Tag Archives: kabita

गजल : खोई के छ तिम्रो देशमा ?

~विष्णु थिङ~ मलाई बताइदेउ खोई के छ तिम्रो देशमा ? पाँचतारे होटल, गगनचुम्बी महल सबै अर्काकै देशमा काम दिने कारखाना, दाम दिने मालिक सबै अर्काकै देशमा घरिघरि सोध्छन्, सबैजना खोइ के छ तिम्रो देशमा ?

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो सपना

~रेशम वी.सी.~ सपना सजाउने रहरमा यात्रा जिन्दगीको निरन्तर साहूको भरिया बनिरह्यो अल्झियो सपना साहूकै खेतमा बल्झियो सपना तारे र माले नारिएको हलोसँगै तर पनि थाकेन जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : वातावरण जोगाऔं है

~देबेन्द्र कुँवर~ पृथ्वीमा ओजन तह पातलिदै गाछ है त्यसैले त हिमशिखर पग्लिराछ है । ढुंगा गीटी बालुवा नी जथाभावी नझिकौ पुजिवादको धन पैसामा हामी नबिकौंै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुटौं सारा

~दुर्गा शर्मा~ मेचिकाली तराई हिमाल चौकिल्ला हाम्रो देश फरक जाति, भाषा धर्म फरक नै छ भेष । सामाजिक सद्भावमा नै जोडिएको नाता कोही बस्छौं हिमाल पहाड कोही तराई फाँट ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी

~डी.वी. संघार~ नसम्झनु यो, चिठ्ठी मात्र हो भनेर आफ्नै मन पटाएर खाममा पठाएको छु पाखा पखेरामा गला खोले झैं खोल्नु र विरहका भाका सुसेल्नु मन अमिल्लिएपछि दही घोप्टाएर ठेकी सफा गर्ने झैं शरीर बिछ्यौनमा घोप्टाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : डम्बरी

~जयन्ता पोखरेल~ चर्चाको चौतारीमा खुम्चितरहन्छे लाजवन्ती झै डम्बरी शर्मका कुनाकुनी खोतल्ने ऊ नै हुनुपर्छ रात जोतेर एकाविहानै खबरको आगो जोर्ने रंगको सेतो सर्जरीमा कालो मसी चोबेर

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्माको अभिमान

~पूर्णप्रसाद ब्राह्मण~ माटा हुन् दरबार मोटर तथा पन्ना हिरा माणिक सच्चा वैभव धर्म हो, जगतमा बन्धुत्व जो मर्दछ मैरो त्यो धन हो, म लड्छु त्यसका लागी विरोधीसँग आफू मिट्न तयार छू, तर म के मिट्थें कहाँ कोसँग ? (१) आत्मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सहरमा

~विमल कोइराला~ यो सहरमा म अनागरिक भित्रिएँ भन्ने भ्रान्ति भइरहेछ । चट्टान खोपेर निर्मित गोडा मात्र अटाउने कहालीलाग्दा भीरका बाटा पनि हुँदा रहेनछन्, छ्वाङछ्वाङ्ती आम्मै। पनि भन्न नपाइने

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरहरू

~हिरा आकाश~ कुनै मालिकले नोकरलाई कोर्रै कोर्राले हिर्काएको नीलडाम हो मेरो अक्षर । साहूको जाली तमसुकले लुटिएको मोहियानी हो मेरो अक्षर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विमलाहरू

~विष्णु विभु घिमिरे~ विमला उसको नाम हो उसका बाबुआमाकी जवान छोरी हो क्याम्पसमा पढ्दै गरेकी मेहनती छात्रा हो विमला उसको थर छैन विमला स्वास्नीमान्छे हो (स्वास्नीमान्छेको थर हुँदैन) थुप्रै सपनाहरू बुन्दै रामायणकालकी आफ्नी आमालाई सम्झाएर यो सहरमा आफ्नो भविष्य बनाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिले, कुनै दिन

~राजेन्द्र शलभ~ धेरै दिन लगाएर आफुसँग बटुलेका साना—साना खुशीहरू आफन्तलाई बाँड्न बसेकै बेला एउटा ठूलो दुःख फेरि टुप्लुक्क आइपुग्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भोट बदर- नेता सदर!

~लक्ष्मण नेवटिया~ मातृभूमिको नुनको सोझो गर्ने चाहना बोकेर आफ्नो अंशको कर्तव्य निर्वाह गरुँ भनि उद्यत भै सोचेर प्राप्त गर्न आफ्नो अपेक्षित अधिकार मतदान केन्द्रमा हेलिएँ गर्दै हतार थमाइयो मतपत्र जस्को क्यालेण्डरीय आकार पहिले त मक्ख परें हेरि उपहार, बुट्टेदार बीस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुल

~तीर्थ श्रेष्ठ~ बालापन र यौवनबीचको पुल कस्तो हुन्छ ? उमेरको हाँगो हल्लाई–हल्लाई मच्चिइरहेकाले झारेका फूलहरूजस्तो हुन्छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : परेवाः सेता–काला

~अविनाश श्रेष्ठ~ उमेर बिसाऊँ–बिसाऊँ झैँ लाग्छ यी नीला शिरीषका फूलहरुमा । कसले पो बुझेको छ र समयको लहड । अर्को छिनमै कुन कोल्टे बसिदिने हो । आँखाहरुलाई टेकाउँदा–टेकाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : बेकामका प्रश्नहरू !

~प्रज्वल अधिकारी~ मान्छे मान्छे मार्न उद्दत भइरहेको यो समयमा मान्छेकै हुलहरू केही थान भकल पूरा गर्न मन्दिरमा राँगा,बोका,हाँस,कुखुरा र परेवा लिएर पुगेका छन र सद्बुद्धिको कामना गरिरहेका छन! अब छिट्टैनै ढुँगाको शिरमा रगतको टीका लगाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : देश र सन्तान

~मुना सिग्देल~ उसोत तिम्रा कवितामा मात्र फुल्छन मन जिन्दगी यतार्थमा त साना साना भन्दै जिन्दगीका अफ्ठ्याराहरू संग सम्झौता गर्दा गर्दै बे स्वाद र बेरंगको भएर लडिदिन्छ। जिन्दगीका हरेक तिम्रा कवितामा देशको लागी दूख्ने मन कसम खाएर भन आफ्नाको लागी दूख्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सपना फिर्ता दे

~एमसी सुमित~ सम्झन्छु,धोका रहेछ तिम्रो सिरानीभित्र मैले सपना लुकाएको दिन! ** सत्य तिमीले मै भन्या हो “अलिक नजिक आून लाटी तेरो यो चुल्ठोको भुमरीमाझ आज म जुनतारा टिपेर सजाइदिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम चलेन

~बदरीनाथ भट्टराई~ उठी दुई हजार अठ सालको उठानमा म मित्रवर्गलाई लेख्न खोज्दथें सुकामना ।। परन्तु संझिए कुरा अतीत सात सालका म व्यग्र झन भएँ सुझेर दृष्य चैत तीसका ।।१।। झलक्क संझियो अधैर्यपूर्ण एउटा दल गरेर झ्यालखान-भङ्ग जो पुग्यो निकै तल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदिनु कसैले होलिको शुभकामना

~पूर्णिमा प्रतिबिम्ब~ देशमा अशान्ति फैलिएर भाइ भाइमा काटमार गोलि वर्षा सगैँ रगतको कर्णली उर्लेको बेला ! मेरो मनमा पनि चिन्ताको सागर बनेको छ । रङ्गहरुको उत्सव मनाउनु पर्ने यो महान पर्वमा रगतको खोलामा डुबि डुबि म कसरी होलि मनाउन सक्छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता :‎ मेरो प्रिय डक्टर

~अनुपम ‘नवोदित’~ मेरो प्रिय डक्टर कहिले भावर जस्तै तातो तातो कहिले बरफ जस्तै चिसो चिसो ॠतुचक्र फेरिईरहने यो अजनवी भूगोलको सुदूर कन्दरामा यो हृदय दशौं चिरा भएर फाटिरहँदा खूनसँग नून साटिंरहँदा मानसपटलमा घुमिरहेछ ती अभिशप्त क्षणहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~निर्मला अवस्थी~ तिम्रो जीवनको ‘म’ र मेरो जीवनको ‘तिमी’ हाम्रो प्राप्तिसँगैको अनुभुति जीवनका भोगाईसँगै गरेका अनगिन्ति यात्राहरु कति सहज, कति असहज कति मिठा कति तीता तर पनि पथप्रदर्शक बनेका छन् हरेक पलहरु। तिमी उस्तै म त्यस्तै तर पनि फरक

Posted in कविता | Tagged | Leave a comment

कविता : पीरको झरीले रुझिरहेको देश

~मञ्जुश्री गिरी~ सर्वत्र पीरका अविरल झरी परिरहेका बेला जीवन नामको बाक्लो घुम ओडेर म नागरिक देश खोज्न निस्किएकी छु कहिले चुहिने पालमा रुझिरहेको देख्छु मेरो देश कहिले अभावका चुलाहरुमा दुखिरहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा खुराफाती मष्तिस्क

~प्रकाश सुनुवार ‘निराकार’~ अनगिन्ती अभावहरुको दोभानहरु छिचोल्दै कठोर प्रवृति संगै अहम, मपाइत्व र पश्चताब भाव बोकेको त्रिवेणीमा एउटा खुराफाती मष्तिस्क घुमिरहन्छ जो राजनितिमा हाबी छ जो पत्रकार पनि वन्न खोज्छ जो व्यापारी पनि हुन खोज्छ जो सम्पादकीय पनि लेख्छ जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : थुइक्क सभासद् म !

~डा.लक्ष्मणप्रसाद गौतम~ कहिलेकाहीँ त आफैंले आफैंलाई गाली गर्न मन लाग्छ : थुइक्क सभासद् म ! प्रत्येक महिना ५१ हजार पचाएर रोस्टम भाँचिनँ कि, माइक फोरिनँ कि ब्रिफकेस फालिनँ कि, सबै काम गरेकै हुँ त्यही जाबो संविधान नबनाएको त हुँ नि … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : सारथि : युग हाँक्ने

~तिर्थराज अधिकारी~ छन्द : स्रग्धरा दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई बाबा ती कृष्णले झैँ जन-जन-जनको गर्न लाग्यो भलाइ फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइँ चूडाले चूर्ण पा~यो, जटिल जहरिलो धूर्तको राइँदाइँ ।१। आएको गर्भबाटै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : श्री कृष्ण महिमा

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्द : शार्दूलविक्रीडित कस्ले भन्दछ कृष्णले सयवटी राखे भनी गोपिनी ? आत्मा एक शरीर मात्र दुइटा राधा तथा रुक्मिणी यीबाहेक कतै सुनिन्न उनको खै राशलीला पनि ! गीता दर्शन कृष्णको बनिरह्यो उत्कष्ट सञ्जिीवनी ।।१।। धेरैको मत एउटै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : ओ ! काठमाडौँ तँ सिल्ली न हो !

~रजिन पनेरु~ उसको मन बहुलायो तन बहुलायो टेकेर वैशाखी चोकमा आयो दाम्रिएर पेट, भोकमा आयो आफन्त मरेको शोकमा आयो असह्य पीडा सडक पेटिबाट जुरुक्क उठेर ….. “ म युद्धको घाइते

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~इश्वर देवकोटा~ दरिलो पार कलिला पाइला सहारा म दिन्छु धर्म रूप धारी घमण्डि समाज सबैलाइ म चिन्छु कुल्चेर जाने समाज छ यहाँ हिड्नु है सम्हाली लडेर पनि चढ्नु छ बाबु जीवनको उकाली

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी पनि म उठ्ने छु

~शिव प्रकाश~ खोज्नै पर्दैन दाउरा काफी छौ तिमी आफैं बल्नु हो, मूढाको धर्म सल्काऊ आगो बनाऊ खरानी मलाई फेरी पनि म उठ्ने छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वाभिमान

~महालक्ष्मी थापा~ स्वाभिमान लाई द्रिढ बनाउन साहसिलो बन । स्वाभिमान बिना को मानिस् मा द्रिढता हुँदैन । अरुको सामु झुकेर जिउनु आफ्नो कदर आँफैले नगर्नु हो । कदर गर आफ्नो

Posted in कविता | Tagged | Leave a comment

कविता : म निकाल्न दिन्न हावाबाट बिजुली

~भुवन निस्तेज~ खबरदार! म निकाल्न दिन्न हावाबाट बिजुली!! यो हावा मेरो पनि हो त्यसरी नै जसरी पानी पनि थियो मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति र म !

~सविता सापकोटा~ गन्दै छु ताराहरु खै म कहिले गनि सक्छु । पुग्न त मन छ धेरै पर खै त्यो बस्ति म कहिले भेट्छु ? एउटा यस्तो ठाउँ होस्

Posted in कविता | Tagged | Leave a comment