Tag Archives: kabita

व्यङ्ग्य छोक : सत्ताभोगी

~केशवराज पिँडाली~ सुन्दासुन्दै पाइहालूूँ खाइहालूँ जस्तो लाग्ने जति लालायित भयो, उति परपर भाग्ने

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : क्रान्तिकारी योद्धा म

~डण्ड भण्डारी ‘शिशिर’~ हो म क्रान्तिकारी योद्धा हु जो अन्याय विरुद्ध लड्छु अनि समाज रुपान्तरण को लागि लड्छु लड्छु अनि बनाउछु आफ्नो ठाउँ आफ्नो समाज अनि आफ्नै देश हो म सधै देशको लागि लडिरहने छु अनि देश बनाउने छु

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : पाठको वर्णमाला

~तिर्थराज अधिकारी~ छन्द : उपजाति यी कान मेरा कति चर्चराए यी हातगोडा कति झम्झमाए जागै बिताएँ कति रातलाई जलेँ, जलाएँ कति आँतलाई ! न भोकमा स्वाद लिँदै अघाएँ सखार लम्की कति चक्कराएँ

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : रित्याउनु मुलुकको ढुकुटी निखारी

~काशीनाथ मिश्रित~ लय : देवकोटाको ‘प्रश्नोत्तर’ कविता के हो अहो अमृतकन त्यो ? मदिरा समान क्यै छैन अन्य तिमीले यति राख ज्ञान खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? खानू लुटेर दिनहुँ अरूको जहाँ छ । के भैरहेछ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रजाँइ त फेरी पनि ढाडे मुसैको !!

~इश्वर देवकोटा~ मंसिरमा जम्मा गर्र्या दुइ चार मुरी धान प्वाल पारेछ भाकरिनै हे भगवान हाम्लाई होइन पापी दशैँ अझै उसैको रजाँइ त फेरी पनि ढाडे मुसैको !! ओछ्यानको आडमा थियो मान्द्रे भकारी कति चोटी लखेटेको रातमा हकारी

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~उत्तम भौकाजी~ समाऊ- मेरा यी हातहरू समाऊ मलाई तिमी आफूजस्तै निष्कपट बनाऊ । सङ्घारमा- शकुनको दियो बलिरहेछ दियो सँगसँगै चलमल चलमल

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : आफ्नै आँसु पुछ्न सकिन

~श्रीपुरुष ढकाल~ तिम्रो आफ्नो बन्छु भन्थेँ पराइ पनि हुन सकिन सबको आँसु पुस्छु भन्थेँ आफ्नै आँसु पुछ्न सकिन तिम्रो साथ पाउँदा लाग्थ्यो सारा खुसी, मेरो नै हो

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : रात

~बिनोद खड्का~ अध्याँरोको प्रतिबिम्ब हो रात प्रकृतिको नियम हो रात अविरल यात्रा हो रात यथार्थ हो रात श्रृजनाका लागी

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अभिलषित यात्रा

~प्रह्लाद पोख्रेल~ सधैँ देख्दा आफ्नै वरिपरि नराम्रा गतिविधि तिमी टाढा भागी किन मन दुखायौ यतिविधि ? खनेका छौँ खैरो अपरिमित आन्दोलित बनी जमे हाम्रा सारा मगज, मुटु, नाडी र धमनी।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : अतिथिको जङ्गलमा

~भक्तराज न्यौपाने~ हराउँदा अतीतको जङ्गलमा फुत्त निस्कियो सम्झनाको घाइते डमरू । हेर्दाहेर्दै घुर्रघुर्र गर्दै पु-यायो पूर्वजिन्दगीको ओडारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मूर्तिकार

~जीवन आचार्य~ थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर म ती हातहरूको प्रशंसा गर्दै त्यो मस्तिष्क, त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु एउटा मूर्ति चलमलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्न मलाइ डर लाग्छ

~श्यामदास वैष्णव~ जीर्ण-शीर्ण खंडहर झैं घर रोग र व्याधी गन्ध र फोहर भोका नांगा जनता जर्जर देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।। रुढी-बूढी अन्ध विचार

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको मन

~विष्णु विभु घिमिरे~ सर्पको बिषालु दाँत जस्तै मान्छेको जहरिलो मन पनि सर्पका अरु साधारण दाँतभित्रै लुकेझैँ मान्छेको पापी मन पनि उसको स्वाभाविक मनसँगै कतै लुकेको हुन्छ साधारणतया र्सपले सधैँ डस्दैन साधारणतया मान्छेको पनि

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरो “सम्मान” कहिले हुन्छ?

~लक्ष्मण नेवटिया~ जब श्रीमान् जहाँपनि हामफालेज्यूले पाउनु भयो प्रायोजित सम्मान माथी बाट बधाई दिनेको तांती लम्बेतान भित्र भित्रै यसले किन पायो कसरी पायो चल्दै थियो घमासान। पक्कै यस्तो गर्यो होला उस्तो गर्यो होला उस उसलाई फुर्क्यायो होला, मिलायो होला फोहरी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मोनालिसाको चित्र

~मञ्जु काँचुली~ आधा आँखा हाँसेको छु त आधा आँखा रोएको छु आधा मन अघाएको छु त आधा मन भोकाएको छु यी झुत्रे आशाहरूलाई आँखाको आधा सुकेको पानीले टल्काएर यो मनलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : रिसाइकल मनहरु

~प्रकाश सुनुवार ‘निराकार’~ भत्किंदै चुलिएका मनहरु लगातार प्रहार भइदिंदा एस्तो लाग्छ रोपिएको कोमल प्रेम फेरि पनि ढले भने सजाय विछोड सम्झी भोगी सहिदिउँला बरु । भत्किनुको पिडा बोकेर सुनामी भन्दा विभत्स छाल छछल्कीएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु उनन्साठी

~मञ्जुल~ सबभन्दा दुर्गन्धित हुन्छ अक्षरहरुको लास संसारको कुनै पनि अत्तरले मेटाउन सक्तैन त्यसको दुर्गन्ध फतफत कुहेर झर्छ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : चाहिन्न केही अरू

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित दोस्राले रुन, डर्न, भाग्न नपरोस् मेरा कुनै काममा निन्दा गर्न, खसाल्न, थुक्न नसकून् आचार वा नाममा सारा वैभव, मान यो समयले पारोस् खरानी बरु मेरो “मानिस” एक नाम नमरोस् ! चाहिन्न केही अरू ! मेरो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म आसावादी थिएँ !

~रबिन पुरि~ हावाले हानेको दियोबाट म प्रकाशको आसा गर्दै थिएँ ! औसीका रातहरुमा जुन र तारा हेर्दै थिएँ !! चर्किएका माटाको भाडाहरुमा पानीका थोप्पाहरु नाप्दै थिएँ ! खियाले खाएका फलामलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन-चङ्गा

~लेखनाथ पौडेल~ कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार। भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार।।१।। दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गङ्गा। फरफर गर्छ उपर यो जीवनमय पातलो चङ्गा।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : विचरा ! कीर्तिपुर

~रजिन पनेरु~ च्यातिएका पर्दाभित्र जिजीविषा बोकेर उभिरहेको कीर्तिपुर ………… व्यारेकिकरणको छिटाहरुमा फगत श्वास बनेर चिच्याइ रहेछ र लमतन्य फाटिएका सडकहरु नाघिरहेका माक्र्स र बुद्धका

Posted in कविता | Tagged | Leave a comment

कविता : धौलागिरी र लालीगुराँस

~जीवराज बुढाथोकी~ धौलागिरीको फराकिलो आगनमा, ढकमक्क लालीगुराँस अयो पाहुना, बसन्तको सुरम्य यो मध्यमाझमा, आहा साँच्चै कति आनन्द हृदयमा !! सेतो फेटा गुथे झैं यो धौलागिरी, रातै फूलेको गुराँसले आँखै तिरिमिरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : रेलगाडी

~बिमल गुरुङ~ घरबार छोडेर गाउँमा बसेर जनताको लागि काम गर्ने नदीहरुलाई मेरो अशेष प्यार ! खुकुरीको धारमा उभिएर बलिदान हुन तयार

Posted in कविता | Tagged | Leave a comment

कविता : दिन

~टंक सम्वाहाम्फे~ टेक्छु पट्यार कोलाहल र गन्छु औंला भाची समय उन्मुक्त दिनहरु कल्पन्छु मात्रै फक्रोस उज्यालो तर पाहुना साझ टुप्लुकिए पछि परदेसीन्छ दिन क्रमश… जीन्दगीको कुर्इनेटो नाप्दै आरोह अवरोहमा छलाङ्ग मार्दै उमेर

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्तीमा समाधिस्थ एउटा फुल

~प्रकाश सुनुवार ‘निराकार’~ एउटा त्यस्तो प्रतिक्षा जुन अत्यन्तै लामो पनि अनि छोटो पनि । छातीभित्र तिम्रो आगमनको कैयौं तरङहरु सल्वलाए अनगिन्ती फुलहरु फुलिदिए एउटा अदभुत तृष्णालाई हामी नजिकवाट स्पर्ष गरिरहेका थियौं ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आँधी हुरीमा कावा खाँदै

~रामप्रकाश पुरी~ छन्द : समानिका, वातोर्मी १ राजनीति देशमा चल्छ रीतहीनको । शक्ति मादमत्त भो पोल्छ गोठ दीनको ।। २ राजनीति देशमा काल हुन्छ दीनको ।

Posted in छन्द कविता | Tagged | Leave a comment

गीति कविता : गरिबको दिन

~मनु वि.क.~ फेरि आयो तीज आमा नेपालीको आँगन दिदीबहिनी छैनन् घरमा रुन्छ यो मन दाजुभाई दिदीबहिनी विदेशमा गएका धेरै वर्ष बितिसक्यो छैनन् आएका

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : देशको चिन्ता

~गिरबहादुर महतारा~ सिङ्गो देश बनाउँदै अघि बढे ती धीर पुर्खाहरू पानी मात्र पनि पिएर लडेथे ती बीर पुर्खाहरू छातीमा ममता किन हो देशको आज हराउँदै गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : सहयोद्धा

~सञ्जाल शर्मा~ भो नानु चाहिंदैन तिम्रो मायाँँ तिम्रो मायाँ अटाउने मन छैन मन राख्नलाई धन छैन तिमी सुहाउँदो तन छैन मसँग विदेशीपन छैन बाटाहरू फेरिन सक्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~नारायण योगी~ एक दिन म सानै छँदा बुबाले गैह्री खेत जोत्दै भन्नु भयो– बाबु यो धरतीभन्दा ठूलो केही छैन मैले उहाँको कुरा त केही बुझिनँ तर घाँटीमा भिरेको सानो मादल खुशीले ट्याङ्ग पारेँ म अलि अलि बुझ्ने भएपछि बाँसको कलमले

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारीहरू

~लक्ष्मण बेल्बासे~ मरे भनी श्राद्ध गरिएकाहरू स्वर्गवासी ठानी पिण्डदान गरिएकाहरू तिनी कहिल्यै नमर्दा रहेछन् चिहानघारीबाटै जुरुक्क जुरुक्क उठ्दा रहेछन् सहादत प्राप्त गर्नेहरू सङ्गीनले सिरमै रोपे पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिद, सपना र म

~गोविन्दप्रसाद आचार्य~ सहिद तिमीलाई फूलको गुच्छा दिएँ तर तिम्रो यात्रामा साथ दिन सकिनँ सहिद तिमीलाई रगत धर्तीमा पोख्न लगाएँ तर म एक थोपा पोख्न सकिनँ तिमी मरेर बाँचेछौँ म खाएर मरेछु तिमी फाँसीमा झुण्डिएछौ म मस्तीमा झुम्मिएछु तिम्रा सपनाहरू मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment