Tag Archives: nepali sahitya

गजल : सबै खेल हारेको छु

~शोभा पोखरेल~ कुन खेलको कुरा गरौं, सबै खेल हारेको छु! भित्र-भित्रै आफुलाई सयौं पल्ट मारेको छु !! एस्तै भयो जिन्दगीको परिभाषा नजानेर ! आफुलाई दिन दिनै टुक्रा टुक्रा पारेको छु !!

Posted in गजल | Tagged | Leave a comment

कथा : पासपोर्ट

~कल्पना बान्तवा~ ‘एकमुठी तातो टिपेर सत्संगमा जाउँ भनेको! घाम कदमको टुप्पोमा आइसक्दा पनि चुलो चिसै छ। म बूढी धेर भएकी छु। निद्रा पनि कति लाग्न सकेको? खायो सुत्यो, माना पचायो।’ सासूको चर्को स्वरले ओछ्यानमा असरल्ल गौरीको अवस्थामा करेन्ट लायो। अघि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नियती

~गीता थापा ‘दोषी’~ साउन भित्रिएको खुशियालीमा गमक्क परेका छन् आजभोलि बगैँचाका बाह्रमासे फूल बिहानको भुकभुके उज्यालो … धर्तीमा नओर्लिदै तिनले पुगिसक्नु पर्छ भगवान शिवको चरणमा लीन हुन हरियो पहिरनमा सिँगाररिँएर बिहानको मन्द मन्द हावाको झोका बटुल्दै जव युवती पूजाको सामाग्री … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रगतका कणहरुसित

~मदन उत्साही~ जुुलुुस हो यो एउटा संवेद्य–अनुुरोधका लागि प्रश्नै प्रश्नका झण्डाहरु बोकी तपाईंका आँखाहरु सामुु प्रदर्शनमा उत्रिएको हामी परिवर्तनवादी मानव हितैषी अक्षरहरुको……! यो शदीका यो विश्वभरिका हे प्रत्येक मानव महोदयहरु ! कृपया,गहिरिएर हेरौँन आफैँभित्रको एउटा उदाहरण सुूक्ष्मदर्शक यन्त्रबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू अनि खग्रास सन्नाटा

~गोपी कृष्ण प्रसाई~ मृत्यू छ र त जीवन यहाँ सन्त्रासमा छ भयले कोरेका कम्पास रेखाहरु गुरुत्वाकर्षण भन्दा बेग्लै कुद्छन सुखद अनुभूति संगाल्न भूगोल भरि यात्रामा निक्लेकाहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : एक टुक्रा माया

~मिङ लिवाङ~ निस्सासिएर मस्त निद्राबाट मालती ह्वात्त ब्युँझिई। पसीनाले उसको शरीर लुथ्रुक्क भिजेको थियो। आफूले लगाएको टिशर्टको बाहुलाले अनुहारका पसीना पुछेपछि हत्केलाले तरऽऽऽऽ चुहुदै गरेको घाँटीको पसीना पुछी। प्रायः सातवर्षपछि यसरी अँध्यारो कोठामा ऊ एक्लै सुतिरहेकी थिई। त्यसैले होला अँध्यारोमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मुखियाको दृष्टि

~सुकुम शर्मा~ ‘उहाँ समद्रष्टा हुनुहुन्छ । उहाँको स्पष्ट लेखनले युवा पुस्तामा चर्चा पाएको छ ।’ उनीसित परिचय गराउँदै टीकाप्रसादले भनेका थिए । त्यसपछि मैले उनको लेखनविधामा जिज्ञासा राखेको थिएँ । उनले मेरो जिज्ञासाको उत्तर दिंदै भनेका थिए– ‘गीत, गजल, कविता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिम्रै तस्बिर

~योगेन्द्र गिरी ‘संघर्ष’~ तिम्रै तस्बिर सधै सधै हेरिरहे तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे सधै तिमी म बाट टाडा गयौ किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : विचारको ढाड

~शकुन्तला जोशी~ त्यसपछि मलाई कहिल्यै मन परेनन् विचारलाई नुहाएर सुलिसजस्तो दोब्रिने मान्छेहरू ती जो छन् आफैंलाई मिसाएर पानीमा नदीजस्तै बगिरहेका मान्छेहरू ती जो छन् आफैंलाई मुछेर पसिनामा माटोजस्तै बाँचिरहेका मान्छेहरू जब हाँस्छन् निष्पि्कक्री उज्यालो छरेर अनुहारभरी

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी

~मदन दुलाल~ एकलब्यको औँठा झैँ काटीयो जिन्दगी सुरा सुन्दरीको मोहमा जाकीयो जिन्दगी ।।१ जिर्ण मानसिकताले सँधै उचाल्यो पछार्यो ठर्रा सोमरसको स्वादमा तातीयो जिन्दगी।।२

Posted in गजल | Tagged | Leave a comment

गजल : नबिर्सिने सङ्लो नाता

~इन्दिरा प्रयास~ नबिर्सिने सङ्लो नाता,जोडनु थियो उनिसँग नतर्सिने जीवनयात्रा,मोड्नु थियो उनिसँग जुनि जुनि एकै हुने,जिन्दगीको उकालीमा, पीर ब्यथाको ति पहरा,फोड्नु,थियो उनिसँग

Posted in गजल | Tagged | Leave a comment

गजल : जाऊ भन्छे

~आशांक उपाध्याय~ पलाँस फूल हाँस्दै टिपेर जाऊ भन्छे | गुलाब मच्ची मच्ची म संगै आऊ भन्छे || चमेली ठुस्स पर्दै गम्किन्छे मग्ग मग्ग | गुराँस मख्ख पर्दै मेरै पो नाउँ भन्छे ||

Posted in कविता | Tagged | Leave a comment

गजल : लेखे जिन्दगीलाई

~डिल्लीप्रसाद खरेल~ मुटुका यि पाना भरि लेखे जिन्दगीलाई, हरेक प्रहर सपनिमा देखे जिन्दगीलाई| घाऊ थियो छाती भरि मनमा उस्तै पिडा, जन तन समालेर राखे जिन्दगीलाई|

Posted in गजल | Tagged | Leave a comment

कथा : छोरो पत्रकार भए पछि

~भवसागर घिमिरे~ बा दङ्ग परे । लामो समय पछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरो सम्म डोर्याए । नयाँ कटेरो । भकारोको स्वरूप फेरिएछ । गाई ब्याएछ । साँदै पिच्छे मान चार दुहुनु छ । सानो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विश्वजनीन यात्रा, मान्छेको

~अमित रिजाल~ एउटा अनादी (भ्रमपुर्ण) अन्त्यक्रममा पाषाण हुदैं गएको सम्वेदना सहरका वस्तीहरुमा अनौपचारीक-अनौपचारीक सम्वन्धहरु, दशाब्दीयौं अघिदेखी भियतनाम, नागाशाकी वा च्याम्बर हाउसहरुमा हार्दै आएको उचाई बोकेर कुनै फोहोरी रोगले ग्रस्त शरिरमा जाबो प्राण छ खङ्ग्रङ्ग मान्छेको ।

Posted in कविता | Tagged | Leave a comment

गजल : पूर्णिमाको बात गर

~सुमन घिमिरे~ औसी रातको के, पूर्णिमाको बात गर छुट्टिदाको के , सगै हुँदाको बात गर आखा जुधाई लजाएर, निहुरिएको के कुरा अगालोमा बाधिएर, छुदाको बात गर

Posted in गजल | Tagged | Leave a comment

कविता : के बताउँ तिमीलाई ?

~प्रेम ओली~ ईमेलमा सोध्ने साथी के बताउँ तिमीलाई मेरो के हाल छ देशको के ताल छ कहाँबाट शुरु गरुँ ? देशको के हाल छ देशबासीको बेहाल छ तर के गर्ने साथी यहाँ देश चलाउने मालामाल छ यहि त झन् कमाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनकेशरी

~समाश्री राउत~ गुनकेशरी कुमारी आशाका पुन्तुरो हृदयमै थाँती राखी आँखाभरी बिस्कुन फैलाउँदा अतिक्रमित हुन्छन् समय बडो निर्दयी छ चुपचाप टेक्ने पाईलाले फुलहरुलाई बक्सँदैन रहरका फोकाहरुलाई बिना संकोच फोडेर बेसरम समय निर्लज्जताका साथ हाँस्छ

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : जन्माष्टमी मेला

~चन्द्र कुवँर ‘चन्द्रमा’~ भदवका कृष्ण पक्ष , जन्माष्टमी मेला । प्रभा राम्रा दयगडा , सबै हुन्ना भेला । । डोलजात्रा कन्हैयालाल को , जयकार को नारा । उमङ्गी उत्साही हुन्ना , अछाम वासी सारा । ।

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : ​माटोको सुगन्ध

~नवल अधिकारी~ म आमाले मान्ने भगवानलाई भगवान मान्नै सक्दिन, जसको परार साल कलशमा फूल चडाएर पँहेलो धान झुलेका फाँटहरु हुँदै परदेश लागेको एक सन्तान बेखबर छ र पनि भगवान ढोग्न छोडिनन। म बाबा जस्तै अटल देशभक्त सिपाही हुन सकिन

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखाको आँसु पुछ आमा

~इश्वर मानन्धर~ तिम्रो आँखामा यो आँसु कस्तो आमा हर्षया विस्मातको ? स्नेह, उदगारको या अतृप्त आकाँक्षाको असहाय वेदना पिडाको या भित्र दबि राखेको कुण्ठित भावनाको आँखाको आँसु पुछ आमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : राईझुमा तिमी गाउँ फर्क

~सुन्दर शिरीष~ राईझुमा, आदिम इतिहास बोकेर उर्लिरहेको म कर्णाली ! मुटुभरी फुलेको मायाको मखमली रंग सङ्गालेर मटेरा छुँदै उडेको बादलको सेतो थुँगामा स्मृतिका अनगिन्ती छालहरु उन्दै तिमीलाई पत्र कोरिरहेको छु। घण्टाघरको छायाँमा लुकेको सहरमा अस्तित्वको तिलाञ्जली दिँदै सपना बेचिरहेकी राईझुमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अझै

~कृष्ण प्र. पाण्डे~ म उसको शहरको हुँ निवासी अझै आउँछ रे ! लीइ चिट्ठी त्यो हुलाकी अझै ति आँखामा मैले पढें अनुराग मात्र म जान्दिन त्यो भन्दा क्यै छु किताबी अझै

Posted in गजल | Tagged | Leave a comment

कविता : दर्शन मझेराको

~नवीन लामा `सुरेश`~ सौम्य वातावरणमा गमक्क परेको वायुमण्डल शिशिरको प्रतिक्षामा ओइलाएको क्याक्टस बसन्तको बहारमा पात झरेको रुखहरु आफ्नै अधिनमा खुशहाल थिए !! आफु आफैलाई भाग्यमानी ठान्दैछु म मेरो आगमनमा खुशीले गदगद हुँदै त्यो वायुमण्डल! त्यो क्याक्टस! अनी ति पात झरेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चन्द्रमाको ताज

~कृष्ण वस्ती~ शिरमाथि लगाएर चन्द्रमाको ताज । हेरिरहुँ जस्तो लाग्यो आफ्नै मुहार आज ।। गाजलुको घुम्टो खोली उनले मलाई हेर्दा । आफैंसँग लाग्यो मलाई पैलोपल्ट लाज ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : तर्छन् किन मान्छे यहाँ

~केशब शर्मा~ काँध माथि चढि जंघार, तर्छन् किन मान्छे यहाँ रात पर्दा उसकै चीर, हर्छन् किन मान्छे यहाँ | सबैलाई आफ्नै ठानी जब सर्छु नजिकै म नचिने झै गरी पर, सर्छन् किन मान्छे यहाँ |

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : एउटै किनारमा बिर्जु

~रमण घिमिरे~ जतिखेर शङ्कर लामिछाने ‘मृत्युको गीत वाल्जको धुन’ मा लेखिरहेका थिए। सायद म त्यस बखत बिर्जुको मादलको तालमा नाचिरहेको हुँदो हुँ। नाङ्लो जत्रो रक्तिम सूर्य तराईको अनन्त फाँट हिँडेर गोधूलिको क्षितिजपारिबाट बाईबाई गर्दागर्दै म कुनै डगरमा बिर्जुलाई पछ्याउँदै घर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : शहर

~उमेश लुइटेल~ ओ ! शहर निरन्तर दुखाउँदै आफूलाई स्खलित भावनाहरुको परेड सहँदै कतिलाई अँटाउँछस आफ्नो छातिमा ? थाह छैन किन मेरा गाउँका मान्छेहरु सागर भेट्न उत्तालिने नदीको तन्मयता बोकेर तेरो एक चोइटो जमिनको खरिदमा लालायित हुन्छन् |

Posted in कविता | Tagged | Leave a comment

कविता : भो अब म, प्रेमको कविता लेख्दिन

~मनु लोहोरुङ राई~ भो अब म, प्रेमको कविता लेख्दिन आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ | भो अब म, कुनै खुशीको गित गाउदिन

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : एक्काइसको बिहानीको वार्तालाप

~सलेम सुलेरी~ अनुवाद : कुमुद अधिकारी तरुणीः मेघ चिन्छौ ? तरुणः अहँ । तरणीः किन ? तरुणः सबै किन’को जवाफ हुन्न ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : रक्सी छुनुअघि

~सीमा आभास~ ‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरीयसी’ भन्दै मैले टेक्ने भूमिलाई दिनहुँ प्रणाम गर्छु म आध्यात्मिक रक्स्याहा हरेक बिहान रक्सीले मुख धोएर सूर्यस्नान गर्छु रक्सीकै जल चढाएर ‘ॐ सूर्यायः नमः’ भन्छु । बैरागी काइँला ! तिमी कविताका हरफ–हरफमा मातेझैँ मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘कल’ गरिनौ

~बादल सुरेश~ कसैले बोनस बाँडे कतै ‘फ्रिकल’ थियो, यत्रो विपत्ति आएर गयो तैपनि तिम्ले मलाई चासो गरिनौ एकचोटि पनि ‘कल’ गरिनौ। कहिँ कतै पुरिएँ कि कहिँ कतै थिचिएँ कि घर ढलेर बेघर भएँ कि मन जलेरै पो सकिएँ कि खै … Continue reading

Posted in कविता | Tagged | Leave a comment