Tag Archives: nepali literature

लघुकथा : चिसो जून

~खेमराज पोखरेल~ पाँच वर्ष प्रेम गरेर भागी बिहे गरेका थियौँ हामीले । उनी तल्लो जातकी भएकाले भाग्नु मात्र होइन आसाम भासिनु परेको थियो हामीले । आसाममा पनि हामीले जात लुकाउनु परेको थियो । हामी गरिव थियौँ । समस्या यति थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुरक्षा

~खेमराज पोखरेल~ मेरो घरमा चोरी भयो । आफ्नो भुइँतले कम्पाउन्ड नघेरिएको घरलाई देखाउँदै श्रीमतीले भनिन्– ‘हाम्रो घर पनि दयारामको जस्तो भएको भए सुरक्षित हुन्थ्यो ।’ मसँग उपाय थिएन । चुप लागेर सुनिरहेँ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडीघर

~खेमराज पोखरेल~ ऊ तेस्रो पुस्ताको नेपाली हो रहेछ अमेरिकामा । मैले भेट्दा ऊ यस्तै ४५ वर्षको हुँदो हो । मैले उसलाई सोधेँ– ‘नाम के हो तपाईँको ?’ उसले छोटो उत्तर दियो– ‘डायमन पउकर्याल’

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : धनशराहरू

~विज्ञान राज~ मध्यरातमाः निकै सर्तकताका साथ अलग्गाई रहेकी छे धनशरा क्षेत्री बाँकी जीवनलाई जैसे दलितको अँगालोबाट । निकाली रहेकी छे आफुलाई मनबाट, त्यही मनबाट, जुन मनका लागि उसले जलाएकी थिइ सपना र घर ! लताएकी थिइ जात ! भत्काएकी थिइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपिल

~डा. जीवेन्द्रदेव गिरी~ साथीहरू, दरा खुट्टा टेक्नोस् गन्तव्यतिर पाइला उचाल्नोस् ससाना कुण्ठालाई डँढेलो लगाउनोस् आफ्नै ‘म’का विरुद्ध जाइ लाग्नोस् स्वार्थी खेलका पुलिन्दा तयार गर्ने र द्वेष क्लेशका ब्याड बनाउनेलाई भस्म पार्नोस् ! भस्म पार्नोस् !

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : पाइप

~भवानी भिक्षु~ “ आदिमानव र आदि–मानवीको सृष्टि भएदेखि नै संयम र स्वैरिताका निबन्धन पनि आविष्कृत भएका हुन् । तपाईँको प्रश्न भने राम्ररी बुझन सकिएन । थाहा पाउन चाहनुभएको कुरा अलिक प्रस्ट पार्नुस्न ।” युवकलाई हच्कनै पर्यो । सामुन्ने  बसेकी नारीसित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुलेमानी र चाइना भाइरस

~चोपनारायण बन्जाडे~ “साम्राज्यवादीहरू खासगरी अमेरिकन साम्राज्यवादले संसारलाई चुसिरहेको छ । नेपाल जस्ता तेस्रो मुलुकहरूलाई कहिल्यै उठ्न दिदैनन् । यिनीहरू भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिकरुपले अधीनमा पारिरहन्छन् । भारतीय विस्तारवाद, अमेरिकन साम्राज्यवाद र घरेलुु सामन्तवाद हाम्रा प्रमुख दुश्मन हुन् । यिनका विरुद्ध … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ठूलाको संगत

~चोपनारायण बन्जाडे~ पम्फाले आफ्नो हैसियत नभए पनि दुखजिलो गरेर छोरालाई बोर्डिङ स्कुलमा पढ्न पठाईन् । आफ्ना दिदिबहिनीको आफ्नोभन्दा हुनेखानेमा बिहे भएकोले उनीहरूको कत्रो ठूलो सान छ ।  त्यसैले पटकपटक छोरा राजेशलाई “छोरा संगत त ठूलैको गर्नुपर्छ है, मेरो संगतले गर्दा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सबैभन्दा ठूला डाक्टर

~चोपनारायण बन्जाडे~ पारेश्वर साहुका चार भाइ छोराहरूमध्ये तीन भाइ सहर पसे । समयमै सहर पसेका हुनाले प्रशस्तै सम्पत्ति जोडे पनि । धनपैसाले किन्न नसक्ने के छ र अहिले ! धन,पद, प्रतिष्ठाको रजगजमा डुबेका थिए तीनै भाइ । नपुग्दो केही थिएन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : बालुवाको देश घुम्दा…

~डा. रामदयाल राकेश~ सैर कर दुनिया की गाफिल, जिन्दगानी फिर कहाँ, जिन्दगानी हो भी जाए, नौजवानी फिर कहाँ? नेपाल एयरलाइन्समा कार्यरत ज्वाइँ तारिणीराज दाहाल र छोरी पुनमको सौजन्यबाट म र श्रीमती तारादेवी पहिलो पटक दुबई जाने अवसर जुरेको थियो । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : विस्मृतिमा वानिरा

~डा. रामदयाल राकेश~ भारतको साहित्य अकादमी दिल्लीले नेपालका लोकप्रिय उन्यासकार वानिरा गिरीको उपन्यास ‘कारागार’ को हिन्दी अनुवाद ‘कारा’ नामले प्रकाशित गरेर साह्रै सराहनीय काम गरेको छ । यसका अनुवादक हुनुहन्छ, प्रदीप विहारी । ‘कारागार’ उपन्यासका बारेमा मैले नेपालको कुनै दैनिक … Continue reading

Posted in नियात्रा | Tagged , | Leave a comment

कविता : पर्खालहरु भत्काउन फुलमाया

~हरि बहादुर भुजेल ‘विभास’~ कसरी अडेको छ पर्खाल यति ठुलो ? के मा जमेका् छ पर्खाल यति साह्रो ? कसरी खडा हुन्छ पर्खाल र छुट्टाउछ सिमा फुलमाया

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलमाया अव रुन्न ।

~हरि बहादुर भुजेल ‘विभास’~ अव फुलमाया एक्लै हुदै हुन्न अव फुलमाया विनाकारण आशुमा डुब्दै डुब्दीन फाटिएर पनि सुख नपाएको उसको चोलिले परेलीको सोकेश पुछ्नु छैन अव फुलमाया

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : रक्सी र तिमी

~जीर्ण भागेदार~ छन्द : शशिवदना जबजब भेटेँ तबतब हाँस्यौ । हिमगिरिजस्तै मन-मन गाँस्यौ ॥ अलमल पार्दै नव नव हेर्यौ । ढलमल भा’थे दिलसित बेर्यौ ॥

Posted in छन्द कविता | Tagged | Leave a comment

रुबाई : बानी बस्यो

~जीर्ण भागेदार~ बोल्न नि डराउने बानी बस्यो कल्पनामा हराउने बानी बस्यो जो होस् जस्ती

Posted in रुबाई | Tagged | Leave a comment

कविता : लाठो र लठेत

~जीर्ण भागेदार~ कहिले पाक्ला पेन्शन त्यो थाहा छैन । अर्काको आकांक्षा धुतेर आफ्नो इज्जत लुटेर दिनहुँ लठेतहरु जागिर खाइरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मस्केर गई

~जीर्ण भागेदार~ मलाई हेरेर मस्केर गई क्या मीठो माया पस्केर गई सपना हो कि विपना हो

Posted in गजल | Tagged | Leave a comment

गीत : जति माया दियो

~जीर्ण भागेदार~ जति माया दियो उति टाढा हुँँदो रै छ छुटेपछि पिरती झन् गाढा हुँँदो रै छ देउरालीमा उसैगरि नपर्खे भयो अब धाँजा–धाँजा मुटु लिई नफर्के भयो अब

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नाठी स्वास्नी

~जीर्ण भागेदार~ लाज, घिन, इज्जत फाली अरुतिरै सल्केकी छे हुँदोखाँदो लोग्ने छाडी अरुतिरै पल्केकी छे लिपिस्टिक, क्रिम, पाउडर लगाई–लगाई ढल्केकी छे नाठो पोईका अगाडि टिलिक्कै टल्केकी छे । एकमिटरको कपडाले शरीर बेर्न पुगेकै छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मैले पाएको छैन

~जीर्ण भागेदार~ चिठी पठाएँ भन्छ्यौ मैले पाएको छैन तिमीबाहेक अन्त माया लाएको छैन तिम्रै मुटुमा बस्छु, तिम्रै सपनी देख्छु तिमी छाडेर अरु मैले चाहेको छैन

Posted in गजल | Tagged | Leave a comment

कविता : वनवास जान्छु

~जीर्ण भागेदार~ हेप्ने र धुत्ने सब काम देख्छु अश्लील बोल्ने सब राम देख्छु अर्ती नदेऊ, किन आज मान्छु कौडा पछारी वनवास जान्छु । प्रगत्ति देखी थुक झार्नु झारे घाऊ बनाई चुक हाल्नु हाले

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : कल्पनाकी परी

~जीर्ण भागेदार~ छन्द : चौबोला चिठ्ठी मात्रै लेखेको छु भेटघाटै भा’को छैन । कस्ती होली थाहा छैन फोटो पनि पा’को छैन ॥ देखेजस्तै लाग्दो रै’छ नदेखे नि उसलाई त ।

Posted in छन्द कविता | Tagged | Leave a comment

जीर्ण भागेदारका तीन रुबाईहरू

~जीर्ण भागेदार~ पहिले पहिले ढल्केर हेरियो नहेर्नु हेरेपछि सल्केर हेरियो हेराइको मज्जा तब पो आयो जबदेखि झन् पल्केर हेरियो तिम्रो वैँशले ढल्नेहरुले, तिमीलाई मजाकै लागि छोलान्;

Posted in रुबाई | Tagged | Leave a comment

जीर्ण भागेदारका पाँच रुबाईहरू

~जीर्ण भागेदार~ प्रेमपत्र त कत्ति लेखियो–लेखियो तर लेखाइको कुनै लेखाजोखा छैन, रुपैका राम्रा कत्ति भेटियो–भेटियो तर भेटाइको कुनै लेखाजोखा छैन, वैँशमै दुनियाँ रङ्गीन लाग्छ, वैँश नै जीवनको रङ्गीन हुन्छ, यौवनको प्यास कत्ति मेटियो–मेटियो तर मेटाइको कुनै लेखाजोखा छैन । घर … Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

कविता : भए हुने थियो

~नयराज पन्त~ सानो क्षुद्र लिएर भित्र मुटुमा उद्देश्यको नीचता, नाच्ने दुच्छर यो स्वभाव मनको हट्तै गए दूरता । हामी सत्ययुगी प्रपञ्चतिरको सारा कुरा बुझ्दथ्यौं, सच्चा त्यो इतिहासको पनि सबै पत्ता त्यसै लाउँथ्यौं ॥ (१)

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : किताब

~कृष्ण बाउसे~ ज्ञानी भई पढ्नेको झोलाभित्र पस्दछु अनपढलाई चिन्दिन बरु निदाई बस्दछु। थरीथरी अक्षर पानाभरि कुँद्दछु धेरै पाना मिलेर चाङ भई सुत्दछु। हिउँ धेरै थुप्रेर बन्छ हिम–आलय मेरा आफ्नै घर हुन् सबै पुस्तकालय। हाम्रा भेट्ने चौतरी किताबका पसल तिमीलाई भेटेर … Continue reading

Posted in बाल कविता | Tagged | 1 Comment

समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य

~कृष्ण प्रधान~ महाकाव्य : परिचयाङ्कन  संस्कृतको ‘महाकाव्यम’ बाट नेपाली भाषामा आएको ‘महाकाव्य’ शब्द ‘महा’ र ‘काव्य’ (महा+काव्य = महाकाव्य) बीच समास भएर बनेको हाे । ‘महाकाव्य’ शब्दको लक्षणअनुसार कथानकयुक्त  चरित्रलाई सर्गबन्ध रूपले कवितामा रचिएको ठूलो काव्य भन्ने बुझिन्छ । याे … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कृष्ण बाउसेका चार मुक्तकहरू

~कृष्ण बाउसे~ १. न त विदूषक भएर आपसमै लडिरहेको डफ्फालाई न त पुरातन वा हिंस्रक अथवा पराईपोषक जत्थालाई मेरो चाह हो मेची-महाकालीका सबैको साझा बनाउने बाँदरको हातपरेको मेरो देशको सार्वभौमसत्तालाई । २. दुईखुट्टेहरू तँछाड-मछाड गर्दै मार्न गइरहेछन्

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : विग्रिएको कारण देखाउँछ

~नेकी धनेन्द्र~ यो देश विग्रिएको कारण देखाउँछ । उ नेताहरुको उदारण देखाउँछ । सत्ता, शक्ति र सम्मान खोज्नेहरुलाई फोटोले पनि आफ्नो न्वारण देखाउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : नबिर्सनू एउटा कुरा !

~कृष्ण बाउसे~ बाटोमा काँडा नलगाउनू मूल ढोकामा आग्लो नकस्नू पर्खाललाई नअग्ल्याउनू बरू खाँवाहरू भत्काएर दलिनहरू निकाल्नू काँटीहरू उखेलेर छानो फुकाल्नू ईटा– ईटा निकाल्नू । त्यसपछि

Posted in कविता | Tagged | Leave a comment

कथा : लमहि र दमाई चरो

~टंक वनेम~ दमाई चरो,भरियाका लस्कर,सुरिलो सिमलको रुख अनि तल…तल …मैवाखोला सुसाइ रहेको अव्यक्त वेदना …… जब कञ्चनजङ्घा हिमालको काखमा रातो सूर्य तिरमिराउन थाले पछि लाली पोखिएको बिहानीसँग दमाई चरोले एक प्रकारको वैराङ्ग लाग्दो स्वरमा चिरबिराउन थाल्थ्यो । भरियाका लस्करहरु पञ्चमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : वासना छर्नु पो जिन्दगी

~रवि प्राञ्जल~ फूलझैं वासना छर्नु पो जिन्दगी । गर्वले वन्दना गर्नु पो जिन्दगी । भोकमा, शोकमा, पर्छ जो कष्टमा स्नेहले कष्ट त्यो हर्नु पो जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment