Tag Archives: nepali sahitya

बाल कथा : बत्तीको कथा

~बिजय चालिसे~ ”ल हेर यिनीहरूत बत्ती समेत नबालेर अँध्यारैमा पो खेलिरहेका रहेछन् ! स्कुलको पाठ सक्यौ कि सकेनौ नि, इशान ?” हजुरबाले कोठामा विजुली बत्ती बाल्दै भन्नु भयो । इशान सानी बहिनी इषितासँग कोठामा खेल्दै थियो । इषिता सानै भएकीले … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : जानुअघि

~विप्लप प्रतीक~ सधैं मुस्कुराइरहने त्यो मानिससँग असंख्य पीर छन्, तर, रमाइलो कुरा पीरहरु उसका आफ्नै खातिर सञ्चित होइनन्, जसका निम्ति ऊ पीर लिन्छ तिनीहरु नै अन्जान छन् ऊ यति डुबेको छ पीरको पोखरीमा भनेर,

Posted in कविता | Tagged | Leave a comment

गजल : आगनीमा

~आयुष चौधरी ‘सम्मोहन’~ रातभरी सितको थोपा खस्यो आगनीमा आज फेरी ब्यूझ्यो अतित डस्यो आगनीमा थाहै पाईन त्यतिबेला केही पनि बेहोसीमा कति खेर तिम्रो तस्विर बस्यो आगनीमा

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘सैपालको आँगन’मा शालीन विद्रोह

~महेश पौड्याल~ मानवको पीडालाई कसरी निवारण वा उन्मूलन गर्न सकिन्छ भन्ने प्रश्न मानव सभ्यताको लामो इतिहासभरि नै अहं रही नै रह्यो । पीडाबाट मुक्तिका लागि बुद्धले दिव्य अष्टाङ्गिक मार्ग देखे भने ग्रीसेली दार्शनिक सन्त ददामी र उनका अनुयायी स्टोइक्सहरूले जति … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : पाठकको हत्या

~भूपिन ब्याकुल~ यस युगको महान् कवि पाठकको हत्या गर्छ तर कुनै शोकगीत गाउँदैन शब्दको मन्दिरमा बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ झुठा मिथहरुको टुँडाल सजाउँछ थुनिराख्छ कवि निकाल्नै चाहन्नँ मन्दिरबाहिर शब्दका नयाँ इश्वरहरुलाई !

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : ब्रेकइभनदेखि बेनफिट

~राजन गोदार~ उत्तेजनाको आयु लामो हुँदैन । त्यही उत्तेजना बाँचेर हामी बूढो भयौँ । ताली र गाली गर्दा जोशमा होश गायब हुने रोगले हामीलाई थला पारेको छ । धैर्य–अधैर्यको भूमिका उल्टो निभाएर बाँच्यो मेरो पुर्खा र त्यसकै सिको गरेँ । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

छोक : उज्यालोको खोजी

~धनबहादुर मगर~ उज्यालोको खोजीमा बत्तीमा डरेर कति मरे विचरा पुतलीहरु आफ्नो जोवन अरुलाई देखाउन खोज्दा उमेरसंगै कति चुड़िए फूलहरु

Posted in कविता | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : पृथ्वी ,राष्ट्रियता र मानिस

~उमापति भुसाल~ प्रमुख पात्रहरू:- नारद, फूलसरा र हिमलाल तथा सहायक पात्रहरु: चार छोरीहरू भाग-एक चार सन्तान पछि जन्मेको हिमलाल नारद र फूलसराको पाचौं सन्तान हो । पाचौं सन्तान जन्माउँदा पनि फूलसरालाई दुख र पीडा भन्दापनि निकै ठुलो उत्साह थियो किनकि … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : अब अति भयो।

~राम प्रसाद पोखरेल~ अति गली ओछ्यानमा ढली लामो निद्रा कति पर्यो पहिलो प्रहर न बिती सारा संसार हल्ला चल्यो आयो आयो अब आयो स्वतन्त्रता अब फेरी जाग्यो । सबैले बोले मनका भाखा चरैतिर नयां लहर नेपालभरी गल्ली गल्ली प्रजातन्त्रको सबलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~डा.बिनोद मणि बराल~ (१) अतीत भई बिलाई जाँदा स्मरण केवल मनमा रहने उतार चडाव हाँसो र रोदन अनि बत्ती बलेपछि निभ्नै पर्ने । (२) अँधेरी रात प्रभातको मुहान

Posted in कविता | Tagged | Leave a comment

कविता : म, तोल्स्तोई ज्युँदो झार भएर बोल्दैछुु आज !

~मधु माधुर्य~ स्वच्छ, स्वच्छन्द यो मैदान ! जहाँ बाल्यपन, ठीटोपन र युवापन का अनुभूति बटुल्दै जीवन ” धावा बोेलीरहेछ ” कथाका आगाहरु ” सेभास्तोपोल ” बलिरहेछ निर्लज्ज दिवास्वप्न बोकेको नेपोलियनको आक्रमणको पृष्ठभूमिमा ” इभान इलिच ” को मृत्यु भन्दा पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : हाइकु लेखन र हाइकुमा इरान राई: सानो चर्चा

~मिश्र वैजयन्ती~ नेपाली साहित्यमा हाइकु बिस्तारै रुप र शैलीको विस्तारित रुप प्राप्त गर्दै आएको विधा हो । नेपाली साहित्यमा लघु आकारको कविताको रुपमा विकसित हुँदै आएको हाइकु चिनियाँ पृष्ठभूमिमा चित्रको बीजभूमि प्राप्त गरी जापानमा पुगेर शब्द, भाव र विचारको आक्षरिक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : खोतल्छ स्वप्न सनाखत

~शशी लुमुम्बू~ त्यस्तरी घुरेर रातो आँखाले किन हेरिरहेको होला घाइते बाघलेझैं देशले, लखेट्छ ग्रहण आएर एकाबिहानै गाउँबाट जुध्नै आउँछ बाटो छेकेर अधम् समय पनि, ह्यारुकुलो हल्लाउँदै साँढेजस्तो सिंगौरी खेल्छ बेश्याप्रेम

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : निर्झरणी

~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. सुदूरको स्वर निर्झरणीको घन्क्यो वनको पल्तिरबाट । बग्दछ शान्त र सुमधुर हावा नभको मधुरो मिर्मिरबाट ।। मात्र वायुको गुम्बज सेतो, मात्र स्निग्ध सपना धरतीको …

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : तिम्रो दीयो बल्न थाल्यो

~गोपीकृष्ण काफ्ले~ मेरो मन मन्दिरमा तिम्रो दीयो बल्न थाल्यो हाम्रो भेट हुनै नपाई बैरीको मन जल्न थाल्यो म छू वारी तिमी पारी तर्ने पुल छैन कुरा काटे दुनियाले तिम्रो भूल छैन मिलनको पर्खाईमा पुरै दिन ढलन थाल्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ६ जना उपप्रधान मन्त्री

~राकेश कार्की~ आए उभिए माला लगाए एक दुई तिन गर्दै गन्ति लौ हेर बथान ६, ६ जना लस्करै उपप्रधान मन्त्री के अब होला ६ गुना विकास?

Posted in कविता | Tagged | Leave a comment

गजल : आफन्तमै घात हुँदा

~पार्वती पहारी ‘तुफान’~ पहिलो चोटि दु:खी पारु आफन्तमै घात हुँदा दोस्रो चोटि दु:खी पारु मध्यान्ह मै रात हुँदा साथी संगी स्वार्थी भेटी जीवन जगत भिन्न भेटी तेस्रो चोटि दु:खी पारु कसम झुट्टा बात हुँदा

Posted in गजल | Tagged | Leave a comment

गीत : झर्छ कि जिन्दगी

~तीर्थ श्रेष्ठ~ सम्हालेर नराखे आफ्नै आँखाबाट झर्छ कि जिन्दगी आफन्तलाई नै नचिनेर दोबाटोमा पर्छ कि जिन्दगी फूलको जस्तो पत्र-पत्र जिन्दगीको धेरै ब्यथा भन्छन् सुख दु:ख घाम-छायाँ यो जिन्दगानीको कथा भन्छन् आँफैले नथामेर अन्त कतै आँफै बाट सर्छ कि जिन्दगी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : राउटेको बिहे

~रामकृष्ण आचार्य~ शनिबारको दिन विद्यालय बन्द हुने हुनाले मेरा साहिँला काका सदानन्द आचार्य र म चगत्रा बजारको चौतारीमा बसिरहेका थियौं । मानिस बजारमा ओहोरदोहोर गरिरहेका थिए। बाटो हिँड्ने बटुवाहरू चौतारीमा थकाइ मेट्दै आफ्नो बाटो लाग्दै थिए। भरियाहरू चौतारीमा भारी बिसाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : म्याटिनी सो

~बुद्धिसागर~ रिले दौडको अन्तिम खेलाडीझैँ बेस्मारी दगुरेर रात टीकापुर आइसकेको थियो । घरघरमा बत्ती बलिसकेका थिए । अँध्यारो देख्नेबित्तिकै मेरो सातो गयो । दर्शकहरू फिलिम हल देब्रेतिर बनेको ट्वाइलेटतिर दगुरिरहेका थिए । मानिसको पिसाब फिलिम हलको देब्रेतिरबाट सहर पसिरहेको थियो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : वाह अमेरिकन ढाक्रे…

~गुणराज लुइटेल~ अमेरिका न हो, रातमै पनि गगल्स लगाइ हाल्छ, ड्राइभिङ्ग गर्नु छ भन्दाभन्दै आधी बोतल त चलाइ हाल्छ । ठाउंले न गर्यो, हल्का फेसियल त परिहाल्छ आंखी भौं नमिलाएको त के मान्छे केटा पनि ब्युटी पार्लर छिरिहाल्छ । ठूलै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सपनाका नेगेटिभहरु

~रमेश भट्टराई~ ‘कसैले देख्या छ सपनाका नेगेटिभहरु धुलाउने ठाम? नेगेटिभमै थन्केलान् जस्तो भो !!’ मनमा फ्याट्ट कुरो खेल्यो। फेसबुक खोलिराख्या थिएँ, लेखिदिएँ। सामाजिक सञ्चाल मनको बह पोख्ने, सुख–दुःख भन्ने ठाउँ भएको छ। प्रतिक्रिया आउन थालिहाल्यो। प्रतिक्रियामा प्रतिक्रिया जनाएँ। भर्चुअल समाजमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसरूम पिज्जा

~गरिमा लुइँटेल~ मनको चिहानमा कति भेटिन्छन् यादका कङ्कालहरू। जलेको मनसँग कहिले जल्न नसकेका ढुसी परेका अनि माकुराले जालो बुनेका सपना र रहरहरूको अस्तु मनभरी सँगालेर बाँच्दै छिन् सविता। कहाँबाट सुरु गरुँ म उनको कहानी, त्यो कहानी जसको आरम्भमै अन्त्य थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : अझै सम्झना छ ।

~आभास~ बाबु, मलाई बिर्सिस् कि कसो ? अमाहरुको एउटा प्रश्न……. बिर्सेर पनि बिर्सि नसक्नु रहेछ आमा ! त्यो क्षण जब मेरो मस्तिष्कमा चिन्ताको बीउ पनि थिएन जब पाइलाले माटो छामेकै थिएनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : संबाद

~हरिप्रसाद काफ्ले “शैब”~ मैले धेरै पटक भनिसकें कति पटक लेखेरै दिइसकें बारम्बार समझाई – बुझाईरहें छोरी भएर आमासंग बिबाद नगर जे हुनु भैसक्यो, शायद जे हुनुथियो त्यही भयो अब धेरै बिबाद होइन सामान्य संबाद गर सुन्ने क्षमता नै घटिसक्यो बरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नो घाऊ बल्झेको थाहै भएन !

~अनु शाह~ उनको चोटमा मल्हम लाउन ब्यस्त म आफ्नो घाऊ बल्झेको थाहै भएन। खुड्किलो बनेर उन्को उचाइ बढाँये। आफु भनी भास्सिएको थाहै भएन।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमदिवस, मैना सुनार र रातो धर्ती

~राम प्रसाद प्रसाईं~ भैँसी चढेर ठुला भएकाहरुले भैँसीमा महिषासुरैमात्र देखिरहेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो कलम दिन मन लागेको छ मलाई लोभ लालच बोकाएर निम्तोमाथि निम्तो थोपर्ने काठ्माण्डौले जवानी र जुझारूपना चुसेर खोस्टा जिन्दगी गामबस्ती फिर्ता गरेसि यसपालिको प्रेमदिवसमा मैना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन दुख्ने देश छातीमा ?

~संजीवन महर्जन~ के देश घाउ हो ? के देश पीडा हो ? होइन भने, किन दुख्ने देश छातीमा ? देश त मुस्कुराउनु पर्छ रुमानी सपना जस्तै अबोध बालकको खुसी जस्तै तन्नेरी आँखाले साँचेको सुदूर भविष्य जस्तै आल्हादित मनले बाँचेको आकाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तस्वीर वरीपरी

~बिबश बिप्र~ अन्जानमै काटिएछ जिन्दगीका अँध्यारा पाटाहरु । श्रीमान दा भिन्चीको मोनालिसाको अद्भुत मुस्कानले भन्दा तिम्रो तस्वीरको उज्यालोपनले सारा उपग्रहहरु – झिलिमिली छन् |

Posted in कविता | Tagged | Leave a comment

कविता : उ काठमान्डौमा भीख माग्छ !

~दिल निशानी मगर~ त्यो, रकेट लन्चर र, हाम्रो, राजधानी-रोल्पा कम्मर मा, अल्बर्ट आइन्स्टाइन बोकेर हामीलेे, छाती मा ‘माइन’ बीच्छायौ अनी, धराप बनेर, उभीयौ राजमार्ग मा हत्केला मा,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~सुमन श्रेष्ठ~ मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ खसेको छु तल तल आफ्नै मनको भिरैभिर सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर । कति मनका घाउहरु समयले छोपिदिन्छ

Posted in कविता | Tagged | Leave a comment

शङ्कर गिरीका ४ हाइकुहरु

~शङ्कर गिरी~ आफ्नै रडाको कुम्लो बोकी ठिमी भो साझा सवाल । तुषारापात हजारौं सपनामा तिमी चिप्लिँदा ।

Posted in हाइकु | Tagged | Leave a comment