Tag Archives: kabita

कविता : निद्रित भरिया

~लक्ष्मी प्रसाद देवकोटा~ दश धार्नीको बोझा पिठयूँमा, दोब्री ढाड, तीन कोश उकाली माघको हिउँमा, नाङ्गो हाड ! दुई रुपियाँको ज्यान छ जीउमा हाँक्नु पहाड ! पसिना कालो टोपी धरो छ, धूजा पट !

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना सिवाय

~अमर गिरी ~ सायद म मात्र एक विम्ब हुँ जसलाई कविहरू प्रेमले उन्छन् आफ्ना कविताका हरफहरूमा कविता उड्दै–उड्दै आइपुग्छ मसम्म कुनै दूर देशको पन्छीझैँ म सुमसुम्याउँछु उसलाई आत्मीय भावले

Posted in कविता | Tagged | Leave a comment

कविता : वाल्यकाल

~कृष्णभुषण बल~ सम्झनाका रेशमी पर्दाहरु हल्लिरहेछन् अहिले मेरो आँखाको झ्यालमा पर्दाको प्रत्येक सप्कामा एउटा इन्द्रेणी देखापर्दै हराउँछ आँखाको प्रत्येक झप्कोमा एउटा गुलाफ फक्रँदै ओइलाउँछ कति कमला अतीतहरु जहाँका इच्छाहरु पहाडभन्दा अग्ला थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमान, समय र म

~धनकुटे कान्छा~ समयलाई झुन्ड्याउँछु भन्नेहरू आज फेरि फेरिएका छन् बजारका रङ्गीचङ्गी क्यालेन्डरहरूजस्तै र, म, समयले खुद्रा किनेको मान्छे नयाँ क्यालेन्डर झुन्ड्याएर हाटबाट फर्किएको छु समय क्यालेन्डरमा बस्छ भनेर । यतिखेर, शुभचिन्तकहरू शुभकामना बाँडिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल, भूमि र तपाईं

~गोविन्द विकल~ फूलमा चमक छ, फूलमा रूप छ, फूलमा सुगन्ध छ तपाईं भन्नुहुन्छ यस्तो हुनु हुँदैन तर । प्रकृतिको संरचना हो यस्तै हुनुपर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

~जीवन आचार्य~ हामी दुवै एउटै बगैँचामा फक्रन लागेका दुईवटा कोपिला थियौँ लाखौँ झारपातहरूको रोदनबीच तिमीले मेरो फक्रन लागेको कोपिला— चुँड्यौ र फाल्यौ। हुन सक्छ मैले पनि तिम्रो समानान्तरसँग फक्रनुको अर्थ तिम्रो एक्लो प्रभुत्व बगैँचामा चल्नुको विरोध हुन्थ्यो । यसरी म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : तागत

~सुको साइबर~ मैले कोरेको अक्षरको आँखामा तिमी निर्वस्त्र निदाउन सक्छ्यौ मैले उघारेको आँखाको आकाशमा बिनापखेटा रहर पुगुन्जेल उड्न सक्छ्यौ मैले लेखेर बनाएको नलेखेको कागजमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरु

~कृष्ण पोखरेल~ आसुको भेल बगाउदै खसम खाने ले .. हाँस्दै हाँस्दै बिदा गरे को पनि त देखियो पाउ भरी माया को भिख माग्ने ले उल्टै दान दिएर हिंडेको पनि त देखियो संखा मानी मानी देउता छुवाएर खसम खुवाउने ले

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम सम्झना

~कृष्ण कट्टेल~ तिमीले अन्तिम पटक फोनमा भनेको याद छ ल राम्रोसँग बस्नुहोला ठूलो मान्छे बन्नुहोला । त्यो अन्तिम फोनभन्दा चार दिन अगाडीको अन्तिम भेटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हेर !

~शिरीष रानाभाट~ हेरन, ध्यानपूवक हेर फर्केर हेर, दायाँबायाँ हेर कस्तो देख्दै रिंगटा लाग्ने भयावह रगतको आहालमा तैरिएका असङ्ख्य लासहरू हेर । मानवीय सम्बन्ध र बन्धुत्वको नाताभित्र आत्मीयता र सद्भावको बन्धन चूँडालेर सभ्यता र संस्कृतिको जग हल्लाउँदा इतिहास खसेर पुरिएका झोपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिलमा आखिर खोटरैछ

~दीपक कुमार ज्ञवाली~ जीबनको मझधारमा सदा तिमी भन्ने गथ्र्याे एउटा मुटु चुडिकन अर्काे मुटु जोड्नु छ है लहसियौ पराईसंगै आफ्नोलाई टाढा बनाई आफ्नो मान्छे आफ्नो नभै किन हुन्थ्यो पराई आफ्नै

Posted in कविता | Tagged | Leave a comment

कविता : बोकियो भारी

~दिलिप योन्जन~ बोकियो भारी जिन्दगी भरी, उकाली देउराली सम्झिदा पनि झर्दछ आसु, सुखको चौतारी सबैको देख्छु हासो खुसी, मैरहेछु अभागी बिताउदैछु नि दुखिया जिबन, आसुले पखाली

Posted in कविता | Tagged | Leave a comment

कविता : असमर्थ राजधानी शहर

~तीर्थ श्रेष्ठ~ घण्टाघर छ समय बताउन असमर्थ धरहरा छ वरिपरिको दृश्य हेर्न असमर्थ रानीपोखरी छ आफैं नुहाउन असमर्थ असमर्थताको यो लस्कर लामो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हतार

~टंक सम्वाहाम्फे~ हरेक दिन हाम्फाल्दै कुदिरहेछु म हतार हतार कुन्नी के लाई हो हतार थाहा छैन तर पनि हतार छ एकदमै साह्रै हतार छ एकैछिन थकाई मार्ने मौका छैन कतै पुगि हाल्नु छ कतै पुग्नु छैन र पनि केहि गरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्तिको कल्पना

~अशेष मल्ल~ चराका पखेटा काटिदिनुस र, भन्नुस् जा उड् आकाशमा । र, भन्नुस् तँ स्वतन्त्र छस् बादलसँग बादल भएर उड्न आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सहकारी

~आस्था के.सी.~ आउ गरीव अनि शोषित जनहरुसधैं सधैं पसिना बगाउनेहरु दशनँग्रा खियाएर पनि एकछाक राम्रो संग खान नपाउनेहरु हामी सबै सबैको लागी आवश्यक छ सहकारी । । रोग,भोक र शोकले

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी हुरीका चराहरू

~रामेश्वर राउत ‘मातृदास’~ देश भएका हामी देशबिहीनहरू जागिर खाएइका बेरोजगारहरू नेता बनेका नेतृत्वहीनहरू सास फेर्दाफेर्दैका ज्यूँदा लाशहरू । हामी सबैले दाह्रा किटेर मुड्की उठाएर भनौँ एउटै थलोमा उभिएर हामी सबैले अन्तिम निर्णय गरौँ उप्रान्त, हामी ज्यूँदा लाशहरूबाट यो त्रिकालदर्शी समयले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपूत राष्ट्रको

~ललिता ‘दोषी’~ छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको तिम्रै नामले पनि उठ्छ शिर देशको नेपालीका गहभरि छ तिम्रै तस्बिर आज धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज । नेपालीका धुकधुकीहरूमा तिमी सुस्तरी चल्मलाउँछौँ रवि, शशी तिमी, तिमी किन पो बिलाउँछौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : म बिश्वास हुँ

~नारायण पोखरेल~ हो म बिश्वास हुँ , धोका ले मरेको छु , झुट बाट हारेको छु , सत्यको किनारा हुँ , सपना को साहारा हुँ , अलौकिक शक्ति हुँ , एक प्राप्ती पनि हुँ ,

Posted in कविता | Tagged | Leave a comment

कविता : म त मर्द होइन कि के हो ?

~प्रमोद अधिकारी~ पत्नि प्रति गरेको माया समाजको आँखामा जोइटिङ्ग्रे भयो रे । अनि उनिले गरेको म प्रतिको प्यार र समर्पण दासता भयो रे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको सर्वेक्षण

~विमल निभा~ भलादमीहरु प्रेमगीत गाउनमा सिपालु छन् मन्त्रीहरु मोडर्न आर्टमा सिद्धहस्त नृशास्त्रीहरुका कुकुरको जात सबभन्दा उच्च विद्यार्थीहरुलाई आफ्ना पे्रमिकाको ब्रेसियरको नम्बर कण्ठस्थ छोरीको गतिशील जवानीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँमा भेटौँ

~केदार शर्मा~ मिता, मैले त कहिल्यै बिर्सिन सकिँन तपाईँ र मलाई साथै राढीमाथि बसाएर मितबा मितामाले निधारै ढाकेर दुईहातले लगाइदिएको टीका “छोरा, तेरो बाजेलाई जस्तो आउँदैन है हाम्लाई त देउताको भाषा हाम्रै भाषामा आसिक दिन्छुङ – दिइखाने भएस्, मागिखाने नभएस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दाबाद-आगोहरु ! मुर्दाबाद-पानीहरु !

~बिमल गुरुङ~ आगोहरु-जिन्दाबाद ! सरासर पानीहरु मुर्दाबाद! मुर्दाबाद-पानीहरु ! जिन्दाबाद-आगोहरु ! जिन्दाबाद आगोहरु ! सरासर आगोहरु-जिन्दाबाद ! ढुँगेकालदेखि नै पानीहरुले आगोहरुको छातीमा घोडा हाँक्दै आइरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : शताब्दी पग्लेको ओढारसित मान्छे

~तोया गुरुङ~ फुत्किन्छ प्रतिध्वनि ओढारभित्र ठोक्किएर कोच्चिएर, कोप्चिएर ओढारभित्र जिन्दगी खाँदिएर मान्छे… मान्छे दब्बिएर अपरिचित भइसकेको छ लम्केर, केवल लम्केझैँ गरेर फुस्किएर नलीखुट्टाका हाडहरू अन्धोतुल्य ठोक्किएर अन्धोहीन खहरेमा मिसिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : कति पटक १२ बज्यो होला जिन्दगीमा?

~कमल कुमार~ १२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : अरिबहादुरको आँखा

~मनोज बोगटी~ होटलबाहिर बारुदको हावा चल्दैछ। हिंसा हो कि गिद्ध हो बसेको छ बुद्धको काखमा। लाशको गन्ध बोक्ने हावाले बोकेको छ हर्कमान नेपालीको घर ठेगाना टायरको धुँवाले बोकेको छ चेम्जोङनी बोजुको बाह्रमुखे थैली

Posted in कविता | Tagged | Leave a comment

कविता : जाग युवा

~कुन्दन काफ्ले~ बनाऔं देश युवा एकजुट भइकन मनाऔं उत्सव सँधै अफ्ठ्यारा सहिकन देशले रगत हैन,खुसहाली मागेको छ कलह होइन शान्तिको वाहाली मागेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : झिल्को

~प्रणिका कोयु~ यो सडकको यो झिल्को आगोको बन्ला के ज्वाला राँकोको? सडकदेखी बस्ती-बस्तीमा सर्वत्र फैलिन्छ के यो बनेर लप्का आगोको? या कतै मोहिनी मन्त्र छम्काउँदा ति हातले निभेर खरानी बन्ने हुन् – विभुत हुन निधारको?

Posted in कविता | Tagged | Leave a comment

कविता : शरन्निशा

~निर्मोही व्यास~ १ तिमी अपूर्व सुन्दरी, कलावती ‘शरन्निशा’**** त्यही कला पिएर जग्मगाउँछन् दसै दिशा लजाउँदी छ चाँदनी स्वयं प्रिया ! तिमीसँग सँगै तिमी भए पुग्यो, म बिर्सिदिन्छु यो जग २ तिमी पवित्र जाह्नवी, प्रणम्य वेदकी ऋचा तिमी कला र काव्यकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ठूला मान्छेसँग सानो प्रश्न

~दिनेश अधिकारी~ तपाई ठूलो मान्छे बिहान बाथरुमुमा पस्दा मात्रै पत्रपत्रिका पढ्न भ्याउने हुनुभो स्लिप नपठाई अब भेट्न नसकिने हुनुभो हाई ! हाई !! जताततै प्रशंसैप्रशंसा पाउन थाल्नुभो स्वागतमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँदर र देश

~गोविन्दप्रसाद आचार्य~ मैले देश खोज्दै जाँदा अपराधीको मुठ्ठीमा छ देशको नक्सा खोज्दै जाँदा अपराधीको गोजीमा छ साझा देश खोज्दै जाँदा अपराधीको गुठीमा छ स्वतन्त्र देश खोज्दै जाँदा अपराधीको कोठीमा छ अति साह्रो दुख्छ देश सानो केश झर्दा पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : बेबारिसे ढलेका स्तम्भहरु

~निश्चल काउचा~ बर्सौ देखी बेबारिसे ढलेका सिमा स्तम्भहरु फेरी उठाउने कर्तब्य कस्को? दायित्व कस्को? जिम्मेवारी कस्को? ढलेका स्तम्भहरु भन्छन् हामी आफै ढलेका होईनौ

Posted in कविता | Tagged | Leave a comment