Tag Archives: nepali sahitya

कविता : अब सत्यलाई पनि साक्षी चाहिएको छ

~चंकी श्रेष्ठ ‘अभय’~ अब सत्यलाई पनि सत्य सावित हुन साक्षी चाहिएको छ घामलाई घाम हुन जूनलाई जून हुन आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : पराई सम्झ

~मनोज न्यौपाने~ कि आफ्नो सम्झ कि पराई सम्झ केही न केही त मलाई सम्झ । हलचल कस्तो होला दिलमा एकपल्ट दिलमा सजाई सम्झ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : राजनीतिक दूव्र्यसन,ईश्वर,समय,प्रकृति

~सुवास खनाल~ “जब म भत्किन्छु र जोडिन्छु आस्तित्विक काँचका पर्दाहरूमा मेरो अनुहार सर्वसुन्दर भएझैँ लाग्दै जान्छ मेरो सर्वप्रिय पात्र म मेरो सर्वाधिक सत्य पनि म र मेरो आदिम मौनता सर्वशक्तिशाली मेरो आवाज हो ”

Posted in कविता | Tagged | Leave a comment

कविता : यो कस्तो सहर ?

~अरुणबहादुर खत्री “नदी”~ यो कस्तो सहर यहाँ मान्छेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, खानेपानीको हाहाकार थपिदै गइरहेको छ, प्रदूषणको त कुरै नगरौं

Posted in कविता | Tagged | Leave a comment

कविता : एक सुन्दरी बेश्या

~लक्ष्मी प्रसाद देवकोटा~ छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव ! फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् ! सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी ! ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ? रसाल भार रेशमी विचित्र चित्र रेखिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ७६ बसन्त

~रुमन न्यौपाने ‘अमन्त’~ सम्भाबनाको पार्कमा उभिएको बुढो सिमल ध्यानास्थ नियाल्ने गर्छु । उसका अधिर खुट्टाहरु, म जस्तै काँपिरहेछन् । कताकता, त्यसको बोक्रीएको सौन्दर्यता मलाई खबरदारी गर्न उभिए जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तीस वर्षघि

~प्रमोद स्नेही~ यही ढुङ्गे धारो यही पाली भत्किएको पाटी र यही दोबाटोको विषाक्त एकान्तमा छोडेर भागेकी हुनर्ुपर्छ मलाई मेरी कुमारी आमाले किन मलाई छाडेर भाग्दा यी बाटोहरूले छेकेनन् मेरी आमाको बाटो किन यो विषाक्त एकान्त बिझेन

Posted in कविता | Tagged | Leave a comment

कविता : पहेंलो भ्यागुता

~बिमल गुरुङ~ कता छ ट्याँकी कता छ? कता छ पाइप कता छ? म, पाइपबाट पानी भर्छु ट्याँकीमा । कता छ सलाई कता छ? कता छ पेट्रोल कता छ? कता छ पराल कता छ? म, परालमा

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : रोई-रोई

~कृष्ण वस्ती~ रोई-रोई बजि-रैछ सारङ्गीको धुन । जन्मभूमि पुकार्दछिन् हाम्लाई एक हुन ।। को होला यो विभाजनको घण्टा बजाउने ? पिप्ले खेत होइन देश बण्डा लगाउने । दु:ख हाम्रो साझा शत्रु ,जात-जाति होइन ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बिधीको शासन फेल भो

~कुन्दन काफ्ले~ दुखःले अर्जेको मुलुकमा सत्ता र शक्तिको खेल भो । छिना र झपटीको बीचमा कागलाई पाकेको वेल भो । पैसा र पहुँचको मेल भो, निर्दोषलाई सजाय जेल भो । मौन राज्यको कानमा अझै आवाजलाई छेक्ने तेल भो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम

~भिम बहादुर थापा~ अस्ति, हिंजो र आज तिम्रो र हाम्रो आफ्नै गाउँमा संवेदना नासिएको ठाउँमा मानवता मासिएको घाऊमा अकल्पनीय अपशकुन् सल्किएको यो क्षण सलाम, ख्याति तिमीलाई।

Posted in कविता | Tagged | Leave a comment

गजल : देखायौ नि त !

~रीना कार्की ‘भावना’~ खाल्डो भित्र रमाउँदै पार देखायौ नि त ! एकै निउँ काफी थियो हजार देखायौ नि त ! सायद धेरै दिएँ र नै तितो भो होला गुँँड तिम्रै जित बोल्छ समाज हार देखायौ नि त !

Posted in गजल | Tagged | Leave a comment

गजल : आउने तिमी को ?

~इन्दिरा थापा~ सपनीमा नबिराई आउने तिमी को ? थाहै नपाई दिल चोरी लाने तिमी को ? अङ्ग–अङ्ग चुम्बन गरी मनमा पसेर तिर्खा लाग्यो जवानीको भन्ने तिमी को ?

Posted in गजल | Tagged | Leave a comment

कथा : फेसबुक

~होतराज पौडेल~ ‘खै खै म पनि हेर्छु, फेसबुक ।’ श्रीमतीले ल्यापटपको स्क्रीनमा झम्टिन आइन् । म स्वयं पनि त्यति परिचित थिइनँ त्यो फेसबुक भन्ने प्रविधिसँग । छोराको सहायताले एउटा फेसबुक एकाउन्टसम्म खोल्न सकेको थिएँ । प्रविधिसँग आफुलाई पनि परिवर्तन गर्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्ञानी र बुनु

~सुशीलराज रेग्मी~ एक गाउँ थियो । गाउँको माझमा एक माध्यमिक तहसम्मको विद्यालय । जहाँ दुर दुरदेखि विद्यार्थीहरू पढ्नका लागि आउँथे । फरक जाति, फरक भाषा अनि फरक–फरक पारिवारिक पृष्ठभूमि बोकेका नानी बाबुहरू । विद्यालय आफैँमा एक फुलबारी जस्तै थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेवा ही परमो धर्म!

~घनेन्द्र ओझा~ निकै ठूलो समाजसेवीका रूपमा परिचित छ ऊ। उमेरको आधा समय समाजसेवामै समर्पित गरेको छ उसले। घर, परिवार, सन्तानको चाहना भएन उसलाई अथवा त्यसको लोभ देखाएन। समाजको हित, मानिसहरूको सेवा, उसले जानेको यत्ति हो। निकै समय बिताइसकेको छ उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मुख हेर्ने दिन

~पीताम्बर भट्टराई~ बाबा आज मुख हेर्ने दिन, मैले मेरो बाबालाई सम्झेकी छु मेरो बाबा जीवित भए आज केही स्याउका दानाहरु लड्डु र बरफीका डल्लाहरु दिएर मुख हेर्थें होला आर्शिवादका शब्दहरु पिएर

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : यस्तो मान्छे म

~सोम खनाल~ रुदै हिड्ने हुँदै हैन म त आँशु सुकाइदिन्छु अहंकार र आडम्बरलाई स्वाभीमान् ले झुकाइदिन्छु प्रत्येक कालो बादलमा चादी घेरा देख्ने मान्छे सुदुर सुन्दर भविश्यको आजै कथा लेख्ने मान्छे । बल्नु परे आगो हुन्छु निभाउने पानी हुन्छु आफ्नै पाखुरी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : हत्या

~सीता अर्याल~ बाबुआमाको न्यानो काख र मीठो दूध-भातलाई चटक्क बिर्सेर म पलायन भएको हुँ। पढ्ने, जागिर खाने, आफ्नो भविष्य उज्यालो पार्ने सिलसिलालाई च्यापेर मैले मेरा बुबाआमाको छातीमा लात हानेको छु। त्यसको बदला आज आफ्नै छातीमा कसैको लात बज्रिरहेछ। मेरो पूजनीय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फिलिम

~लेनिन बञ्जाडे~ “बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो …।” रमेशले एकाएक गाउँ थर्कायो। एक हप्तादेखि चित्रहार मा अजय देवगन र रविना टण्डन नाचेको हेर्दा–हेर्दा हामी वाक्क भइसकेका थियौं। अजय देवगनले फूल और काँटे देखि रमेश र मेरो मनमा हुन्डरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : Rajeev, Where Art Thou?

~Bikrant Koirala~ Sometimes you need to free yourself. Give yourself a space wherein you can explore the possibilities you have seldom considered, may be you can go beyond the limit you have always wanted to but you simply didn’t dare. … Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : म शान्त अमिताभ

~विपुल सिजापती~ मेरो शिर सगरमाथा मस्तिष्क बुद्ध म शान्त अमिताभ तिम्रा कुत्सित बुद्धिले अभिप्रेरित फोहर नंग्राले नकोपर मेरा शान्तिका सिमाना लिन नखोज परीक्षा मेरो धैर्य र शान्तिको विथोलिए

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जोगी पनि शुद्ध छैन

~वैद्यनाथ ठाकुर~ नम्बर एक क्रान्तिकारी पार्टीको स्थानीय निर्वाचनको लागि उमेदवार चयन गर्ने जिल्लाबाट सिफारिस भइआएको नामावली उपर अन्तिम पैmसलाको लागि गम्भीर छलफल हुँदै थियो । प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ गर्दै थिए । एउटा कुनामा बसेको कमरेडको मनमा रिपोर्टिङ सुनेर उथलपुथल भइरहेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाँस, बास र कपास

~एकदेव अधिकारी~ सामान्य लाज ढाक्ने पहिरनमा बैशाखी टेक्दै ऊ त्यहाँ आइपुग्यो। उसका आँखाहरू उसको अगाडि राखिएको कन्टेनरमा थियो। सायद ऊ कुनै चिजको प्रतिक्षामा थियो। उसको पिठ्युँको थोत्रो बोराभित्र सायद अनन्त कथाहरू लुकेका थिए। एकैछिनमा होटेलबाट फोहोरको डुङ्गुर लिएर एउटा भ्यान … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अराज्यवादी

~सुबेश घिमिरे~ फगत जिन्दगी यो कता भासिएछ जता मिल्छ माँड उतै टाँसिएछ नसोध मलाई म को हुँ? म के हुँ? पसिनाको मोतीमा म रम्ने मनु हुँ ! होला कोइ देस, होला कोइ भेष बिबिध खाले आफ्नै होलान् परिवेश रगत रातो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नाम चलेको मान्छे

~राजेन्द्र थापा~ तिमी मनपरी गर्नमा नाम चलेको मान्छे खोटै भए ‘नि बजारमा दाम चलेको मान्छे झुकी दर्शन नगरी नदेख्ने कोही हाम्लाई छड्के आँखा तर्दा ‘नि तिम्रो, सलाम चलेको मान्छे

Posted in गजल | Tagged | Leave a comment

केस्रा : खबरदार

~रुमानी राई~ आउंदैछन् फेरि माग्दै भोट चिटिक्कैको पहिरिएर कोट रातारात गाउँ वस्ती छिरेर खबरदार बाँटलान् नोट

Posted in केस्रा | Tagged | Leave a comment

सूत्रकथा : अनुभूति

~कुमार काफ्ले~ -राम र रमिता दिनभर पाखुरी चलाउँछन्,दश नङ्ग्रा खियाउँछन्। -समय कटेको पत्तै पाउँदैनन्। -गाग्रीबाट अंखोरामा सारेर चिसो पानी खान्छन्,प्यास मेट्छन्। -रमिता ढिँडो रोटी,मीठो मसिनो बनाउँछिन्,स्नेह र आत्मीयता मिसाएर पस्किन्छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : सफलताको कथा

~हरि अधिकारी~ प्राध्यापक डाक्टर लोकराज बरालको आत्मवृत्तान्तको पुस्तक रोमाञ्चित जीवनलाई अर्का प्राज्ञिक व्यक्तित्व नरहरि आचार्यले ‘निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त’ भनेका छन्। तर आचार्यको यस भनाइलाई बरालको पुस्तकले पूर्ण रूपमा पुष्टि गर्दैन्। … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : बन्द

~निश्चल काउचा~ रात भरि भारी बर्षा भए पनि बिहान आकाश खुलेको छैन फेरी पानी पर्ला जस्तो छ ! आज त नेपाल बन्द रे सुन्तली बिहानै गनगनाइ आज के खाने होला केही छैन ! साईलाले गोजीबाट २० रुपया झिकेर दियो ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीति कविता : बरै भन्ने कस्ले

~दिलिप योन्जन~ तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले। कसम यियो सात जन्मको,धोका दिइस भन्छे तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : एउटै मायाले

~आनन्द अधिकारी~ एउटै मायाले एउटै मायाले कसैलाई शिखर पुर्याउँछ कसैलाई फाँसी चढाउँछ एउटै मायाले गर्नुसम्म गर्दो रैछ प्रीतको छायाँले कोही अमर बन्छन् यसमै कोही यसमै झर्छन् कोही फूलको जुनी जिउँछन् किही विष पिउँछन्

Posted in नेपाली गीत | Tagged | Leave a comment