Tag Archives: nepali sahitya

कविता : नववर्षको शुभकामना !

~उत्तम कृष्ण मज्गैंया~ नववर्ष निकै सुखसंग बितोस् तकरार विवाद कुनै नरहोस् भय कष्टहरू सब दूर रहून् मनका दुविधा अनि भ्रान्ति हटून् ! युगकै प्रिय गीत बजून् लयमा जयकार पुकार रहोस् जगमा रचनात्मक भै शुभ काम बनोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरी आदी

~कल्पना गिरी भावुक~ आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन् । बोलि मधुरो अस्पस्ट अनि अनुहार रातो देखिन्छ । आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको । म यता उता गर्दै समय काटिरहेकी छु ! आफ्नो पालो आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्कर लोहनीका ३८ हाइकु-सेन्र्यू

~पुष्कर लोहनी~ १. भएको भए मस्तसँग पिउथेँ आँखा चिम्लिँदै । २. चट्याङ खस्यो चिरेर दुइ कापा थेग्रिँदा रातो । ३. गहिरिएछ मस्किएछ हल्लिँदा खोबल्टे आँखा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

कविता : शोषणैशोषण

~रस्मी शिवाकोटी~ सर्वत्र व्याप्त भएझैँ लाग्छ यसबेला शोषणैशोषण शिक्षामा हे-यो शिक्षामा शोषण बजारमा गयो बजारमै शोषण होटल, क्लब अनि क्लिनिकमा पनि देखिन्छ चलेको शोषणकै रण । उद्धार र उपकारको भाव हरायो सर्वत्र क्षणिक रमझमले खायो

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो चरा

~बिटु केसी बराल~ कतैबाट उडी आउछ स्वतन्त्र भई मेरै मझेरीमा डुल्छ उसको रोजाइको यो मेरो सानो कटेरो हेरेर म मनमनै मुस्कुराउछु निलो रङ्गको जादुले मंत्रमुग्ध हुन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~कृष्ण कुमारी पौडेल~ संसारमा सबै भन्दा आमा नै हुन जाती दिन रात तडपिएकी हुन्छिन सन्तान माथि । निथ्रिएर आँफै उनी पियाउछिन छाती जिन्दगीनै समर्पित गर्छिन सन्तान माथि । करुणा कि सागर उनी ममता कि खानि सधैं निस्छल माया दिने आमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बखतबहादुर र देश

~भक्तराज न्यौपाने~ बखतबहादुर निद्रामा बरबराउादै किन सम्झन्छ बरोबर यो टाढा दूरदेशमा बसेर देशको नाम ? बिर्सन चाहेर बिर्सन नसकेको मनको एउटा कुनाभरि पसारिएको यो देश र गाउाका यादहरु किन झिकेर मिल्काउन सक्दैन हा ! बखतबहादुर ।

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : साहित्यिक इगो !

~शिरिष पराजुली~ साहित्य यस्तो एउटा फूलबारी हो जहाँ हरेक प्रकारका फूलहरू फूल्छन्; केही राता, केही हरिया, केहि पहेंला अनि कसैको पात ठूलो, कसैको लाम्चो, कसैको खिरिलो । फूलबारीमा अनेक फूल फुल्नुपर्छ भन्ने कुरा हामी सबैलाई मान्य छ त्यसैगरी ति फूलले … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : एकादेशमा…

~शिरिष लामिछाने~ बिहान उठ्ने बित्तिकै पोखराका मान्छेले कञ्चन माछापुछ्रेलाई हेरेझैँ म झुलुक्क उसलाई एक नजर हेर्थेँ माथीदेखी, तलसम्म अनी फेरी तलदेखी माथीसम्म केही नयाँ नदेखेपनि उसको स्वाभाविक आक्रितीलाई हृदयदेखी अँगाल्न पुग्थेँ ७ बर्ष लामो हाम्रो प्रेम दिन-प्रतिदिन गाढिदैँ गएकोमा मेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टुडिखेलका भाषाण हरु मेरो गीत अनी मेरो यथार्त —-

~बिन्दु प्याकुरेल ‘लुना’~ यो यही हो चौर टुडिखेल जहाँ एक हुल हाम्रा सपनाका सारथिहरु अभिलाषाका रथमा चढेर आउछन उही मन्त्र दोर्याउछन बारम्बार जनता ! जनता ! जनता ! अनी फूल स्बरुप पर्चाहरु छर्दै हामीलाई पूजा गर्दै जान्छन पर्चा हेर्दै म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : टाँगा अझै उलार भइरहेछ, प्रेमललवा ?

~श्यामल~ किताब उलारको २० वर्ष प्रेमललवा, ननकउ र दरौपदीहरूको नरकतुल्य जीवन र तिनमा जीवित मानवीय संवेदनशीलताका बारेमा नयनराज पाण्डेले उपन्यास लेखेका करिब दुई दशक पुग्नै लाग्दा प्रेमललवाहरू कथित मधेस आन्दोलनको चपेटामा परेका छन्। शान्तिराजाहरू त छँदैछन्; यादव, ठाकुर र महतो राजाहरूले … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : त्यो मृत्यु हो !!

~दुर्गा राइ~ मलाई डर लाग्दैन, त्यो मृत्यु साच्चो हो मैले बाचेको पनि अनी तिमीले बाचेको पनि केवल मृत्यु हो ! त्यो मृत्यु हो !! जन्म यो शब्द मा अपुरो अर्थ छ मृत्यु ले नै यस्लाई पुरा बनाउछ, त्यसैले मैले मृत्यु … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : सातो उडेका वैंशहरु

~दीपक जडित~ रात ओढेर अँध्यारो कसरी निदाउने हुन् खै यि सुकुमार वैंशहरु ? हेर त निष्ठुरी समय उल्टो फर्किरहेछ फिँजाएर क्रुर हत्केलाहरु । के ठेगान् कहाँ कतिबेला निमोठ्ने हो यस्ले किशोर रहरहरुको घाँटी चुक भरेर रात जस्तै ह्रदयको मानोभरी फैलिइरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी गलत छौ

~सन्दिप बडाल~ तिमीले सोच्यौ होला, तिम्रो प्रेममा म बिक्षिप्त भएको छु तिमीले दिएको धोकाले मुर्छित भएको छु र ढलिरहेको छु ओछ्यानमा एउटा जिउँदो लाश बनेर पौडिन नसकी डुबिरहेछु आफ्नै आँशुको बिशाल सागरमा तर तिमी गलत छौ,

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको सुरक्षा

~सुरञ्जन घिमिरे~ देशको सीमा सुरक्षार्थ सुगठित शरीरलाई खाकी कपडाले छोपेर काँधमा बन्दुक भिरिरहेकी तिमीलाई बन्दुक पट्काउन डर लाग्दैन ? गाजल पोतिएका आँखा कञ्चन हिमालझैं टल्किने दाँत मन्द गुलाबी रङ्ग पोतिएको ओठ तिमीमा पक्कै एउटा कोमल मन त छ नै तर, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !

~मनु ब्राजाकी~ “तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !” “यदि सोध्न सकिँदैन भने तपाईँको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथा बहादुर नेपाली। तपाईँका पूर्खा पनि मेरै पूर्खा जस्ता थिए, परापूर्व कालमा। कुनै डाँडाकाँडा, खोँचखाँच र तराई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हजार सूर्योदयको बिहानी !!

~बलदेव भट्ट “बिहानी”~ रातो चन्द्र र सूर्य आकाशमा रहून्जेल जितका रेखा कोर्ने हाम्रो चलन नालापानी देखि रंगशाला सम्म जीवित छ ! रक्तिम उमंग आजको साँझ उनिहरु माझ चेतनाको दियो बाली आउछ बसन्तको बिहान जित को लहर बोकि उचलिन्छ !! एकताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मनमा छोएर हल्का

~सुविद गुरागाई~ लहर आयो गयो मनमा छोएर हल्का । जांदा–जांदै माफी माग्यो रोएर हल्का । किन आयो किन गयो ? भनेन केही, जिन्दगीमा अनुभूति भएर हल्का ।

Posted in गजल | Tagged | Leave a comment

कथा : पागल आईमाई

~यज्ञराज कार्की~ हिजो अस्ती झै,आज पनि त्यो पागल आईमाई हाम्रो घरको गेटमा आएर कराउन थाली । म झ्यालको पर्दा खोलेर उस्ले फतफताई रहेको शब्दलाई कान थापेर बुझ्ने कोशीस गर्दै छु तर अहंँ एउटै शब्द बुझिने होइन । जिङ्ग्रिङ्ग कपाल,ठाउँठाउँमा च्यात्तिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नाक

~रमेशप्रसाद तिमल्सिना~ नाक हाम्रो शरीरको एक अभिन्न अङ्ग हो । शरीरका पाँच ज्ञानेन्द्रीयमध्ये नाक पनि एक हो । राम्रोसँग चिन्ने हो भने मुखभन्दा माथिको डाँडोलाई नाक भनिन्छ । नाक दुई आँखाको सीमानामा अवस्थित छ । तपाई टाउके जङ्गलको यात्रालाई छोट्याउँदै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : विश्वास

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ १. मलाई आस्थाका बिम्बहरु मन पर्छ फूलका पत्र-पत्रहरु, त्यहाँ अडिएका शितका थोपाहरु, बिहान उदाउने घाम र त्यही शितको ऐनामा त्यसको प्रतिबिम्ब ! मलाई प्रतिबिम्बहरुमा विश्वास छ केही बिम्बहरु भयानक हुन्छन् के भयानक हुँदैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरीएको शब्दको परिभाषा

~दीपक कुमार ज्ञवाली~ फेरीएको शब्दको परिभाषा , सहिष्णुता रुपान्तरण भै रहेछ असहिष्णुतामा मानवमा मानवता स्खलन हुँदा अराजकताले प्रश्रय पाईरहेछ सुशासनको सुगा रटाईमा सेवा प्रदायको नशा नशामा कुशासनले आवास बनाई सकेछ शब्दजालमा रमाउने प्रहरले आफ्नो जवानी छताछुल्ल पार्दै शब्द शब्दले शब्दलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी जिवनभर मेरै मनको साथी भयौ !

~राज थापा~ म तिम्रो जीवन साथी हुन नसकेर केभयो तर तिमी जिवनभर मेरै मनको साथी भयौ ! पहिलो प्रेमको न्यानो मायाँ छुट्यो तिमी सँग हात छोइ बिदा भयको याद होला तिमी सँग !

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चेली ! केवल तिम्रा निम्ति

~पवन भण्डारी ‘किरण’~ व्यभिचारको चौघेरामा घेरिएकी विवश नारी। तिम्रो क्रन्दनमा असह्य चिच्च्याहटमा मृत्युको एक गुहार सुनें नौली बुहारी बनेर भित्रिएको घरमा अलच्छिनी पद पाएको देखें बालविवाहको पींडा खप्न नसकी प्रसुतिगृहमा लास भेंटे। तिम्रो अत्यास, प्यास र भोकलाई तृप्तिमा बदल्न चाहें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : नेपाली नेपालको माया

~गोपाल योन्जन~ नेपाली नेपालको माया छ कि छैन धेरै खेल्यौ नेपालको तिमी छाती माझ तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन हाम्रा पुर्खा सत्लज देखि टिस्टा सम्म हाँक्ने हामी किन बाँच्नलाई अरुको मुख ताक्ने हामी बिनै बाँच्न सक्ने हाम्रा बैनी … Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : पर जा पर जा

~युद्धप्रसाद मिश्र~ भ्रष्ट प्रशासन पर जा पर जा रक्त क्रान्तिको घन्क्यो बाजा उठ्यो बबण्डर हुँदै सशक्त महल अटारी अस्तब्यस्त सामन्तीले संगीन रोप्यो जनजागृतिले दुनियाँ छोप्यो झुपडी भन्दछ शहरै घेर्छु

Posted in कविता | Tagged | Leave a comment

कथा : रहर

~गोबिन्दबाबु तिवारी~ लास परेको खवर पाएर प्रहरी प्रमुख र सरकारी वकिल आफ्ना सहयोगी सहित ३६नास्थलमा पुगे । त्यहाँ  एकत्रित भिडलाई सिपाहीहरुले तदारुकताकासाथ छिमलेर लासको दायाँबायाँको १०x१५ मिटर सम्मको भू-भागलाई प्रमाण सुरक्षित गराउन रातो रिबनले घेरा हाले । भिडमा मिश्रति प्रतिक्रियाको खुसुर फुसुर र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देशभक्त

~गोविन्द प्रसाद आचार्य~ जो यो देशको पानी खान्न देशभक्त बनिरहेछ जसलाई हैरानीको छिटो पर्दैन हैरानी हटाउने प्रतिज्ञा गरिरहेछ छि किन सुसेल्छन् नक्कली सुस्केराहरू ! नजोडिने हृदय साइनो बिनाको नाता जोडेर गाँस्न खोजिरहेछ न तडि्पएकाहरूबाट तड्पाएका ढ्वाङ् फुकिरहेछ माटोमा एक थोपा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आजसम्म भुल्दै आयौं

~शुशिल एकीकृत~ व्यक्तिगत चाहाहरु आजसम्म भुल्दै आयौं देशभक्त खोज्दै हामी गाउँबस्ती डुल्दै आयौं संघीयता लाद्ने भए राष्ट्रलाई टुक्राउन देशलाई बचाउन काँडाबीच फुल्दै आयौं

Posted in गजल | Tagged | Leave a comment

कविता : मासिन्छ कि देश मेरो

~बासु ढकाल~ बन्दैछ कि धुजा धुजा आजभोलि देश मेरो मासिन्छ कि डर लाग्छ त्यों नेपाली भेष मेरो बाँड्नै परे नेपालीको मन बाँडे हुन्थ्यो शीप रुपी पौरखको धन बाँडे हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : कोलाज : कटारी

~कृष्ण शाह यात्री~ कुनै समय ‘सगरमाथाको द्वार’ भनेर चिनिन्थ्यो कटारी बजार । मैले बाल्यकालमा यही बाटो हुँदै गन्तव्य सगरमाथा बनाएका विदेशी पर्यटकको लस्कर अनेकौंपटक देखेको छु । तिनलाई सबैले ‘अम्रिकाने’ भन्थे । अम्रिकानेहरूको भाषा नबुझे पनि उनीहरूको बोली, लवाइखवाइ र … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : प्रेमास्पद चार वर्षहरू…

~अभिमन्यु निरवी~ हो म मरिसकें । तर मेरी श्रीमती र छोरीको मनमा म अझै जिउँदै छु । जब छोरीले हरेकपल्ट बाबा खोइ भनेर सोध्छे । तब म जोडले चिच्याउँछु– म याँ छु’ । तर न छोरीले सुन्छे, न कसैले । रामधुनीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment