Tag Archives: kabita

कविता : गणतन्त्र स्तम्भको बलेसीबाट

~त्रिभुवनचन्द्र वाग्ले~ एक किसान जो शब्दका खेती गथ्र्ये चेतनाको बारीमा, हृदयको खेतमा र विद्रोहको पानी पट्याउँथे खेतीमा थाकेर जोत्दाजोत्दै कलमले परिवर्तनको गीत गाउँदै– पुगे एक भव्य स्मारक छेऊ र पढ्दापढ्दै निदाए गणतन्त्र स्मारकका शीलापत्र

Posted in कविता | Tagged | Leave a comment

कविता : हृवाँ नेपालमा

~गोपालप्रसाद पौडेल~ मान्छे आज शिथिल छ, समय र परिस्थितिसंग जुध्दा जुध्दा, भोक र रोगसँग सिँगौरी खेल्दा खेल्दा, आँफैभित्रको म सँग पनि ठुलो हारको सामना गर्नुपरेर मान्छे आज शिथिल छ हृवाँ नेपालमा । स्वयम्भूको चैत्य अगाडि नतमस्तक भएर उभिए पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : सजाइरहने छौं सपना

~शिवराज पन्थी~ यतिबेला हाम्रो सपना ध्वस्त पार्न कायरहरू पैंठेजोरी खेल्दैछन् छातीमाथि सेफ्टी बुटले दह्रोसँग कुल्चिँदै ग्लास, मास्क र हेलमेट लगाएर गला च्याप्ने दुस्प्रयासमा अचानो बनाएर हामीलाई उल्टो धारमा घाँटी रेट्ने प्रयासमा अभिमानी बुद्धिविलासवादीहरू चलायमान हुँदैछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खालहरु

~सन्जीव बंकिम~ यो बिज्ञानको विश्व यौटा सानो बस्ति जस्तै यो सन्सार का भाग हरु लाइ अलगै विभाजित गर्न नमिल्ने अवस्था ग्लोबलाइजेसन को युग खुम्चिएको शहर खुम्चिएको महानगर इन्टरनेट फेसबुक मा यकाकार भएको विश्व पाच दसक अघि निर्मित बर्लिन को पर्खाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरै मृत्यु मर्न चाहन्छु

~कृष्णभक्त श्रेष्ठ~ म मेरै मृत्यु मर्न चाहन्छु- विशुद्ध मेरो आफ्नै अरूकै मृत्यु आफ्नै भन्ठानेर युगौँ युगदेखि थरी थरीको अर्थ लगाएर धेरै मरे-व्यर्थै धेरै धेरै मरे विस्मृत

Posted in कविता | Tagged | Leave a comment

कविता : समालोचक

~विमल निभा~ इलाका प्रहरी घरको रेकर्ड पुस्तिकामा अङ्कित छ कविताको परिभाषा भावनाको आवेगलाई व्यवस्थाको प्रचलित व्याकरणमा नियमअनुसार ढालेर कोमल कोमल पदावलीहरु रचना गर्नु नै

Posted in कविता | Tagged | Leave a comment

छोक : शहर

~बिमल गुरुङ~ दिक्दार लागिरहेछ समाचारपत्र हेर्न बाहिर निस्कने सुरसारमा छु आज दिनभरि कोठामै बसियो पढियो सुतियो

Posted in कविता | Tagged | Leave a comment

कविता : जयपुर जाने हो सान्नानी?

~कमल कुमार~ जयपुर जाने हो सान्नानी? मैले सान्नानीलाई सोधेँ भनेँ सान्नानी लामो रेल चढौंला हेरौंला उडेका चराहरु र बगेका नदीहरु लामा लामा पुलहरु मान्छेहरु बजारहरु बस्तिहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रिय धून

~प्रणिका कोयु~ चटकेको चटक कत्ति मनपर्दैन मदारीको बाँदर हैन म मेरो सोचमा दासता छैन मेरो आकाश निर्भिक छ प्रत्येक धडकनमा प्रत्येक नशामा देश, देश, देश गुञ्जिरहन्छ, र त म उज्यालोको चमकमा सपना बाँच्ने मृगतृष्णामा

Posted in कविता | Tagged | Leave a comment

कविता : नरहे देश नै सग्लो, के काम गणतन्त्र यो ?

~निर्मोही व्यास~ १ यता हेर्यो — लथालिङ्ङ, भताभुङ्ङ उतातिर हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर ! मारेर जनतालाई कसरी लोकतन्त्र भो ? नरहे देश नै ‘सग्लो’, के काम गणतन्त्र यो ? २ न छ राष्ट्रियताको ‘र’ न कहीं लाजको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चमत्कार कस्को

~दीपक कुमार ज्ञवाली~ न धुलो मैलो न कालो घनघटा बादल जस्तो । न ईर्ष्या राग द्वेष न बिद्वेषको अंकुर विज । शिष्ट ल्किष्ट अति सुन्दर मन भुवा कपास जस्तो । बादलको रुप कहिले घनघटा कहिले स्फटीक जस्तो । दिल मानवको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिताप

~डा. उत्तम खनाल~ सुन्दरिहरु हो अहंकारको धंधङिमा सूर्य, छेकिन्छ भन्छौ प्रेम वासना भेटिन्छ भन्छौ र… दुनियको राज मेटिन्छ भन्छौ त्यसो हो त ? भोकाएकाहरु अघाउँथे भने नाङ्गाहरु रमाउँथे भने ताली ठोक्दै डिस्को र वारहरुमा

Posted in कविता | Tagged | Leave a comment

छोक : म लहरा भएँ

~लक्ष्मी प्रसाद देवकोटा~ अहा ! म लहरा भएँ मनहरा हरा भू जरा चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर, रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा,

Posted in कविता | Tagged | Leave a comment

कविता : दलदल भित्र राज्य

~कुन्दन काफ्ले~ अकूपाई वालुवाटार खवरदारी थियो राम्रो । हत्या–हिंसा बढेकोमा निन्दा विरोध थियो हाम्रो । यो मुद्धामा चासो हैन, सरकार थियो चिसो चाम्रो । हिंसा रुपी दलदल भित्र छ है राज्य रथको पाङ्ग्रो । टाउको र टाउके प्रति छैन मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हेमोफिलीयाको शहरमा

~गोविन्दप्रसाद आचार्य~ मान्छे छैनन् भनौं भने म उल्लु हुन सक्छु मान्छे छन् भनौं भने म जिल्ल पर्छु मान्छेको भींडमा मान्छे नदेखेर म अचम्म मानिरहेछु यो हेमोफिलीयाको शहरमा म हराईरहेछु । यो हेमोफिलीयाको शहरमा कसैले हात खुट्टा नचलाउँदोरहेछ, यो हेमोफिलीयाको शहरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : अरुको दुखमा

~दिलिप योन्जन~ अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए ! बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने आफु रुई आफ्नो खुसी, आसु सरी बाड्नु पर्ने

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : चेतनाका मुट्ठीहरू

~मणिराज सिंह~ निस्तब्ध अँध्यारो परिवेशभित्र जूनको कलिलो आभा सुसाइरहेकै थियो तर आफ्नै परिधिभित्र आगो सल्काएर क्षितिजभरि नाङ्गो आक्रोश छरेपछि कतै केही चर्केजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : थुम्को, क्षितिज, म र सूर्य

~भेषराज रिजाल~ एकदिन सूर्य टिप्न सूर्योदय हुनुपूर्व घरपछाडिको पूर्वी क्षितिजको थुम्कोतिर झिसमिसेमै दौडेँ जसै थुम्को नजिक पुगेँ थुम्कोसँग छुट्टिएर क्षितिज अर्को डाँडापल्तिर हाम्फाल्यो सूर्य आकासमा नपुग्दै छोपेर खेलाउने अभिलासाले बालसखाको हात समात्दै अर्को डाँडामा पुग्दा नपुग्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रष्टाचारीहरुलाई ताली

~प्रकाश सुनुवार ‘निराकार’~ मेरो देशमा भ्रष्टाचारीहरुलाई अदालतले समाउँदा सत्यतथ्य जनता सामु ल्याउने संचार माध्यमहरु डराएर मौनब्रत बस्छन् डर कानून देखि हो कि भ्रष्टाचारी देखि वुभ्mन त्यति कठिन छैन । गलतलाई गलत भन्न नसक्नेहरुले मौन बस्नु सिवाय विकल्प पनि त छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्ग र देवता

~बालकृष्ण सम~ झरीको एक दिन थियो, रुपौला किनारे विद्धुत सितारे रेशमी बादलको घुम्टो हाली पृथ्वी धुरु धुरु रोइ रहेकी थिइन, जगबन्धु सूर्यले त्यो देखे । अनि उनले आफ्ना कोमल करले सुस्त उघारि त्यो घुम्टो चियाए । सँधैकी सुत्केरी पृथ्वीका गढेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~विक्रम सुब्बा~ एउटा देउराली थियो पसिनाको पाती चढाउने एउटा चौतारी थियो थाकेको मन बिसाउने एउटा सानो बस्ती थियो सुख दुःख बाँड्दै मिलेर बस्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : किचकन्या

~श्यामल~ हरेक साझ यसरी नै प्रकट हुन्छे ऊ झ्यालको सानो छ्रि्रबाट जूनको धमिलो किरण कोठामा पसेजस्तै तन्द्रामा परेको युवकलाई कस्दछे, आफ्नो बाहुपासमा प्रेमले पागल युवकलाई कहिल्यै थाहा हु“दैन किन टोलाइरहन्छ ऊ र किन उसलाई एक्लै छाडेर सुन्दरी

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँकी समय : म तिम्रो साथ हुनेछु

~विमल कोइराला~ सुविधाका मीठा प्रहरहरूमा तिमी आफैबाँच आफ्नै खुसीहरू आफ्नै निम्ति बाँच, बाँकी समय जुन कष्टकर छ, पीडादायी छ जहाँ प्रत्येक पलले घोच्ने गर्छ निद्राका डोबहरूलाई जहाँ चिसा पाइतालाले टेक्ने गर्छ— पुसको ठिहीमा आरामको तकियालाई मलाई सम्झ— म तिम्रो साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कतै सुसेली-कतै सुस्केरा

~लक्ष्मण नेवटिया~ चुनावी नतिजाको धुवाँधार वर्षामा, कोहि डुबिरहेका छन्, कोही पौडीरहेका छन् हिजोसम्म आश थियो धेरैनै, यस्तो के भयो खास रातभरीमै, चुनावी बुद्धिचाल खेलेर , जसले भरेको थियो भोटको डोको, भयो धोखा पूरा भएन मनको धोको, हिजो सम्म जो संगै … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मलाई समाउ र रंग भर

~राजेन्द्र शलभ~ थाहा छैन तिम्रा आँखाको सम्मोहनले सम्मोहित छु म या ओठको मुस्कानले । पहिले – पहिले त तिमीलाई देख्दा मात्र म सम्मोहित हुन्थेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिकति उज्यालाको गति हिँडिदिन्छु

~महेश प्रसाईं~ अलिकति उज्यालाकोगति हिँडिदिन्छु। कुनै शान्त–प्रशान्त धुनसित अलिकति अँध्याराको पाइला चपाएर कोलाहलमा पनि उज्यालाको गति हिँडिदिन्छु अलिकति स्पर्श उज्यालाको, अलिकति कलशको अलिकति टहक जूनको, अलिकति मधुमासको कतिपय रातले पोखेको चुकलाई नङ्ग्याएर

Posted in कविता | Tagged | Leave a comment

कविता : घण्टी

~मञ्जुल~ हावा आउँछ र सुस्तरी छुन्छ घण्टीलाई घण्टी थरर्र काँप्छ स्पर्शले, मीठो स्पर्शले मायालु स्पर्शले र मीठो गरी बज्छ म चाहन्छु मेरो देश पनि यस्तै होस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले प्रेम गरेकी केटी

~प्रमोद प्रधान~ तिनी चुपचाप थिइन्; मैले तिनको हात नियालेँ— भालेको पहिलो डाकसँगै सचेत तिनका हात । रात्रिको प्रथम प्रहरसम्मै सक्रिय तिनका हात ।। पानीले खाएका औँलाका कापहरू सुमसुम्याई हेरेँ— कठोर चट्टान झैँ हत्केला र, भान्सा र बारीका काममा प्राप्त पारिश्रमिक

Posted in कविता | Tagged | Leave a comment

कविता : नेल्सन मन्डेला–२

~डा. दुबसु क्षेत्री~ उज्यालोका फूलहरू कहीँ–कहीँ फुल्दा रहेछन् अँध्यारामा, औँसीमा र जङ्गलमा शासनका निस्पट्ट काला रातमा एउटा सानो जूनकीरीले पनि अन्धकार चिर्न सक्ने रहेछ त्यति हो जूनकीरीको पखेटा लाग्नुपर्छ जूनकीरी उडुन्जेल पर्खनुपर्छ, उज्यालोका लाभाहरू जहाँतहीँ सल्किँदा रहेछन् एसियामा, अमेरिकामा, नेपाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव! हे मानव!

~सुरेस खनाल~ मानव! मानव! हे मानव! कति मानवताको हत्या गर्छौ? तिमीलाई पुगेन अझै? तिमीले हिरोशिमा पोल्यौ र मुर्दा शान्तिको बिगुल फुक्यौ! तिमीले पोलपोट जन्मायौ र मानव खप्परको संग्रह गर्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : यन्त्र

~सुवास खनाल~ यान्त्रिक कविताहरूको जुलुसमा पठाउनु छैन मैले मेरो कविता यन्त्र कवितामा : शब्दहरू ध्वाँस देखाउँछन् र उभिन्छन् कविताका रङ्गहरू बदलिन्छन् र

Posted in कविता | Tagged | Leave a comment

कविता : सिउँडीको जंगल

~हरि अधिकारी~ आकाशको नीलो चँदुवामा टाँगिएका एक मुट्ठी निस्तेज ताराहरूसँग म के बात मारुँ ? चीसो शीतमा निथ्रुक्क भिजेको अधमरो बताससँग म कसरी अभिसार गरुँ ? घुँडामा टाउको लुकाएर झोक्राइरहेका उदास पहाडहरूसँग म कुन मुखले बास मागूँ ?

Posted in कविता | Tagged | Leave a comment