Tag Archives: kabita

कविता : समयले कोल्टो फेर्दा

~जयबहादुर श्रेष्ठ “सहयात्री”~ समयले कोल्टो फेर्दा आज को को के के भए हिजो जंगल बस्ने मानिस आज शहर पस्न गए क्रान्तिका नाममा जंगलबाटै बेमौसमी बाजा बजे गरिबका दुःखी दिन अझै उस्तै रहिरहे कोही मान्छे शहीद हुँदा आफन्त चाहिं रोइरहे

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा, उद्देश्य बदल्नुस् !

~हेमराज आश्रम~ आमा, हजुरको चाहना बदल्नुस् हजुरको एक मात्र छोरा भएर कठोर यो जिन्दगीमा हजुरको इच्छा पूरा गर्न असम्भव छ त्यसैले अमा हजुरको चाहना बदल्नुस् । हजुरको इच्छा त म लाहुरे होस् भन्ने छ

Posted in कविता | Tagged | Leave a comment

कविता : काली !

~शेखर ‘अस्तित्व’~ रूप भनेको अनुहारको सुन्दरता मात्रै हुँदैन ! रूप भनेको छालाको रंग मात्रै हुँदैन ! रूप भनेको आकर्षक फिगर मात्रै हुँदैन ! रूप भनेको

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भानू गरिमा

~चक्रदेव भट्ट~ छन्द : शार्दूलविक्रीडित साल् अट्ठारसये एक्हत्तर असार्, उन्तीसका दिनमा। भानू नाम उदाइ काव्य रसिलाे, रम्घा चुँदी गाउँमा। बाजे श्रीकृष्ण हुन् पिता धनन्जयै, धर्मावती मातृ हुन्। अक्षर् लेख्न सिकाउने प्रिय गुरू, बाजे ति श्रीकृष्ण हुन्। १ रामायण् अनुवाद् गरे … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : युद्धका सिपाही हामी

~प्रकाश सुनुवार ‘निराकार’~ युद्धका सिपाही हामी युद्धभुमिमा होम्मिन बिदाई हुँदैछौं बिदाईको समय बुद्धको पुजा गरेका छौं देबिमाताको चरणमा फुल चढाएका छौं अल्लाहको नाममा ढोगेका छौं जिससको क्रस अघि प्रार्थना गरेका छौं आफु बिजय हुन सकुं भनेर भएभरका सबैखाले आस्थाका धरोहरलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर

~लक्षिराम आचार्य ‘अविरल’~ मलाई थाहा छ जारशाहीको सत्ता कसरी ढ्ल्यो भनेर मलाई याद छ उसको टाउको कसरी गिँडियो भनेर । मैले पढ्ेको छु, दुनियाँको इतिहास कसरी निर्माण भयो भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति यात्रा

~योगेन्द्र काउचा~ छेलिएँ सकेसम्म छेलिएँ माटोका अनगिन्ती ढिस्काहरूमा चट्टानका अजिव चुचुराहरूमा कैयौं वृक्षका छायाँहरूमा जहाँ जहाँ रीप पर्दछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : असारे जीवन

~रमेश भट्टराई ‘सहृदयी’~ मानोलाई खाई उब्जाऊँ मुरी किसान भन्दछन् असारभर पसिना बगाई मङ्सिरलाई गन्दछन् झ्याउँकिरी बास्यो खेतालो नाच्यो भ्यागुतो करायो लौ मेलो छोडौँ बालबच्चा रोए उज्यालो हरायो

Posted in कविता | Tagged | Leave a comment

कविता : ए साथी

~डिल्लीराम रेग्मी~ तिमी कलमको टुप्पो तिखार्दै जाउ म सङ्गीनको धार तिखार्छु तिमी मुक्तिको बाटो खन्दै जाउ मा बाधा बनेका झाडी निखार्छु तिम्रो र मेरो पसिना झर्ने एउटै सुन्दर जगत मिल्या’छ…

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी परिवर्तन हौ

~रेशम वि.सी.~ तिमी परिवर्तन हौ नारी तिमी परिवर्तन हौ बिहानीको लाल किरणसँगै उदाउने तिमी प्रभात हौ अँधेरी रातमा तिमी पूर्णिमाको जुन हौ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कथा

~तितेपाती~ एक शोडषी सुन्दरी बजारमा निर्बन्ध घुम्दै थिइन् निर्वस्त्र हरमा मात्र थियो एक हाते रूमाल गुप्ताङ्गको पहरेदार भएर अनुहारमा किरिङमिरिङ रेखा बायाँ काँध वरपर घाउका खाटा उनी यद्यपि स्लिपनट रहिछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो धरती बाँचिरहोस्

~कुन्ता शर्मा~ उर्लिरहेको विशाल सृष्टिसिन्धुको एउटा सुक्ष्म विन्दु म सुन्दर फोका भएर हराऊँ लहर तरङ्गहरूमा या बिलाउँ बालुवाका विराट व्यूहहरूमा म नरहे पनि युगले मेरो कथा कहे पनि नकहे पनि मानव सभ्यता हाँसिरहोस् मेरो धरती बाँचिरहोस् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रेल र देश

~हेमबहादुर गन्धर्व~ एउटा क्षितिजबाट अर्को क्षितिज छुने इन्द्रेणी जस्तै लामो रेल कोठैकोठा र, बेडै–बेडहरूले भरिएको विशाल हस्पिटल जस्तै रेल तब, त्यो लामो र विशाल रेल चल्न

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सी, कुर्सी, कुर्सी

~शिशिर शर्मा~ कुर्सी, कुर्सी, कुर्सी किन चाहियो सबलाई कुर्सी ? के छ आखिर कुर्सीमा ? कुर्सीमा धेरै चीज छ, कुर्सी छ त धन छ, कुर्सी छ त आलिशान महल छ, कुुर्सी छ त “पावर” छ,

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : विदेशबाट ल्याएको संघीयताले

~नारायण शर्मा~ संविधान बनाउने मेसै पाएनन नेताले विदेशबाट ल्याएको संघीयताले चार–चार वर्ष बेकारमा फाले हाम्रा नेताले विदेशबाट ल्याएको संघीयताले

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : कविता लेख्न देऊ

~पवन भन्डारी “किरण”~ बेपत्ता र मृत्युका होइन मलाई जीवन्त कविता लेख्न देऊ । सुन्दर सूर्र्योदयको मुस्कान हरियो आँगनसरी सिंगारिएको शान्त धर्ती

Posted in कविता | Tagged | Leave a comment

कविता : माछाको अनुरोध

~गोविन्दप्रसाद आचार्य~ यो नदीमा पानी सुक्यो मरिसक्या छु थोरै थोरै पाउँ भनी विन्ति ग¥या छु तड्पिएर सानो सानो रह खोज्या छु विन्ति हजुर हात जोडेर पानी माग्या छु

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमाको आह्वान

~सानु शर्मा~ हेर, तिमीहरूको लागि म चट्टान भएर उभिएकी छु। आऊ, त्यो अग्लो पर्वतमा चढेर हेर, तिमीहरूका आँखाले देखेजति त्यो सबै तिमीहरूकै हो। मलाई तिमीहरूको खाँचो छ, तिमीहरूको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर खुमप्रकाश वाग्ले जिन्दावाद !

~हेमन्त श्रेष्ठ~ खुमप्रकाश वाग्ले जसको पवित्र बाहुलीबाट बडेबडे सामाजिक संस्था र पाठशालाहरुको समुद्घाटन भएको छ जसले गरेको उद्घाटन पछि मात्रै   

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता भित्रको अङ्कगणित

~गोबिन्दसिंह रावत~ सत्तामा भित्रिए पछि बाहिरिन कोही मान्दैनन् सत्ता रोहण गर्नेले बाहिरका लाई मान्छे नै ठान्दैनन् किनभने ब्ाहिर चर्को घाम छ सडक जाम छ जताततै लामैलाम छ भित्र मीठो माम छ नजराना र प्रत्येक बोलीमा दाम छ बाहिर वर्षा बाढी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता: डाँडामाथिको घाम

~समर चेम्जोंग “आभाष”~ सखारै मझेरीमा चिरबिराउँछन् चराहरु टिप्छन् धान, मकै कोदो र तोरिका दाना झुत्तिखेल्छन् आँगन छेउ थांक्राहरुमा गर्छन् होड्बाजी को भन्दा को कम। चराहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~रश्मिला कवाङ ‘रश्मि’~ तिमीलाई पहिलो पटक देख्दा खासै केही भेटिएन र त तिम्रो अस्तित्व नि झल्कीएन जब तिम्रो अनुपस्थितिम तिम्रा पहिलाका डोबहरु देखिन थाल्यो तब लाग्यो तिमी एक, एकदमै साँगुरो युगको केबल एक शब्द को भरमा संसार चकित पार्ने सुचना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश सम्झेर

~त्रिभुवनचन्द्र वाग्ले~ मैले भातखाने थालले मलाई सम्झन्छ ? जुवा हारेको खाल जस्तै रित्तो र निराश उसलाई भनिदेऊ म थालभरि भात भर्सन पराई चुलोमा छड्किरहेछुु पसिनाको खोले सानो छोरोजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन

~ऋतिक यादव~ हरेक क्षणहरु सदाका लागि यथावत् रहने छैन एक फरक संसारको उदघोषले जन्म लिनेछ एकदिन मानवको कर्मको अजिब फल देखिनेछ मायारुपी संसारमा बर्वादीको अहंकार फैलिनेछ ! एकदिन ठुल्ठुला इमारतहरु मात्र खडा हुनेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : दोप

~दिल थापा~ यो सहर मेरो आंखाको थकाई मेट्ने सहर आज कस्तो शून्यता यी साना ठुला ,अग्ला होचा घरहरुले नै शोकधुन बजाई रहे जस्तो म आफैको शोकसभामा आफै आए जस्तो बिहानीले रातको मौनता भङ्‌गता तोड्न नसकेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : पश्चात्ताप

~भवानी पाण्डे~ बिहान उठ्न अल्छी भएँ गृहकार्य थाती साथीभाइ स्कुल पुगे म मात्रै छु बाँकी ढिला भएँ गेटबाहिर परेँ म आज साथीसँगी सबैमाझ परेँ म लाज दिनैपिच्छे फरक–फरक गर्थें बहाना

Posted in कविता | Tagged | Leave a comment

कविता : शोषकको स्पष्टोक्ति

~गेहराज थापा~ म त एउटा शोषकै हुँ शोषण मात्रै गर्ने अरू चाहे भोकै मरून् आफ्नै भुँडी भर्ने शोषण गर्न पाइनँ भने मलाई हुन्छ डाह अरूको भोक, पिर–मर्का मलाई के थाह ? ईश्वरैले मलाई शोषक बनाएको जान मेरो विरोध ईश्वरैको विरोध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~देवेन्द्र कुँवर~ अघि बढेका छन् तिम्रा पाइला पछि हट्नु हुन्न अब रोकिन्छ पाइला तिम्रो तब पूरा हुन्छ महान लक्ष्य जब । आउछन् हजार विघ्नवाधाहरू तिम्रो हिड्ने बाटामा

Posted in कविता | Tagged | Leave a comment

कविता : रुखमा निन्द्रा पाकेको छैन

~बिमल गुरुङ~ रातभरि प्रतिपक्षी सेनाहरुसङ्ग लड्दा लड्दा रुखमा निन्द्रा पाकेको छैन । हातले भक्कु रगड्दा निस्केका मयलका टुक्रा जत्रै थिए ती सेनाहरु । ती सेनाहरु झ्याम्म उज्यालो नभएसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्माऊ क्रान्ति

~राहुल पुन~ विचरा ! झोलीको सोगी खरावीको भोगी विचारको रोगी आखिरीमा काठमाडौं छिरेकै अलच्छिनले गिरेकै लोभिभाँडो भिरेकै

Posted in कविता | Tagged | Leave a comment

कविता : देवता

~रामकुमार श्रेष्ठ~ ढुंगा खोजे ढुंगा मिल्छ देवता खोजे देवता सवै नै चाहन्छन् त गर्छ के एउटा जाने चुनाब पनि देवता हो रे वाद पनि देवता नेता जति जनता भए जनता जति नेता ।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्याग

~ललिता ‘दोषी’~ जीवन के हो र साथी ! कर्कलाको पानी हो झुल्केपछि अस्ताउने छोटो जिन्दगानी यो नटुटौँ सपनाहरू कसैको नलुटौँ खुसीहरू

Posted in कविता | Tagged | Leave a comment