Tag Archives: nepali sahitya

कविता : तिमी आउछौ ?

~सुजन सेलिङ~ सयौ पटक फसाईेएका झुक्काइएका सिर निउराइएका पुर्खाहरुको नाहाङ माङ्हेना उठाएर आउ । तिमी र, म, हामीहरु उभिएको माटोलाई अपमानित अपवित्र बनाइएको छ, सेक्मुरी,अन्दङ,नाम्योबाहरु कलसमा राखेर फेरी कहिलै नओईलिने अजम्बरी फूल फुलाएर आउ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लालबन्दी शृंखला

~रेवती राज खड्का~ यो निर्जीव खाल्टोमा शिशिरले पात खाएपछी घामले माटो चुसेपछी चैते कुइरो दिउँसै लाग्दा म अझै सम्झन्छु लालबन्दी । यी खोक्रे बोक्रे दुनियाँमा परीधानी यो राजधानिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पेटीकोटका झण्डाहरु

~अनिल श्रेष्ठ~ एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ र सिंहदरबारका पर्खालहरु पेटीकोटका झण्डाहरु फर्फराउँछन् जब भर्खरै सङ्गीतबद्ध गरिएका नयाँ राष्ट्रिय धुनहरु सिंहदरबारको ग्यालरीभित्र बज्छ र यो मुलुकका केही उत्साहित सांसदहरु कुर्सीबाट उठेर नयाँ धुनलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्थायित्वका अबोध गोरेटाहरु

~नवीन लामा `सुरेश`~ चिहाएर क्षितिजमा देखिन्छ कि नौलो बिहानी भनेर हेर्दैछु म ! धमिलो यौटा तारा चम्किने प्रयत्न गर्दै उदाएको छ त्यो निलो आकाशमा, तेतिकैमा यौटा झलमल्ल लामपुछ्रे उस्को त्यो प्रयत्नको बिरोधी भएको आभास गर्दैछु ! बिरोध अनि बिरोधाभाष भित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकाबन्दी र केही टुक्रा …

~चन्द्र गुरुङ~ १ बन्द गर– नून, तेल र, ग्याँस । युगौँदेखि यी थोक खाएर बाँचिरहेको होईन मेरो स्वाभिमान । २ नाकाबन्दी गर अन्धकारमय बनाऊ हाम्रा दिनहरू

Posted in कविता | Tagged | Leave a comment

कथा : योगी

~नीता केसी~ म ‘रुन’ ! तिम्रो ‘ध्यान’ गर्छु, तिम्रो आत्मालाई भेटि ‘आलिंगन’ गर्छु……! ऊफ्फ़ …! कति पीडा दायक छन् यी शब्दहरु, तर म निरपराध छु, मैले केहिले प्रेम गरिन ‘उ’ संग,,,! मैले कसै संग प्रेम गर्नै सकिन उसबेला …! सायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जून फुलेको रात

~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~ बुङमती क्षेत्रमा निर्माणधिन संयुक्त आवास गृहहरूका प्रत्येक कार्यालयहरूमा उसले चहारेको यो दोश्रो पटक हो । तर जति बिन्तीभाउ गरे पनि आज पनि हात लाग्य शून्य नै । कहीं कतैबाट एउटा पनि विज्ञापनको जोहो हुन सकेन । दिनभरिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गरिबको बास हुन्छ

~कविराज मगर~ आकाश मुनि छहारीमा गरिबको बास हुन्छ कैले भोको पेट खाई कैले आधा गाँस हुन्छ । टालटुल गरि लाको कोट पनि फाटे पछी फ्याकिएको भोटो पनि उसलाई खास हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आत्महत्याको योेजना

~जस बेखर्ची~ तिम्रो मुस्कानको पासो बनाएर तिम्रै परेलीनेर मैले मेरो आत्महत्याको योजना बनाएकोछु । मेरो जीत त थिएन नै, मेरो हार पनि स्विकार गरीनौ । कति पल्ट तिम्रो आँखा गीत बने,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नारा

~राजु छेत्री ‘अपुरो’~ कुनै समय उ नेपाली पोशाकमा सजीएर राजाको फोटो कोटको बायाँ पट्टि टल्काउँदै बिशाल जुलुसकाे अगाडी अगाडी नारा लगाउदै हिड्थे – हाम्रो राजा हाम्रो देश – प्राण भन्दा प्यारो छ । बहुदलीय ब्यवस्था – मुर्दाबाद । पञ्चायती ब्यबस्था … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : खबुज — बाख्री कम्पनी, बाख्रीकै जुनी

~देवेन्द्र भट्टराई~ समाल– यो ठाउँ भनेको कतारको राजधानी दोहाबाट एक सय किलोमिटरपूर्वमा पर्ने समाल मरुभूमि हो, जहाँबाट पारि बहराइन झलमल्ल देखिन्छ । तर, जति आँखा तन्काए पनि मरुभूमिको आँगन मात्रै देखिने ठाउँमा कहाँ, कता, कुन दिशा पर्छ, खुट्याउन हम्मे छ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : यो देशमा प्रभाव भो

~स्वामी सुभाष चन्द्र~ विदेशीको त्यो चलखेल , यो देशमा प्रभाव भो यौटा – यौटा जिउँदो , जङ्गबहादुरको अभाव भो राजनीति – कूनीति , भ्रष्टाचार – अत्याचार हिजोभन्दा झन आज , प्रशासन खराब भो

Posted in गजल | Tagged | Leave a comment

कविता : निरीह झिंगाहरु

~कृष्ण बिश्वकर्मा~ कठै ! सदियौं भो मूक छन् घृणित् छन् शोषित् छन् हेयका पात्र झिंगाहरु ! श्वेत , सफा र आलिशान दरबारहरु महलहरु अझ भनु… मठ – मन्दिरहरुमा निषेध छ – “प्रबेशाज्ञा ”

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अघोषित युद्ध

~जलन दीप~ एउटा अघोषित युद्ध चलिरहेछ निरन्तर चलिरहेछ शताब्दियौं देखि आजसम्म हो त्यो अघोषित युद्धमा बमहरु निस्क्रिय छन बन्दुकहरु सुतेका छन बारुदको धुवाँ अल्मलिएको छ अरु बमहरु साथी बमको प्रतिक्षामा टोलाइरहेका छन तर पनि घनघोर युद्ध चलिरहे कै छ /

Posted in कविता | Tagged | Leave a comment

गण्डकीपुत्रका दुई मुक्तकहरु

~गण्डकीपुत्र~ (एक) यो ओछ्यानमा तिमी सुलको कुरा गर्छ्यौ संगै जीवन काटौं भनेको पूलको कुरा गर्छ्यौ म तिम्रै वयान गर्न गजल लेख्दै थिंए – तिमी भने पटक पटक फूलको कुरा गर्छ्यौ !

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : यहाँ सम्म अाइएछ

~खगेन्द्र गिरि ‘कोपिला’~ हाँसेर हिड्ने क्रममा, यहाँसम्म अाइएछ । अनिश्चित यो जनममा, यहाँसम्म अाइएछ । अागो र फूलजस्ता रहरहरू सजार्इ सङ्धर्ष परिश्रममा, यहाँसम्म अाइएछ । कहिले बनेर यात्रा, कहिले बनेर यात्रु केहि दिनको रमझममा, यहाँसम्म अाइएछ ।

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : श्वेतवर्ण हाती

~भ्लादीमिर भिसोत्स्की~ अनु. ज्ञान बहादुर छेत्री धेरै वर्ष अघिदेखि नै श्यामवर्ण विशालकाय जंगली हाती भारतवर्षका अरण्यहरुमा स्वच्छन्द विचरण गर्दथे । तिनीहरुको बथानमा किनहो एउटा थियो श्वेतवर्ण हाती । उसका आँखा थिए उदास शान्त स्वभाव, विवेकशील र खानदानी आफ्ना साथीहरु बीच … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : वाध्यताले टाढा भएँ

~महेश बर्तमान रानामगर~ वाध्यताले टाढा भएँ अझै माया गरि राख है कल्पनामा मलाई भेट्दा अंगालोमै बाँधी राख है निठुरताको हुरी पनि हामीबिचनै चल्यो यहि हुरीले उडाएर टाढा टाढा पु¥यायोे आँखाबाट आँशु बग्दा आाँशुसंगै नबगाउनु है

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : तड्पिरहोस्

~विशाल पौडेल~ बैरी भै’जाओस् मेरो जीवन यसरी न तड्पिरहोस् झरी जाओस् आँखाबाट आँसु यसरी न पोलिरहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : नाम सुन्दरी

~हिरण्य भोजपुरे~ नाम सुन्दरी आकासे चुन्नरी तिमीजस्ती राम्री छैन अर्की किन्नरी । सत्तु पीठो कत्ती मीठो मोहनीले छुँदो रै’छ कत्ती छिटो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : म सम्झना तेरो

~दिपक साउँद~ बिर्सी गै तु मलाई आज, म सम्झना तेरो बसन्या ठाउँ फुल फुली, हरियाली सेरो सेतो कागज जसो जिबन, भर्दे मैना रंग

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : स्पर्श

~महेन्द्र महक~ जनकको स्पर्श शान्त पोखरीमा ढुङ्गा हान्नु थियो । मेरो शरीरको रोम–रोम तरंगित भएको थियो । मनको कुनामा वर्षौंदेखि लुकेर बसेको उसको तस्वीर फेरि उज्यालो भएको थियो । शुभ्र–शान्त–स्निग्ध । मैले ओड्ने रंगको व्याख्या । कुल्टा–कुसाइत–अलच्छिना मेरो जीवनले बोकेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घाइतेे सपना

~दिल निशानी मगर~ ‘थबाङ्गे’ आमा, सार्है नै लाटी भइन अनी ‘जलजला’ पहाड, झनै लाटो भयो यती सम्म की मलाई आमा ले ‘चोली’ साटेको अनूमान छैन, र हेक्का छैन-पहाड ले ‘इमान’ बेचेको तर

Posted in कविता | Tagged | Leave a comment

गजल : अल्झेछ मन थाहा थिएन

~कृष्ण प्र. पाण्डे~ जुध्दा आँखा अल्झेछ मन थाहा थिएन फर्की हेरेँ सोँचे जति टाढा( टाडा ) थिएन बाटोभरि उसकै याद गरिरहेँ म हेर्दा ठिकै लागे नि होश ज्यादा थिएन

Posted in गजल | Tagged | Leave a comment

गजल : केही काममा हुन्छु

~नन्दलाल आचार्य~ सधैँजसो केही न केही काममा हुन्छु रावणलाई छाडी म त राममा हुन्छु। धेरै मान्छेसँग काम एकैसाथ गर्दा त्यस्तो भीडभाडमा म त लाममा हुन्छु।

Posted in गजल | Tagged | Leave a comment

कविता : बाआमाप्रति

~उमेश लुइटेल~ जसका सान्निध्यले पूर्ण र सुरक्षित तुल्याउँछ ममतामयी आलिङ्गनले पीडादायी घाउ दुख्न बिर्सिन्छ रूवाइ एकाएक हर्षमा अनूदित हुन्छ सूर्य चट्टान फोरेर झुल्किन्छ उष्णता आर्दता बनेर छरिन्छ । जसले खुरूखुरू कष्टका मुस्ला सहिरहन्छन् यद्यपि ओठमा रश्मिका नवजात मुस्कान देखाउँछन् र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नगर आशा ढाँट्नेलाई

~इन्दिरा प्रयास~ नगर आशा ढाँट्नेलाई भाषण मात्र छाँट्नेलाई धाएर भेट्न नजानु दोबाटो बीचै फाट्नेलाई

Posted in गजल | Tagged | Leave a comment

कथा : पाते दिदी

~सीता अर्याल~ पूर्णिमाको साँझ टहटह जुन लागिरहेको थियो । धने र पाते भर्खर मेलाबाट फर्केर भान्सामा पसेका थिए । पाते च्याँख्ला भिजाउन थाली । धने चाहिँ दिउँसो खेतमा मारेर ल्याएको माछाको सिलबाट एक–एक गरी माछा झिक्दै पखालेर पोल्न थाल्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राम भरोस मधेसमा छैन

~हाङयुग अज्ञात~ श्रवण मुकारुङको राम भरोस हिजोआज मधेसमा छैन यता अनुहार खोज्यो, भेटेन तेसैले जंगे पिलर नाघेर उत्तातिर गएको छ उत्ताबाट ढुङ्गा हान्न उसलाई खुबै सजिलो भएको छ हामी पहाडको डाँडाबाट

Posted in कविता | Tagged | Leave a comment

हास्य गजल : मोमाईलले बिगार्‍यो !!!

~दयामोहन आचार्य~ लुगा किन्ने निउ पारी रेष्टुरामा पसिन मजाले रक्सी मासु खानलाई कसैसंग बसिन मजाले भन्न त भन्थिन हजुर त कस्तो शंका गर्नी छीः तर अहिले अर्कैको लाली पाउडर घसिन मजाले

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : हुटिट्याउँको आकाश

~यज्ञश~ काग, कोइली र चीलजस्ता केही चरा छन्, जसका कथा प्राय: आइरहन्छन् । लेखकहरू यिनलाई र यिनका विशेषतालाई विम्ब बनाएर कहिले कसैको तारिफ गर्छन् त कहिले कटाक्ष गर्छन् । यो स्मृतिको कथाचाहिँ हुटिट्याउँको हो । हुटिट्याउँको एउटा आफ्नै कथा छ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अचेल हामी भेट हुँदा

~चन्द्र गुरुङ~ अचेल हामी भेट हुँदा- उपलब्धिका निजी डम्फु जोरसोर बजाउँछौँ श्रीमतीहरू गरगहनामा गजब चम्कन्छन् धनसम्पत्ति ज्यादै वाचाल बन्छन् रहन्छन् अनेकथरी प्रयास आफूलाई सर्वोत्कृष्ट साबित गर्ने ।

Posted in कविता | Tagged | Leave a comment