Tag Archives: nepali literature

गीति कविता : साटेर मुटु लाएको माया मलिनो भएछ

~भगवती बस्नेत~ साटेर मुटु लाएको माया मलिनो भएछ छाडेर हात तोडेर साथ, बिरानो भएछ! जोडेर राखे टुटौँला भन्दै मायाले सम्हाली बोलेर हैन दिएर गयौ पीरको कोसेली

Posted in कविता | Tagged | Leave a comment

गीत : दियौ हात तिमीले र मैले समाएँथे

~भगवती बस्नेत~ दियौ हात तिमीले र मैले समाएँथे सँगै सँगै हाँसी खुशी हिड्दा रमाएँथे अनायसै आज तिमी टाढा भयौ किन जान्ने रैछौ तिमी साह्रै मन्मा चोट दिन तिम्रै निम्ति सारा नाता टाढा बनाएँथे तिमी सँगै जिउन पाउँदा धेरै रमाएँथे निष्ठूरीको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : किन यो नाममा गर्व

~तीर्थराज अधिकारी~ छिटै अमर मर्नाले, अशोक शोकमा पर्र्यो । आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।। कुमारी गर्भकी भारी, पति कुमार छन् घरै । मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

मनोवाद : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

~आकार अनिल~ थाहा छ मानुषी ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘टपरेबाहुन’ ले टुविटर मा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : रूथ

~राजेश नतांश~ “म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” “तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !” रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो । रूथ आँखा चिम्लिएर गहिरो निद्रामा परेकीझैँ कञ्चन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्रन्टपेजको तस्बीर

~राजेश नतांश~ तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्पचाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चस्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चट्पटे मन

~राजेश नतांश~ काया बच्ची भा’की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडी लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमा गुमाउँदाको पीडा

~मणी नेपाली पनेरु~ हे आमा हे आमा पवित्र तिम्रो काख तिरेर तिरिन्न बन्दना सय लाख कलेजाको टुक्रा सरी छातीमा लुकाउँथ्यौ मेरो लागी आसुँ झार्थ्यौ आत्मालाई सुकाउँथ्यौ ममताको नदी बगाई अशीषको झरी रक्षा गर्थ्यौ देवी सरी छोपी वरीपरी

Posted in कविता | Tagged | Leave a comment

कविता : सिंगो आकाशका बन्दी हामी

~रमा देवकोटा पराजुली~ नारीकै कोखमा नौ महिना आश्रित पुरुष नारी आधा आकाश हुन् भन्छ नारीको स्तनपानले बाच्न सिकेको पुरुष नारी अर्धांगिनी हुन् भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पेन्सनपट्टा

~दीपेन्द्र के.सी.~ सम्झनाहरु बल्झाउने पेन्सनपट्टा बोकेर हातमा पेन्सन क्याम्प आउने बाटो हेर्दैछिन आमा जग्गेका मण्डपहरुमा गरेका वाचाहरु जीवनभर साथ दिने कसमहरु त्यो पहिलो रातका कुराहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : शहरमा एउटा भोज छ

~पुरुषोत्तम ढकाल~ शहरमा एउटा भोज छ निम्तालुहरुलाई मोज छ सप्ताहान्तको यो साँझ बधुहरु आउंदै छन् भोजमा सबलाई मोज छ एकै छिन है नेता महोदयको आगमन भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्याउटे लास भोज्र्याङको बाटो

~दीपक सापकोटा~ रात-साँझ पिठ्यूँ भाँच्चिने गह्रुँगो भारीले थिचिएर पहाडबीच ढुंगाको कापबाट उम्केर आएका छन् केही उज्याला आँखा के बोकेर ओरालो लाग्दै होलान् ती लड्खडाइरहेका पिँडुलाहरू ?

Posted in कविता | Tagged | Leave a comment

कथा : पँधेरामाथिको कोलमा देखिएको अपरिचित मानव

~गोविन्द वेल्बासे~ आजभन्दा करिव ४० बर्ष पहिलेको कुरा हो। त्यो गाउँमा त्यतिबेला यन्त्रबाट चल्ने कुनै यातायातको साधन पुग्ने बाटो थिएन। मोटर हिड्ने बाटोसम्म पुग्न दिनभरि हिडेर जानुपर्दथ्यो। त्यो गाउँमा मैले एक आकृतिलाई देखेँ। त्यो आकृति सेतो पहिरनमा थियो। त्यो सुनसान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी समय

~गोविन्द बेल्वासे~ शेखर श्रीकान्त बिहानको चिसो चिसो हावामा रमाउँदै हिड्दै दुध किन्नका लागि पसल खोज्न हिंडे । अघिल्लो दिनमै छोरासँग गएको पसल खोज्दै जाँदा पसल पनि भेटियो तर पसल त बन्द रहेछ । बाटोमा गाडी पनि एउटा दुईटा मात्र हिंडेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होवार्ड फास्टको लेखकीय नोट र रचना गर्भ

~गोविन्द बेल्वासे~ रक्ष राइले उर्जा थप्नु भएको ‘रचना गर्भको’ बिषय स्रष्टाहरु माझ जिज्ञासा र छलफलको बिषय बनेको छ । रचनाको गर्भको रहस्य खोलिदिनाले रचनाको परिधि साँघुरिन्छ भन्ने तर्कका आधारमा ‘रचनाको गर्भ’ को खुलासाको विपक्षमा उभिएका स्रष्टाहरुका बारेमा मलाई रक्ष राइले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ध्यय

~गोविन्द बेल्वासे~ यो प्रोजेक्ट मेरो कलेजको कोर्षवर्ककै एउटा पार्ट हो। मेरो कोर्षवर्कबाट झल्किएको विचारबाट मेरो टिचर पूरै प्रभावित भएका छन्। यो प्रोजेक्टमा लागनी गरेर यसलाई कम्प्यूटर गेम बनाएपछि बजारमा बेच्दा निकै फाइदा हुन्छ भन्नेमा मेरो टिचर ढुक्क भएका छन्। त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नबिन प्राचिनका १३ रुबाईहरु

~नबिन प्राचिन~ १. यति धेरै उदास हुने कसले बनायो मलाइ ? डाको छोडि छोडि रुने कसले बनायो मलाइ ? फूलहरुको संसार बाट जबर्जस्ति लखेटेर, पत्थर अनि हतियार छुने कसले बनायो मलाइ ? २.

Posted in रुबाई | Tagged | Leave a comment

बाल-कथा : सुनथानको भूत

~नवराज पोखरेल “पाखेली”~ “सबै साथि हरु त्यो सुनथानको भूत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !” निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! “कँहा भूत हुनु सुनथानमा त्यहा त देउता … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : दैलौ लगाएको आवाज….

~गोविन्द बेल्वासे~ दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा, एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : लेन्डुपहरु

~कृष्ण प्रसाई~ देशमा विभिषणहरू ज्यूदै छन् देशमा जालन्धरहरू पनि छन् । जे जति अर्जुनहरू छन् ती अब कुनै हालतमा

Posted in कविता | Tagged | Leave a comment

कथा : आमा बन्ने रहर

~हरिहर शर्मा~ रात परिसकेको थिएन, बत्ती भने बलिसकेका थिए। “के छ हालखबर यार !” अलि हतारिँदै हिक्मत आइपुग्यो। विशाला केही पहिले आइपुगेकी थिइन्। चल्तीको भाषामा, उनीहरू गर्लफ्रेन्ड-ब्यायफ्रेन्ड हुन्। “सबै ठीक छ,” सामान्य लबजमा विशालाले भनिन्, “खासै केही छैन नयाँ।” हिक्मतले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

प्राचिन आइरिस लोक बाल कथा : सेतो भूत

~विनय कसजु~ “ट्वाक, ट्वाक, ट्वाक” लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : भूत, भूतको सिपाही र म

~हरिहर शर्मा~ म त मान्छे परेँ भूतसँग डर लाग्दोरहेछ नडराऊँ भन्दा पनि भूतले देख्दैन- राम्रो के ? नराम्रो के ?

Posted in कविता | Tagged | Leave a comment

कथा : इतिहासको चिहानमाथि उभिएर

~मातृका पोखरेल~ सदरमुकाम गाईघाटबाट केन्द्राध्यक्ष तोकिएको पत्र बुझेर उही दिन साँझमा म उदयपुरगढी आइपुगेको थिएँ । उदयपुरगढी मेरा लागि कुनै नौलो ठाउँ थिएन । उदयपुरको रूपाटारमा घर भएको हुनाले सानै उमेरमा नून बोक्न दुईचार पटक बाबुको पछि लागेर यही बाटो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूतसंग चार पटकको जम्काभेट

~सुविन श्रेष्ठ~ नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : निद्रा

~बिक्रम सुब्बा~ रातभर सपनाको खेती गरेर एउटा बिहानी किनेँ… सिँगै बिहानीले पनि रिन तिर्न नपुगेर फेरि मेरो दिन बेच्न निस्केँ…

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ बुद्ध

~सुयर्मा राइ~ एक भीड मान्छेहर्रू भर्खरै युद्धपोतबाट फर्केर एकजोडा परेवा उडाए आकाशमाथि– भुरुर्र शान्तिको नाममा ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : कुलेश्वर – नेमुनिको आश्रमस्थल

~कृष्णप्रकाश श्रेष्ठ~ कुलेश्वर – नेमुनिले आश्रम बनाएर बसेको पवित्र स्थल ! यसपल्ट घर (काठमाडौं) जाँदा बगलमै रहेको कुलेश्वर महादेवको स्थान पनि हेर्न जाने योजनाअनुसार एकाबिहानै भाइ तेजप्रकाश र बहिनी ताराबदन सहित म त्यहाँ पुगें । पाँच वर्षअघि पहिलोपल्ट म त्यहाँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आँसुको बाछिटा र जीवन

~मोमिला~ जिन्दगीबाटै प्रारम्भ हुन्छ मृत्युको कथा ! मृत्युको कथा भनिरहँदा अचानक जीवनको दुर्घटनाग्रस्त एउटा जहाज मेरो मनको किनारमा आएर रोकिन्छ र खैरो उदासीमा भग्नावशेषबाट प्रारम्भ हुन्छ अर्को मृत्युको कथा !

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध तिम्रो पूजा त गर्छु

~राजेश्वर कार्की~ बाच्न मन लाग्छ किनभने हामी धेरै मर्छौँ हामी उज्यालो चाहन्र्छौँ किनिक अध्यारो हाम्रो गर्भे पृष्ठभूमि हो

Posted in कविता | Tagged | Leave a comment

Poem : My Story

~Bikram Subba~ – Translated by Rupa Joshi Someone Filled my kerchief of love with selfish blooms Broke my heart Made a flute And played her own tune on it

Posted in Poem | Tagged | Leave a comment

‎कविता : मेरो कथा

~बिक्रम सुब्बा~ मेरो मायाको रुमालमा कसैले आफ्नो मतलबको फूल भ-यो सग्लो मेरो मन बाँचेर आफ्नो धून बजाउँने बाँसुरि बनायो

Posted in कविता | Tagged | 1 Comment