Tag Archives: nepali literature

कथा : उर्वर समय

~बिपिन शर्मा~ मेरो लागि संसार उस्तै हुन्थ्यो। हो कुनै कुनै कुराहरु बदलन्थे तर परिवर्तन पनि त आफैंमा निश्‍चित थियो। म केहि अनुमान गर्न सक्थें परिवर्तनको पनि। भोली यस्तो होला……. साँच्चै हुन्थ्यो,…. वा अलिकति फरक हुन्थ्यो। म विहान सधैं आफूलाई ऐनामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

भलाकुसारी : म गम्भिर किसिमको मान्छे छु – मदनकृष्ण श्रेष्ठ

आजकल दिन कसरी बिताइराख्नुभएको छ? दिन आफैं बितिराखेको छ, हामीले केहि गर्नै पर्दैन। हामी चाहिं दिनसँगसँगै हिड्ने प्रयास गरिराखेका छौं। बिहान सवेरै उठ्छु नुहाइधुवाइ गर्छु। बिहान ठिक ७-४० तिर घरवाट निस्कन्छु। महसंञ्चार अहिले बाँसबारीमा सारेका छौं । त्यसैले २० मेनट … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : गह भरी आँसु बगि रहेछ

~पूर्णिमा पिम्मी~ गह भरी आँसु बगिरहेछ थाम्नै नसक्ने गरी ब्यथा झन बढि रहेछ पिडा लुकाउल खोज पनि मलाई यस संसारमा तिमिले एकलै पारी

Posted in कविता | Tagged | Leave a comment

कथा : कठपुतली

~पुण्य कार्की~ “थुइक्क साला ! यस्तो पनि जागिर हो ?” भित्रबाटै घृणा र थकथकीको थुक सोहोरिएर ओठसम्म आउँछ, पिच्रिक्क थुकेर ओठका जुँगा मुसार्छ हल्दार टलक बहादुर । उसलाई आजभोलि सपना हो कि विपना हो, छुट्याउन गाह्रो परिरहेछ । उसलाई आजभोलि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अझै घुर्का ऊँ छौ तिमी

~भुपेन्द्र महत~ झर्को फर्को तिम्रै ठुलो, अझै घुर्का ऊँ छौ तिमी सानोतिनो कुरामा नि ,आशु तुर्काऊँछौ तिमी मन सफा भए गंगा, लोटामा पनि अटछ शंका पाली लंका खाने, कुरा हुर्काऊँछौ तिमी

Posted in गजल | Tagged | Leave a comment

कथा : आँखा र आँखाहरू

~सुमित्रा न्यौपाने~ सुन्दर बगैंचाको वरिपरि विभिन्न किसिमका चराहरू चिरविर चिरविर गर्दै रमाइरहेका थिए । बगैंचाको छेउमा आफ्नो फरक लाली रुप रंग बोकेको गुलाव बोल्न खोजिरहेजस्तो गरी हल्लिरहेको थियो । मखमली, हजारी, सूर्यमुखी लगायतका सबै फूलहरूले आफ्नो शक्तिले भ्याएसम्मको यौवन छछल्काइरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमा ! तिमीसँग मेरो एउटै पुकारा छ

~कलानिधि दाहाल~ अलिकति आस्थाले अलिकति विश्वासले अलिकति जीवन दृष्टिकोण र जम्मै मानवीय अन्तरङ्ग पराग घोलेर मैले उसलाई मेरै ढकमक्क फुलेको बगैँचामा सजाउन खोजेथेँ, सजाएथेँ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बीपी : एक शब्दचित्र

~कृष्णप्रसाद भण्डारी~ नेपाली गरिमा बढाई बीपीले साहित्यमा चिन्तन राखे विश्वभरि नवीन युगको राष्ट्रियता कीर्तन । स्रष्टा हुन् पथका प्रभाती रवि हुन् ‘हिट्लर यहूदी’ कथा ‘मोदिआइन’ ‘सुम्निमा’ रचयिता हुन् फ्रायडीयी व्यथा ।। राणाशासनको विरुद्ध जसले हङ्कुार गर्थ्यो ठुलो नेता मात्र नभै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मसित मेरो रात छैन…

~बसन्त चौधरी~ एउटा रात मसित छ घरी-घरी पग्लिन्छ हेर्दछु, रात बादलको उँचाईमा पुगेर सग्लिन्छ तर अँध्यारो छरिएकै छ चारैतिर एउटा मेरो रात छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम रोक ?

~विजय मल्ल~ युगको भावना मार्न चाहने ए हत्यारा ! तिमी मलाई भन्छौ, ‘कलम रोक!’ म सोच्छु यो पहाडलाई, यो नदी नालालाई यो खेतलाई, यो हरियाली बगैंचालाई यो सुन्दर सुन्दर – हावामा नाचिरहने, हावामा उडिरहने

Posted in कविता | Tagged | Leave a comment

गीत : सागर हो स्वास्नीमान्छे

~किरण खरेल~ सागर हो स्वास्नीमान्छे उ त बुझ पचाउन सक्छे सारा रहस्य छातीभित्रै लुकाउन सक्छे सागर हो स्वास्नीमान्छे अङगालोबाट आफूलाई उ जान्दछे छुटाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ऊ त मकै पोलिरहेछ

~शिशिर शर्मा~ ऊ मकै पोलिरहेछ पुरानो बाटोको छेउमा पुरानो पसलको अगाडि बुढो पिपलको रूखमुनी काठे पिर्कामा बसेर सहरको धुलो र धुवाँ खाँदै नाबालक एउटा लाचार केटो

Posted in कविता | Tagged | Leave a comment

कविता : जाऊ त्यहाँ इन्दिरा

~रेशम वी.सी.~ जनकविका कण्ठ स्वरबाट सुनिन्छन् कविता मनकविका मुखार्बिन्दुबाट सुनिन्छन् कविता मनकविका कविता बाहिर आउदैनन् सर्वदा बुझ नबुझ गएर बुझ जाउ त्यहाँ इन्दिरा कल्पनामा जनकविले गाउँदैछन् कविताहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको कथा

~भुवन निस्तेज~ जतनका साथ कुनै सुरक्षित बगैँचामा स्याहारिएन ऊ कुनै कर्तव्यनिष्ठ मालीद्वारा खडेरीमा सिँचिएन न पराल छ्यापेर ओभानो नै पार्‍यो कसैले उसलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नो लासमाथि आफ्नै टाउको

~कृष्ण जोशी~ अथाह समुद्रपारि पौडेर पुग्नुको रहर नीलो पानी समाएर हातभरि ठूलो माछा परेको बहाना रमाउनु रहेछ सपना टेकेर विपनीमा पुग्नु उज्यालो बिर्सिएर अँध्यारोलाई अँगाल्नुजस्तै मैले विपनासम्मको दूरी नाप्न सकिनँ सपना टेकेर हिँड्ने दुष्प्रयत्नमा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो प्रेमी अनुहार

~ध्रुव थापा~ कति छ कति यो तिम्रो अनुहारमा प्रेमिल तातो र त पग्लदैछ मेरो प्रेमको हिमाल ओढिरहेछु मैले पनि त्यही अनुहारको बख्खु। मनसुनको बादल जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी पियारी

~दिल थापा~ मेरी पियारीलाई सम्झाउनु छ म परदेश छु भनेर मेरी पियारीलाई फोन गर्नु छ छोराछोरीलाई राम्रोसँग पढाऊ है भनेर मैले त मगरातभुमिमा पसिना बगाउन पाइन तिमीले भएनी बगाऊ है

Posted in कविता | Tagged | 1 Comment

कथा : अन्तर संघर्ष

~अल्पविराम~ प्रात तथा सन्ध्या भ्रमण प्रेमीहरुको लागि मात्र नभएर प्रेमी युगल जोडीको पनि तीर्थस्थल लभ्ली पार्क आज झरी पछिको मनमोहक गोधुली साँझ बनेको छ / लभ्ली पार्क ,पोखरा नजिकैको थुम्को डांड़ो चढेर पैदल भ्रमणको साथै व्यायामको मजा आफ्नो ठाँउमा छुट्टै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो हजुरबुबा

~कमला प्रसाइ~ आज भोलि मलाई मेरा हजुर बुबाको निक्कै याद आउन थालेको छ, छड्के ढाका टोपी र दौरा सुरुवालमा उभिएर शनिश्चरे बजारको अर्जुनधारामा मलाई आशीर्वाद दिएको आजै जस्तो लाग्छ । दशैमा टीका लगाएर मेरो शिरमा जमरा राख्दै आशीर्वाद दिएको आजै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वास्नीमान्छे…..निष्कर्ष

~दिलिप प्रधान~ स्वास्नीमान्छे…. एउटा गहिरो सागर हो जहां गहिराइमा गएर मात्र बुझ्न सकिन्छ एउटा फराकिलो माया हो जहां एउटा प्रेम अनायासै भुल्न सकिन्छ । एउटी प्यारी श्रीमती हो जो आफैंमा अपार सम्पत्ति हो अनि एउटा कुशल आमा हो

Posted in कविता | Tagged | Leave a comment

कथा : आघात

~डा. संगीता स्वेच्छा~ जवानी सबैको आउँछ । अरूभन्दा यो उमेरमा सबैको आँखामा भविष्यको लागि एउटा स्वर्णिम सपना सजिएको हुन्छ । मेरो त भविष्य अन्तहीन यात्रा बनेको छ, एउटा कहाली लाग्दो अतीत जसले मलार्इ वर्तमानमा नराम्ररी कोपरिरहेको छ । भनिन्छ, यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मान्छे हुँ म

~हिरारत्न श्रीषा~ युगौदेखि जोतिएर लुटिएको मान्छे हुँ म शोषकको जोताईमा चुटिएको मान्छे हुँ म प्रजातन्त्र, गणतन्त्र यस्तै तन्त्र आएपछि

Posted in गजल | Tagged | Leave a comment

कविता : सपना देखेँथे

~मिनराज क्षेत्री~ मैले तिम्रो लास बोकिरहेको सपना देखेँथे मै हौसिरहेँथे तर मेरो सास रोकिरहेको सपना देखेँथे काटिँदै थिए मान्छेहरू त्यो व्यस्त शहरको वधशालामा

Posted in कविता | Tagged | Leave a comment

कविता : पुँजीवाद

~मनु वि.क.~ यो पुंजीवाद हो आफ्नो पखेटा फिजाई रहेछ अनेक नामका बाटाबाट भूमन्डलीकरण र उदारीकरणको डम्फु बजाउँदै साम्राज्यवादी नंग्रा बढाइरहेछ अनेक जीव निर्जिव चुसिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहिरोभित्रको बस्ती

~अशोक विष्ट~ रक्तिम क्रान्तिको ज्वालालाई बुद्धको अस्तुले स्वागत गर्दै गिद्धहरुको बस्तीमा म शान्ति खोजिरहेथे पानीभित्र माटो खोजिरहेथें खन्डहरहरुमा नयाँ वस्ती खोजिरहेथें

Posted in कविता | Tagged | Leave a comment

कविता : म बालकृष्ण ढुंगेल

~सुरेश गौतम~ आफ्नै सेनापति द्वारा कैद हुनुपर्ने मेरो सुप्रीम कमाण्डरको अति प्रिय लालसैनिक म बालकृष्ण ढुङ्गेल। जसको आदेशमा मैले घनघोर युद्ध लडें कयौं मोर्चा जितें कयौं मोर्चा हारें जेल र नेल बेहोरें, प्रतिक्रियावादी सत्ताले वलात्कारी र दुराचारी करार गरेका

Posted in कविता | Tagged | Leave a comment

कविता : लाचार

~शान्ता लिम्बु~ मैले टेक्ने जमिन खस्कँदैछ मैले स्वास फेर्ने हावा बाक्लो हुँदैछ मेरो आँखा अघि एउटा जीवन बिस्तारै बिस्तारै समाप्त हुँदैछ उदाङ्गो आँखा वरिपरि चलचित्रका दृश्य झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~आविष्कार कला~ हे आमा हे आमा तिमी नेपाल आमा किन आमा तिम्रो क्षेत्रफल घट्दै छ तिमी त सगरमाथा जस्तो चुलिन पर्ने होइन र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कामरेड सित मेरो केमिस्ट्री मिल्दैन

~प्रा. डा. बद्रीविशाल पोखरेल~ माक्र्स बाजे राता मान्छे हुनु असल मान्छे बन्नु हो भन्थे तिमी त कमसल लायक पनि ठहरिएनौ मदनले जनताको मन जित्ने कुरा गर्थे तिमी त आस्थाको आधार र धारमाथि आक्षेप बर्साउँछौ त्यसैले कमरेड सित मेरो केमिस्ट्री मिल्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेम कि युद्ध

~सङ्गीत नेम्वाङ~ दुई दाजु-भाई आँगनमा खेलिरहेको छन् गट्टा। ती नानीहरूको आमा रूपमती भान्सा गर्नलाई चिसो दाउरा हाल्दै फुकिरहेको छ चुल्हो। बलेको छैन चुल्हो। बरू उल्टो दन्किरहेको छ विकराल धुवाँ। र बगिरहेको छ आँसु। तर उसलाई थाहा छैन बगिरहेको आँसुको इतिहास? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ढल्कँदो समय

~डा. संगीता स्वेच्छा~ ऐनाले सोध्छ को हौ तिमी ? तिमीलार्इ त आजकल चिन्नै छोडें । घुँडाहरू भन्छन् तिमी मलार्इ धेरै नउफार म दुखाउँछु, म थाक्छु म लखतरान पर्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा म फर्कँदै छु

~प्रेमध्वज गाहा~ आमा ! फर्कँदै छु म तिम्रै काखमा , जिन्दगीले डो¥याउँदै लगेको , यो अरब छाडेर । तिमीले भन्ने गरेको , ‘हबैजास’….. चढेर गएको म ,

Posted in कविता | Tagged | Leave a comment