Tag Archives: nepali sahitya

गीति कविता : यौटा तारा खस्यो

~क्षेत्र प्रताप अधिकारी~ धेरै ताराहरू थिए यौटा तारा खस्यो त्यही यौटा तारासित मेरो सारा खस्यो । आकाशभरि तारैतारा मेरै तारा किन खस्यो त्यै खसेको तारासित मेरो मुटु किन खस्यो

Posted in गीति कविता | Tagged | Leave a comment

लघुकथा : फाँटेको नोट आफूलाई मिल्ने रहेछ

~अरुणबहादुर खत्री “नदी”~ रामजीलाई आमाले बोलाएर पाँचसयको नोट दिदै भनिन् – “एक धार्नी आलु किनेर ल्याइज त छोरा ।” रामजीले तरकारी पसलमा पुगेर एक धार्नी आलु जोखेर लियो र पसलेसँग पैसा कटाउनु त साहुजी भनेर पाँचसयको नोट दियो । साहुजीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कार्यक्रम

~एकदेव अधिकारी~ महानगरकै एक ठूलो तारे होटेलको सभाहल सहभागीहरूद्वारा खचाखच भरिएको थियो। सभाहलको तामझाम निकै उत्कृष्ट थियो, बिदेशी सजावटका सामान, ध्वनी संयोजन देखि लिएर वातानुकुलनका सम्पूर्ण व्यवस्था ठीकठाक दुरूस्त भए नभएको रेखदेख गर्ने सहयोगी हरू तत्पर तथा तम्तयार देखिन्थे। कार्यक्रममा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : थुईक्क म

~उमेश कुमार घिमिरे~ निराशाको पहाड, थामिनसक्नु गरि अग्लिँदा पनि, पर्खिहेरेँ आशाको त्यान्द्रो कतै देखिएला कि भनि, चट्टानमा पैताला खियाउँदै तेरो अजंगको भारी बोकेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~प्रकाश सुनुवार ‘निराकार’~ वाहिर प्रचण्ड गर्मी छ मन आँसुले भिजेको छ परिवर्तन कागजमा लेखेर मात्र काम चलेको छैन व्यवहारमा अझै पक्षपात छ मान्छे जिउंदै मरेतुल्य भएको छ । राजाहरु हिंजो भन्दा अझ राजा भएका छन् शोषण धारावाहिक रुपमा प्रवाह भइरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कति प्रश्न ?

~प्रमिशा केसी~ फुटपाथ कम व्हिलपाथ भन्न सुहाउने बानेश्वर चोकको बाटो ! आफ्नै लागि भनेर बनाइएको बाटोमा पनि बाइक छल्दै हिँड्नुपर्ने बाध्यता । अझ रोडमै गएर बाटो छेकिदिएझैँ आँखा तर्ने बाइकवालाहरु । केहि पछाडी जहाँ छेवैमा नेपाल यातायात रोकिएर यात्रुलाई हैरान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : हृदय रिङ्गाएर बज्छ

~बच्चु कैलाश~ हृदय रिङ्गाएर बज्छ जब मादल देख्छु कुना कोरेको कान्छीको गाजल पल्लो घर भाले जब बास्दछ भोरमा सम्झन्छु कान्छी तिमी मनकै कुनामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा जीवनी : चाँडै अस्ताएका तारा जितेन्द्र बर्देवा

~जितेन्द्र वर्देवा~ जन्म मिति: ८ मार्च, १९४२ साल ब्रिटिश भारत स्थान: गिग कमान, दार्जिलिङ देहान्त: २ जुलाई १९९५ पिता: सहवीर बर्देवा माता: मनकुमारी बर्देवा #सानै उमेरदेखि संगीत प्रतिको उनको झुकाव आफ्नो पिताको सहनाइँ वादन र जेठा दाजु कमल बर्देवाको गायन … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

गीत : आँखाको निद खोसी लाने

~बिक्रम गुरुङ~ आँखाको निद खोसी लाने हृदयको तरंग छेडी लाने तिमीलाई के सजाय दिउँ कि सधैलाई बाधिदिउँ बहकिदै थिएँ मदहोस भएर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सहिदकि आमा

~रबि खडका ‘एटम’~ ‘धिक्कार गरीबलाई त मासेरै छाड्ने भो ! असार माशमा पनि के को जुन लागेर बसेको हो ?रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म प्रण गर्छु

~भेषराज रिजाल~ अधमरा इच्छाहरू व्युँझाएर जिउँदै मरेको आफूलाई सम्हालेर जसोतसो बाँचू कि भन्दै आफ्नै प्रतिच्छाँया अन्यत्र खोज्दै दौडिरहेथेँ रनवन पराई पच्छ्याउँदै पालिरहेथेँ विरह विश्वास बेच्दै

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : परिवर्तन

~भूधरा उपाध्याय~ – पहिला रातमा चोरी हुने डरले ‘जागा रहो’ भन्दै टोल टोलमा गस्ती बसी सुरक्षा गरिन्थ्यो। – अहिले उनीहरु मस्त सुत्ने गरेका

Posted in सूत्रकथा | Tagged | Leave a comment

गीत : जीवनको हर यात्रा

~प्रमोद अमात्य~ जीवनको हर यात्रामा साथ तिमी हिँड्नु उकाली र ओरालीमा हात तिमी दिनु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आप्पाको सालिक

~चन्द्र रानाहँछा~ लसुन हैन नि आप्पा लू शुन पो त ! जो लेख्थे विवेकले तातो विद्रोह उभिन्थे मसाल बालेर अक्षरहरूको विभेदका निशस्त्र मोर्चाहरूमा र फर्फरन्थ्यो झन्डा स्वतन्त्रताको। जारी छ- त्यसरी नै तपाईंको स्वप्न-युद्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : सिंगो देश उठ्ने छ

~राहुल पुन~ म एउटा मुटुको रोगी हुँ विडम्वना । मेरो टाउकोको शल्यक्रिया गर्न खोजिदैछ जसका टाउकोमा केही कुनै रोगको लक्षण छैन उसैलाई जबर्जस्ती

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दु:खदायी सफलता

~विश्वराज अधिकारी~ बाबुले छोरातिर हेर्दै भने– “हेर, तैंले बीएसम्म पनि पास गर्न सकिनस् । कलेजहरू च्याउझैं जताततै उम्रेको यो समयमा पनि उच्च शिक्षा हासिल गर्न सकिनस् । तर हाम्रो समयमा जब हामी कलेजका विद्यार्थी थियौं, ठूला–ठूला शहरहरूमा मात्र कलेजहरू हुन्थे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शक्ति मन्थन

~दिवाकर सिग्देल~ आहा त्यो दीप ! धेरै टाढा छ | म बिचरा कठै बरा, बिछौनामा कल्पीरहेछु | साङ्ग्लाहरु मेरा नशा-नशामा, यत्र तत्र ब्याप्त छन् | कोष-कोष को पुकार छ , टाढा रहेको त्यो, अमृत प्याला,

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कवि शिरोमणिको “ए नेपाल !”

~क.दी.~ लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको “ए नेपाल!” भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : बिश्वामित्र र माओबादी !

~अज्ञात~ इन्द्रको षडयन्त्रमा फस्न पुगेका बिश्वामित्र ऋषी मेनकाको स्वर्ग फिर्तीको कुरा सुन्ने बित्तिकै काखे छोरी शकुन्तलालाई भुइमा फ्याक्दै अनन्त जँगल यात्रा तिर लागे। माथिको घटना शिकारुले बिश्वामित्र ऋषीको बारेमा अध्ययन गर्दा जानेको वा मनन गरेको हो। आज हाम्रो मुलुकमा ठीक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : पुनर्मिलन

~राम अप्रिय~ – मनिषा र मेरो मित्रताको सम्बन्धमा कुनै नौलो थिएन । – बाल्यकालमा पुरै समय उठ्बस्, हिड्डुल, खानपिन प्रायःसँगै हुन्थ्यो । – यतिमात्र हो जीवन भोगाइको क्रममा आपसमा नचाहेर पनि विवशताले छुटेका थियौ ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

आधुनिक गीत : त्यो त तिम्रो कुरा हो

~प्रमोद ढुङ्गाना~ तिमी घृणा गर मलाई त्यो त तिम्रो कुरा हो म गर्छु प्रेम तिमीलाई यो त मेरो कुरा हो तिमीलाई माया गर्न तिमी मलाई रोक्न सक्दिनौ कल्पनामा रमाउन तिमी मलाई छेक्न सक्दिनौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गाउँको सम्झना

~विप्लप प्रतीक~ मन लाग्छ, फेरि एकपल्ट त्यही गाउँमा जाउँ र, फेरि एकपल्ट त्यही धुन दोहोर्‍याएर सुनुँ नदी, पवन र रूखले गाएको मधुर युगल गीत त्यो इन्द्रेणीले रुझेको मादक गाउँमा। धेरै दिन भएछ नगएको र निकै टाढा आएछु म आफ्नै छायाँलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सपथ सहि सत्य होस्

~आचार्य प्रभा~ आज तिमी आत्मा साक्षी राख्दै सपथ खाइरहेछौ , मेरो,उस्को अनी सबैको मनले ईश्वरसँग प्रार्थना गरिरहेछ । हे!ईश्वर … यो सपथ सत्य,सांचो र साक्षात होस् समानता,समानुपातिकता र एकताको प्रतिक होस् , सद्भभावना र सदबिवेक को जित होस् ।

Posted in कविता | Tagged | Leave a comment

कथा : दाई जाने हो, १५ सय मात्रै…

~जितेन्द्र तुलाधर~ …ल आउनुस् … १२०० को माल ५०० मा … ल लानुस् सस्तोमा लुगा …ल लग्नुहोस् दुईटाको ४०० … यस्ता यस्तै आवाजहरूको कोलाहल भित्र म आफुलाई पन्छाउँदै थिए ( त्यो ब्यस्त सडक पेटीमा । प्रायः जसो ओहर दोहर गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फाइनान्स

~रामचन्द्र खतिवडा~ “मलाई त पैसाको फिटफिटी नै प¥यो हजुर ” –हरिले भनेँ । “ल ठीकै छ, फाइनान्सको सदस्य बन्नुस् र ऋण लिनुस् ।” –मैले सजिलै भनिदिएँ । उनले मैले भनेबमोजिम नै फाइनान्सको सदस्य बनेर केही ऋण लिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पत्रकार सविन शाक्यको आत्महत्यापछि…

~घिमिरे युवराज ‘कर्जुना’~ मेरो आत्महत्यापछि यस्तरी रोए केही दर्जन मानिस मानौं- उनीहरुले संसारकै आफ्नो प्रिय जिनिस गुमाए । देखेर मेरो मृत शरीर थप केही दर्जन मानिसहरूले

Posted in कविता | Tagged | Leave a comment

कथा : गम्भीरे

~गजेन्द्र बुढाथोकी~ मन उद्वेलित छ, अशान्त छ, उत्तरको चिसो हावा उप्किसकेको बाँसको टाटीभित्र छिर्छ । “मधेशमा खोरिया फाडन पाइन्छ रे, हिड जाउँ,” मानेले भनेको थियो । दुबै मिल्ने दौँतरी, जात फरक भए पनि, हितका दौँतरी थिए । ठालूहरूका नजरमा दुवै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : रम्छ हाम्रो जिन्दगी

~हुसैन खाँ~ प्रेमको बाटो बनाए, रम्छ हाम्रो जिन्दगी देशको माटो रमाए, रम्छ हाम्रो जिन्दगी । हिन्दु- मुस्लिम्- बौद्ध-ईसाई बसेको बागमा धर्म मायाको चलाए, रम्छ हाम्रो जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्यारो बसबिट्टी

~मणिराज सिंह~ कतैबाट नछेकिएको कसैले नबिटुल्याएको त्यो खुला आकाश अनि त्यो शान्त गल्ली र सडकमा परबाट आइरहेको धान कुट्ने मीलको मधुर आवाज साँझ, विहान गोरु जोतेर खेतमा गाईबाख्राको बथानसँग लुटपुटिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यात्रा

~राम श्रेष्ठ~ पाटीको छ बास, माथि निलो आकाश, माग्छ भोको पेटले, सानो एउटा गाँस, एक्लिएको जीवनमा, खोजेथेँ एउटा साथी,

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना

~छविलाल कोपिला~ सुन कसैको कल्पनामा फल्दैन, कसैको सपनामा पनि फल्दैन, न त फल्छ, कसैको भावनामा ऊ त फल्छ, पसिनाको उर्लिदो भेलको मझ्धारमा । + + + + भोको पेट पसिना चुहाएर जमीन उर्वर बन्न सक्छ,

Posted in कविता | Tagged | Leave a comment

केस्रा : नेता

~रुमानी राई~ लौ सुन नेताको कुरा भित्रभित्रै चाल्छ छुरा मिठामिठा आस्वासन अनि भाषणमा सुरा

Posted in केस्रा | Tagged | Leave a comment