Tag Archives: nepali literature

संस्मरण : साला पहाडमे क्या है

~नारायण श्रेष्ठ~ ‘राष्ट्रियता खतरामा परेको’ भन्ने बहस अहिले चर्चामा छ । राजनीति अप्ठ्यारोमा परेका बेला यो विषयले मानिसको ध्यान सजिलै तान्छ भन्ने नेताहरूलाई थाहा हुन्छ । त्यसैले ‘चलाख’ नेताहरू अप्ठ्यारो पर्दा ‘राष्ट्रियता’को तुरूप फाल्छन् । र यो विषयले जोशिलो रगत … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

जीवन–गुरु जो गुलाब रोपिरहन्छ

~मिनु श्रेष्ठ~ ‘जब यी फूलहरू फुल्लान् तब मलाई सम्झिनू र केटाकेटीहरूलाई सुनाइदिनू कि फूल जीवनको प्रतीक हो । भनिदिनू जीवन फूलजस्तै हुनुपर्छ । यसका लागि लागूपदार्थबाट टाढै बस ।’ नारायणम्ले लेखेका यी हरफ पढिरहँदा बाहिर सिमसिम पानी पर्दै थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशा दिदी

~रजित ओझा~ म पात्रमा नायकत्व कति जरुरी छ ? मेरो कलमले अघि बढ्दाबढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न बाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~ उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

यत्रो वर्ष बन्दुक बोकियो, अहिले क्यै न क्यै

~दीपेन्द्र ठकुरी~ ‘दाजु तमी पनि! त्यो मु** को घर हेरी मलाई क्या निको हुन्या हो र?’ ‘उ हेर सन्तोषको घर,’ नेपालगन्ज न्युरोडको आधाआधी पुगेपछि सेतु बिकचोकको छेउपट्टीको तीनतले घर मैले वीरेलाई देखाउनुअघि नै उ आक्रोशमा आइहाल्यो। म मौन रहेँ, म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पत्रकार, प्रेमिका र डिसहोम

~योगेश ढकाल~ ‘तपाई सोच्नेमात्रै हो, केही गर्नुहुन्न’ ठ्याक्कै ६ महिना बितेछ । उनले यसो भन्दै आ’को । ‘अंग्रेजी पढ ।’ ‘फ्रेञ्च भाषा सिक ।’ ‘पीएचडी इन्रोलको तयारी गर । ‘भावना, कल्पना, आशा, क्षणिक आनन्द र उत्तेजनाका पांग्राले थोरै माइलेज दिन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेको नयाँ मोडल र प्रविधि

~अनुपम रोशी~ ‘एप्पलको नयाँ मोडल आइसक्यो, के यो पुरानो मोवाइल चलाइरा’को ! मैले त हिजैदेखि घरमा फ्यालीदिए पुरानो आइफोन ।’ ‘४५ हजार रे ! हिजै नेटमा हेरेको । क्या खतरा मोडल छ । डाइरेक्ट यूटुब, गुगल । इन्टरनेटको मात्रै ९ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरो पदक

~मिलन संग्रौला “अकृत”~ रङ खुइलिइसकेको लामो सोफामाथि जीऊ ढल्काएर सुतेको छ ऊ । दाहिने खुट्टो खुम्चिएको छ । सोचाइका तरङ्गसँगै खुट्टो हल्लाइरहेको छ । तर देब्रे खुट्टो भने पुरै लम्पसार पारेको छ उसले । कुनै तरङ्ग छैन त्यो खुट्टामा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मोराले सजिलै झुक्यायो

~लक्ष्मण गाम्नागे~ एक  सिस्नुपानी नेपालका हामीहरू हरेक पटक देउसी तयारी गर्ने क्रममा ‘आउँदो वर्ष चाहिँ बेलैमा देउसी तयार गर्ने है’ भन्ने गर्छौ । प्रत्येक आउँदो दसैंमा भने उही पारा दोहोर्‍याइरहन्छौँ । तिहारको मुखमुख आए पछि अत्तालिँदै जुट्न थाल्छौं । जुट्न … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : प्रेम अन्तर

~सन्तोष खतिवडा~ कोठाका अरु प्रत्येक सदस्यहरु मौन छन् । मात्र टेबुलबाट काठेकिरा मन्द रुपमा चुइँ चुइँ….कराइरहेको छ । म यतिखेर पनि उत्तानो पल्टेर सुतिरहेको छु । भर्खरसम्म भान्छा कोठाबाट आएको भाँडाको आवाज पनि हराउन थालिसक्यो । कोठाको सुनसान वातावरणलाई ढोका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हेम सुब्बाले पान खाए

~डा. ध्रुवचन्द्र गौतम~ हेम सुब्बा त्यस सहरमा नौलो आएका थिए । पुड्के काँटीका हेम सुब्बा पिचरोडमा जुत्ता बजाई जब हिड्थे, तर नगरका धेरै महाजनहरु दोबि्रएर नमस्कार गर्थे । यीनी पनि भलादमी थिए, मन राख्नलाई सबैको नमस्तेको जवाफ दिन्थे । वास्तवमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथासिदियो

~पुरुषोत्तम पौडेल ~ एउटा गाउँमा एउटा किसान बस्थ्यो। उसको सारा धनसम्पत्ति भन्नु नै एउटी स्वास्नी मात्र थिई। उसको नाम रुपमती थियो तर किसानको नाम भने उसलाई पनि थाहा थिएन किनकी उसका बाबुआमा ऊ जान्ने नहुँदै बितिसकेका थिए। समय बित्दै जाँदा उसकी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सिम्रन

~संजिब ढुंगाना~ राती अबेर फर्किए |सबै निदाईसकेका रहेछन | आफुसंग भएको साचोले ढोका खोले | किचेनमा हेर्दा केही थिएन | ब्यागमा भएको चाउचाउ निकाले |२ ओटा अण्डा तारे अनि खादै कम्प्यूटर खोले | अनि जोडे नेपालको इतिहासमा सर्वाधिक महगो नेट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चक्रव्यूहमा अल्झिएको जीवन

~इल्या भट्टराई~ जीवन के हो ? प्रेम के हो ? विवाह के हो ? सम्बन्धहरू के हुन् ? के प्रेम भन्ने कुरो शाश्वत हो ? मनसँगको यो साइनो के एकचोटि गाँसिएपछि सधैँको लागि गाँसिने हो ? यो एकचोटि भएपछि सधैँभरिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मन परिवर्तन नहोस्

~इल्या भट्टराई~ गर्मीको मध्यदिनको त्यो घाममा, रत्नपार्कमा रोकेको त्यो सानो माइक्रो बसमा, यात्रुहरू बोलाउनका लागि एउटा सानो खलासी मुटु फुटुन्जेल कराउँदै थियो । “नारनथान, नारनथान, यता हजुर यता, ऊ याँ सिट छ ।” त्यो बच्चो खलासी सकेसम्म त यात्रुहरूलाई फकाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विडम्बना

~इल्या भट्टराई~ सुमित्राको मन आजकल निकै भरङ्ग भएको छ । आज आएर उनको मनले अनुभूत गरेको छ, जीवनमा ठूलै चौटा खान पाउँला भनेर यहाँ आएका उनीहरू आज आएर झोलमा डुबेसरि पो हुन पुगेका छन् । अस्तिजस्तो लाग्छ उनलाई आफूहरू यस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : सल्सब्री र स्टोनहेन्जले लोभिएकी म

~इल्या भट्टराई~ संसारका सात आश्चर्यमध्येको एक आश्चर्यलाई बेलायतले पनि आˆनो छातीमा सजाएको रहेछ । आˆनो देशमा रहेको त्यस्तो आश्चर्यमयी वस्तुको बेलायतजस्तो देशले विज्ञापन नगर्ने त कुरै भएन । आˆना तिनै विज्ञापनद्वारा नै उसले संसारभरिका पर्यटकहरूलाई त्यो वस्तु हेर्नका लागि कौतुहल … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : सानुको आगमन

~इल्या भट्टराई~ बिहान उठेर बाथरुम गएँ । त्यहाँको भयालबाट आपनो मूलढोकाबाहिर सामान्य पहिरनको कोही मानिस उभिरहेको देखेँ । अज्ञात आशङ्काले मन ढक्क फुलेर आयो, “को होला त्यो, यसरी एकाबिहानैदेखि ढोका कुर्ने ? यति सबेरै त कोही पनि भेट्न आउँदैन थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुनीता

~इल्या भट्टराई~ कोही ढोकामा आएर ठिङ्ग उभिएको जस्तो लाग्यो र मैले टाउको उठाएर त्यसलाई छक्क परेर हेरें । एउटी २०, २२ वर्षी तरुनी केटी मेरो ढोकामा उभिएकी थिई, उसलाई म चिन्दिनथें । सम्झनाले विस्तारै आफ्नो उपस्थिति जनाउँदै ल्यायो । हेराइमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : शेक्सपियर, एभन र म

~इल्या भट्टराई~ सोह्र वर्षअघि आफू बेलायतकै बासिन्दा भएको बेलामै मलाई स्ट्याटफोर्ड अपन एभन जान मन नलागेको त कहाँ थियो र ! तर विद्यार्थी दीपकजीलाई एक त त्यति बेला फुर्सद पनि थिएन । दोस्रो यताउति घुम्ने उहाँलाई उस्तो चाख पनि छैन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ओ मेघना मैले तिमीलाई देखेँ

~इल्या भट्टराई~ दिउसो ३ बजेको उडानको लागि १ बजे नै विमानस्थल पुग्नु पर्ने हुनाले म डलर साटनको लागि १० बजे नै बैंक पुगेकी थिएँ । तर उडान निर्धारित समयभन्दा दुई घन्टा ढिलो हुनेछ भन्ने खबर मैले घर पस्दा पस्दै पाएँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : गलत लाग्छ मलाइ मेरो देश को इतिहास

~भूपी शेरचन~ जब म यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलीजस्ता गल्लीहरुमा हेर्छु एक-दुइ दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास

Posted in कविता | Tagged | Leave a comment

कथा : क्रमशः उपनायकहरू

~इन्दिरा प्रसाई~ उपनायक एक बन्देलालले अन्ततः लामो सास फे¥यो । साँझ गहिरिँदै थियो । घुरान ताप्न जम्मा भएका टोलका केही सदस्य एउटा निर्धारित जमघटमा ‘घुरान राजनीति’ चर्काइरहेका थिए । “यसपूलि एमालेले बहुत जगा जित्छ ।” खुशीलालको उमङ्ग हेर्न लायक थियो । एकपल्ट उसको कलचौँडो अनुहार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भन् भगवती !

~युवराज नयाँघरे~ आज चैँ चर्कियो कलह ! यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा । आँगन जोडिएको दुइ घरमा मानिस छैनन् ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रात त मेरो पनि हो

~माया ठकुरी~ प्रायः आधी रात बितिसकेको थियो । एक्कासी ढोकामा जोडसँग लात्ती बजार्दै हरिहरले ठूलो स्वरमा भने “ए राँड ! ढोका खोल्छेस् कि भत्काइदिऊँ यो ढोकासोका । हेर, कस्ती अलच्छिनी आइमाई रहिछे जहिले पनि सम्साँझै ढोका बन्द गरेर सुत्छे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

फेसबुक च्याट–भट्टीकी साहिँली सँग

~चरिचुच्चे च~ “खाली दिमाग सैतानको घर” भनेको पनि ठीकै रहेछ । जब मान्छे काम धामबाट अलग्गिन्छ, तब उसलाई समय बिताउन बहुत गाह्रो पर्छ, अनि त मानिसको दिमागमा ज्ञानगुनको चासो प्रियसीको नासो, अतीतको डायरीबाट भावनाको सायरीबाट, कागजको पानामा बोरा च्यातिएझैँ गानामा … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : एक्लो यात्री

~सिता बराल~ आजकल यहा के भएको होला । विदेशी कामदारहरुलाई रेसिडेन्सी दिने काममा कमी आएको छ । फिंगर भइसकेका साथीहरुको हातमा कार्ड आईसकेको छैन । काममा बढी चेकीङ्ग भएको छ । आफ्नो रेगुलर काम बाहेक कन्ट्याक मिलाएकाहरु पनि पूर्ण रुपमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

म एक्लो छैन

~अधिकारी स्मित ~ सुनसान रातको सन्नाटालाई चिर्दै गल्लीतिर कुकुरको कोकोहोलो मच्चिरहेको छ । यदाकदा मोटर चलेको आवाजले कुकुरको हल्लालाई साथ दिइरहेकै छ । म √यालको पर्दा उघारेर निश्चल आकाशमा चाादीको भकुण्डो सरी चम्किरहेको चन्द्रमा हेर्दै त्यसमा कसैको आकृति बनाइरहेको छु । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्जुस

~विमल मित्र~ एकदिन म हावडादेखि विलासपुर गइरहेको थिएँ । म बसेको पहिलो श्रेणीको डिब्बामा एउटा मानिस चढ्यो । उसको धोती अलि फाटेको थियो अनि कमिज मैलो थियो । मैले उसलाई शंकाको दृष्टिले हेरें । त्यो मानिसले छेउमा आएर सोध्यो– “तपाइँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म अब एक्लो छैन

~इल्या भट्टराई~ देहव्यापार कतिको लागि विवसता  हुन सक्छ, तर तिनको लागि भने देहव्यापार विवसता होइन भन्ने मलार्ई पक्कै थाहा छ । त्यसैले त तिनी देह व्यापार गर्छिन् भन्ने तथ्य जब मैले थाहा पाएँ, त्यो सत्य मेरा लागि आठौं आश्चर्य भै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोग्नेमान्छे

~ गोपालचन्द्र भट्टराई~ “यसरी कोठामा बसिरहेको समयमा यसो कोठाको सरसफाइ गर्न सहयोग गरिदिए हुन्थ्यो, मैले मात्रै घरको सबै काम गर्न नभ्याउने भएँ ।” “अँ, अब केही काम नपाएर म झाडा-कुच्चो हातमा लिएर बढार्न थालौँ ? यी तन्ना, सिरक, सोफाको खोलहरू पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तृष्णा

~गंगा सुवेदी~ ‘दाइ, डी.भी. पर्‍यो रे ?’ ‘हो ।’ अनन्तले सहजै जानकारी दिए । ‘अब कहिले जानुहुन्छ ?’

Posted in नेपाली कथा | Tagged | Leave a comment