लाग्यो अनि मैले बालिकाको छेउमा गएर सोधे–‘तिम्रो नाउँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्वाल परेको चाल्नो….

~सुरेश प्रसाद अर्याल “कान्छो”~ बजुले पटक-पटक त्यो खुटि तिर हेरिन् तर खुटि खाली थियो।आँखालाई पटुकीको टुप्पोले पोछेर फेरि ठम्याउने प्रयास गरिन तर खुटि वास्तवमै खाली थियो। “कता फालीस् त नाती केटा त्यो प्वाल परेको चाल्नो?” उन्ले आगनमा खेल्दै गरेको नातीलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गोठालो

~गंगाराम ढकाल~ सेतु ए सेतु आउ निस्क बन जाउ । सवै गइसके, डाँडो पनि काटीसके होलान् ढाकाराम चिल्याउछन् । ल ल निस्के दाई म पनि तपाईलाई नै कुरी राखेको थिए । गोठमा बाँधीराखेका गाईका बाच्छा बाच्छीहरुलाई घाँस हाल्दै हातमा नाम्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कुन प्रेम ?

~पुरुशोत्तम भण्डारी~ एक जमानामा मलाई मालभोग केरा नभई नहुने ! जहाँसुकै बाट पनि मालभोग केरा ल्याउनै पर्ने ! मेरी आफ्नै हजुरआमाले मलाई सिकाए अनुसार , मालभोग केरा र गाईको दुध खान पाए जिन्दगिभरि पेट सम्बन्धि रोग लाग्दैन ! त्यसैले म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : त्यसै आज नाँसिदैछ तिम्रो नगरी

~निराजन प्रभात लुइटेल~ त्यसै आज नाँसिदैछ तिम्रो नगरी ! भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !! बलत्कार हत्या हिंसा जाबो खेल नै ! त्यसैले त माँसिदैछ तिम्रो नगरी!!

Posted in गजल | Tagged | Leave a comment

गजल : केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु

~शिव प्रकाश~ केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु जिन्दगीको जोडघटाउमा, थोरै कमाएँछु बेहिसाब चल्यो जिन्दगी, हिसाब गरिन हिसाब गर्दा घाटा, मैले धेरै कमाएँछु

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रजातन्त्र

~अनन्तगोपाल रिसाल~ बाटै बन्द भयो छ दूर घर त्यो, पैरो गयो भीरमा पानी बन्द भयो, हिमाल मूल छन्, आली फुट्यो तीरमा १ बुद्धु भै जन संठले धन लूटे, त्यै बुद्धको देशमा रुमौका रे, अब मिल्छ हैरु भनी पसे, भागेर बेदेशमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बौलाहा मास्टर

~राजु स्याङ्तान~ “माफ गर्नुहोला सर, स्कुलमा तपाईको गतिबिधिका कारण तपाईलाई स्कुलबाट निकाल्न हामी बाध्य भयौं,” अफिस पस्नै लाग्ने बेला स्कुलका प्रधानाध्यापकले उसलाई ढोका मै रोकी बिदाइ पत्र पो थमाई दियो । उ केही नबोली फनक्क फर्केर स्कुलको प्राङगन बाट लुरुलुरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजधानी सडक

~रमेश गिरी ‘आशा’~ ‘पिर्के तँलाई भोक लाग्या छैन ?’ पिर्केले टाउको हल्लायो । उसलाई भोक लागेको थियो । हर्केले भन्यो– ‘हेर पिर्के, भा’ पैसा सिद्धिगो आजलाई यस्तै दुःख सुख बिताउँ, भोलि त्यो दाह्रीवाला ड्राइभरलाई भनेर खलासी तीर जानुपर्छ बुझिस् ।’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँधेरीे रातको एउटा कथा

~मातृका पोखरेल~ दसैंमा काठमाडौंबाट बाहिरिनेहरूको ताँती सँगसँगै म पनि कटारी पुगेको थिएँ त्यसबेला । कटारीसम्म बस पुगेको पनि त्यसै वर्षदेखि हो । त्यो भन्दा पहिले पूर्व पश्चिम राजमार्गको मिर्चैयामा ओर्लेर हामी हिँडेर कटारी पुग्थ्यौँ । कटारीबाट हिडेर मेरो गाउँसम्म पुग्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment