Tag Archives: kabita

छन्द कविता : बीपी : एक शब्दचित्र

~कृष्णप्रसाद भण्डारी~ नेपाली गरिमा बढाई बीपीले साहित्यमा चिन्तन राखे विश्वभरि नवीन युगको राष्ट्रियता कीर्तन । स्रष्टा हुन् पथका प्रभाती रवि हुन् ‘हिट्लर यहूदी’ कथा ‘मोदिआइन’ ‘सुम्निमा’ रचयिता हुन् फ्रायडीयी व्यथा ।। राणाशासनको विरुद्ध जसले हङ्कुार गर्थ्यो ठुलो नेता मात्र नभै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : टोलाईरहेको क्षितिज

~केशर थुलुङ~ धेरै पर देख्छु म देखि धेरैपर कल्पनाले पनि भ्याउन नसक्ने तर, म तिर टोलाइरहेछ त्यो क्षितिज जब म मिर्मिरे विहानीसँगै उठ्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो नेपालमा

~भोगेन एक्ले~ पुरानो नेपालमा रुनुपर्नेहरु खित्का छाडिरहेका छन् हाँस्नु पर्नेहरु सुक्सुकाइरहेका छन् सुन्नु पर्नेहरु बेफवाक बक्बकाइरहेका छन् बोल्नु पर्नेहरु चुपचाप सुनिरहेका छन् पुरानो नेपालमा हलो र कोदालोले अड्काएका बाहेक सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक कतै बहानामा त कतै तीब्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे दाईले

~प्रभुराम राई~ वेलायतमा लाहुरे दाईले थोत्रे धर किने उसको भने घुरेनबारी बनमाराले छिने घरमा आमा रुंदैहोली तिमीलाई छैन वच्पनमा आमासंगै तिमी बस्थेउ होइन

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली सन्देश

~प्रभुराम राई~ नेपाल बाँचे नेपाली भन्ने मानिस बाँच्दछ नेपाली भाषा, साहित्य, कला, संस्कृति साँच्दछ एसैले आउ नेपाललाई बलियो बनाउँ नेपाली हाम्रो श्रम र सीप स्वदेशमै लगाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : धुलोहरुको ताकत

~प्रकाश सुनुवार ‘निराकार’~ तिमीले हामीलाई धुलोमुलो सम्झियौ त्यहि धुलोभित्र तिमीले हामीलाई लाधेका पिडाहरुको पहाड चुलिएको थियो तिमी र तिम्रा सन्ततीहरुबाट पालैपालो बलात्कृत हुँदाको चित्कारहरु निस्सासिएका थिए तिम्रा बैदार डिट्ठाहरुले इमान्दारिताको छातीमा घुमाएका

Posted in कविता | Tagged | Leave a comment

कविता : मसित मेरो रात छैन…

~बसन्त चौधरी~ एउटा रात मसित छ घरी-घरी पग्लिन्छ हेर्दछु, रात बादलको उँचाईमा पुगेर सग्लिन्छ तर अँध्यारो छरिएकै छ चारैतिर एउटा मेरो रात छ

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वपीड़क

~गोवर्धन पूजा~ हिउँको एक झोक्का पनि खप्न नसकेर झरे म्याप्पलका पातहरू छोडेर आफन्तलाई तोडेर नाता सम्बन्ध सुटुक्क समुद्र भेट्न बसाई सरेको

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रृजनाका बिस्कुनहरु

~पिताम्बर राइ~ बिस्कुन् त सानै थियो श्रृजनाको तर नानाथरिको विउहरुपो सुकाइदिए छ । कस्लाई पो के थाहा त्यो विउहरुले कस्तो कस्तो अन्नाज दिन्छ भनेर । भरखरैमात्र देखेथें श्रृजनाको बिस्कुनलाई कति छिटो बिउहरु जम्मा गरेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पागलपन

~अर्जुन दाहाल~ यहाँ एक मानिस छ जसको , – आँशुको हिसाबकिताब छैन , बग्छन र बगिरहनेछन , – चोटको गन्ती छैन , केही थिए र केही पुन थपिनेछन , – वेदनाको औचित्य छैन ,

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम दिन

~किरण दहाल~ यती बेला नै हो चियाएर हेरिरहेको घाम खै के पो खोज्दै थियो त्यहिँ उपस्थित भएर अदालतमा उभिएको कुनै दोषीजस्तो तिमीसँगै जिउने सपना देखेर मैले भनिदिएको थिएँ– ‘म तिमीलाई प्रेम गर्छु’

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम रोक ?

~विजय मल्ल~ युगको भावना मार्न चाहने ए हत्यारा ! तिमी मलाई भन्छौ, ‘कलम रोक!’ म सोच्छु यो पहाडलाई, यो नदी नालालाई यो खेतलाई, यो हरियाली बगैंचालाई यो सुन्दर सुन्दर – हावामा नाचिरहने, हावामा उडिरहने

Posted in कविता | Tagged | Leave a comment

कविता : दागबत्ती !!!

~भीमनिधि तिवारी~ म सात वर्षको थिएँ, अबोध बालकै थिएँ, कुनै कुरा थिएन थाह, मस्त नींदमा थिएँ, मलाइ घच्घच्याउंदै, उठाउँदै, ‘ल हिंड्, भने अघोर मध्य रातमा धुरु धुरु रुँदै गएँ (१) यता लगे, उता लगे, कता कता कता लगे, जता तता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पारिजात

~प्रभात चिसो राई~ तिम्रा पत्रदलहरू पुतली भमराहरूले नसुमसुम्याए तापनि तिम्रा परागहरु मन्द हावाले सुस्तरी नउड़ाए तापनि तिम्रो सुन्दरताको प्रशंसामा उच्छ्वासहरु नउठे तापनि अनि तिमी हुनुको साक्षी कसैका आँखाहरू नभए तापनि ………..तिमी फुलिरहन्छौ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : हलो-लेखनी संवाद

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित हलोवाच… बारी खेत म जोत्छु टार र कुना पाखाहरूमा पसी, गर्मी शीत हिलो झरी सब कुरा बिर्सी गरें उन्नति। मेरै सिर्जन फूल बाग बगिचा सम्पूर्ण यी सृष्टि हुन्, मेरै खानु र पाउ मोल्नु अरुका … Continue reading

Posted in छन्द कविता | Tagged | 1 Comment

कविता : दागबत्ती जो दिन पाइएन

~दिनार रनादी~ दागबत्ती जो दिन पाइएन विनातारको टेलिफोनमा बिहानै खबर आयो बुबा हिजो बित्नु भो हामीलाई छाडेर कतै अन्तरध्यान हुनु भो । खबर खबर मात्रै थिएन बज्रको प्रहार थियो मृत्युको घात थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोको सर्त

~राजेन्द्र शलभ~ औँसीको रात थियो टुकी बालेर म फर्किएको मात्र थिएँ सेतो लुगा लगाएको एउटा रवाफिलो मानिस मेरा अगाडि उभियो। उसको मुठीका कापहरूबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : बिर्खेको समाज

~अनुष्कर पुष्कर गुरुङ~ भिन्न भिन्न रंगहरुले सृजना भएको बीर्खेको समाज लंगड़ो छ ! हेर्नुहोस बीर्खेको हतकेलाका चक्रहरुलाई कुण्ठित भई बसेका छन् निमुखा भई बसेका छन् बीर्खेको परीवार बसेका छन् सडंकमा सुकुमबासी भई नत गाँस ,बास र कपास ! हुरुरुरुरुरु….समाजमा रुड़बतास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देउताको नाउँमा श्वेतपत्र

~सुरेश हाचेकाली~ ओ मांसाहारी देउता! कहिलेसम्म मागिबस्छौ तिमी भक्तसँग मुटुकलेजोको प्रसाद रगतको पञ्चामृत र मांशपेशीको अपुंगो? सृष्टिको मिर्मिरेमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पश्चाताप

~कान्ति रोचना~ हाँसौखेलौँ दुइदिन यहाँ के छ खै भोलि लानु के के फोस्रा गफ दिनु हरे पर्दछ भूलि जानू पैसा भन्दै कति पल विते सक्किए बैँस सारा छुटे चाडैँ समय अहिले साथ छन् जुनतारा ।। मेरोमेरो भनिभनिकनै आएथे दुष्ट बन्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्त बाटाहरु

~मोहन बन्जाडे~ अब सबै खुला छ मेरो निम्ति मन, मस्तिष्क अनि बाटाहरु अझ म मेरा लागि उकालो, ओह्रालो वा तेर्पाहें जुनसुकै बाटो रोज्न सक्षम छु अझ त्यसमाथि म नयाँ बाटोको कल्पना गर्न सक्छु रेखांकन गर्न सक्छु आफु हिड्ने बाटो आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाषा

~सरिता तिवारी~ हावासँग पनि छ भाषा कुनै अल्लारे प्रेमीझै पातका कान फुस्फुसाउँदै गाउँछ प्रीतिको गीत र काउकुती लगाएर भाग्छ! रुखका हाँगाहरू मच्चाउँदै गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्तिको दिन

~थम्मन के.सी.~ कुखुराको डाँको पर्खिएको रात आमा ! तिम्रो आँखा नचिम्लिएको रात शुक्रतारा उदाउँदासम्म तिमी खोकिरहेकी थियौँ ? मोतिबिन्दुले पोतिएका आँखामा आँशु पोेखेर थर्थर गर्दै मेरा बाबा तिन तारा झुप्रामाथि सुस्त सुस्त ढल्किँदा छट्पटिएको रात पारू तकिया भिजाउँदै मेरो हात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माइला दाइको उद्घोष

~रामप्रकाश पुरी~ उहिले कुनै दिनमा, कुनै समयमा डाँडामाथिको सूर्यको पाइलामा हिडिरहेको जीवनको उत्तराद्र्ध क्षणमा भोलि आउने दिनको कुरा गर्दै हाम्रो बुवाले माइला दाइलाई केही कुरा सोधेको

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्ती र बिर्खे

~शशिधर भण्डारी~ रातो नानी बोकेर बसन्ती पहरासँग पौठेजोरी खेल्छे बसन्तीको पसिनामा खेल्ने ठेकेदार रातभरि भट्टीमा रमाउँछ जाँडले भिल्लु भएको ठेकेदार

Posted in कविता | Tagged | Leave a comment

कविता : बेथितिका विरुद्ध

~निस्नु थिङ~ भुकम्पले लासहरू कुहेर गन्हायो हैन यो देश कस्तो बनायो ? मलामी जाने मान्छे पाउन गाह्रो भो देशको मुहार फेर्ने युवा गाउँमा खाली भो घर भत्केर मान्छे तल थिचियो त्यही बेला विदेशीले हाम्रो सीमा मिचियो

Posted in कविता | Tagged | Leave a comment

कविता : डँढेलो

~दुर्गा कार्की~ जहिल्यै, तिम्रो न्यानोको लागि म बलिरहेँ…जलिरहेँ आगाका राता लप्काहरूले धपक्क बलेको तिम्रो अनुहारमा आफ्नो जिउनुको सार खोजिरहेँ, तिमीले रमाइलो मानेर दाउरा ठोसिरह्यौ, धकेलिरह्यौ- नठोसी कहाँ बल्छ त आगो?

Posted in कविता | Tagged | Leave a comment

कविता : बुर्काले ढाकिएको मरुभुमि

~प्रकाश सुनुवार ‘निराकार’~ ओ, मरुभुमि तिम्रो पक्षमा साक्षि नराख मलाई तिम्रो खिलाबमा उठेको कुनै बहसमा न त म बोल्न सकिरहेको छुँ न त म स्मरण गर्न सकिरहेको छुँ न त म सुन्न सकिरहेको छुँ न त म केहि देख्न सकिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाले बासेन

~एम.एल. ओली~ डालीमा बसी न्याउली रूँदा प्याउली टुसायो भैंसीले दूध लुकायो आज पारोले चुसायो कुरेर बस्दा आएको पालो सुनायो फैसला कुर्लेर आयो झक्कली भाले काटेर कसला । खोरको धन्दा गरेर बस्दा पुगेन चारोले फुत्फुती खेल्ने करेसा बारी उडायो छारोले

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको पोखरा…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ प्र्रकृतिका छटाहरुबीच अन्नपूर्ण र माछापुच्छ्रेको काखमा रमाउंदै चारैतर्फ पहरेदारहरु राखेर मेरो स्वागतार्थ छाती थापेर हषिर्त मुद्रामा मुस्कुराउछ – उनको पोखरा । मुटुको माझमा तालबाराही च्यापेर हरिया अनि चिल्ला रेशमहरु परिरिएर

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : विडम्बना !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् हिमाली महिमा सुन्दा डाहा होला विचित्रको माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको प्रकृतिका नदीनाला ताल देख्दा रसाउला लुट्नलाई यिनै शान जाली जाल फिँजाउला । वनपाखा झनै राम्रा फूलका बाग सुन्दर

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सहर, क्रिस्प्यान्डो र भित्ते नाराहरू

~गिरी श्रीस मगर~ छुरीमा धार लाइरहेछ बगरे एक लाइनमा छन् भेडाच्याङ्ग्रा र अर्कोतिर लाइनमै छ सहर पनि ! सडकको व्यस्त भीडमा रिक्सा तानिरहेछ एक बालक, द्रुत गतिमा कुदिरहेछ हत्यारा टिप्पर,

Posted in कविता | Tagged | Leave a comment