Tag Archives: nepali literature

लेख : कविता के हो ?

~कृष्ण प्रधान~ १ ➽ कविता भनेको सुत्रमै लेखिन्छ । यो कथा,कुथुंग्रीजस्तो गल्प होइन न निबन्धजस्तो छड.्छड.् छहरा बगेको नदी । कतिपय बिम्बले कतिपय प्रतीकले र कतिपय अन्दाजले पनि बुझ्न सकिन्छ कवितालाई । संक्षिप्तता, सुत्रवद्धता कविताका अनिवार्य आचार हुन् । रह्यो … Continue reading

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

कविता : बुझ र फर्क

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ उजाड बनेको छ पृथ्वी नीरस र फूङ्ग नेपाल – कतै नदीमा बगरै-बगर टल्कने त होइन, मानिसहरुको जीजीविषा धप्धप् बलेर खरानी त हुन्न हाम्रो संसार !

Posted in कविता | Tagged | Leave a comment

कविता : जनता

~राजव~ यी जनता हुन् यी जनता हुन् यी जनता हुन् जनता हुन् यीसँग पर्याप्त दुःख छ यी जनता हुन् यी जनता हुन् यिनको घरभित्र छिर्नुस्

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : थारु साहित्यको गोरेटो

~कृष्णराज सर्वहारी~ थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्‍यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुष्कर लोहनीका नौ हाइकु

~पुष्कर लोहनी~ १ सिउने बानी मुजा पार्दै सपना मुठी बटार्दा । २ धुजा नपार्दै च्यात्तिएको सपना आँखामा फुलो । ३ टुक्रुक्क बस्छ सपना खेलाएर फोहोरी हात ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : चामल छ न दाल छ

~सुजन बुढाथोकी ‘कान्छा’~ खानका लागि एक गेडो चामल छ न दाल छ उ गरिब हो जस्को घरमा केवल अनिकाल छ, बाटोमा रोएको देखेर पनि हेर्दै नहेरी गयो होला सायद छिमेकी जो

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स

~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ ओ हेनरी पिचर, जो हार्भी म्याक्सवेलको अफिसमा काम गर्दथ्यो, धेरैजसो आफ्नो अनुहारमा कुनै भाव देखाउँदैनथ्यो। सधैँ भावहिन उसको अनुहारमा रुचि र आश्चर्यको भाव देखियो जब म्याक्सवेल आफ्नी जवान महिला सचिवसँग आइपुग्यो। त्यतिबेला साढे नौ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : वरवधू-सम्बोधन

~चक्रपाणि चालिसे~ काली नागिनिले समान कवरी मालाहरुले भरी चम्पा बेलि चमेलि जेलि शिरको शोभा बहूतै गरी । लाई गाजल लोल लोचनविषे, टीका डटी मालमा शम्पा र्झै अति चम्किलो बदन ली बस्छयौ खुला झ्यालमा ।।१।।

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : घोर्ले

~पोषण पाण्डे~ रजस्वलाबाट चोखिने चौथो दिन । रजस्वालावतीको फुकुवा दिन । नुहाइवरी सकेपछि शरीरका अङ्ग अङ्ग स्निग्धि, मुलायम र कामवासनाको चहचह चापल्य । तल, बारीको पर्खालमा चारदिनसम्म लगाइएका लुगाहरू धोईवरी सुकाएका हुन्छन् । चोलो, फरिया, पेटिकोट । साधनाको चिल्लो चम्किलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : गुण्टा गुडाउँदै जुरिकतिर

~डा. रामदयाल राकेश~ हामी २२ अक्टूबरको नाइट बसबाट जुरिक पुग्दा विहानी उज्यालोको संकेत पाइसकेका थियौं। एकजना भारतीय सहयात्री बसबाट ओर्लेर चुरोटको चुस्की लिइराखेको थियो तर त्यसले जाडोलाई के चुनौती दिन सक्थ्यो ! तैपनी आत्मसन्तुष्टि लिँदै थियो। ऊ मुम्बई निवासी थियो। … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

भलाकुसारी : वास्तविकताहरुको सहज र यथार्थ चित्रण गर्न डराउनु हुन्न

~प्रस्तुती : शरद प्रधान सुश्री पारिजात नेपाली साहित्यिक वाङ्मयको निम्ति कुनै नौलो व्यक्तित्व होइन । विगत तीन दशकदेखि अनवरत साहित्य सेवा गर्दै आउने सृजनशील जिजीविषाको नाम हो, पारिजात । जीवन र मृत्युको दोसाँधमा उभिएर संघर्षरत भई जीवनका विभिन्न पक्षलाई अवलोकन … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : हामी साहित्यकार हौं

~हरि कंडेल~ हामी अपराधको विरुद्ध बोल्छौं, अन्याय विरुद्ध बोल्छौं, देशको राजनीति खिचातानी विरुद्ध बोल्छौं, किनकि हामी साहित्यकार हौं ।

Posted in कविता | Tagged | Leave a comment

बहरवद्ध गजल : बित्दैछ आज मेरो

~जीर्ण भागेदार~ खाएर मोज गर्दै बित्दैछ आज मेरो … छाती तिमीबिनाको रित्तै छ आज मेरो जो हेर पाउँदैनन् यस्तो अपार माया लाखौँ छ मूल्य खोज्दा सित्तैँ छ आज मेरो

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : युगकविको तुलना अरु कसैसित हुन सक्दैन

~कालीप्रसाद रिजाल~ हाम्रो रिजाल परिवारमा उच्च अध्ययनका लागि काठमाडौँ आउने म पहिलो व्यक्ति हुँ । पूर्वी तराईका प्रायः सबै उच्च अध्ययनका लागि त्यसबेला भारत जाने गर्थे । त्यसमा पनि हाम्रो हजुरबुबा-हजुरआमा काशीबास गरिरहनु भएकाले मेरा काका, दाइ सबैले वनारसमा अध्ययन … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : जवानी पानीजस्तो….

~कृष्ण बाउसे~ जवानी पानीजस्तो पोखे निख्रिजाने जतन गर्यौ, जोगाऊँ भन्यो , एकदिन बिग्रिजाने ! गोधूलीको घामजस्तो उसै झुकिदिने मध्यान्हको छायाँजस्तो आफैँ लुकिदिने छोडिदिऊँ मात्र भने सधैँ उडिजाने

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति

~नेकी धनेन्द्र~ शब्दहरुले क्रान्ति हुँदैन भाषणहरुले क्रान्ति हुँदैन क्रान्तिकारी नारा लेखेर भोका, नाङ्गाको ढाडमा टेकेर कुर्सिका महत्वकांक्षि भएर कुर्सिकै विरोध गरेर जनतालाई थाहा नभए जस्तै गरि दश गजाको कुरा गरेर कसैको भाग खोसेर, मारपिट गरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभिनिष्क्रमण

~नयराज पन्त~ थाकेका दुनियाँहरू सब सुते विश्रामका खातिर । बढ्दै गो क्रमले मनुष्यहरुमा सुन्सान चारैतिर ॥ केही नन्द र सुन्दरीहरु यता आनन्द भोग्दै थिए । योटा भावुक राजपुत्र त उता अर्कै कुरा गुन्दथे ॥ सानो बालखरूपमा अगि थिएँ ऐले चढयो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : के बर मागी फर्क्यौ

~रमेश पौडेल~ के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित दुनियालाई नभने नि भन्न हुन्छ एउटासित मन्दिरबाट फर्किएकी हातमा फूलको थाली रै’छ निधारको टीकामाथि सिउदो त्यसै खालि रै’ छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : मेरो प्यारो ओखलढुंगा (जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी)

~डा.कवितारम श्रेष्ठ~ तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए । तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षस्थलमा यो कविको शैसवकाल वित्यो हाँस्यो खेल्यो वनकुन्ज … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अऋणी हुन्छ

~कमल दीक्षित~ कविपुत्र रविचरण र मेरो उमेरमा ठूलो अन्तर छ तर त्यसले हाम्रो मित्रतामा कुनै आँच आएको छैन । हामी दुवै साथी-साथी छाँै । रविजीसँग मेरो मित्रता गाँसिएको ५० वर्ष भयो होला- उनी बुबाको बुई चढ्ने उमेरदेखि नै । पिता … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

समीक्षा : गीतमा युगकवि मेरो प्यारो ओखलढुङ्गा

~दीपक विहीन~ कविहरुको भीडमा गीतकारहरु हेपिने समय थियो, त्यो बेला । आफू ठूलो देखिन अरुलाई होच्याउने संस्कार ‘राल्फा’ आन्दोलनमा लागेहरुलाई पचेन । त्यसैले पनि उनीहरुले थालेका थिए, कवितालाई नै गीत बनाउने अभियान । यद्यपि, राल्फाले खासै अर्थ नदिने अमूर्त शब्दहरुमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

संस्मरण : मेरो साहित्य-यात्रामा शिरोमणिको स्थान

~सिद्धिचरण श्रेष्ठ~ आफ्नो किशोरावस्थादेखि कवि बन्ने धोखो लिएको म सिद्धिचरणका निम्ति कवि शिरोमणि लेखनाथ पौड्याल महान् छन्, पुज्य छन् । म दरबार स्कुलको विद्यार्थी छँदा उहाँलाई नेपालको त्यस समयको सर्वश्रेष्ठ कविका रूपमा लिइन्थ्यो । शिक्षकहरूले प्रायः उहाँकै चर्चा गर्ने गर्थे … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : ‘मेरो प्रतिविम्ब’ प्रति

~बालकृष्ण शम~ क्यै जितेझैँ क्यै सम्झेँझैँ को त्यो पथमा गाइरहेको ? मानिसजस्तै सुरु-सुरु हिँड्दै सवलताले ती निखन्दै को त्यो पथमा गाइरहेको ?

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कविताबाटै विद्रोह

~चित्तरञ्जन नेपाली~ नेपालको काव्यजगत्मा सर्वप्रथम ‘क्रान्तिविना यहाँ हुँदैन शान्ति’ -मूल नेपाल भाषामा : क्रान्तिविना थन ज्वीमखु शान्ति)ं भनी हुँकार गर्ने अग्रणी क्रान्तिकारी कवि हुन्- युगकवि सिद्धिचरण श्रेष्ठ । यसरी नेपाल भाषाको कवितामा सबैभन्दा पहिले उनले ‘क्रान्ति’ शब्द प्रयोग गरे, त्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : तिम्रै लागि हो लेउन प्रिय

~दीपक कालिकोटे~ मेरो मुटु तिम्रै लागि हो लेउन प्रिय ।। साच्चै माया गर्छौ उत्तर देउन प्रिय ।। मेरो आँखामा हेरन तिम्रो प्रतिविम्ब छ । अमर मायाको अमृत पेउन प्रिय ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै कुरा गर्न बाँकी छ

~राजन रुचाल~ जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ ।। चाखो माया पियारी माझ् छर्न बाँकी छ ।। संगै जिउने संगै मर्ने बाचा कसम खाँदै ।

Posted in गजल | Tagged | Leave a comment

गजल : माया मारेपछि

~कुलबहादुर तामाङ~ किन हेर्नु माया मारेपछि तिम्ले कतै माया सारेपछि।। तिम्रै निम्ति डुङ्गा खियाएँ गईछेउ डुङ्गा तारेपछि ।।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : लाहुरेकी छोरी

~जीर्ण भागेदार~ छन्द : विद्युन्माला काली-काली गोरी रै’छे कस्ती राम्री मोरी रै’छे मौरी भुल्ने तोरी रै’छे लाहूरेकी छोरी रै’छे ! जुत्ता हेर्दा जुत्तै राम्रा खुट्टा हेर्दा खुट्टै राम्रा

Posted in छन्द कविता | Tagged | Leave a comment

नाटक : कालो पर्दा

~मोहनप्रकाश~ पृष्ठभूमि स्थानः एउटा पुरानो घरको कोठा, छेउमा पुरानै डिजाइनको पलङ, पलङमाथि सिरक, तन्दा, सिरानी र केही लुगाहरू अस्तव्यस्त देखिन्छन् । पलङको देब्रेतिरको भित्तामाथि परिवारको श्यामश्वेत फोटोफ्रेम झुण्डिएको छ । फोटोमा श्रीमान्, श्रीमती सहित ६/७ वर्षकी लाग्ने एउटी छोरी र २/३ … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नेपाली लघु-उपन्यास : छाँयासँग प्रेम

~वेद प्रसाद कंडेल ‘युबराज’~ लघु उपन्यास : छाँयासँग प्रेम | वेद प्रसाद कंडेल ‘युबराज’ समर्पण “तिमीलाई” – जसले प्रेमको पवित्रतामा पैसासँग तुलना गरी धोका दियौ , जसले प्रेमको नाउँमा फोहरी खेल खेली जीवन समाप्त ग¥यौ , जसले जीवनलाई रसमय बनाउने … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : आमाको पुकार

~हिम कला राई~ बिजयी भए लाउनु है छोरा शिरैमा शिर फूल नभए दुःखी भएर फेरी नजाउ है जंगल । रितीनुसम्म रितीयो आँशु दश महिने कोख पनि सुन्दउ है पुकार नत्र जाने छ बाँकी यो सास पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छेउबाट

~मनप्रसाद सुब्बा~ गाउँका मुखिया बूढा भन्थे- हिँडे छेउ लाग्छ…. अरे ! यहीँ त बसेको छु म शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर बसेको बसेकै बसिराखेकै छु आमाको सालनालसितै

Posted in कविता | Tagged | Leave a comment