Tag Archives: nepali literature

कविता : शुभकामना !!!

~रबिन पुरि~ दिन ले रात लाई हात समाउँदै ! कहिले फकाउदै,कहिले जिस्काउदै !! वर्ष हिउँद अनि हरेक रितुहरुमा! कुहिरो,घाम र असिनाका डिक्काहरुमा !! सूर्यले बादल सँग खेल्दै खेल्दै , चन्द्रमाले जुन तारा सँग चल्दै चल्दै !!

Posted in कविता | Tagged | Leave a comment

कविता : वनचरीको लय

~त्रिभुवनचन्द्र वाग्ले~ आज पनि आमाको भान्सामा बजेनन् थाल, कचौराका घण्ट सायद यतिखेर आमाको भान्सा आमरण मौन व्रतमा छ ल्याएर अलिकति सिस्नो र भ्याकुर आमा

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा सानो जंगलको कथा

~शिशिर शर्मा~ एकादेशमा एउटा जंगल थियो । त्यो जंगललाई चारैतिरबाट ठूलाठूला दुई जंगलले घेरेका थिए । त्यो बीचको सानो जंगलमा िवभिन्न जाति प्रजातिका जनावरहरू बस्थे । उनीहरूको आ–आफ्नै भाषा, संस्कृति, धर्म आदि थियो । यस्तो विविधता भए पनि त्यहाँ सबै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तुच्छ जीवनको महान् गाथा

~आहुति~ यो धर्तीको म जुठे नामको तुच्छ गरीब नाईँ ! म बन्न सक्तिन महान् ! रामप्रसाद शर्मा आम्मै आम्मै ! उनको बाजेको थियो सात गाउँमा लेखोपाखो बिर्ता

Posted in कविता | Tagged | Leave a comment

कविता : शिर निहुराउने रहर

~मोहन बन्जाडे~ आफ्नै खोरिया आफैले फाँडेर आफैले रोपी आफन्तहरुले टिपी छिमेकी मिलेर बाटेको धागोबाट गाउँले मिली बुनेको कपडामा कुनै देशबासी आफैले सिम्रीक भुइँ र नीलो किनारा बीच

Posted in कविता | Tagged | Leave a comment

कविता : गद्य-गीत

~विजय मल्ल~ त्यो पर माथि आकाशमा, दिउसै दिन रोएको, छटपटाएको, आँसु-झारेको तिमीले देख्यौ ? यसरी विस्मयले सोधेको मलाई अ- हिले संझना छ । प्रिय ! उहिले वायुमा ओसारिएका

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : फुच्चे घर छाड्दैन

~माधव ‘सयपत्री’~ व्यञ्जना र अनुराग दिदीभाइ हुन् । उनीहरू घरबाट टाढा डेरामा बसेर पढ्छन् । गाउँमा हाइस्कुल नभएर त्यसो गर्नुपरेको हो । व्यञ्जना र अनुरागको घरमा एउटा फुच्चे बिरालो पनि थियो । उनीहरूको बाबा एउटा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : सन्तरे

~पुष्कर रिजाल ‘पुष्प’~ कठै ! विचरा । सन्तरेलाई देख्ने बित्तिकै जो कसैको जिब्राले यही फट्कार्थ्यो । ऊ किन सबैको विचरा बन्यो त । को हो सन्तरे ? करिब १० वर्ष पहिले मेरा मनमा यस्तै प्रश्नले डस्थे । नेपालको उच्च पहाडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : डेनभरको प्रभात

~निर्मला अर्याल~ आज बिहान मैले देखें कस्तो राम्रो डेनभर हेर्दा हेर्दै म त भएँ अति नै गदगद

Posted in कविता | Tagged | Leave a comment

कथा : मानवअधिकारवादी

~फडिन्द्र अकिञ्चन~ गायत्री मन्त्र, राष्ट्रगान, एफएम रेडियो र टेलिभिजनका लामा स्टेशन आइडी टोनले शहरलाई ब्युझाउने क्रम शुरू भएको थियो । पूर्वमा स्पष्ट हुँदै थियो माघको दिन प्रारम्भ हुने संकेत। बाक्लो तुवालोले पुरै बस्ती ढाकेको थियो । डाँडातिर हिउँ परेकोले चिसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : पहाड काम, वीर काम

~इन्द्रबहादुर राई~ मलाई हाम्रो प्रतिष्ठानले दार्जिलिङबाट डाकिएकोमा मेरो मनमा संशय प¥यो । मलाई किन उहाँहरूले डाक्नुभयो मनमनै विचार आइहाल्यो । मभन्दा धेरै अधिकार पाउने धेरै अरू लेखकहरू छन्, नेपाली साहित्यको निम्ति मैले भन्दा धेरै बढ्ता योगदान दिनु भएका साहित्यिकहरू यहाँ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : सम्बन्ध

~सुमित्रा न्यौपाने~ साउनेझरी झमझम परिरहेको थियो । पानी कहिल्यै बन्द हुने छैन झैं लागिरहेको थियो । मन्द उज्यालोमा छाता ओडेर गन्तव्यतर्फ अगाडि बढेका बटुवाहरूको आधा शरीर भिजेको देखिन्थ्यो । झिसमिसे साँझमा चारैतर्फ भ्यागुताहरू कराइरहेका सुनिन्थे । झ्यालमा बसेर म टोलाइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आमा

~रेखा पन्त~ सन्तानको निम्ति परेली, रुझाउँछिन् आमा !! हाँसो सुम्पिएर पीडा, लुकाउँछिन् आमा !!! घाम पानी झरी बादल् , पर्वाह नगरी जसोतसो दिन्मा दुई छाक् ,जुटाउँछिन् आमा !

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मेरो सभ्य सभ्यता र सँस्कृती

~दीपक कुमार ज्ञवाली~ म मानव सभ्यता र सँस्कृतीको पक्षधर हूँ । सभ्यता मेरो अलङ्कार हो । सभ्यता मेरो पहिचान हो । म सभ्य समाजमा मेरो सभ्य सभ्यता र सँस्कार बोकेर रमाऊन चाहान्छु । मेरो सभ्यता सँगै म जिउन चाहन्छु । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : काल नआर्इ मरिन्न

~दण्डपाणि जैसी~ त्यतिबेला म जनकपुरमा कार्यरत थिएँ। म र भगवान जी एउटा योजनाको नापी लिन बिहानै साइट जाने कार्यक्रम थियो त्यसैले हाम्रो ड्राइभर जनकलार्इ विहानै बोलाएका थियौं। बिहानको करीब पाँच बजे तिर चिया नास्ता तयार गर्न भनेर देवी म भन्दा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कार्यपत्र : चितवनको साहित्यिक पत्रकारिताको सङ्क्षिप्त रुपरेखा

~डि आर पोखरेल~ १. पृष्ठभूमिः साहित्य जीवनको सूक्ष्म अनुभूति र त्यसको कलात्मक अभिव्यक्ति हो । यसमा सामाजिक जीवनको यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको सांस्कृतिक रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : अनुरोध आमालाई

~एम. वि. बुढा~ आँगनीमा नखोज्नु आमा मेरो अर्कै संसार छ आफ्नै छेउ नडाक्नु आमा लडाइँको संघार छ । बाटो छेक्ने हैन आमा पुगिसके मेरा मित्र छैन मुक्ति यहाँ आमा पुरानो उही जन्जिरभित्र

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरी आमालाई

~अमृत सिङ थिङ~ के ल्यायौ र ? दिवस तिमीले, मेरी आमालाई मिठो भाषणमा भुलाउदै ,फेरि आमालाई पहाडको कुना कन्दारामा पनि छन् नारीहरु

Posted in गजल | Tagged | Leave a comment

कविता : करुणा, अहिंसा र प्राणी अधिकार

~रमेश भट्टराई ‘सहृदयी’~ १. यो पृथ्वी कसैको जिजुबाको दाइजो भए लाखौँ निरीह जीवसँग कर उठाइन्थ्यो होला तिम्रो सर्वश्रेष्ठताको माप के हो मान्छे ? अहिंसा परमो धर्म ठूलो या जिब्राको तृष्णामा मांसाहार ? विज्ञानलाई सोध… बुद्धलाई सोध…. तिम्रो र तिनको शारीरिक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यर्थ

~अमृत सिङ थिङ~ सादा तस्बिरमा रङ्गीन आँखा खोज्ने तिमीलाई कसरी भनु अन्धको तस्बिर भनेर सागरमा डुबेर मोती बटुल्ने तिम्रो चाहाना सकेनौं पौडिन अाँखाको नानी बनेर

Posted in कविता | Tagged | Leave a comment

छेस्का : मेरी प्यारी छोरी

~रमेश पल्लव~ किन सधैं ढिलो आउछ्यौ मेरी प्यारी छोरी ठुस्स परी झर्कीहाल्छे यो नक्कली मोरी रुप उसको धिपिक्कै छ कत्ति साह्रो गोरी

Posted in छेस्का | Tagged | Leave a comment

लघुकथा : वीर गोर्खालीका नातिहरू !

~हरिप्रसाद भण्डारी~ मानिस र गाडीको नियमित आवत–जावतले गर्दा बानेश्वरचोकमा प्रायः घुइँचो भइनै रहन्छ । त्यस्तो घुइँचोमा पनि उसले सकी–नसकी बाटो काट्यो र टक्–टक् बैसाखी बजाउँदै बायाँ किनारै–किनार उत्तरतिर लाग्यो । खुट्टाको अपाङ्ग भए पनि बैसाखीको सहाराले ऊ तीव्र गतिमा अगाडि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : थर्ड माड्साप

~राजेन्द्र ज्ञवाली~ लामो सेताम्म दारी, तर जुँगा भने सफाचट । मुखमा प्राय पान र त्यसका कारण रातो (विस्तारै कालो हुन थालेका) ससाना दाँत ! अग्लो अथवा मझ्यौलो शरिर, अनी हातमा कालो बेँतको लठ्ठी ! प्राय सेतो रङ्गको पाइजामा र कमिजमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सन्देश छोरीलाई

~अमृत सिङ थिङ~ छोरी ! तिम्रो बाबा , बाबा रहेन अचेल मामा, काका, दाजु ,भाइ जो जो छन् तिम्रो वरिपरि तिम्रो रक्षक रहेन अचेल तिमी छोरी हुनुको दुश्मन हुन् तिमी नारी हुनुको शत्रु हुन्

Posted in कविता | Tagged | Leave a comment

कथा : ज्वानौसँग जात्रा

~जीवन डाँगी~ लेकाली गाउँ छाडेर हिडेको बर्षौ भयो । गाउँ पुग्दा थाहा पाए, मै संग मुग्लान लागेकाहरु छुट्टी आई, फेरि फर्किए छन । ४ बर्ष पछि मुकाम, गुराँस बजारबाट गाउँमा पाईला टेग्दा, नौलोपन महसुस भयो । गाउँमा घर जति जम्मै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नागिन्द्र आचार्यका चार हाइकुहरु

~नागिन्द्र आचार्य~ १ खेतमा विउ असारको महिना छैन खेतला २ नरोपी खेत नबस्नु दाजुभाई

Posted in हाइकु | Tagged | Leave a comment

पत्रकथा : भोजराजलाई रश्मीको चिठी

~दुर्गा कार्की~ भोजराज, कथा त राम्ररी नै भन्यौ, तर केही कुरा छुटायौ, केही लुकायौ अनि धेरै चाहिँ ढाँट्यौ। हुन त शब्दको सीमामा बाँधिएर लेख्न थालेको कथामा त्यत्तिको छुटपुट र ढाँटढुँट हुनु स्वाभाविक पनि होला! तैपनि तिमीसित फेरि भेट भए एकपटक … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कथा : मेहन्दी

~भानुभक्त~ उससँग दिनमा प्रायः दुईचोटि मेरो भेट हुन्थ्यो। बिहान योगा गर्दा टियुमा र अफिस जाँदाआउँदा बसमा। महिना दिन भइसकेको थियो देखादेख भएको तर बोल्ने कुनै बहाना जुरेको थिएन। बोल्ने बहाना नजुरेपनि सल्लाह गरेजसरी एउटै बसमा भेटिने संयोग भने परिरहन्थ्यो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पत्याउनु नपत्याउनु

~रेखा पन्त~ चित्कारले मुर्दा उठछ,पत्याउनु नपत्याउनु ग्रहणले क्षितिज लुट्छ,पत्याउनु नपत्याउनु नयन बाट अस्रुधारा, झर्दा वर्षा भेल जस्तै

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु झार्दै थियौ

~अनुपम थामी~ अक्षेतामा दही राखी, टीका सार्दै थियौ नजाउन प्रीय भनी, आँसु झार्दै थियौ बिरानो यो ठाउँतिर, उडान भर्न लाग्दा

Posted in गजल | Tagged | Leave a comment

कविता : भगवानको विरोध

~सागर भण्डारी~ मलाई जिउन सिकाउने ए मेरी प्यारी आमा मुटु दरो पारिराख है ठूलो भुकम्प जान सक्छ पृथ्वी बोक्न सक्ने तिम्रो शरिर वायुमा डगमगिन सक्छ अविश्वासका छालहरु उठ्न सक्छन् विद्यवसंका कल्पनाहरु

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : कोमल हृदयको

~दिपक घर्ति मगर~ तिम्रो माया छैन भन्यौ ढाँटेर गयौ.. अर्कैसँग मन अनि मुटु साटेर गयौ. के दोष थियो र

Posted in मुक्तक | Tagged | Leave a comment