Tag Archives: kabita

कविता : ऐना

~सोम खनाल~ ऐनाले त ‘मुहार पुछ’ नभनेको हैन तर मैले पुछिरहें सामुन्नेको ऐना अनुहारको दाग त्यसै त्यसै रहिरह्यो अाखिरमा सारा जीवन ‘दागी’ भइगयो । ऐना हो साथी, साथी हो ऐना

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको राजमार्गमा

~अमर गिरी ~ दौडिएँ जसरी दौडन्छन् गाडीहरू बजेँ जसरी बज्छन् हर्न अझै पनि चलिरहेछ यो जीवनको राजमार्गमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विचलित वर्तमान

~उषा शेरचन~ यो स्वर्गभन्दा सुन्दर नगरीमा यो स्वच्छ र शान्त उपवनमा कस्को आँखा लागेर हो रु कस्को सराप परेर हो रु अचेल जाई जूही र सुनाखरीहरू -फुल्नै छाडेका छन् अचेल लालुपाते र लालीगुराँसहरू -झुल्नै बिर्सेका छन् केही स-साना झुपडीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म त जिउँदो मानिस

~माया पाण्डे~ आँखाले ठम्याउने संसार मेरो मुटुले भ्याउने भावना मेरो सिमाहिन आशाका किरण मेरो म त जिउँदो मानिस सम्पूर्ण मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो याद

~राकेश कार्की~ तिम्रो यादले मात्र पनि साथ दिन्छ सम्झी सम्झी मुस्काउने मात दिन्छ मजा छ यहाँ एक्लै हराउनमा आफ्नै ठानी मन पराउनमा तिमीले साटेको मीठो स्मरण लहर बन्दै मलाई तैर्याउँछ बेरेर लगी फेरी समुन्द्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले दियो जलाइन – २

~बिमल गुरुङ~ ‘प्रजातन्त्र’ आयो त्यसैले आज गोली चल्यो साथिले टोक्यो – तिमी दियो नजलाउने? म सक्सकाएँ म हिच्किचाहटले बांधिएँ । मलाई थाहा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : झुटको खेती गर्नेहरु

~ललिता कार्की~ चोखो माया पिरतिमा झुटको खेती गर्नेहरु ! छाती चिरी घाइते बनाइ नुनचुक छर्नेहरु !! अरुलाई रित्तो बनाइ आफ्नो जीबन भर्नेहरु ! खेल ठानी जुत्तासरी मनमुटु फेर्नेहरु !! चोट दिंदै अरुको भावना सँग खेल्नेहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र घडीहरू

~नवराज सुब्बा~ छाया सँगै बसेको छ कि छाडेर अन्तै गएको छ हँ ॽ दुनियाँ ब्यूँझिएको बेला निदाएको स्वाङ गर्ने ए घडीहरू ! ब्यूँझ, हेर र भन यो दिनको बाह्रबजे हो या रातको बाह्रबजे हो ॽ… अहँ जवाफ आउँदैन कतैबाट दुनियाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमाया

~रामकृष्ण पौडेल ‘अनायास’~ पुर्वको लाली र घामको क्षितिजले धर्तीलाई नचुम्दै रातभर नसुतेर बिहानै उठ्छे मनमाया , कम्मरमा पाँच फेरो पटुकी कस्दै दुई पसर मकै र भटमास गुन्युको टुप्पोमा बाँधेर

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गकी परीको कथा

~प्रकाश सुनुवार ‘निराकार’~ स्वर्गकी परी हो मोदी मोदी राक्षस पनि हो रङ बदल्ने छेपारो हो मोदी तहसनहस भएको स्वर्गकी परी । अस्ति उ नै परी भएर आए मिठो भाषण गरे सुनौलो परेवा भएर आए भ्रम बाँडे र स्वर्गलाई चाहेको जति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतीक्षाका लागि एक कविता

~प्रवीण राई जुमेली~ अगणित ‘फेरि’ हरूको शृङ्खला छ जीवनमा जसरी : फेरि बर्खालाग्छ फेरि मकै पाक्छ/काटिन्छ फेरि अदुवा रोपिन्छ/खनिन्छ फेरि हिउँदसित धूलो र जाडो पनि आउँछ फेरि रूखहरूबाट पातहरू खस्छन् फेरि आँखाहरू बाटैभरि बिछिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : खेल मैदान

~छविरमण सिलवाल~ मैदान उहि छ मात्र फेरिए खेलाडीहरु खेल उहि छ छक्याउँने र कुम्ल्याउँने अवाक बनेका छन् दर्शकहरु बोल्यौ कि पोल्यो अभाव असुरक्षाका काला बादलहरु मडारीरहेका छन् चारैतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : दुष्ट गाथा

~श्यामल~ ध्यानमुद्रामा जसले देख्न सक्छ बलात्कारको सपना र मन्दिरको देवतासामु उभिएर जसले वर माग्न सक्छ आफ्नो दीर्घायुको जसलाई थाहा छ— कतै छैन ईश्वर तर जसले किरिया खान्छ ईश्वरका नाममा सयौँ पटक जसको महलको जगमा छन् करोडौँ मानिसका

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिस र देश

~सैलेन्द्र साकार~ ९५ वर्षमा मर्न भन्दा पहिले चित्रकार मकबुल फिदा हुस्सेन देश भित्र फर्कन चाहन्थे आफू जन्मेको ठाउँमा मर्न चाहन्थे आखिर भारतीय ,कतारी र ब्रिटिस भएर उनी मरे /

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य मुटुको धड्कनभित्र

~सुमन पोखरेल~ यो कस्तो शून्य भयो ! मुटुले पनि पोल्यो आँखाले पनि पोल्यो केवल आगोले पोलेन यो चुरोटले पोलेन । मायाले पोल्यो आरिसले पोल्यो, हिजो हरायो आज शून्य भो’ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~उपेन्द्र सुब्बा~ छोरीले मिठाइ माग्न छाडी विरक्तिएको छ मन हिजोआज उहिले जस्तो रोईकराई, चिच्याई छोरीले मिठाइ मागे हुन्थ्यो – “पापा एउटा मिठाइ किनिदिनु न !”

Posted in कविता | Tagged | Leave a comment

कविता : नजन्माइएका सन्तानहरुको आवाज

~अल्पविराम~ हामी जन्मन नपाएर के भो र बा-आमाको आँखाहरुबाट संसार हेरिरहेका छौं मष्तिस्कहरुबाट सोंचीरहेका छौं फरक यति न हो दाइ दिदी अथवा दुई दाइ अथवा दुई दिदी मात्र जन्माएर

Posted in कविता | Tagged | Leave a comment

कविता : म कवि

~हरिभक्त कटुवाल~ आफैँलाई खोजिरहनुको उत्सुकताको पछि गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु खै आज कविता सोच्नै मान्दैन सायद त्यसैले होला सुनगाभा ! तिम्रो मुस्कानभन्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : जानु भन्दा पहिला ।।

~जयराम तिमल्सिना~ गौथलीको गुँडजस्तै मेरा मनहरु आकासमा टाँसिएकाछन् । मेरो खाने खोस्रने ठाउँहरुमा बादल पोखिएको छ । हेर्ने दृष्यहरुमा सिमाना कोरिएको छ । मेरा सडकहरु पर्खालमुनी पुगेर फर्कन्छन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धान्जली

~दीपा राई पुन~ तिमी जान अगाडि श्रद्धान्जलीको फूल गुच्छा हातमा थमाई दिएथ्यौ र थाह भयो आफ्नै मृत्युको सौन्दर्य उत्सव मुटु टुक्रिदै टुक्रिदै प्रेमको चट्टान छात्तिमा सालिक भएको जीवनको घागोहरू फुत्कदै

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटाहरू

~डा. संगीता स्वेच्छा~ आउँदा र जाँदाका बाटाहरू उही निरस भाकामा लोलाउँदै, टोलाउँदै हेर्ने र भन्ने गर्छ मेरो जस्तो तिम्रो पनि कतै व्यथा छन् कि ? स्वाभाविक, सरल त्यो प्रश्न कुन्नी, कुन कुनामा छिर्छ घोच्छ, दुखाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको शिकार बनी ऊ

~बिपना ढुङ्गाना~ त्यो कालो दिन तिखा शब्दहरूको प्रहारले छेडिँदै थियो उसको मन, गलत बुझाइको शिकार बन्न गए उसका ती निर्दोष सा-साना खुसी यसैकारण, आत्मविश्वास कुँडिएर फितलो बनिदियो जब उसको समय उसै सँग टाढा भईदियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको मोल

~गोविन्दप्रसाद आचार्य~ मान्छेको मोल पैसामा देशका बनिया गरे बनियाहरूका आँखा रसिलो फाँटमा परे हलिका घर खोसेर बसेका हुन् दलालले रसिलो फाँट देखेर रोजेका हुन् दलालले सर्वहारा भिजेका हुन् राम्रो फाँट रसाउन पसिनाले भिजेको छ मिठो थान बसाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : समानताको राज

~अर्जुन शर्मा~ प्राकृतिक घटना परिघटना सदैब आई नै रहन्छन् भुइँचालो कहिले ज्वालामुखी हावाहुरी गई नै रहन्छन् प्राकृतिक विपत्तिले हाम्रा संस्कार फेरिएका हुन्नन् क्षणिक सद्भाव रहला दाग चरित्र मेटिएका हुन्नन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बनाउँदिन ठुलो घर

~रेम राना~ माफ गर आमा मैले ठुलो घर बनाउँदिन किनकि मलाई ठूलो घरको भुतले सताउँछ मेरो सानै घर भए औकात अनुसार जे खाए पनि जे लाए पनि सुहाउँछ देवकोटाका कविता गुन्छु “साग र सिस्नु खाएको बेस आनन्दी मनले”

Posted in कविता | Tagged | Leave a comment

कविता : उजाडिएको मान्छे

~अपत्य शर्मा~ घरजग्गा जमिन सबैबाट विमुख खुला आकाशमुनि धुलो र फोहोरको प्रतिमूर्ति रोग, भोक, शोक र घृणाको मूर्ति त्यो उजाडिएको मान्छे काम र मामको खोजीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दशगजा टाढाका मित्रहरु

~डि.एल. भन्डारी~ ध्वंसका केही खेतालाहरुलाई नचाउन सिपालु दशगजा टाढाका मित्रहरु साम्यवादको मृत्युको हल्ला गर्दै दुनियाँका साम्राज्यवादी लुटाहाहरु क्यूवाको तागत हेर्न नसकि संसारलाई जकटने प्रतिक्रियावादीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : के खोजिरहेछ आँखाले

~निर्मला अर्याल~ के के खोजिरहेछ आँखाले उसलाई आफै थाहा छैन के के सोचिरहेछ मनले उसलाई त्यो पनि थाह छैन । कुराकानी गर्न खोज्छे ऊ तर जान्दिन कुरा पुर्याउन

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमाको पुकार

~रामकृष्ण घिमिरे~ छोराछोरी पाल्दा मैले साह्रै गरेँ दुःख बुढो हुँदा सहारा चाहि“दा बल्ल थला परेँ छोरो भयो मुग्लानिया छोरीज्वाइँको घर आपतबिपत् दुःख पर्दा पर्ने कसको भर

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर बन कविता

~मनु वि.क.~ ए कविता मैले बोलाएँ उसले सुनेको नसुने झैँ गर्‍यो समयका हरेक पलमा मुटका प्रत्येक चालमा म ऊसित खेल्न चाहेँ प्रत्येक उपमा, अनुप्रास र लयमा कवितालाई मलजल गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : हँ ! केही हरायो कि ?

~उदय निरौला~ यो रूख, यो मान्छे, यो चौतारो यो धारो, यो पँधेरो, यो पाठशाला अहिले सबै–सबै, त्यो–त्यो, जस्तै–जस्तै छन् घुर्मैलो, पनेलो, ओझेल जस्तै–जस्तै छन् आँखामा मोतीबिन्दु बसेको जस्तो अथवा आफैले आफैलाई बिराएको हराएको वा भुलेको जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : जनतासँग भिक्षा

~खुमीराम रिजाल~ बाँसुरीको धुन अनि सारङ्गीको तारसँग देश जोगाउन भीक्षा माग्छौँ जनतासँग साथ पाउँ हात पाउँ, लागौँ एउटै बाटोमा विदेशीले किल्ला गाड्न थाले देशको माटोमा दीनदुखी सर्वहारा जनताको बोली बोलौँ हामी

Posted in कविता | Tagged | Leave a comment