Tag Archives: nepali literature

कान्छी

~बद्रीनाथ भट्टराई ~ टुँडीखेलको ढोकामा पालो बसिरहेको नरबहादुरको मनमा औडाहा उठिरहेको थियो। माघ २ गतेको रातको एघार बजेको बेला पनि उसको ओठमुख सुकेको थियो। आफ्नी प्राण जस्ती कान्छीलाई अस्पतालमा त्यसै छोडेर पालो बस्न आउनु परेकोमा उसको मन क्षुब्ध थियो। उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिचान

~माया ठकुरी~ विकास छिटोछिटो अघि बढिरहेको थियो । ऊ असनचोक निस्कियो । त्यसपछि ऊ पश्चिमतिरको बाटो हुँदै उग्रतारा माई स्वर्ण मन्दिरको अघि पुग्यो र टक्क अडियो अनि उसले मन्दिरतिर फर्केर टाउको निहुन्यराएर हात जोड्यो । त्यसपछि ऊ फेरि अघि बढ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : फूलको आँखामा

~दुर्गालाल श्रेष्ठ~ फूलको आँखामा फूलै संसार काँढाको आँखामा काँढै संसार झुल्किन्छ है छाँया बस्तु अनुसार

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रित्ता गाग्राको रुक्खो स्वर

~दुर्गालाल श्रेष्ठ~ आज सखारै रित्तो गाग्रो देख्छु रुँदै भौँतारिरहेको ! हुन्छु म जति पर उति नै त्यो स्वर

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्म ध्वनि

~दुर्गालाल श्रेष्ठ~ धर्मको ध्वनि फैलियोस् बुद्ध-वाणी गुञ्जियोस् ! विश्व नै ढकमक्क पारी

Posted in कविता | Tagged | Leave a comment

कविता : सफल प्रहसन

~दुर्गालाल श्रेष्ठ~ स्वागतनिम्ति उभेकाहरूको फूल हातका वैलिसके । फूर्तिवाज आयोजकहरूको

Posted in कविता | Tagged | Leave a comment

कथा : खीर

~इन्द्रबहादुर राई~ त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिएनँ । घटना -घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा ! जानुहोस

~माया ठकुरी~ छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु उत्सव

~सुबिसुधा आचार्य~ शान्त – सुललीत अनि सौम्य बगिरहेकी वाग्मती नदी, जसको किनारामा मृत शरीर जलाएर खाक पारिन्छ÷अस्तित्व समाप्त पारिन्छ । अघिल्लो दिनको वर्षाद्को पिटाइले धमिलो भएकी वाग्मतीको पानीलाई पेटीमा बसेर खुट्टाले खेलाउदै थिई ऊ । पुरानो भएर मक्किने अवस्थामा पुगेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहि निर्णय

~माया ठकुरी~ शालिग्रामले पचहत्तर वर्षको उमरमा सोह्र वर्षीया सुमित्रालाई आफ्नो दोस्रो पत्नीको रुपमा भित्र्याए । “घरभित्र यतिका मानिसहरु तपाईको सेवा गर्नको लागि हुँदा हुँदै पनि यस्तो बृद्ध अवस्थामा आफ्नी नातिनीकी उमेरकी केटिलाई पत्नी बनाएर भित्राउनु भनेको एकदमै लज्जाजनक कार्य हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुखीहरुको शहरमा एकछिन

~पदम भण्डारी~ नर्भिक अस्पतालको ५०२ नंबरको बेडमा भर्ना भएको थिएँ म । दिउसोको एक बज्न थालेको थियो । अपरेशन थिएटरमा डाक्टरले बोलाएका छन् भनेर मलाई लैजान तीनजना महिलाहरु गुडाउन मिल्ने बिरामी राख़्ने खाट अर्थात ह्वीलबेड लिएर आए र मलाई लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लटरम्म फलेका रहरहरू

~सुबिसुधा आचार्य~ “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ” ऊ सुडकेस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किन कि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, यात्राको क्रममा आँखा लाग्न सक्छ, निदाउँन सकिन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बक्ररेखा

~परशु प्रधान~ कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आाखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउाछ। म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर- ७

~परशु प्रधान~ विन्द्या सुब्बाको निर्गमन उपन्यास पढेपछि मभित्र एउटा प्रश्न आइरह्यो, अक्षयलाई असाध्य माया गर्ने, परागलाई स्नेह गर्ने एक मेधावी, उच्चशिक्षित, सबल चरत्रि भएकी स्थानीय कलेजकी प्राध्यापक तथा त्यस घरकी तृष्णाले अचानक गृहत्याग किन गरिन् – गत वर्षसिलगढीमा भेट हुँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीताहरु – २३

~परशु प्रधान~ केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~बिना तामाङ ‘सुनगाभा’~ चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित विश्व यौनकथा : नाङ्गो चित्र

~स्टीफेन लाङ्गस्ट्रीट (स्पेन)~ अनुवादकः परशु प्रधान ”जूलियो ! तिमीलाई थाहा छ, आजभोलि मात्तीस कुन कलाकृतिमा व्यस्त छन् -” कलाकारका साथीहरू नेट मांरिस र अपोलोइनायरले ऊसँग सोधे । ”अहँ ! मलाई थाहा छैन । बरु तिमीलाई थाहा होला ।” उसले जवाफ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

विवाह

~उमेश धिताल~ गोरखा बजारसम्मको टिकट लिएर गाडीमा उक्लेको थिएँ । बर्खाको समय, गाउँमा काम भ्याईनभ्याई थियो, यता म भर्खरै परीक्षा सकेर फुर्सदमा थिएँ । ‘दाइ, टिकट हो ?’ पत्रिकाबाट आँखा नहटाएरै टिकट देखाइदिएँ । ‘झ्यालतिर बस्नु पाए हुने नि ।’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तुहिएको सपना

~सुबिसुधा आचार्य~ “काम फत्ते भयो त पूर्ण ?” हातको सियोलार्ई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलोे खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकको वास्तविक फेस

~राजेश नतांश~ कम्प्यूटरमा ‘एकन’को ‘लोन्ली, आई एम मिस्टर लोन्ली…’ गीत बजिरहेको छ । म गीतको शब्द–शब्दमा हराउन पुगिरहेको छु । गीतमा भनिएजस्स्तो घटना परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म आफूलाई एकदमै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्लज्ज वस्त्रबाट चिहाएर हेरेपछि

~बी पी बजगाईं~ कोही पनि नाङ्गो देखिनु हुँदैन भन्छ वस्त्र| लाज ढाक्ने ठेका लिएको छ वस्त्रले| उ अरुको नाङ्गोपन जोगाउने धेरै सुर्ता गर्छ| सबैको लाज ढाक्ने भएकोले उसको प्रतिष्ठा समाजमा निकै छ| वस्त्र महान छ| यस्तै के के सोच्दै हुन्छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : सुम्निमा र पारुहाङ्

~सङ्कलक: इमानसिंह चेम्जोङ~ हिमालयको सृजनापछि भगवानका अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च औ सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवानले त्यस … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

नियात्रा : यसरी सकुशल घर आइपुग्यौं

~पद्मावती सिंह~ हो, कहिल्यै नबिर्सिने भो गोरखाको त्यो बृहत कवि गोष्ठी जुन भानुजयन्तीको उपलक्ष्यमा गोरखामा आयोजना भएको थियो । यस वर्षको शुरुमै द्रव्यशाह‌‍‍‍‍‌ क्याम्पसप्रमुख मोहननारायण श्रेष्ठले भानु जयन्तीमा काठमाडौंबाट कविहरूको सहभागिता जुटाउने अभिभारा मलाई सुम्पिनु भएको थियो । पोहरसाल पनिमैले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

अनूदित कथा : पाठक

~म्याक्सिम गोर्की~ रात छिप्पिँदै थियो जतिखेर म त्यस घरवाट विदावारी भएँ जहाँ साथीहरुको एक गोष्ठीमा आफ्नो प्रकासित कथासंग्रहमा समेटिएको एउटा कथा वाचन गरेको थिएँ र साथीहरुले प्रशंसाको पुल वाँध्न कुनै कसर बाँकी छाडेका थिएनन्। म मग्न भावमा शनैः शनैः पाइला … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : कोल्यूशा

~ म्याक्सिम गोर्की~ उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन्। आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन। मेरो सान्निध्यताले उनमा जुन उत्सुकता … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : छेपारो

~एन्टोन चेखब~ नयाँ ओभरकोटमा ठाँटिएको प्रहरी नीरिक्षक ओचुमेलोभ हातमा एउटा पोको बोकी बजारस्थित चोक पार गर्दै थियो। जफत गरिएको अमलाले भरिपूर्ण टोकरी बोकेको रातो कपालवाला एउटा सहयोगी प्रहरी उसको पछिपछि हिँड्दैथ्यो। चारैतिर सन्नटा अनि चोकमा मानवीय उपस्थिति शुन्य… भोका मानिसहरुलेझैं … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : कथा

~विश्वेश्वरप्रसाद कोइराला ~ धेरै पुरानो कथा हो। त्यस युगको कथा हो जब यो पृथ्वीका मानिस देवलोकका देवतासँग प्रतिद्वन्द्विता गर्थे। देवताहरु पनि दानवसँग युद्धमा पराजित हुने भयले पृथ्वीमा अवतरण गर्थे र कहिले दधीचिको हाड मागी औ कहिले दशरथसँग सहायताको प्रार्थना गरी विजयन्मुख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वामी १००८

~सिन्धु गौतम~ गेरु वस्त्रधारी १००८ स्वामीको प्रवचन सुन्न धेरै मानिसहरूको भीड लागेको छ । ठूलो खुला मैदान पनि खचाखच छ । कोही १००८ स्वामीको दर्शन गर्न, कोही प्रवचन सुन्न, कोही भीड हेर्न, कोही भीडभित्र भीड हेर्न अनि कोही स्वामी नभएकाहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

इन्द्रसुर बेल्टारेका पाँच ताङ्का

~इन्द्रसुर बेल्टारे~ (१) साल्पा पोखरी मनमा सल्बलायो निर्मल पानी प्रकृति धरोहर स्वर्गको अनुभूति ।।।

Posted in ताङ्का | Tagged , | Leave a comment

ट्राफिक जाम !

~साधना प्रतीक्षा~ पात्र-एक गाडीभित्र एक हातले डण्डी समाउँदै अर्को हातले फाइल च्यापेर ऊ असिनापसिना भइरहेछ । पलपल आफ्नो नजर हातको घडीतर्फ फाल्दै हैरानीका साथ लामो सुस्केरा निकाल्छ ‘उफ् । यो गाडी कतिबेला गुड्ला ?’ उसको मनले प्रायः गर्ने मौन प्रश्न हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

टुहुरो केटो र पशु बोली

~तेजप्रकाश श्रेष्ठ~ एउटा गाउँमा एक जना जिम्दारको घर थियो । त्यहाँ एक विधवा गरिब आइमाई काम गर्न बसेकी थिई । उसको एउटा सानो छोरा पनि त्यहीँ बस्थ्यो । आमा चाहिँ मालिकको घरमा गाईगोरूको मल सोर्ने, भाँडाकुँडा मोल्ने काम गर्थी । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजेको बाँसुरी

~बुद्धमणि ढकाल~  गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर   फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा गाई रुङ्ग्न बसेका गोठालाहरु कान र आँखा उतैतिर लान्थे । गजेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment