Tag Archives: nepali sahitya

कविता : सातो

~कला अनुरागी~ तिमी चढेको विमानजस्तै फुत्त उड्यो मेरो मुटु र, गयो सातो तिमीसँगै । त्यही दिनदेखि एउटै दृश्य आइरहन्छ आँखामा- तिमी बिस्तारै छुटाउँछौ अँगालो समाउँछौ चपक्क हात अनि, छाड्छौ बिस्तारै र, बढ्छौ मैले जुनीभर नदेखेको अनकन्टारतिर । आत्तिरहन्छ मन

Posted in कविता | Tagged | Leave a comment

कविता : मोदनाथ प्रश्रतिको ठेगाना खोज्दै हिँडेका पृथ्वीनारायण शाहका प्रेतहरु

~संगीतश्रोता~ महाराज पृथ्वीनारायण शाहसँग जम्काभेट भयो एक गणतान्त्रिक साँझमा अचानक कीर्तिपुर पाँगा दोबाटोमा ! मैले सोधेँ- बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ? उहिल्यै काटिगएका थियौ किपू-ज्यापूका नाक-कान के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ? मेरो ठाड्ठाडो प्रश्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइ

~अनमोल मणी~ बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ फेरि भेट हुन्छ हुन्न! फेरि यस्तै दिन नहुन सक्छ नवहन सक्छ यस्तै हावा पहिरो जान सक्छ लेउ लागेको प्राचीन बाटो कुनै शासक

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनता

~शिरिष पराजुली~ जब हामी दुई भयौ; मौनता र आँसुमा आधा भाँचिएको मन वर्षौं देखि मर्मतको खोजिमा । बिहानीको शीत; मेरा ओसिला परेलामा म सम्झन्छु चेतावनी जो म सोचिरहेको हुन्थे । सबै टुक्रिएझै; कतै तिम्रो नाम गुन्जाएमान हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : परित्यक्ता

~पूर्णबहादुर बस्नेत~ मैले त यसको अर्थै बुझेकी रहेनछु। अर्थात् मेरो त्यो ‘कुरा’ बुझ्ने उमेर नै भैसकेको थिएन सायद। घरमा बा र आमाले ती कुरा सिकाउने कुरा थिएन। भर्खर–भर्खर १५ वर्षमा लागेकाले मैले त्यस्तो कुराको मेसो पाउन सकेकी थिइनँ। आमाले त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो देशको गती

~दुर्गा राइ~ मेरो देशको गती अनी यो साइकिल एउटै एउटै पारीबेश मा छ, साइकिल लाई चाढ्ने को भार दुबै लाई फेरी अर्काकै सार, देशलाई दिशा दिनेहारु धेरै आए

Posted in कविता | Tagged | Leave a comment

गजल : बारम्बार आँउछ

~पुष्प अधिकारी ‘अन्जली’~ यादहरू यसरी बारम्बार आँउछ , अँखाभरि सपना लगातार आँउछ । सस्तो सस्तो राहत बोकेर अचेल, जसको पनि घरमा सरकार आँउछ ।

Posted in गजल | Tagged | Leave a comment

देउडा गीत : लागि गयो बसन्त रितु

~प्रकाश धामी~ लागि गयो बसन्त रितु,पलाई गया पाला । खेत बारी आउन लाग्या,गँहु जहु बाला ।। मेल पलुई झप झपना,सिमल फुलि लाल ।

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : युगल जोडी

~कञ्चन पौडेल~ रसिक छ्न यि युगल जोडी, शान्ति का प्रतिक प्रेमले मगन भएर कस्तो बसेका नजिक । सृस्‍टिका फुल क्या राम्रो सँग रमेर फुलेका सास्वत सत्य उजागर गर्दै प्रेम ले झुलेका ।

Posted in कविता | Tagged | Leave a comment

कथा : जुका

~कृष्ण अविरल~ बिहानको १० बजेको थियो । भर्खरै अफिस पुगेर कम्प्युटर खोल्दै थिएँ । मोवाइलमा चिरपरिचित धुन बज्यो । हेरेँ सुनिताको नम्बर । हेलो भन्ना साथ आत्तिएको स्वरमा उनले भनिन्– ‘तपाई एकछिन म कहाँ आउन सक्नु हुन्छ ?’ ‘जरुरी केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बहर बनी आयौ तिमी

~झमक घिमिरे~ अक्षरका माला उन्दा बहर बनी आयौ तिमी कल्पनाको सागरमा जहर बनी आयौ तिमी उत्साह र उमंगका कुरा त मिलनमा हुने मेरो जीवनमा बाँच्ने रहर बनी आयौ तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : हौसला

~ध्रुव पन्थी~ मलाई थाहा छ, हिसाब खोज्न थालेँ भने मेरो ‘वासलात विवरण’ कहिल्यै मिल्ने छैन सरले त पढाउनुभएको थियो – ‘सम्पत्ति’ बराबर ‘दायित्व’ र ‘सेयर’ तर जतिपल्ट गणना दोहोर्‍याए पनि त्यो बराबरी भेटिने छैन ‘नाफानोक्सान विवरण’ जतिसुकै राम्रो देखिए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रिवेणी दोभान

~अमर नेम्बाङ लिम्बू~ वर्षौँ पहिले श्रावण महिनाको एक दिन स्थानीय त्रिवेणी दोभानमा जलाएको थियौँ हामीले मेरी स्वर्गीय मुमाको लाश । मुमालाई दोभानमा झार्दा कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइको बेला

~रमेश गौतम~ उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक साथ हेरिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कथा : सेलाइएको फूल

~सृजन सापकोटा~ “भगवानले सबै देख्छन् बाबु!” – हर्क बुढाले मतिर फर्केर भने। किन त्यसो भने मलाई थाहा छैन, तर मेरो आँसु थामिएन। म दरिद्र भएर रुन थालेँ। बगिरहेकी मैली बागमतीमा मेरा आँसु विलिन भए। बागमती झन मैलिइन्। केदारनाथ तिर्थ जाँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : सानै हुरीमा बैंशको सपना

~भूपी शेरचन~ सानै हुरीमा बैंशको सपना सिमलको भुवा झैँ उडी गयो तिमि के गयौ खुशीले पनि मलाई आँखा तरी गयो सानै हुरीमा… धेरै हाँसे साँच्ची नै रुनु पर्दोरहेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : के निस्कियौ

~प्रकट पगेनी~ तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ भाग्यमानी रैछ साबुन फिँजैफिँज भै बरालियो जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा

Posted in गजल | Tagged | Leave a comment

कथा : अच्छा भैल

~तृष्णा कुँवर~ ‘चुनरीके केहु अरहर बेरामें दबोच लेहलस, अब का मुँह लेके यी गाँवमे जियल जाई?’ (चुनरीलाई कसैले बेज्जत गर्यो अब के मुख लिएर यो गाउँमा बस्नु ? ) झिनका बतासजस्तो भएर खरको झुप्रोभित्र पस्यो। दिनभरि खेतमा बैठौनी (रोपाइँ) सकाएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आँसुको महत्व हुँदैन

~राकेश कार्की~ जब तिम्रो आँसुको महत्व हुँदैन बगिरहन्छ अविरल कसैलाई छुँदैन अलि अलि माटोले लुकाइदेला अलि अलि घामले सुकाइदेला तिमी एक्लै हुन्छौ केवल तिम्रो मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : होरीदेखि मोहन दाससम्म

~घिमिरे युवराज~ संगत गरिरहेको हुन सक्छ। वरिपरि सधैं देखिरहको पनि हुन सक्छ। तर, उसको साच्चिकै स्थितिको गहिराईसम्म पुग्नै सकिंदैन। उसको आर्थिक र समाजिक विक्षिप्तता, लाचारिपन, शारीरिक र मानसिक दुःख अति भयानक हुन सक्छ तर पत्तो हुंदैन। समाज र प्रबृत्तिका कारणले … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : ब्ल्याकहोल र मेरो देश

~पीताम्बर भट्टराई~ मेरो देश परिवेश तिरै बहुला दौडे जस्तै र्‍याल बगाउँदै पुच्छर लुकाउँदै अनाहारी शिशु माथि सिंहराजले झम्टे जस्तै झम्टिने योजना बोकेर दिन दोब्बर रात चौब्बर ब्लेक होल दौडिरहेछ मेरै देशतिर मेरै परिवेश तिर खै प्रतिवादको फर्मुला त्वम शरंणं प्रार्थना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू के थियो त्यो?

~मुक्ति गौतम~ मृत्यू के थियो त्यो? तिमीले जित्नसक्ने हाँसेर बरण गर्यौ तिमीले, कायर थिए उनिहरु जो हारे रेटेर गए तिम्रो घाँटी। डरपोकहरु, निशस्त्र तिमीसंग भय र त्राशले

Posted in कविता | Tagged | Leave a comment

कविता : विजय

~पारिजात~ जीवनको पूर्व–पश्चिम कुनै यात्रा यस्तो भएन जहाँ पाइतालामा काँडा नबिझेको होस्, जहाँ औलामा ठेस नलागेको होस् दश बिसौनी एक पुल्टुङबाजी नडराई हिंडिरहेका सहयात्रीहरु देखेपछि जीवनप्रतिको कलिलो अनुभूतिलाई एउटा माइल ढुंगामा यसरी लेखेर आएको छु, एकथरीको जीवन विजयबाट शुरु भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छ नेपाल राम्रो

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ छ नेपाल राम्रो अरू देश भन्दा गरौं आज सारा यहाँ काम धन्दा उकाली चढौं है अगाडि बढौं है छ यो देश प्यारो र माया गरौं है बुझौं स्रोत खोजौं करोडौं कुमाऊँ बलौ दीप जस्तै र हामी रमाऊँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्धविश्वासको जाँतोमुनि

~श्यामल~ असीवर्षे उद्या ढोली राति एघार बजे हामी सुतिरहेको घरमा आयो र ढोका ढकढ्क्यायो । अपरिचित ठाउँमा यसरी अबेर राति कसैले ढोका ढ्कक्याएपछि एक छिन मेरा सहयोगीहरू डराएझैं गरे । तर मैले को हो यतिबेला भनेर सोध्दै ढोका उघारिदिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फुल झरेपछि

~राजेश नेपाली~ सुन्दरता र अस्तित्व कहाँ हुन्छ फुल झरेपछि बोटै मर्छ खडेरीले मालीलाई नै हरे पछि। सामु हुँदा सामन्तलाई मालिक भन्दै पुजा गर्ने नवर्षीने गर्जीरहन्छौं उसले खोला तरेपछि। आफू–आफू काटाकाट गछौं कुर्ची पाउनलाई

Posted in गजल | Tagged | Leave a comment

छोक : दोष कसको?

~तीर्थराज अधिकारी~ गर्मी छल्न बटुवाले छाता उघार्दा आसपासका कोही तर्सिन्छन् भने दोष कसको ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतन्त्रका लोकमानहरु

~नरनाथ लुईंटेल~ अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भइरहेको छ । लोकका पालकहरु लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

साहित्यिक भलाकुसारी : ब्यस्तताको निहुँमा सिर्जनालाई मार्नु हुन्न

इलामको पद्य साहित्यको संसारमा जीवनहरि शर्मा नौलो नाम होइन । सुम्बेक–७ मा २०१७ सालमा जन्मनु भएका साहित्यकार शर्माले ‘टिष्टाको सन्देश’ र ‘तिलक प्रथा’ गरी दुई वटा सामाजिक खण्डकाब्य प्रकाशित गरिसक्नु भएको छ भने ‘अधम’ नामक फुटकर कविता संग्रह प्रकाशनको अन्तिम … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : शालीन प्रेम र परेवाहरू

~भावना पोखरेल~ प्रकृतिका शालीन सिमाहरू नाघेर कुल्चदैनन् परेवाहरूले सभ्यताका मानक कसले भन्नसक्छ परेवाहरूको राष्ट्रियता हुँदैन एक पेट चारो खाज्दै नौडाँडा काटेर गए पनि परेवाहरूले बिसिदैनन् आफ्नो वस्तीको माटो परेवाले कब्जा गर्दैनन् अर्काको आकास र खसाल्दैनन् जमिनमा प्रलयकारी विस्फोटनहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : उमङ्ग

~गोपाल पौड्याल ‘अकिन्चन’~ रातासारी हरिया पोते हातभरी चुरा छन् पोख चेली तीजको दिन जति मनमा पिडा छन् आफ्नै चाड आफ्नै संस्कार दिल खोलेर हासी देऔ आफ्नै भाका आफ्नै ताल छम छम नाचिदेउ जति सक्छौ सजाउ आज पहिरन र श्रिगार नदेखाउनु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : के भर

~आजाद अजनवी~ के भर पानी खर झै सल्किन सक्छ अनि आगो नदी झै छल्किन सक्छ । जे पनि हुन्छ प्रेममा धनसम्पति भए गाई पनि बोका संग पल्किन सक्छ ।

Posted in गजल | Tagged | Leave a comment