Tag Archives: nepali literature

कविता : तिम्रो घमण्ड

~बिपना ढुङ्गाना~ वास्तविकता छलेर अनि धारिला शब्द अङ्‌घालेर हिँड्दै गर्दा कुनै दिन आफ्नै अस्मितामा ठेस लाग्ला, जिउनुको अर्थ बल्ल बुझ्‌नेछौँ तिमीले, त्यो समय फर्केर आफूलाई एक पटक नियाल्नु तिमी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु एकसट्ठी

~मञ्जुल~ शून्यताले पढ्यो ती सबै अक्षरहरु जो मैले आफ्नो उपस्थितिले लेखेँ प्रकाशले पढ्यो ती सबै अक्षरहरु जो मैले आफ्ना छायाँहरुले लेखेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : कमली दमिनी

~सकुन्तला जोशी~ ऊ बेला पहाडमा बाऊको पयरकलको मुनिबाट सुटुक्क चोरेर ल्याएकेा झिल्के कपडाका टालाटुलीमा खुब राम्रो बेहुली सिंगारेर ‘बेहुली’ खेल्थ्यौं कमली दमिनी र म कहिले बेहुली सानी भएकोमा रिसाउँथी ऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्राकृतिकको खेल ,पानी

~पूर्णिमा पिम्मी~ साउनको झरीमा पहाडहरु भिजेछन डाँडा कान्ला रुखहरु निथुक्क भएछन झरी पर्दा सागर पनि शान्त हुनछ भिजेको तोहले आकाश पनि पुरै ढाकिन्छबादलको गुच्छालेपहाडहरु पनि सेताम्मे हुन्छ कपासले घुम्टो हाले जस्तै बिस्तारै हावाको

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्तो खराब

~मनोज निर्जन~ अशान्ति र भय कस्तो खराब अहिलेको समय कस्तो खराब अरूलाई रोकेर आफू अघि बढ्ने मान्छेहरूको आशय कस्तो खराब

Posted in गजल | Tagged | Leave a comment

कविता : भद्रपुर

~राजेन्द्र शलभ~ भद्रपुरमा अलिकति कारिन्दाहरू छन् त्यो भन्दा बढ्रता हाकिमहरू छन् अलिकता उद्योगधन्दाहरू छन् त्योभन्दा बढी नेताहरू छन् केही स्कूल र कलेजहरू छन् त्योभन्दा बढी भट्टी पसलहरू छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : पिडादायी विजय

~बिभोर बराल~ विभाष निसन्देह एक महान वैज्ञानिक हो। उसले अनगिन्ति आविष्कारहरू गरेको छ। हरेक क्षेत्रमा उसका खोजहरूले नविन आयाम कायमगरेका छन्। अझ भनौ देशको वर्तमान सुदृढ अवस्था उसैको देन हो। ऊ नेपालमा मात्र होइन सम्पूर्ण विश्वमै प्रसिद्ध छ। सारा संसारले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दशगजा टाढाका मित्रहरु

~डि.एल. भन्डारी~ ध्वंसका केही खेतालाहरुलाई नचाउन सिपालु दशगजा टाढाका मित्रहरु साम्यवादको मृत्युको हल्ला गर्दै दुनियाँका साम्राज्यवादी लुटाहाहरु क्यूवाको तागत हेर्न नसकि संसारलाई जकटने प्रतिक्रियावादीहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : धुन

~प्रकाश थापा मगर~ स्वाँ.. स्वाँ… गर्दै “यो उकालो कति लामो होला ?” भन्ने जिज्ञासाका साथ यसो माथितिर हेर्न थालेकै थिएँ कि एउटा अनुहारले मलाई मन्द मुस्कानका साथ सलाम ठोकिरहेको थियो । कालो वर्णको त्यो अनुहार त्यही उकालोमा बसिरहेका थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : के खोजिरहेछ आँखाले

~निर्मला अर्याल~ के के खोजिरहेछ आँखाले उसलाई आफै थाहा छैन के के सोचिरहेछ मनले उसलाई त्यो पनि थाह छैन । कुराकानी गर्न खोज्छे ऊ तर जान्दिन कुरा पुर्याउन

Posted in कविता | Tagged | Leave a comment

कविता : समयले कोल्टो फेर्दा

~जयबहादुर श्रेष्ठ “सहयात्री”~ समयले कोल्टो फेर्दा आज को को के के भए हिजो जंगल बस्ने मानिस आज शहर पस्न गए क्रान्तिका नाममा जंगलबाटै बेमौसमी बाजा बजे गरिबका दुःखी दिन अझै उस्तै रहिरहे कोही मान्छे शहीद हुँदा आफन्त चाहिं रोइरहे

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : वर्षायामका गीतहरूमा सौन्दर्य

~जीवन शर्मा~ अरू विधालाई जस्तै बर्षा यामका गीतहरूलाई पनि सौन्दर्यशास्त्रीय आँखाले राम्रोसँग नियाँल्न सकिन्छ । यस्ता गीतहरूमा सौन्दर्य कसरी छिपेको हुन्छ भन्ने कुरा बुझ्न सौन्दर्यशास्त्रका आधारभूत मान्यता, सिद्धान्त र नियमको ज्ञान हुनु आवश्यक छ । यी गीतहरूको वर्गीय स्वरूपको ठीकसँग … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : क्रान्ति यात्रा

~योगेन्द्र काउचा~ छेलिएँ सकेसम्म छेलिएँ माटोका अनगिन्ती ढिस्काहरूमा चट्टानका अजिव चुचुराहरूमा कैयौं वृक्षका छायाँहरूमा जहाँ जहाँ रीप पर्दछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रेल र देश

~हेमबहादुर गन्धर्व~ एउटा क्षितिजबाट अर्को क्षितिज छुने इन्द्रेणी जस्तै लामो रेल कोठैकोठा र, बेडै–बेडहरूले भरिएको विशाल हस्पिटल जस्तै रेल तब, त्यो लामो र विशाल रेल चल्न

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँस्न लाज भो

~भुपेन्द्र महत~ स्वाभिमानलाई बन्धकी राखी हाँस्न लाज भो आत्मसम्मान यो उधारोमा टाँस्न लाज भो बेसुरा लौ कती धेरै बिना गुदीका टाउका हल्लाको यो खेती भित्र विश्वाश गाँस्न लाज भो

Posted in गजल | Tagged | Leave a comment

कविता: डाँडामाथिको घाम

~समर चेम्जोंग “आभाष”~ सखारै मझेरीमा चिरबिराउँछन् चराहरु टिप्छन् धान, मकै कोदो र तोरिका दाना झुत्तिखेल्छन् आँगन छेउ थांक्राहरुमा गर्छन् होड्बाजी को भन्दा को कम। चराहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~रश्मिला कवाङ ‘रश्मि’~ तिमीलाई पहिलो पटक देख्दा खासै केही भेटिएन र त तिम्रो अस्तित्व नि झल्कीएन जब तिम्रो अनुपस्थितिम तिम्रा पहिलाका डोबहरु देखिन थाल्यो तब लाग्यो तिमी एक, एकदमै साँगुरो युगको केबल एक शब्द को भरमा संसार चकित पार्ने सुचना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन

~ऋतिक यादव~ हरेक क्षणहरु सदाका लागि यथावत् रहने छैन एक फरक संसारको उदघोषले जन्म लिनेछ एकदिन मानवको कर्मको अजिब फल देखिनेछ मायारुपी संसारमा बर्वादीको अहंकार फैलिनेछ ! एकदिन ठुल्ठुला इमारतहरु मात्र खडा हुनेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : दोप

~दिल थापा~ यो सहर मेरो आंखाको थकाई मेट्ने सहर आज कस्तो शून्यता यी साना ठुला ,अग्ला होचा घरहरुले नै शोकधुन बजाई रहे जस्तो म आफैको शोकसभामा आफै आए जस्तो बिहानीले रातको मौनता भङ्‌गता तोड्न नसकेजस्तो

Posted in कविता | Tagged | Leave a comment

हीरारत्न श्रीशाक चौध हाइकुहरु

~हीरारत्न श्रीशा~ १ बिग्रँदो राष्ट्र पुरुषको बखेडा नारीको इज्जत् २ आकास आधा सुनसान छ धर्ती अज्ञानी धेरै

Posted in हाइकु | Tagged | Leave a comment

लेख : गोस्ट राइटिङ दुनियाँ

~अच्युत कोइराला~ बेलायतमा डेढ सय वर्षअघि औपचारिकरूपमा ‘छाया लेखन’ अर्थात् ‘गोस्ट राइटिङ’ सुरु भएको मानिन्छ। तर, श्रुति परम्परामा विश्वास गर्ने पूर्वीय दर्शन हेर्ने हो भने गोस्ट राइटिङ सुरु भएको पाँच हजार वर्षभन्दा बढी भइसकेको देखिन्छ। ‘महाभारत’ घोस्ट राइटिङको उत्तम नमूना … Continue reading

Posted in लेख | Tagged | Leave a comment

Research Paper : Nepalese Children’s Literature: Past and Present

~Biswambhar Ghimire ‘Chanchal’~ History of Children’s Literature In Nepal Nepal, is a mountaineous, and glittering snowy  country in the world has its diversed culture, traditions and customs. It is privileged with different  ethnic groups with the spirit of tolerance, unification … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गजल : आज झन्डा फरफरायो

~भुपेन्द्र महत~ तिम्रो दिलमा उसले आज झन्डा फरफरायो बिना युध्द हार भो मेरो छाती चराचरायो रुप उही रंग उही ढंग फेरियो कि कतै धेरै पछि भेटदा तिम्रो ओठ थरथरायो

Posted in गजल | Tagged | Leave a comment

कथा : रजस्वला

~रमेश दियाली~ अंकल छोडी दिनुहोस। के गर्नु भाको? मलाई दुख्यो। दुख्यो मलाई …! आईया… ! आईया…! पोल्यो। आथा….था..था…..! मेरो आवाज घाटीमै रोकिएका थिए । भित्र भित्रै दबिएर चिच्याउदै थिए। बन्द खोरको कुनामा निस्सासिदै गर्दा मेरो मुखमा खस्रा ठूला हातले थिचियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई

~डा. जीवेन्द्रदेव गिरी~ परिचय र सङ्कलन नेपाली लोकसाहित्यको फाँटमा अनेक बान्कीहरू उपलब्ध छन् । यसको आदिरूप अभिलेख परम्परासँगै वा अझ अघिदेखि नै प्रचलित भएको मानिन्छ । (सुवेदी, २०६०ः१९) । यही परम्परामा ‘उल्टी सवाई’ पनि गाँसिन आइपुगेको छ । उल्टी सवाई … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

सूर्यबहादुर मुखियाका तीन मुक्तकहरु

~सूर्यबहादुर मुखिया~ (१) क्रान्ति हेर कति प्यारो उत्तिकै झन अति गाह्रो हाय, भन्न त कति सजिलो तर बन्न साह्रै अप्ठ्यारो (२) क्रान्ति गर्ने रहर छ

Posted in मुक्तक | Tagged | Leave a comment

गीति कविता : गरिबको दिन

~मनु वि.क.~ फेरि आयो तीज आमा नेपालीको आँगन दिदीबहिनी छैनन् घरमा रुन्छ यो मन दाजुभाई दिदीबहिनी विदेशमा गएका धेरै वर्ष बितिसक्यो छैनन् आएका

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : वातावरण जोगाऔं है

~देबेन्द्र कुँवर~ पृथ्वीमा ओजन तह पातलिदै गाछ है त्यसैले त हिमशिखर पग्लिराछ है । ढुंगा गीटी बालुवा नी जथाभावी नझिकौ पुजिवादको धन पैसामा हामी नबिकौंै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुटौं सारा

~दुर्गा शर्मा~ मेचिकाली तराई हिमाल चौकिल्ला हाम्रो देश फरक जाति, भाषा धर्म फरक नै छ भेष । सामाजिक सद्भावमा नै जोडिएको नाता कोही बस्छौं हिमाल पहाड कोही तराई फाँट ।

Posted in कविता | Tagged | Leave a comment

कविता : डम्बरी

~जयन्ता पोखरेल~ चर्चाको चौतारीमा खुम्चितरहन्छे लाजवन्ती झै डम्बरी शर्मका कुनाकुनी खोतल्ने ऊ नै हुनुपर्छ रात जोतेर एकाविहानै खबरको आगो जोर्ने रंगको सेतो सर्जरीमा कालो मसी चोबेर

Posted in कविता | Tagged | Leave a comment

कविता : पीरको झरीले रुझिरहेको देश

~मञ्जुश्री गिरी~ सर्वत्र पीरका अविरल झरी परिरहेका बेला जीवन नामको बाक्लो घुम ओडेर म नागरिक देश खोज्न निस्किएकी छु कहिले चुहिने पालमा रुझिरहेको देख्छु मेरो देश कहिले अभावका चुलाहरुमा दुखिरहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : रमेश गोर्खाली – एउटा घुम्ती पुस्तकालय

वीरगंजका रमेश गोर्खाली । अचेल जीविकाको लागि काठमाडौंमा बस्छन् । उनले वीरगंजमै जीविकाको स्रोत पाएको भए यही बस्थे होलान् । रमेश गोर्खालीको बारेमा यसरी किन भन्नुपर्‍यो ? यसका पछाडि मौलिक कारण र आधारहरू छन् । मैले उनलाई चालीसको दशकको मध्यतिरबाट … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment