Tag Archives: nepali sahitya

सत्य कथा : म पापी बन्न चाहन्छु

~मीरा मन थापा~ म गरिब हुँ भनेर मेरो कर्तब्यनिस्ट बा को स्वाभिमानमा लात हान्न चाहन्न ,मेरा बा ले २२ ठाउँ टालेको बाहिरैबाट अस्थिपन्जर छर्लंगै देखिने पोलिस्टरको शर्टमा कयौँ हिउँद बर्खा पछाडी हुत्याउदै आएका थिए । तर मलाई नयाँनाना र मिठोपापा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आज यहाँ के हाल भयो

~विश्व गुरुङ~ के हाल भयो के हाल भयो आज यहाँ के हाल भयो । सानो सुन्दर घर मेरो चर्किएर बेहाल भयो ।। कुन्नि कसको आँखा लाग्यो कुन्नि कसको श्राप पर्‍यो । हराभरा बगैंचा यो मरुभूमी बन्दै गयो ।। बिगार्ने र … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लेखक

~रेवती राज खड्का~ कलमले घोटेर चलाएको जिन्दगी मसी जस्तो घिसारी यँहासम्म आउँदा सेतो कागज युद्दभुमी लाग्छ कुनै भिक्टोरिया क्रशको लोभमा होइन आफुलाई आफै लडाकु झैं लाग्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : भरिभरी

~डा सुरेश ज्योतिपुञ्ज~ सिरमा लाग्दा कालो बादल छाना भरिभरी। देशको कथा लेख्ने को छ पाना भरिभरी। पराइकै भरमा खाने ठुलै दाउ रे हजुरको, पाउनु भो पोल्टामा कति दाना भरिभरि। सुनकै थाली हजुर महलमा बस्नेलाई, छैन कसैलाई एक पट खाना भरिभरी।

Posted in गजल | Tagged | Leave a comment

गीत : स्याउ रातो…

~महेश बर्तमान रानामगर~ स्याउ त रातो शेर्पोनी कान्छी मै टिपी दिउँला मन पर्‍यो भने सोलुको ठिटो सिकक किन्दिउँला शेर्पेनी कान्छी मुसुक्क हाँसिन मै भए दंगदास मै बोल्न खोजे उनि लजाईन झन भए बेहोस आङ्गी, ढङ्डिल, मटिल, सेमुङ, काँचाले पहिराउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लालुपाते फूल

~राज थापा~ दुख्ख बिरह थियो लालुपाते फूल गोर्खाली लडाइ देखेको थियो लालुपाते फूल सँझनामा फुलीदिने तिम्रो त्यो रूप बिर सहिदको रगत थियो लालुपाते फूल केही बिबशता थियो पूर्खाहरूको बिजयको प्रतिक थियो लालुपाते फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमा मलाई माफ गर

~प्रतिमा केसी~ देश दुखिरहेछ म रोइरहेछु देश रोइरहेछ म दुखिरहेछु मेरो मातृभूमी चिरा चिरा भएर फाटेको छ म भित्र भित्र भक्कानीइ रहेछु परदेशी भूमिमा मुटु थिचेर, आँसु बगाएर मेरो देशको विपत्ति हेरिरहेछु हे नेपाल आमा !

Posted in कविता | Tagged | Leave a comment

कथा : नबुझिएको सम्बन्ध

~सुबिन भट्टराई~ बेलुकी साढे चार बजेको थियो। म कीर्तिपुरको टियू परिसरमा एउटी अञ्जान तर परिचयोन्मुख/अर्धपरिचित स्त्रीलाई भेट्न गइरहेको थिएँ। समाजमा आजकाल सम्बन्धहरू भर्चुअलबाट रियल हुने क्रममा तीव्र जो छ! ऊ आफ्ना भोगाइहरू मसम्म सम्प्रेषण गराउन चाहन्थी। ऊ मद्वारा आश्वासित भई। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा परिचय : राम थापाका लोकप्रिय गीतहरु

~टीका भण्डारी~ # ऋतुहरुमा तिमी हरियाली बशन्त हौ (अरुण थापा – बिबिसि सर्वेमा सातौं स्थानमा परेको गीत ) # चुमेर किन छोड्यौ हातहरु (सुनिता सुब्बा ), # आँशु जस्तो हो (भक्तराज आचार्य ) # लेकाली हे हे चोयाको डोको (लोक … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

गजल : जलाउन चाहेन

~कपिल अञ्जान~ आगोले छानो जलाउन चाहेन हुरीले पनि घर उडाउन चाहेन किन पुरा जिन्दगी ध्यानमै बितायो महात्माले रहस्य बताउन चाहने

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यारो जन्म भूमी

~ओनिक अज्ञात~ स्वर्ग भन्दा पनि सुन्दर प्यारो जन्म भूमी, जहाँ गए नि धडकनमा, प्यारो जन्म भूमी, आफ्नै नै ठान्ने पाउँन कठिन छ बिदेशमा, मुटु भित्रको माया दिने, प्यारो जन्म भूमी,

Posted in गजल | Tagged | Leave a comment

कविता : भग्वान..कहां थियौ तिमी?

~बिपिन खनाल~ हरेक कुना हर कणमा उनी छन् रे हरेक मनमा उनलाई पाउन कुनै मन्दिर धाउनु पर्दैन रे कुनै बौद्धस्तुपामा केश मुन्डन गरेर घुम्नुपर्दैन रे न कुनै चर्चमा मैनबत्ती बाल्नु पर्छ न त कुनै मक्कामा घुंडा टेकेर शिर निहुराउनुपर्छ रे … Continue reading

Posted in कविता | Tagged | 1 Comment

गजल : मरेको देशी………….!

~स्वामी सुभाष चन्द्र~ अाफ्नै अामाको अाज बलत्कार हुदैछ यहाँ नेपालीबाटै नेपाली बहिस्कार हुदैछ यहाँ । कस्तो अचम्मको कहानी सुन्दैमा लाज छ मदेशबाट पहाडी तिरस्कार हुदैछ यहाँ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मुखौटो भित्र लुण्डुप अवतारहरु

~भुपेन्द्र वीर विक्रम लामा~ त्यो दिन सन १९७५ मे महिनाको १६ तारीख विश्वमान चित्रबाट एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र सदाको लागि विलिन गराएर राष्ट्रघाती लुण्डुप दोर्जेहरु पराई देशको दोस्रो दर्जाको नागरिक बनेको दिन। त्यही दिन सिक्किमी जनताको सर्वोच्चताको नाममा

Posted in कविता | Tagged | Leave a comment

कविता : देश दुखेको बेला

~मदन दुलाल~ बेमौसमी बाजा बजेको बेला सिमाना हरपल टुटेको बेला भयो अब नजिस्काउ मेरो देश दु:खेको बेला।।१ मातृत्व र भातृत्व लुकेको बेला एकताको गाँठो फुकेको बेला भयो अब नसोध स्वाभिमानी शिर झुकेको बेला।।२

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : संघीयता

~डा रविन्द्र समीर~ टाउको नेपाल, एउटा हात कर्णाली तथा अर्को हात लिम्बुवान क्षेत्र, छाती एवम् पेट पहाड र खुट्टा तराई मधेस भएको सबलाङ्ग नेपालको जीवनमा आँधीबेहरी आयो । खुट्टा विना नेपाल कसरी उभिदोरहेछ, हामी पनि हेछौँ – दक्षिणबाट एक झोँका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : त्यो आँशु अनि म….

~टि. समीर लामा~ हुन त जीन्दगीमा ठुलो सफलताको कमै मात्र अनुभव छ अहिलेसम्म तर असफलताको पीडामा जलेर जिउनु न मर्नुको दोसाँधमा भने धेरै पटक पुगेको तीतो अनुभवको संगालो नै छ मसँग थुप्रै-थुप्रै…।कुनै बेलाको मेरा ती अवस्थाहरु अनि समय र परिस्थितिको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

रावल कृष्णका ५ हाइकुहरु

~रावल कृष्ण~ तिमी नहुँदा आफ्नै मुख बिरानो आज नधुँदा । माझ टारीमा धान काट्न नआऊ है मकैबारीमा ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : युद्ध सङ्ग्रहालय

~सीमा अाभास~ यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारा सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी। छोरो डोर्‍याँउदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा। यो दश वर्षसम्म लगातार ऊ समाचार बनी घाइते बनी

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : मान्छे त मर्ने भयो

~चूडा निर्भीक~ गाडी जल्दछ अाैषधी सहितको मान्छे त मर्ने भयो हामीले सहि मार्गमा त कहिले लाग्नै सकाैंला अहो

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : बचेखुचेका सभ्यताहरु

~डा मधु माधुर्य~ सुनसान वातावरणः न झ्याउंकिरीको आबाज, न चराचुरुंगीको चिरीबिरी,उजाड्प्रायः दृश्यः न हरियाली जंगल,न नदिनाला, खोला र झरनाहरु,शान्त परिवेशः मानौं यो धर्तीमा युद्दको खेतीपाती कहिल्यै भएन। त्यो बस्तिमा न त गगनचुम्बी घरहरु नै देखिन्थे, न त भीड बजार वा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : ओझेल परेका रतनगञ्जका कथा

~खगेन्द्र गिरि ‘कोपिला’~ उहिलेउहिले पूर्वीय वाङ्मयमा साहित्य भन्नाले पद्यलाई जनाउँथ्यो । लय हालेर पढिने छन्दमय पद्यात्मक पङ्तिरुपी कविता नै साहित्यको रुपमा परिचित भइरह्यो चीरकालदेखि यद्यपि लय हालेर गाइने लोकगीत, दोहोरी गीतलाई साहित्यको दर्जा कहिल्यै हासिल भएन । आख्यान विधा दन्त्यकथामा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : पन्ध्रौँ तलाको अपार्टमेन्ट

~नारायण वाग्ले~ राति त्यत्रो हल्लीखल्ली हुँदा पनि नबिउँझिने सानूसँग उनी आजित थिइन् । उनको खाटमुनि भुसको बोराझैं अचेत रहेरै उसले रात गुजार्‍यो । मानौं उनले आफ्नो स्लिपिङ ट्याब्लेट उसैलाई खुवाएर रेशमी च्यादर सपक्क ओढाइदिएकी होउन् । बिहानमात्रै आँखा खोलेर आङ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बालुवाको घर रै छ जीवन

~जयन्ती गौडेल~ बुझ्दै जाँदा बालुवाको घर रै छ जीवन चौतारीमा एक्लिएको बर रै छ जीवन कहिले भेट्ने कहिले छुट्ने सम्बन्धको बाटो यस्तै यस्तै नियती को भर रै छ जीवन

Posted in गजल | Tagged | Leave a comment

कविता : वर्षा

~सुरेन्द्र दवाडी~ यो सजलनयनी आकास अनि बर्षातका थोपाहरु मन्द हावाका बेगहरु संगै झर्छन पानीका तालमा हजारौ तरङ्गहरु निकाल्दै / ति सुन्दर तरङ्गहरु मेरा मनसम्म आइपुग्छ्न

Posted in कविता | Tagged | Leave a comment

कथा : मसिहा

~लेनिन बन्जाडे~ जमुनिया मर्‍यो ! चैतको हुरी झैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो । भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो । यो अनपेक्षित र मुटु चिर्ने खबर थियो । “दैवा रे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा यस्तो प्रेम कथा

~तुल कवर~ ‘दाजू राधा घरमा छैने?’ आवाज सुनेर यसो हेरेको माया आएकी रैछे। ‘छे-छे कोठामा होली, उतै जाउ’ मैले इशारा दिए। माया बहिनीकी साथी थिई, बेलाबेलामा हाम्रो घरमा आइरहन्थी। उनीहरूको पढ्ने स्कुल फरक थियो तर गाउँका उनीहरू राम्रै साथी थिए। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छैन नी

~आचार्य प्रभा~ शरीर आज,बिदेशी भयो,मन भाको,छैन नी देशको माया,बिर्सेर आज,कहिँ गाको,छैन नी । गुराँस फुल्ने,माटोको माया,कसले पो,बिर्सन्छ ? स्वदेशी प्रेम,भुलेर आज,टाढा धाको, छैन नी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : पुरानो कथाको नयाँ अध्याय

~बन्धुविक्रम क्षेत्री~ फेरि शुरु भएको छ एउटा पुरानो कथाको नयाँ अध्याय । एक्काइसौं शताब्दीको नयाँ लोकतन्त्रको पारिलो घाममा डठेका छन् जिउँदा मान्छेहरु शान्ति र स्वाधीनताको नयाँ परिभाषा जन्माइएको छ एकता र भाइचाराको नयाँ गीत लेखिएको छ । कक्षाकोठामा भूगोल पढाइरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कृत्रिमता

~विनोदविक्रम केसी~ सहरमा स्तनपान नगराउने होड छ बूढीऔँला चुसेर हुर्कंदै छन् शिशुहरू तिनका बाउहरूलाई तिनका आमाका झोल्लिएका स्तन मन पर्दैनन् लेजरले कोठी ताछेर चम्केका छन् अनुहारहरू सिलिकन भरिएका वक्ष भरिला छन् विज्ञापनहरू नयाँ जमानाका नयाँ ऋचा भट्ट्याइरहेका छन्ः “यो संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : वर्षा क्षेत्रीको चिट्ठी

~प्रभात बास्कोटा~ आमाले तँ स्कुल जाँदा दुई बाल्टिन जति पानी तान्देर जा है बाबु, लुगा धुनु छ भनेको भएर मैले खाली भा’को बाल्टिनमा पानी तानिदिएँ र स्कुलतिर लागेँ। पुग्नुपर्ने समयभन्दा ५-७ मिनेट अगावै म स्कुल पुगिसकेको थिएँ। घण्टी लागुन्जेल स्टाफ … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

गजल : कति दुख्छ छाती

~सर्गमञ्जरी~ कति मुटु चस्किदा हुन् कति दुख्छ छाती सन्तान खातिर अश्रु-धारा कति बग्छ राती चर्किएर मुटु तिम्रो वेदनाले भिज्ला चोली चिन्ता हैन प्रगतिको आर्शिवाद नै जाती

Posted in गजल | Tagged | Leave a comment