Tag Archives: nepali literature

कथा : पात्र भर्सेज पात्रहरु

~समृद्धि शायद~ बिर्सनै लागेको धुमिल तस्विर फेरि सम्झनाहरुको हुल बोकेर विनिर्माण गर्न आइपुग्यो । शुशिल कुनै चलचित्रको नायक झै व्यवहार आचरण र निभाउने क्रियाकलाप पनि । “म तिम्रो लागि जे पनि गर्न सक्छु”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निमित्त

~चंकी श्रेष्ठ ‘अभय’~ अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्‍बन्‍ध

~आलोक चालिसे~ किस्सा १. दीप शिक्षा र संस्‍कारमा महत्‍व दिने मध्‍म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्‍य बिध्‍यालयबाट राम्रो श्रेणीमा माध्‍यमिक तह उत्तीर्ण गर्छ । डाक्‍टर बन्‍ने धोको छ उसको ! तर उस्‍का पिता साधारण ब्‍यापारी,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यात्री

~लक्ष्मीप्रसाद देवकोटा~ कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ? मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रश्नोत्तर

~लक्ष्मीप्रसाद देवकोटा~ ‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’ ‘सच्चा कमाइ गरिखानु भनेर जान ।’ ‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?

Posted in कविता | Tagged | 1 Comment

कविता : झरना

~लक्ष्मीप्रसाद देवकोटा~ पहाडको शिखरबाट देखेँ झरेको जल । मेरो मनमा बत्ती बले

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको मौसम

~लक्ष्मीप्रसाद देवकोटा~ जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद

Posted in कविता | Tagged | Leave a comment

कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे

~भूपि शेरचन~ घुम्ने मेचमाथि अन्धो मान्छे –भूपि शेरचन प्रकासकीय घुम्ने मेचका अन्धालाई साँघुरो चोकका द्यौतालाई वीर भएका बुद्धूलाई बुद्धू भएका वीरलाई हल्लै–हल्लाको देशमा चार भन्ज्याङ, यो चिसो एष्टे्रमा उभ्याउने हामी होइनैं।

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कथा : भ्रमपीडा !

~शिव प्रकाश~ उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाँचेको मान्छे

~‘अभागी’रामचन्द्र रेग्मी~ जन्म र मृत्युको दोसाँधमा अडेर बाँचेको मान्छे प्रेमको चपेटामा गडेर बाँचेको मान्छे |

Posted in गजल | Tagged | Leave a comment

कथा : नीलो तृष्णा

~विद्या सापकोटा ~ म यसैपनि अन्तर्मुखी स्वभावको मान्छे,शान्त वातावरण र सानाठूला बोटबुट्यानहरु । हरबिहान म आफ्नो ओछ्यानबाटै बाहिरी दुनियाँ नियाल्थे । चिया पिउने मेरो बानि थिएन/छैन,झण्डै एक चिया बसाइमा मै शीतले सफा पारेका चुत्राका पातहरु आफ्ना रङ्ग बदल्थे, त्यो कुनै जादू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक युग

~राजन थपलिया~ उमेर को हिसाब गर्दा, उमेर ले भर्खर ३० लागे पनि एक युग बाचे जस्तो लाग्छ । जब जिन्दगी को कठिन पाना हरु पढ्न थालेको अनुभव हुन्छ तब एकान्तमा टोलाई रहदा कता कता कसै लाई माया साचे जस्तो लाग्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा प्रेमकथा

~बसन्त गौतम~ प्रियतम, तिमीले छोडेर गएपछिका यी कहालीलाग्दा दिनहरुका हरेक क्षण मैले आफ्नो जिन्दगीलाई फेरि एकपटक जिएकी छु। तिमीसंगका क्षणहरुको याद गरेर तिमी नहुँदाको यो डरलाग्दो एकान्तलाई झेलेकी छु। तिम्रो उपस्थिति मेरो हरेक श्वाशमा र रगतको थोपा-थोपामा एउटा स्वाभाविकता र अनिवार्यता बनिसकेछ!

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँचेको मान्छे

~बसन्त गौतम~ आज पनि बाऊले गाली गरे। सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छनौट

~रत्नमणि नेपाल~ एउटा त्यसप्रकारको घटना घटेको थियो । त्यो देशका महाराजलाई त्यो घटनाले ठुलो चिन्तामा पारिरहेको थियो । देशको सम्पूर्ण शान्ति सुरक्षा मिलाउनु पर्ने । जनताका उर्लदा चाहना पूरा गर्नुपर्ने । विकास निर्माण, शिक्षा, स्वास्थ लगायतका दीर्घकालीन योजना तय गर्नुपर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्ले र डल्ली

~बिजु सुवेदी “विजय”~ १ डल्ले र डल्ली श्रीमान् श्रीमती थिए । उनीहरु एकदमै मिल्थे । उनीहरु एकदमै गरिब पनि थिए । तर काम गर्नमा उनीहरु ज्यादै अल्छी थिए त्यसैले उनीहरुले एकदिन विराएर घरको काम गर्ने गर्दथे । उनीहरुको एकदम नराम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : एउटा अत्यन्तै पुरानो चिनीयाँ कथा

संकलक :- बिजु सुवेदी “विजय” एक फकिर कहाँ , एक सिद्ध पुरुष कहाँ तीन युवक आए । उनीहरु तीनैजना सत्य खोजिरहेका थिए । उनीहरु तीनैजनाले चरणमा शीर राखे र भने कि म सत्यको खोजक हुँ । म टाढा-टाढा भट्किएर आएको … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

संस्मरण : सम्झनामा साइकल

~सि.पी. अर्याल~ “ट्रिङ ! ट्रिङ ! ट्रिङ” दस बज्न दस मिनट बाँकि हुन्थ्यो । घरको ‘एवन’ साइकलको घण्टी तीनफेर बजाइदिन्थेँ, दाहिने हातको बुढी औँलाले । अनि खुरुरुरु साइकल कुदाएर भाग्न कस्सिन्थेँ म । “हरे ! आज नि केटोले साइकिल लेर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

बाल कथा : जूनटिकी

~सबिना सिन्धु~ मेरो जन्म जूनेली रातमा भएको थियो । त्यसैले वैज्ञानिकहरूले मेरो नाम जूनटिकी राखे । मलाई पनि आफ्नो नाम खुब राम्रो लाग्छ । सर्वप्रथम मलाई वैज्ञानिकहरूले खेलौनाको रूपमा जन्माए । म भित्र एउटा साउन्डबक्स राखिएको थियो । मेरो ढाडको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : ब्रेन बल

~सबिना सिन्धु~ अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : अनुष्काले नबुझेको कुरा

~सबिना सिन्धु~ अनुष्का हिजो देखि स्कुल जान थालेकी छ । बुवाले उसलाई Nursery क्लासमा भर्ना गरिदिनुभएको छ । बिहानै खाना खाएपछि आमाले उसलाई स्कुल dress लगाईदिनुभयो । नीलो सर्ट खैरो स्कर्ट कालो जुत्ता अनि टाई र बेल्ट पनि । अनुष्काले … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हजुरआमा र बाह्रखरी

~सबिना सिन्धु~ हजुरआमाले आकृतिलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ धेरै कुराहरू सिकाउनु हुन्थ्यो । खाना खानु अघि हात धुनु पर्छ आफ्नो कोठा सफा राख्नु पर्छ । सामानहरू व्यवस्थित रूपमा मिलाएर राख्नु पर्छ आदि इत्यादि । केही कुरा बुझिन भने ऊ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : अन्ततः तिमी मेरो कथाको पात्र

~निलम कार्की ‘निहारिका’~ म कथा लेख्थे । कहिलेकाही उसलाई सुनाउथे, उ भन्थि – कसरी लेख्छेस् कथा ? म यसो हेर्छु, देख्छु, जुन कुराले मलाई बढी हुन्छ, त्यही लेख्छु, कथा बनिदिन्छ । उसले भन्थि – कतै हामीलाई हेरेर पनि कथा लेख्लिस् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भूत

~पदम भण्डारी~ मेरो बाल्यकालको साथी धेरै वर्षपछि गाउँ फर्क्यो । एसएलसी पास गरेपछि कलेज पढ्ने, जागीर खाने बहानामा उ शहरबाट गाउँ फर्केको थिएन । धेरै वर्षपछि बाल्यकालमा खेल्ने गरेको भवानी पुज्ने डाँडातिर (केटाकेटी हुँदा हामी त्यसलाई भानपुन्नेको डाँडो भन्थ्यौं) हामीहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जाल

~हरिश कल्पित~ तिनी अचम्म पर्छिन् मेल बक्समा आएको नयाँ इमेलको नाउँ देखेर, एकैछिन, घोरिन्छिन्, अनि उक्त नामको इमेल किल्क गर्छिन् । इमेल पढेर झनै छक्क पर्छिन् । मन एकतमासले धड्किरहेको हुन्छ । एक एक शब्दमा घोरिन्छिन् । ‘डियर अनु धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहे

~हरिश कल्पित~ “अमिनाको त कुरो छिनिने भयो नि थाहा पाउनु भो तपाईले -“असिमा खुशीले प्रफुल्ल हुँदै भन्छे । ए हो र ! कहिले – आर्श्चर्यको भाव ब्यक्त गर्दे रन्जन भन्छ- “कसले भनेको – तिमीले थाहा पायौ त – “स्वास्नीको मुखमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो घुम्ती

~ सुन्दर जोशी~ त्यो घुम्ती आएपछि उ मरी मरी हाँस्न थाली। घुम्ती त थुप्रै छन् काठमाण्डौ शहरमा तर उनलाई त्यहिँ आई पुगेपछि मात्रै कुतकुती लाग्नुको रहश्य फुत्काउन ऋतेनलाई कम्ता गाहारो परेन। एकदिन उनले अर्थात भनेसाले अफिसमै भनिन् “आज गोथे इन्स्टीच्चुटमा एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिमल दा

~सुषमा मानन्धर~ ऊ बेला हामी साना सानै थियौं, त्यस्तै छ सात क्लास पढ्ने, वहाँ कलेज पढ्नु हुन्थ्यो । अग्लो, गोरो वर्ण, कालो घुम्रिएको कपाल र जुंगाको मसिनो रेखी , वहाँको चित्ताकर्ष व्यक्तित्वभित्र पर्ने केही कुराहरु थिए । वहाँ मेरो संगै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी दुर्गीका कुरा

~रवि भट्ट रोषी~ चुरो नपसेको छोरो शूरो पल्ट्यो भने भरिभन्न गर्छ । “बैदारबूढाले बुढेसकालमा बल्ल-बल्ल कनी-कनी पाएको एक्लो छोरो भनेर मत्याएर राखे, आखिरमा टाउकोमा टेकेर कसैले पनि भनेको नमान्ने अटेरी भएर पो निस्क्यो ।बाँटुली माइलीको छोरी हिजो साँझ घट्टमाथिको समीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सहर, स्वास्नी र सुलसुले

~मानसी~ घाँटी हेरेर हाड निल्नुपर्छ । अरू घोडा चढे भनेर आफू धुरी चढेर हुन्छ ?” कराइरहन्छे स्वास्नी । ऊ स्वास्नी हो, त्यसैले पनि कराइरहन्छे । अर्थात्, कराउँछे त्यसैले ऊ स्वास्नी हो । “होइन, किन यसरी कानमा तेल हालेर बसेको होला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुप

~प्रकाश अविनाश~ श्रीमान्, विगत दुई महिनादेखि फोन सम्पर्क र मेल पनि नगरी बसेपछि आज अचानक मेरो यो पत्र पाउँदा आश्चर्यमा अवश्य पर्नुभयो होला। के गर्ने ? अवस्था त्यस्तै भएर हो। कुरालाई धेरै नलम्ब्याइकन भन्नुपर्दा म जोसँग यहाँ आएकी थिएँ, उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराधबोध

~ललिता दोषी~ सधैँझैँ राम चौधरीका आँखामा आज निद्रादेवीले बास गर्न सक्दिनन् । ऊ बगरमा फ्याँकिएको माछोझैँ छटपटाइरहन्छ । उफ् ! लामो सास फेर्छ चौधरी । सधैँ श्रीमतीलाई अङ्कमाल गर्ने उसका हातहरू आज थरथराउँछन् । एउटै ओछ्यानमा सुतेकी श्रीमती पनि उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment