Tag Archives: kabita

कविता : यो देशको निर्माता को ?

~प्रदीप लोहागुण~ किसानलाल माझीले बाँझो खेत खन्दा यो देश समृद्ध हुन्छ, हुँदैन उसलाई थाहा छैन तर ऊ पुस्तैनी खनिरहेछ यो देशको बाँझो खेत । कान्सीराम आप्टेले चिनी मिलमा उखु पेल्दा यो देशको मुद्रास्फीतिमा सुधार हुन्छ, हुँदैन उसलाई थाहा छैन तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि कसलाई भन्ने

~अनुष्कर पुष्कर गुरुङ~ भावनामा डुबेर शब्दको हार बनाउने भावनात्मक मानवलाई कि कवित्व भएको मानवलाई ! कवि कसलाई भन्ने सिाजको बिसंगतीलाई कलमका काला मसिहरुलाई सेता पन्नामा नचाउने कलाकारलाई कि समाज सेवकलाई कवि कसलाई भन्ने !

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड तिम्रो भाउ, कति लगायो?

~नरबहादुर घिमिरे~ कमरेड, तिम्रो भाउ कति लगायो उसले र तिमीले तिम्रो चेतना किलोको भाउमा सुम्पियौं? भन कमरेड भन… रक्त क्रान्तिका कुराहरु फुकेर तिमी बुर्जुवाको भक्त बन्यौ? भन कमरेड भन.. तिमीले हाम्रो गाउँको भाउ कति सोचेका छौं ? हाम्रो समाजको, हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~बिष्णु भण्डारी~ यात्रााको मोडनिरै बाटो सकिएको छ र मलाई कोर्नु छ नयाँ बाटो । हिंड्नु छैन मलाई पुरातन रेशमी डहरहरु पछयाएर तेन्जिङका पदचापहरु भेट्नु छैन मलाई निर्जिव सम्बेदनाका शिखरहरु । यि त पुराना बिम्ब हुन

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो झण्डा

~वलराम तिमल्सिना~ जव देख्छु फहराएको यो राष्ट्रिय झण्डा ! अनिष्टको आशङ्काले मनै हुन्छ ठण्डा ! मेरो देश यही झण्डा फहराउँदै बेचियो यही झण्डा फहराउँदै लुटियो यही झण्डा बोक्नेले हो – सत्र सालमा प्रजातन्त्र मार हानेको यही झण्डा बोक्नेले हो –

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई मेरो राज्य चाहिएको छ

~दीपक कुमार ज्ञवाली~ मलाई मेरो राज्य चाहीएको छ म राज्य बिहीन भै बस्न सक्दिन मलाई मेरो सिमाना चाहिन्छ मलाइ मेरो चौघेरा चाहिन्छ म मेरो चौघेरा र सिमाना बिना बस्न सक्दिन किनकि तिम्रो लालदरवारमा पनि सिमाना छ, चौघेरा छ तिम्रो चौघेराको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जता–ततै दण्डहिनता

~कुन्दन काफ्ले~ दण्डहिनता जताततै फैलिएर गएको छ । राष्ट्रछवी दिनानुदिन मैलिएर गएको छ । आसंकाले नेपाली मन वैलिएर गएको छ । न्यायको चाहि केस कालो कैलिएर गएको छ । कहिले हुन्छ विकास र कसले दिन्छ निकास खै

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्‍यादा

~प्रकाश सुनुवार ‘निराकार’~ रंगीन शहरको कथा अलग छ स्वार्थी हुंदै गएको छ यो शहर मान्छेहरु उज्यालोमा पनि लाल्टीन बालेर हिंडेका छन् आफुलाई वाहेक अरु कसैलाई देख्तैनन् उज्यालोलाई अँध्यारो पारेर आफ्नो मर्‍यादा मर्दन गरेर अरुलाई समेत मारिरहेका हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : दसगजा

~मणिराज सिंह~ मेरो खेतको आली मुन्तिर मेरो स्वाभिमानको प्रतीक शिर ठाडो पारी निर्भिक उभिरहेको दसगजा हिजो मात्रै वर्षात्मा भिजेर हो कि शत्रुले खोस्रेर हो गर्ल्याम्म गुर्लुम ढलेको सपना देखेँ मैले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन टेलिफोन

~हरि अधिकारी~ मौनव्रत लिन बाध्य मेरो टेलिफोन निःशब्द छ र छ अशान्त पनि, रिसले होस हराएको लाटो मान्छेले झैँ चिथोर्न खोज्छ मभन्दा निर्धो छ, सक्दैन, मनभित्रको हाहाकारलाई घाँटीमै दबाएर अस्फुट स्वरमा रोइरहेकी बलात्कृत किशोरीझैँ शब्दहीन झोक्राइरहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नत तिमी नत म!

~पदम गौतम~ नत कहिल्यै तिमी झुक्यौ नत म कहिल्यै माथि उठे सपना सपनामानै सिमित रह्यो यथार्थ कसैले बुझेनौ। धेरै-धेरै जिन्दगीका पालुवाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेडलाई प्रश्न

~किरण दहाल~ सपनामा आउँछन् माक्र्स र, सुनाउँछन् मलाई द्वन्द्ववादका सिद्धान्त सुनाउँछन् स्वप्न कथा– कसरी स्थापना हुन्छ सर्बहाराको अधिनायकत्व ? के–के हुन्छ त्यहाँभित्र ? जुन कथा तपाईले सुनाउनुहुन्थ्यो पहिले–पहिले कमरेड !

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द पेटी

~मञ्जु काँचुली~ उसको सानो सीमा कसले भत्काएको छ र ? फोहोरको थुप्रो, सडकको पाटी खोलाकिनारको पेटी डेन्ड्राइटका ट्युब थोत्रा लुगा–कपडाका झोला साथ कहिले नछोड्ने भुतुल्ले कपाल नधोएका कत्ले लुगा, ननुहाएको बोक्रे शरीर

Posted in कविता | Tagged | Leave a comment

कविता : सगरमाथा नाङ्गै देखिन्छ

~विक्रम सुब्बा~ कुनै छलकपटको चीसो योजना थाल्न हो कि या कुनै झुप्रोहरूको छातीमा सर्दी हाल्न हो? शान्तिको कुनै ओस्याईलो गीत गाउन हो कि या कुनै गुराँसको कलकलाउँदो थुँगा अँठ्याउन हो? आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर सगरमाथा कुनै गोप्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : नयाँ बुद्ध

~सैलेन्द्र साकार~ टुहुरा राहुलहरु खोजी रहेछन नयाँ बुद्ध हरु देश बिर्सेंका हरुले , हरायकाहरुले देस खोजे जस्तै आमा को गर्ब्भमा बास पाउन नसकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : विन्दु

~धर्मराज थापा~ ए मेरी रानी ! निर्मल पानी ! जुनमा टल्केकी ! अन्कौं रंग लिएर तिमी झलल झल्केकी ! कसरी झर्‍यो कसरी बस्यौ कर्कले पातमा, हृदय मेरो तानेर लिन्छ्यौ जुनेली रातमा । शीतल हावा सिरीरी चल्छ पातमा खेलेर, तिमीले झिक्छ्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश र ब्यूटीपार्लरकी सुन्दरी

~श्यामल~ अब कहाँ जाने? केश बनाइसकिएको छ र दलिसकिएको छ अनुहारमा क्रिम कपडामा छरिएको छ सेन्ट र ऐनामा सयौँ पल्ट जुधेका छन् आफ्नै आँखाहरु श्रृङ्गार सकिएको छ सुन्दरी, अब कहाँ जाने? सडकमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : चक्करपथ को चक्कर

~लक्ष्मण नेवटिया~ जनता करायो नेताजी भोट लिने बेला हाम्रो घरको लगाउनु भयो, चक्कर माथि चक्कर चक्कर माथी चक्कर अब फेरि यस्तो के भयो दुष्कर? तपाईंलाई चुनाव जिताएर पठाएदेखी त झन लागिराखेको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जे भयो भै गयो

~डिल्ली पौडेल~ न पाए भेट्ने मैले कुनै बाहाना न थियो मेरो छाडने कुनै चाहाना। खयालमा हुन्छिन ,कसैको उनी आउने छ ,कोहि पर्खाइ उस्कै भनि।

Posted in कविता | Tagged | Leave a comment

कविता : मौसम रोकिँदा गुलाब हाँस्दैन

~राधेश्याम लेकाली~ बस्तीभन्दा पर कतै षड्यन्त्र र जालझेलमा मौसम रोकिएको छ र वर बस्तीमा न सृष्टि । न प्रेम ।। न शान्ति ।।। यसैले, बोधिसत्वमा हिंसा रोपेर

Posted in कविता | Tagged | Leave a comment

कविता : चरा र धर्म

~महेश प्रसाईं~ तिमी मुसलमान म सर्वमान ऊ हिन्दू यो बुद्धिष्ट, त्यो क्रिस्तान अर्को कोही शिख बहाई, एउटा चराले हेर्दा केही देख्दैन यी सबैलाई , उसले आफ्नो दृष्टिमा

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : मेरो सानो मुरलीमा

~मञ्जुल~ मेरो सानो मुरलीमा मेरो देश नअटला तर मेरो मुरलीले भाखा राखुँ भन्छ मेरो सानो मुटुभित्र मेरो देश नअटला तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : विषालु साँपले डसेपछि

~डा. बेञ्जु शर्मा~ विषालु साँपले डसेपछि जलनहरु आगोका फिलिङ्गा भएर आकाशबाट वैरिरहे मैले टेक्ने ठाउँसम्म मात्र होइन असीमित सीमाहरुसम्म यत्रतत्र फैलिए सास फेर्दा यी भित्र पसे खलातीको फोक्सोभित्र, आगोहरु फुकिरहे

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमानको टापुमा बन्दी म

~नरेश शाक्य~ वर्तमानको टापुमा एक्लो बन्दी छालहरू मेरो भावना हिर्काइरहन्छन्, चिन्ता–नदी मलाई घेरिरहन्छन्, डुङ्गाहरू छैनन् जसमा चढेर म यो चिन्ता–नदी उम्कन सकूँ, छालहरू घचेट्न सकूँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धविराम

~दिनेश अधिकारी~ युद्धविरामको घोषणापछि भूमिगत तिमी – जङ्गलबाट घर आएकी छ्यौ म- बिदा लिएर ब्यारेकबाट घर फर्केको छु चार बीस उमेर खाएकी आमा नकोरेको आफ्नै कपाल र, वर्षो नमाझेका दाँतजस्तै घर कुरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘ब्वाँसा’ र ‘बाँदर’हरु

~छविलाल कोपिला~ अचेल किन हो खै ! हामी भ्रममा छौं या शब्दकोष यहाँ त हरेक पाइलाहरुमा शब्दहरु झूठ बोल्न थालेछन् । ‘ब्वाँसा’हरु साच्चिकै जंगलतिर हुनुपर्ने ‘ब्वाँसा’हरु गुफाभित्र हुनुपर्ने तर, उनीहरु जंगलतिर छैनन् गुफाभित्र पनि छैनन् ‘ब्वाँसा’हरु त अचेल

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढो क्यालेन्डर

~रुमानी राई~ ए क्यालेन्डर हेर्दाहेर्दै तिमी त बुढो भैसकेछौ तिम्रो ठाउँमा नयाँ क्यालेन्डर झुन्ड्याएँ है भित्तामा, भित्ता सम्झेर मन नदुखाउनु नरुनु विस्थापित भएँ भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो घोषणा बिरुद्द

~रुमानी राई~ जब, मेरो निस्वार्थ प्रेममाथि गिद्दे नजर गाड्यौ र,मेरो स्वाभिमानमाथी नै धावा बोल्यौ तिमीले तब न म वुलन्द प्रतिकारमा उत्रीएँ । अझ,

Posted in कविता | Tagged | Leave a comment

कविता : संवाद

~राजीवलोचन जोशी~ मोती भन्छ सुवर्णलाइ म बडो भन्थिस कुलन् हूँ भनी । चुट्छन् हे सुन पोख्दछन् तँकन धेर्घोट्छन् कसीमा पनी ।। सुन्दर्नारि कुलीनका हृदयमा लड्केर बस्छू म ता । लौ भन् को त ममा बडो कुलिन हो शेखी नगर्धेत ता … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : एक साँझ बसन्तपुरमा

~किरण दहाल~ अस्ताएको सूर्यसँगै उदाउँदै छन्, नयाँ प्रेमिल जोडीहरु मध्यस्तकर्ता बनेका छन् –पानीपुरी –चट्पटे –आईसक्रिमहरु अँध्यारोलाई पन्छाएर बलिरहेछन् ल्याम्पपोष्टहरु ठिङ्ग छन् मन्दिरहरु

Posted in कविता | Tagged | Leave a comment

छोक : म भानुभक्त

~भानुभक्त आचार्य~ पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया। विद्यामा पनि जो

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाइ लाग्छ!!

~राज आशातीत~ मलाइ याद छ! मेरि आमाको मुहारजस्तै कागजमा जिम्वालको पतित आंखै मुन्तिर जन्मिएका घिनलाग्दा जोर कोठी झैं मेरो बाउको गिंडिएको बुढी औंलाको ल्याप्चे! तिमी,

Posted in कविता | Tagged | Leave a comment