Tag Archives: nepali literature

लेख : स्वच्छन्दतावाद (Romanticism)

स्वच्छन्दतावाद (Romanticism), अन्य नाम: (रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौं शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ । परिचय Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलार्इ रोमान्स भानिन्थियो … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : फेरी पनि म उठ्ने छु

~शिव प्रकाश~ खोज्नै पर्दैन दाउरा काफी छौ तिमी आफैं बल्नु हो, मूढाको धर्म सल्काऊ आगो बनाऊ खरानी मलाई फेरी पनि म उठ्ने छु ।

Posted in कविता | Tagged | Leave a comment

गीत : नारी

~श्रीपुरुष ढकाल~ नारी हुन् आमा नारी हुन् दिदी नारी नै बहिनी दुःखमा पनि सँगै नै हुने जीवन संगिनी सबभन्दा बढी दुःख र कष्ट नारी नै भोग्दछन् पीडाले मैलो भएको छाती आँसुले पखाल्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पुनरागमनको प्रतीक्षा

~कृसु क्षेत्री~ विषालु सर्पको शयनमा बसेर जिउनुको अर्थ हराएको छ शब्दकोषबाट तर पनि एकाकी विषादपूर्ण भोगाइमा बाँच्नुको बाध्यतामा मौन हुनुको अर्थ जिब्रो थुतिएको पक्कै हैन स्थिर बस्नुको अर्थ खुट्टा काटिएको सत्य हैन पखेँटा काटिएर कतै उड्न नसकेका चराका बथानझैं धवलयात्राको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीतिका जुवाडेहरू

~तिर्थराज अधिकारी~ जुवाडेहरू- मिलेर जुवा खेल्दाखेल्दै सानै कुरामा सन्किन्छन् अलिकति निहुँमै आपसमै रन्किन्छन् रिसको पारो तातेर मन बुझाउन नसकी कोही खालबाटै बाहिरिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना र पँलासहरू

~सुमित्रा न्यौपाने~ अनुहार प्रसन्न थियो । ओठमा मुस्कान र मनमा उकुसमुकुस पनि । सबै सपना आज पूरा भएका थिए । बैङ्क ब्यालेन्स पर्याप्त भएपछि अमेरिका छोडेका  सुमन लामो समयसम्म बेखबर थिए । मोटो, खाइलाग्दो र गोरो वर्णले विदेशीकै  छनक दिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चूडा सबैका मनमा उदायो

~तीर्थराज अधिकारी~ ऊ गर्भको आसनमा डगेन कसेर अड्डी जगमा झरेन भएर अप्रेसन बल्ल आयो स्वभाव आफ्नो सुरुमै चिनायो । पिता थिए कृष्ण बडा मनस्वी दिव्या थिइन् ती जननी यशस्वी सन्तान सच्चा शिर के लत्रिइन्थ्यो ? अन्यायमा मौन कहाँ रहन्थ्यो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली

~त्रिलोचन आचार्य~ म चाहन्छु सधैँ बन्न चोखो थुँगा गुराँसको म चाहन्छु सधैं खुल्न किल्लाभित्र स्वदेशको म चाहन्छु सधैं फल्न, श्रम दाना बनी यहाँ र चाहन्छु सधैं बाँच्न– ‘म नेपाली भनी’ यहाँ। बन्दै धौलागिरी उठ्ने– पाल्दैछु चाहना म ता

Posted in कविता | Tagged | Leave a comment

कविता : टेको

~असिम सागर~ चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर यति धेरै चर्किएका छन् कि घरका भित्ताहरु जहाँबाट छिरेको चिसो बतासले रातभर खोकिरहन्छ अस्ताउन लागेको बूढो घाम

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी अर्थात् उज्यालो

~ठाकुर बेलवासे~ तिमीले चिनाएको देशको झण्डा हातमा उठाएर म आज नागरिक बनेको छु । तिमीले रचेको इतिहास पढेर खोल्सा, खोँच र गोरेटाहरू अनि आफ्नै अनुहार चिन्ने भएको छु । तिमीले एउटा आकाश बनायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~मञ्जुश्री गिरी~ यातना र त्रासमा पनि गतिशील अविरल निरन्तर जीवनदेखि जीवनसम्म जोस जाँगर र उत्साहमा निरन्तर खटिरह्यौ विश्वासका ज्वारभाटाहरू कतिपटक देख्यौ विद्रोहमा

Posted in कविता | Tagged | Leave a comment

कविता : घर फर्कने सपना

~पुरु लम्साल~ आफैंले बनाएको घरले थिचेर बाले संसार छोड्नुभएपछि मैले घर छोडेँ। घरमै छुट्यो आमाको काख

Posted in कविता | Tagged | Leave a comment

कविता : वेश्या ?

~नवराज लम्साल~ ‘कस्ले भन्छ म राम्री छैन कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन भो छोड अनुहार, रुप र शरीरका कुरा अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म सजीवता फालेर एकछिन र बिर्सेर जीवनका सारा बोझहरू डुब चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृदुलासँग निषेधित प्रेम

~चन्द्र घिमिरे~ नबुझेको कहाँ हो र ! तिम्लाई जत्ति मन पराउँछु उत्ति मेरो चर्चलाई तिमी अप्राप्य छ्यौ । मैले नबजाउँदैमा पियानोले कहाँ सन्चो मान्छ ? अधबैंसे घुर्की लाएर आफैं बजी बस्छ तिम्रै नाउँमा ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अवसरवादी

~कल्याण पन्त~ म २५ वर्ष अघि पहिलोचोटि शहर पसेको हुँ । त्यतिबेला मेरो उनकै घरमा डेरा थियो । क्याम्पस गइन्थ्यो, आइन्थ्यो । प्रायशः डेरामा ओहोरदोहोर गर्दा ढ्याम्म झ्याल लाग्थ्यो । कसैका आँखा मप्रति कर्कन्थ्यो पनि । मैले गाउँ र शहरको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : यसपटकको रहर

~निलिमा पुन~ यस पटकको चाडमा माइत जाने रहर छ सबै माइती दिदी बहिनी भेटने मलाई मन छ हिमालबाट दिदी पनि आउने कुरा गर्थिन् तराईबाट फुपु पनि पहाड जाने भन्थिन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : इमली

~पुष्कर रिजाल ‘पुष्प’~ ढोका अगाडि पिँढीमा बुढीआमा अघिदेखि लगातार खोकिरहेकी थिइन् । भर्याङमुनिको ओच्छ्यानमा इमली सुतेकी, काखमा सानो छोरो दुध तान्दै र रुँदै गरेको टिठलाग्दो दृश्य थियो । ऊ बेलाबेला अर्को दुध फेथ्र्याे । साउने पखाला थामिए पनि गाउँमा फेरि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : परिणाम

एउटा परिवारमा आमा, बुवा अनि छोरा थिए । छोरा भर्खर ८ वर्षको भएको थियो । यत्तिकैमा एकदिन कसैले ढोका ढकढक्यायो। बुवाले छोरालाई भने, ” सन्दीप ! जा त, गएर, घरमा बुवा हुनुहुन्न, भन्दे ! ” दिनहरु बित्दै गए । अर्को … Continue reading

Posted in नैतिक कथा | Leave a comment

गजल : भर लाग्यो मलाई

~गौरी ढकाल~ तिमी ममा आशक्त छौ, भर लाग्यो मलाई बुझेर पनि अबुझ बन्न कर लाग्यो मलाई छायाँ खोज्दै प्रकाशमा नहिँडेकी होइन प्रकाश भन्दा तातोसँग डर लाग्यो मलाई

Posted in गजल | Tagged | Leave a comment

नाटक : कमरेड फिप्टी पर्सेन्ट

~खेम थपलिया~ दृश्य एक समय : मध्यान्ह स्थान : पार्टी कार्यालय पात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य नेपथ्यबाट दोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन । बम पड्केको आवाज निकै परसम्म सुनिने … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

कथा : राष्ट्रसेवक

~इस्माली~ सेतो कमिज,गाढा निलो पाइण्ट र गाढा निलो कोटमा ऊ झन चिटिक्क देखियो । गोरो वर्णमा कस्तो खुलेको । पाँचै हजारमा सेट तयार भयो । मोफसलमा भएर होला । यताबाट अढाई हजार उसले चोखै उबा¥यो । उब्रेको रकम अफिसलाई फिर्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्कार परिचय : लोकदेवता गणिनाथ गोविन्द जयन्ती

~अज्ञात~ नेपालको मधेस र राजधानी काठमाडौँका साथै उत्तरभारतका लाखौँ परिवारद्वारा कुल देवताको रूपमा मनाइने गणिनाथ गोविन्द पूजनोत्सव हरेक वर्ष कृष्णाष्टमी शनिबार वा त्यसपछिको प्रथम शनिबारको दिन भव्यताका साथ मनाइन्छ । मध्यकालीन भारतमा जब जादु, टुना र डाइनी जोगिनको प्रकोप निकै … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

गजल : सहर था’ भो

~ज्ञानुवाकर पौडेल~ कस्तो रहेछ त सहर था’ भो मान्छे हुन् कि प्रस्तर था’ भो हाँस्ता पनि दुख्यो जब यो मन दिवा–स्वप्नको असर था’ भो

Posted in गजल | Tagged | Leave a comment

कविता : स्यालको कथा

~तीर्थराज अधिकारी~ रात चड्दा हुने जम्मा, स्वर खप्टी कराउने प्रातः खुल्दा कुना पस्ने उज्यालामा हराउने सिनो भेटे उतै रम्ने स्यालको हो पराक्रम तड्पिने पेटका निम्ति कर्म यै वंशको क्रम ! माउका काखका पाठा, चल्ला छोपी कुदाउने निर्धालाई उसै ङ्याँकी प्राण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कहाँ एक्लै छु र ?

~सरण राई~ के तिमी एक्लै हिँडिरहेका छौ ? हो र, म एक्लै देखिन्छु हिँड्दा हिँड्दै म एक्लै भएछु र हिँडिरहेछु बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिँडेका थियौँ खाना देख्दा झिना झपटीमा छुट्टियौँ कि… खान पाउनेहरूले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : प्रयोगधर्मी कथामा इन्द्रबहादुर राई

~महेश पौड्याल~ इन्द्रबहादुरले कतिवटा कथा लेखे त्यो अध्ययनको एउटा पाटो हो । तर उनले दिएका तीन सङ्ग्रहमा उनी तीनरूपमा प्रस्तुत भए, जसको प्रभाव नेपाली कथासाहित्यमा ठूलो पर्न गयो । विपना कतिपयले राईलाई एउटा सशक्त यथार्थवादी कथाकारका रूपमा प्रस्तुत गर्याे र दार्जिलिङका … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

गजल : तरङ्ग जिन्दगीको

~रामभरोस कापडि ’भ्रमर’~ गजल गायिकी हो तरङ्ग जिन्दगीको भाव वनिता हो तरङ्ग जिन्दगीको अभिव्यक्तिमा आउँछ धुन तालको सरगम शब्द व्याख्या हो, तरङ्ग जिन्दगीको

Posted in गजल | Tagged | Leave a comment

कविता : टागन घाेडा

~शरद पाैडेल~ तिम्राे तबेलामा बाँधिएकाे मात्र म टागन घाेडा, निगाहले दिएकाे अलिकता भुसा खाएर स्वामी भक्तिमा हाजिर छु ! ए ! सुसारेहरू हाे ख्वामितका,

Posted in कविता | Tagged | Leave a comment

कथा : मनौरो

~कञ्चन ओझा~ ‘स्मोकिङ छोड्दा नि त्यो सिग्रेटको माया ला’को होला है, तिमीलाई ! तर, मबाट टाढा हुँदा मेरो अलिकति पनि माया लागेन नि ?’ भन्दै जोरसँग फोनमै कराउँछे ऊ । फोनको अर्को किनारमा थियो, समीर । जो उसको त्यत्रो ठूलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न

~यकिना अगाध~ मेरी आमा ! भालेको तेस्रो डाँकसँगै उठ्नुहुन्छ भाइलाई पिठ्युँमा बोकेर पँधेरा कुद्नुहुन्छ आगो फुक्नुहुन्छ बस्तुभाउलाई कुँडो पकाएर बा र हामीलाई खाजापानी बनाउनुहुन्छ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मंगल कामना

~चूडा निर्भीक~ छन्द : तोटक सबको हित होस् धन सञ्चित होस् । दुखका दिन यी अब वञ्चित होस् ।। सुखका दिनले युग चुम्न सकोस् । भव स्वर्ग जसै अब राज्य बनोस् ।। न गरीब बनोस् न दुखी छु भनोस् । … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सोचाइ , बुझाई र भोगाइ

~सुशील श्रेष्ठ~ बन्द गरेको फेसबुक खोल्न मन लाग्यो , थोरै भए पनि वास्तविकता शब्दमा पोख्न मन लाग्यो । अरूको होइन आफ्नो परिचय देऊ भन्न मन लाग्यो , कल्पनामा होइन जिन्दगी यथार्थमा बाच्न सिक भन्न मन लाग्यो।

Posted in कविता | Tagged | Leave a comment